"He couldn't imagine having no memory whatsoever. He thrived and lived in them and knew that the man he had become was only because of his many experiences. They defined him and destroyed him and without it, he would have no identity."
I really wanted to like it, but unfortunately it's not a great read. The characters are two-dimensional and stereotypical, the story takes many weird turns (one day can last for pages, and then years pass in one paragraph), and every new chapter goes against everything that was said before. Also, there is a ton of moments such as this one: "I don't trust you!“ she said. He realised she didn't trust him. These constant repetitions and long explanations of who felt what are so unnecessary and, in my opinion, are very basic rookie mistakes.
सामान्य प्रेम कथा झैँ शुरु हुने उपन्यास “क्रसिङ श्याडोज” ले केही बेरमै असामान्य मोड लिन्छ । त्यसपछिका पृष्ठहरुमा पनि यही क्रम दोहोरिन्छ – पाठक एकैछिन प्रेमको उन्मादमा भुल्दै गर्दा उता कसैको हत्या भइसक्छ । यस्तै रहस्य जन्मिदैँ र सुल्झिँदै जाँदा उपन्यासको पनि अन्त्य हुन्छ ।
यो रहस्यमयी उपन्यासकी रचयिता शिवानी न्यौपानेको प्रयासलाई मान्नुपर्छ । नेपाली साहित्य क्षेत्रमा विरलै प्रयोग हुने जासुसी शैलीको विषयवस्तुलाई उनले आफ्नो रोजाइ बनाएकी छिन् । यो उनको पहिलो (सामाजिक) उपन्यास “मोनिका” भन्दा निकै बेग्लै धार अङ्गाल्ने प्रयास पनि हो ।
उपन्यासको कथा अडेको छ मायामा – पहाडी गाउँ लान्द्राङकी सुन्दर र प्रतिभाशाली युवती माया । आफ्नो बालसखा र किशोर प्रेमी जीवनले धनाढ्य सुमित्रालाई विवाह गरि गाउँ फर्किएपछि मायालाई एक मन त आत्महत्या गरौँ जस्तो हुन्छ । तर फेरि उच्च अध्ययनमै समर्पित हुने अठोटका साथ अघि बढेकी मायाको जीवनमा अनेक तगारो आइरहन्छन् । कहिले उसलाई तस्करले श्रीमती बनाउन खोज्छ भने कहिले सुमित्राले आफ्नो श्रीमानको सामिप्यताबाट हटाउन । एक पटक उसको घरमा आगलागी भएर परिवारै बसाइँ सर्नुपर्ने पनि हुन्छ ।
माया सँगसँगै बिस्तारै अरु पात्र उसँग गाँसिन आइपुग्छन् । प्रहरी हरिहर सिंह र उसका विशेष अधिकृत रतन यादवले आफ्ना गतिविधि बढाएपछि उपन्यासमा रोमाञ्च थपिन्छ । हत्या, डकैती, चोरी, फिरौती सबै अपराधहरु घट्छन्, र यिनको लागि जिम्मेवार व्यक्ति खोज्दा खोज्दै उपन्यास टुङ्गिन्छ । प्रायः पाठकले अनुमान गरे विपरितको व्यक्तिमाथि दोष थोपर्दै उपन्यासका मोडहरुले पनि विश्राम लिन्छन् ।
उपन्यासको शुरुवाती पृष्ठबाट अन्तिमसम्म भेउ पाइन्छ, न्यौपानेलाई आफ्नो रचना प्रति आत्मविश्वास छ । काठमाडौँ र तान्द्राङ भित्रको सानो संसारलाई सक्दो पत्यारिलो र विस्तृत रुपमा देखाउन उनी तल्लिन छिन् । यी ठाउँका घरहरु देखि लिएर वासिन्दा र यिनको बोलीचालीबारे उनले ख्याल राख्न खोजेकी छिन् । उनको पहिलो उपन्यासको भन्दा पृथक परिवेशको प्रयोग गरेर नवीनता ल्याएकीले उनको सह्राहना आवश्यक छ । त्यस्तै नौलो विषयवस्तु उनको उपन्यासको आकर्षण भइहाल्यो ।
तर उपन्यास पठनीय हुनका लागि विषयवस्तु र प्रस्तुतिका साथै भाषामाथिको पकड अत्यावश्यक छ, जसमा ध्यान नदिएका कारण कृति कमजोर बनेको छ । विशेषगरि राजनैतिक–सामाजिक विषयमा पत्रपत्रिकामा लेखिरहने र पत्रकार समेत रहेकी न्यौपानेलाई भाषाको महत्व पक्कै थाहा छ, तर पनि यही प्रमुख तत्वलाई हेलचेक्रर्याँइ गरिएको छ । यसले गर्दा अङ्ग्रेजी लेखनका पारखीहरुले पान्नैपिच्छे त्रुटी पत्ता लगाउँछन् भने भर्खर अङ्ग्रेजी पठनपाठनमा पाइला टेकेका पाठकलाई यसले गलत भाषा र शब्दचयन सिकाउँछ । उदाहरणका लागि पृष्ठ दसमा जीवन पत्रिकामा घोत्लिरहेको (पोरिङ) हुँदैन, पत्रिकामाथि खन्याइरहेको (श्रुतिसमभिन्नार्थक शब्द पोरिङ) हुन्छ । यस्ता गल्तीहरु उपन्यासभरि छ्याप्छ्याप्ती भेटिन्छन् । कहीँ मुटुमा ढ्याङ्ग्रो बज्नु (ह्यामर) को साटो यो भकभकाउँछ (स्ट्यामर) भने कहीँ मानिसहरु ट्याक्सी भित्र (इन) बस्नु सट्टा माथि (अन) बस्छन् । एउटा पात्रले स्याँक स्याँक गरिराखेको हुन्छ, तर यहाँ उपयुक्त शब्द “स्निफ्लिङ” हुनुपर्ने ठाउँमा “सुँघ्नु” भन्ने अर्थ दिने “स्निफिङ” प्रयोग भएपछि यसले अनर्थ लगाइदिन्छ । कहिल्यै नजोडिने शब्दहरुलाई सँगै टाँस्न “—” को प्रयोग गरिएको छ भने चाहिने ठाउँमा एपोस्ट्रफ (’) घुसाउन कञ्जुस्याँइ गर्दा पनि शब्दहरु बेढङ्गका बनेका छन् । आर्टिकल (ए,एन,द) अनि अव्वयहरुको शब्दसँग तालमृल छैन । लेखक आफैँ व्याकरणका सर्वज्ञाता हुँदैनन्, त्यसैले यो सच्याउने र सङ्गतिपूर्ण बनाउने कार्यमा सम्पादकले बढी ध्यान दिनु पर्ने देखिन्छ ।
सम्पादकीय काँटछाँट, उचित शब्द चयन र शुद्धाशुद्धीमा धेरै समय खर्चिइएको भए उपन्यासको स्तर बेग्लै हुनेथियो । न्यौपानेले विषयवस्तुलाई नवीन र रोचक बनाउन खोजेपनि भाषाशिल्पले साथ नदिएपछि उनको लेखनीले निराश बनाउँछ । यस्ता अङ्ग्रेजी लेखन र अनुवादहरुमा नेपाललाई अन्र्तराष्ट्रिय रुपमै चिनाउने सामथ्र्य भएकाले पनि अबका प्रकाशनहरु अघि न्यौपानेले सम्पादनलाई आफ्नो प्राथमिकता बनाउनु आवश्यक छ । विश्व साहित्य र यसमा भइरहेका प्रयोग, परिमार्जन एवं प्रगतिबारे ज्ञान राख्ने उपन्यासकार पक्कै यसप्रति संवेदनशील हुनेछिन् ।
भाषा बाहेक उपन्यासमा बिझाउने अरु दुई कुरा छन्, बेलाबखत यसमा घट्ने अविश्वसनीय घटना र अस्वाभाविक चरित्र चित्रण । लेखकले घटनाहरुलाई स्वाभाविक बनाउन खोजे पनि केही कुरा अप्रासङ्गिक र अपत्यारिला नै रहन्छन् । यसले गर्दा जासुसी उपन्यासको एकपछि अर्को घटना तार्किक रुपमा जोडिँदै जानुपर्ने तारतम्य नमिलेजस्तो लाग्छ । त्यस्तै न्यौपानेले पात्रहरुलाई जीवन्त बनाउन थुप्रै कोशिस गरेकी छिन्, तर बेलाबेला यी समाजका हिस्सा नभएर सर्जकले ठिङ्ग उभ्याएका मुर्ति जस्ता मात्र भएका छन् — न यी उपन्याससँगै हुर्किन्छन्, न यिनको व्यक्तित्वको अरु पाटो थाहा पाइन्छ । तर कुनै कुनै पात्रलाई पाठकसँग चिनापर्ची गराउन भने उपन्यासकारले उसको पूर्वकथा देखि मनस्थितिसम्म मिहिनेत गरेर उतारेकी छिन्, यही श्रम उनका अरु प्रमुख पात्रका लागि पनि खर्चर्नुपर्ने देखिन्छ । फेरि पात्रहरुलाई अरु पात्रले “पसले दाइ” वा “गुरु शिशिर” जस्ता सम्बोधनले बोलाउनु पनि अस्वाभाविक लाग्छ । कतिपय संवादहरुमा पनि यस्ता अस्वाभाविक र बोलीचालीमा प्रयोग नहुने शब्दहरु भेटिन्छ ।
नेपालमा एकपछि अर्को अङ्ग्रेजी लेखनका स्रष्टा उदाउने क्रममा न्यौपानेको दोश्रो उपन्यास र विशेषगरि साधारण विषयवस्तुमा नअल्झिइ केही विशेष गर्ने लालसा स्वागतयोग्य छ । उनमा प्रतिभा र सम्भावना दुवै छन् । उपयुक्त सल्लाह–सुझाव एवं परिमार्जनको शक्तिलाई आत्मसात गरेपश्चात उनले यो भन्दा कयौँ गुणा सशक्त लेखनी प्रस्तुत गर्न सक्छिन् ।
कहिलेकाहीँ झुर किताब पनि ट्याम पास लाई पढ्नु पर्छ ! Rockin Rollin Rolpa भन्दा त ठीकै छ तर यो ! राम्रो प्रयास तर न पाठकलाई पुरापुर बाधेर राख्न सक्छ न संपादन कार्य नै राम्रो भएको छ न त फ्लो र कथानकको pace setting मै ज्यादा मेहनत भएको छ। 🤣😂
A nice try but not worth it. The characters development and plots weren't well written. A good book for a beginner as it gives you a typical Indian web series vibes