Jump to ratings and reviews
Rate this book

सल्लीपिर [Sallipir]

Rate this book
लेखक नयनराज पाण्डेको नयाँ उपन्यास सल्लीपिर वैशाख १८ गते सार्वजनिक हुँदैछ । लू, उलारजस्ता सर्वोकृष्ट उपन्यासका लेखक पाण्डेको यो सातौं उपन्यास हो ।
आफू हुर्केको पश्चिम तराईलाई आफ्नो कथा, उपन्यासका परिवेश बनाउँदै आएका पाण्डे सल्लीपिरमा हिमाली भूभागतर्फ उक्लेका छन् । सल्लीपिर हिमालमा गौरवशाली संस्कृति बोकेर बसिरहेको शेर्पा समाजभित्रको कथा हो । प्रतिकात्मक रुपमा यसमा एउटा शेर्पा परिवारको संघर्ष देखाइएको छ । तिनका सपना र ती सपनाहरुलाई बेवास्ता गरिरहेको हाम्रो राजनीतिको कुरुप अनुहार पनि यसमा देखाउने प्रयास गरिएको छ । यसमा तीन पुस्तको कथा छ । हिमाल आरोहणका सुखदुःख छन् । चौरी गोठालाका व्यथा र आनन्द छन् । एउटा बालकको किताब पढ्ने रहर छ र त्यो रहर पूरा गर्न अनेकौं समस्याको सामना गर्ने आमाको संघर्षको कथा छ ।

229 pages, Paperback

First published April 30, 2016

15 people are currently reading
218 people want to read

About the author

Nayan Raj Pandey

11 books80 followers
Nayan Raj Pandey (Nepali: नयनराज पाण्डे) is a Nepali writer. He writes stories and novels, as well as screenplays for Nepali cinema. He is known for his representation of contemporary Nepalese society in his novels, in a figurative style

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
29 (18%)
4 stars
61 (39%)
3 stars
51 (32%)
2 stars
10 (6%)
1 star
5 (3%)
Displaying 1 - 20 of 20 reviews
Profile Image for Neela Tamang.
2 reviews5 followers
May 18, 2016
अबको एक महीनासम्म कुनै पुस्तक नपढ्ने ठानेको छु मैले । भर्खरै सल्लीपिर पढिसके । कुनै दुई मत छैन पाठकलाई कायल पार्ने प्रिय लेखक नयन राज पाण्डेको विशिष्ट लेखन शैली । यही शैलीका कारण पुस्तकका कथाहरुमा उल्लेख भए झै अक्षरहरुबाट बनेका तिलस्मी कथाका ह्याङ्गओभरमा झुमिरहन मन छ , कथाका पात्रहरुसंगै हिमाली क्षेत्रमा विचरण गरिरहने मन छ, बौद्ध गुम्बाहरुका घण्ट र ओम मणि पद्मे हुं को मन्त्रहरुको धुन सुनिरहने अनि धुपको वासनाको सुगन्ध लिइरहने मन छ भलै ती कथाहरुमा सुखका कुनै कथा छैनन् । दुःखै दुःखले भरिएका छन् पात्रहरुका जीवन । यिनै दुःखहरुभित्र अभ्यस्त कथाकी मूल पात्र पेमा साना साना कुरामा खुशी खोज्दछे ।

दुःखसंग अलिकति पनि डर लाग्दैन पेमालाई । दुःखका अनेक अनेक रंग र संस्करणहरु उसले देखिसकेकी छ । त्यसैले यो गाउंमा पाइला टेक्दा जताततैबाट ह्वाङ्गह्वाङ्गती देखिने दुःख र अभावले रत्तीभर पनि अत्याएन उसलाई । पृष्ठ ३० पेमाको सपनामा आएकी अर्की पेमाबीचको वार्तालाप पछि उसले देख्थी विकटता र जटिलता । अभाव र त्योसंगको कहिल्यै नसिद्धिने लडाईं । तयही विकटता र जटिलतामा अब उसले जीवनका बांकी दिन बिताउनु थियो । पुष्ठ ५४

हामी गोठालाहरुको एक हात वरपर, छेउछाउमै मृत्यु नामको डरलाग्दो राक्षस धुवां, हावाहुरी या कुहिरो भएर मडारिइरहेको हुन्छ । अलिकति तलमाथि भयो कि मृत्युले घांटी अंठ्याइहाल्यो । पृष्ठ ३९
बरु आफ्नै छांयांसित भाग्न सकिएला, दुःखसित कसैगरी पनि भाग्न सकिंदैन । पृष्ठ ५६

यस्तै मन रम्ने वाक्यांश र पात्रहरुले दार्शनिक पाराले गरेका विशिष्ट संवादहरु यथेष्ट छन् पुस्तकभित्र । यद्यपि हामीले तत्कालीन हाम्रो समयमा देखेका हिमालबाट राडीपाखी लगायत अन्य जडीबुटीहरु बेच्न आउने शेर्पाहरुको झर्रो लवज त पाइदैन । लेखकको आफ्नै आख्यानशिल्प र मौलिक काव्यिक प्रस्तुतिले गर्दा हुनसक्छ । उनीहरुले कसरी सोच्छन् कसरी दैनिकी व्यतित गर्छन् यस्तै सोचहरु आउने गथ्र्यो मनमा । यी प्रश्नहरुको उत्तर सहज पाउन सकिन्छ पुस्तकमा । दुःखै दुःखले भरिएको दैनिकी । २५ वर्ष पहिले होस् वा आज, उस्तै सहज छैन जीवन । जसरी केही वर्ष पहिले मात्रै नुन किन्न २/३ दिन लगाएर सदरमुकाम आएर घण्टौ लाइनमा उभिएर मात्र २ किलो नुन पाएको र त्यतिका लागि करीब रु. १००००। खर्च भएको खबर नेपाली टेलिभिनबाट प्रशारण भएकै हो, पत्रपत्रिकामा प्रकाशन भएकै हो ।

आखिर मधेस होस् वा हिमाल । सीमान्तकृतले भोग्ने दुःख उस्तै हो । अशिक्षा, चेतनाको स्तर उस्तै हो । गरीब सोझासाझा जनता 'उलार'मा प्रेमललवालाई र 'सल्लीपिर'मा दावालाई चुनावमा प्रयोग गर्ने अनि स्वार्थपुर्ति पछि चटक्कै बिर्सिदिने राजनितीज्ञ उस्तै हुन् । मात्र फरक हुन् पात्रहरु र फरक हो परिवेश र भौगोलिकता ।

चौरीलाई अर्को खर्कतिर लांदै गर्दा बाटैमा सयौं भेडाका बथान लिएर हिंडिरहेका भेडी गोठाला पनि भेटिए । एउटा बुढो भेडी गोठालाले आफेनो दुःख बेसाउंदै भन्यो - जेठ महिनामा लेकतिर लगेका थियौं भेडाहरु । लेकको गोठमा पानी नै थिएन । पानी खान नपाएर हाम्रा थुप्रै भेडा मरे । कतिलाई रोग लाग्यो । त्यसैले चिसो नबढ्दै बेसीतिर झर्न लागेको हामी । पृष्ठ ४०

लेकमा बस्नेहरु भेडी गोठाला होस वा चौसी गोठाला दुःख त आखिर सबै साझा नै रहेछ उस्तै रहेछ ।

पहिला चौरी बचाऊ । अनि आफू बांच । हिमालका तिमीजस्ता गरिब मान्छेभन्दा चौरी महत्वपूर्ण हो । पुर्खौदेखि उनीहरुको नियतिले तोकिदिएको प्राथमिकता पनि यही त थियो । मानव जीवनभन्दा चौरीको मूल्य ठूलो । चौरी छैन भने जीवन पनि छैन ।

पुरै गाउंमा एक जना लामा बाहेक कोही साक्षर नहुनु । दावा मरेपछि पेमाको नाममा आएको चिठीमा के छ अन्यौलको स्थिति र कैयौ दिनसम्म पनि काजक्रिया गर्न नसक्नु । त्याहांभित्र कुनै सुन्दर अक्षरहरुले लेखेका कथा होलान् भनी फुर्वाको जिज्ञासाले हप्तौ लाएर चिठी पढाउन गाउं गाउं चाहार्नु र अन्तमा बाउ मरेको समाचार छ भन्ने पछि मात्रै दावाको काजक्रिया गर्नु । खुम्बु क्षेत्रको अत्यन्त दयनीय शैक्षिक स्थितिको उजागर गरेका छन् लेखकले । किताबभित्र त भूत बस्छ, किताब पढ्ने मान्छे बौलाउंछ भन्ने मानससिकता बोकेकी पेमाकी आमा ग्याल्मोले बाबु छिरिड०प्रति गरको व्यवहार धेरै पछि मात्र थाहा पाउंछे पेमाले उसका बाबु त ज्ञानी रहेछन्
रिन्पोछेजस्तै । उसका बाबुले सुनाइरहने कथामा ऊ आफै हुन्छे, त्यही परिवेश हुन्छ त्यही दुख हुन्छ ।

आफ्ना त्यो स्तरप्रति पुस्तकमा कहीं कतै विद्रोह गर्नुपर्ने चेतनामा पात्रहरुहरुलाई नपाइएतापनि खर्कसम्म पुग्न यात्रारत चौरी र गोठालाहरु महीनौंदिनपछि खर्कमा पुग्दा चारैतिरबाट बेरिएको खर्कमा सरकारी कर्मचारीहरुले प्रवेश नदिदा, न पछि फर्कने न अघि जान सक्ने स्थितिमा हुंदा दावाहरुले दुईदिनसम्म त्यही बसी याचना गरिरहंदा पनि मन नपग्लने सरकारी रवैयााले भोकले मर्ने स्थितिमा पुगेका चौरीहरु लाई पेमाले सपनामा देख्छे र देख्छे त्यही भीडको एक चौरी बुरुक्क उफ्रदै "यो चरन त हाम्रो हो" भन्दै चरनतिर दौडन्छ त्यसपछि अन्यलाई पनि आंट आउंछ र सबै चरनतिर दौडन्छन् । भोका चौरीका अगाडी सरकारी कर्मचारीका अगाडी केही सीप लाग्दैन ।

यस्तै अनौठो सपनाबाट बिउझेपछि पुनः त्यही अर्ध निन्द्राको अवस्थामा पेमाले आफ्ना बाबु छिरीड०ले गीत गुन्गुनाको अस्पष्ट सुन्छेः

नबोल्दा नबोल्दै बोल्नै बिर्सेको त हो नि हामीले
फर्केर नहेर्दा नहेर्दै आफैंलाई यात्राहरुमा,
आफैंलाई चिन्न बिर्सेको त हो नि हामीले ।
भेडाको हुलमा मिसियौं र भेडा नै भयौं
चौंरीको हुलमा मिसियौं र चौरी नै भयौं ,
हामी त ढिंडो खाने बेलामा मात्र मान्छे भयौं,
छ्याड० खाने बेलामा, आकाशमा छिमार छर्कने बेलामा
र ओम माने पेमे हुं जप्ने बेलामा मात्र मान्छे भयौं
हामी हिंड्ने बेलामा, बोल्ने बेलामा, हांस्न् बेलामा मान्छे भएनौं,
हामी रुने बेलामा मात्र मान्छे भयौं ।
एकपटक आवाज निकाली हेर
एकपटक फर्की हेर आफैलाई
देउताले वरदान दिनै पर्दैन
आफूलाई चिनेकै बेला तिमी आफंै
भेडाबाट फेरि मान्छे भइहाल्नेछौ
चौंरीबाट फेरि मान्छे भइहाल्नेछौं ।

सपनामार्फत मूलपात्र पेमाका बाबु छिरिड०ले गुनगुनाको गीतमार्फत त्यसक्षेत्रका समुदायलाई लेखकले चेतना दिन खोजेका छन् । तर कहिले सुन्नेहुन् यो गीत, कहिले पढ्ने हुन् सल्लीपिर पेमा र दावाहरुले ? लेखकले भनेझैं, लेखेको २० वर्ष भैसक्दा पनि प्रेमललवाले 'उलार' नपढेझै, सलीमले 'लु' नपढेझै हिमालले 'सल्लीपिर' नपढ्ने त हैनन् आशा गरौं अक्षरहरुको उज्यालोले उनीहरुको गाउं उज्यालियोस् चांडै, चा‌डै पढु्न् पेमा र दावाहरुले आफ्नो कथा ।

पुस्तकका बारेमा धेरै कुरा आइसके । कमजोरी नितान्त मेरा हुन् र भएका केही प्राविधिक त्रुटी आगामी संस्करणमा सच्याइने भनिसकेका छन् लेखकले । एउटा सामान्य पाठकको हैसियतले यति लेख्ने धृष्टता गरे मैले ।
Profile Image for Sangharsha.
147 reviews1 follower
May 6, 2016
Sallipir is a nice novel. Nicely written, poetic language, excellent story, provides a glimpse of Himali lifestyle which is not generally portrayed in popular literature (just like Loo). it is an inspirational journey of a mother who wishes to gift 'words' to her son - intermingled with pain and driven by destiny (perhaps, or societal dogmas, we should say), the hardships ensue, and it never lets the characters spin off that vicious circle.

The writing style is beautiful, no doubt. Poetic, yeah totally. Reflective, sure. At times the beautiful style keeps going on like a poem - that it simply doesn't rhyme with the context. Excessive reflective writing made the reading mundane for me. Too mundane the very style became at times that I felt like skimming the text. I'd say it has excessive and mismatched word play - feels like a word play just for sake of word play. At times it feels that the typical Sherpa words are shoved up in the text, albeit without the Sherpa rhetoric. The terms could be technically correct, precisely named but they just don't go with the flow. Feels like someone else is speaking, not Pema, not Dawa, definitely not Phurba. I would have loved to hear that story in Pema's language, Dawa's feel and Phurba's style. When I'm with Pema, I want to be with Pema (and not juggle between some visitor poet and Pema at the same time).

Its a touching story. Himal, Sherpa, and unsung heroes in an otherwise untold story. But can a story alone elevate a writing to a next level? Can a plot transform the novel to a next level? I don't think so. I think how a documentary explains a story should be (must be) totally different than a story teller. Story teller, in a novel, are the characters themselves, not an external researcher.

I feel like I'm being too harsh to such a 'sweet story', but I feel I'm not satisfied. For me Loo was much better than this. Much much better.

If a piece of writing doesn't go through you like a storm, it is not a great piece. If you are the same reader before and after the book, it is not a great piece.
Profile Image for Bibash Sapkota.
70 reviews30 followers
May 2, 2016
Plus Points and Minus Points:

+ नयाँ परिवेश
- पुरानै कथा
+ मन्त्रमुग्ध पार्ने लेखनशैली
+ हिमाली भेगको बासिन्दाको जीवनशैलीको चित्रण
+ घटना र परिवेशको सजीव बर्णन
- किताबको धेरैजसो भाग पात्रहरूको दैनिकीको वर्णन गर्नमा सिमीत रहनु
+/- नाटकिय लाग्ने केही घटनाहरू
+ दु:खपुर्ण जीवनको वर्णन
- दु:खै दु:खको कथा: उपन्यासभरी कालो बादल मडारिन्छ । चाँदिको घेराको अनुपस्थिती ।
- Might appear as monotonous, predictable and one dimensional.
+ मैले अहिलेसम्म पढेसम्मकै सवैभन्दा उत्कृष्ट पहिलो ३ अध्याय । शरीरमा काँडा उमार्नेखालको ।
- सुरूवती मोमेन्टम अन्त्यसम्म बोक्न नसक्नु ।
- ठ्याकै भन्न त सक्दिन तर उपन्यास पढ्दै जाँदा कतिपय घटनाहरू कताकता नमिलेजस्तो फिलिङ आउँछ ।
+ दुःखका कुरा पढ्न रूचाउनेहरूलाई मन पर्छ ।
- सकारात्मक, inspirational कुरा खोज्नेहरूलाई निराश बनाउन सक्छ ।
समग्रमा : औसत उपन्यास । एकचोटी पढ्दा हुन्छ ।

Profile Image for PJ.
22 reviews2 followers
March 18, 2017
अत्यन्तै रोचक ।
खास गरेर हिमाली भुभागको बारेमा धेरै थाहा नहुने म जस्तोका लागि एकदम नौलो, उत्साहजनक जिज्ञासाले भरिएको, किताबको हरेक पानामा लहरा झै गाँस्दै/झाँगिदै लगेको भान हुन्छ ।

दुखान्त कथा भए पनि आख्यानको अन्तिम तिर पेमाको किताब ल्याउने यात्रामा आई परेको षडगोहरु पढदा अनायसै पाठकको मनमा पनि एउटै कामना हुन आउछ । जसरि पनि फुर्वाले किताबको भारी पाओस र ज्ञानका अन्धकार हटाउने प्रयासमा एक पाईला अघि सारोस ।
आख्यानले शेर्पाहरुको दुख:, पर्यटकिय क्षेत्रमा उनका योगदान र राज्यको बेवास्तालाई पनि उजागर गरेको छ । शिखरहरुका स्थानिय नामको जानकारी पाउदा यो किताब एउटा टाइमपास मात्रै नभई हाम्रै एक समुदायको बारेमा, उनका रितिरिवाज, दुखजिलो रहनसहन, उनका पिडा, आँकांक्षा आदी जान्ने बुझ्ने श्रोत पनि बनेको छ ।

'नयनराज' का उलार र लु जस्तै सल्लीपीर पनि पुरा 'पैसा वसुल' र आफ्ना घरेलु किताबखानाको शोभा बढाउन छुट्टाउन नहुने अद्भुत आख्यान हो । हाइली रिकमेन्डेड ।
Profile Image for BJ.
57 reviews1 follower
February 25, 2017
Book do not contain anything new. Writer have investigated a lot of himalayan life which is one of the best quality of this book, readers can get immense knowledge about himalayan life, tradition & culture. That's why I gave one extra star to this book.

Plot is simple but depicting himalayan life this minutely, Pandey's have done it brilliantly. Actually, NayanRaj Pandey investigated a lot, his flow of words, his style everything is praiseworthy. I have read him before, and he never dissapoints.

In short, if you want something new then grab it and all I want to say is 'Welcome to the himalayan adventure' and just feel it. Thank you Nayan dai!
Profile Image for Bhaskar Dhakal.
22 reviews12 followers
June 19, 2019
Not a 3 star but certainly not a 2 star either. 2.5 out of 5 for me. Going through once is enough. There are mistakes in the book which are rectified on the second edition though. But the errors halt your reading if you are going through the first edition. Language is sweet as expected from the writer. The story is nicely written but lacks something to the core. Recommended for the one time read because the style of writing and sweetness of language can win your heart.
Profile Image for Niranjan Udas.
39 reviews
May 7, 2016
साना साना कथाहरुले बनेको सल्लिपिरको हरेक अध्यायमा सिक्न सकिने धेरै पाठहरु पाए । हिमाली भेगमा बस्ने नेपालीहरुको जिवन बुझ्ने मौका पाए । जसरी बनेको छ जिवन सुखले, दु:खले, भोगाई र आशाहरुले, त्यसरी नै बनेको छ सल्लिपिर ।
Profile Image for Samarth.
12 reviews1 follower
July 28, 2019
It makes me wonder how we are erroneous about the thought that nepali fiction would not amaze us. But today my perception is flipped, it all started when my father suggested a book which he told was close to his heart. Sallipir it was.
I am really amazed by the writing of the author Mr.Narayan Raj Pandey and hope his works are recongnized more to youth. I just would advise to read this book without any further thought, because if you are not then there is something really good missing.
Profile Image for Sabin Chhetri.
145 reviews5 followers
August 1, 2023
लेखक पाण्डेले आफ्नो कम्फर्ट जोन बाट बाहिर गई माओवादी द्वन्दकालको बेला हिमाली क्षेत्रको बासिन्दाले गर्ने संघर्षको कहानी भन्ने प्रयास गरेका छन्।
कथामा केही त्रुटिहरु छन् जस्तै -
१. ग्याल्जेन १३-१४ अध्यायमा नै घर फर्किसकेको हुन्छ, तर १६ अध्यायमा तेन्जी लाई तिब्बतमा ग्याल्जेन ले पिटेको भनिएको छ।
२. छिमिको मृत्यु ३० औं अध्यायमा हुन्छ, तर ३२औं अध्यायमा आएर छिमीले ढिडो पकाइन भनिएको छ।

पाण्डे जी को लू जतिको राम्रो नभए नी सल्लिपिर समग्रमा ठीकै छ।
Profile Image for Deepika Rai.
2 reviews
January 13, 2024
I read this book after I read लू by the same author, thinking it to be as intriguing as the latter. But was a disappointment to some extent. Considering the fact that it’s a slow read, I still found pieces that were quite a bore. So, I was left skimming through the paragraphs, as the chapters were quite predictable. The repetitive form of style, language and word choice in the writing throughout the chapters made it dull furthermore.
1 review
July 2, 2025
I don't know if the story was true or not but I am pretty sure that life on the mountains is exactly as it has been portrayed on the book. The hardships and difficulties. Have to respect them for their struggles and also have to thank the writer who told us about such stories.
1 review
Read
October 1, 2020
about friendship of pema and karmaa very heart touching story i recommed all of u to read
Profile Image for Dita Niraula.
5 reviews
May 29, 2024
This is my first Nepali read. The language used is simple and sweet. Storyline depicts the remote lifestyle of eastern Himalayan Region and the political insurgency. There is a story to follow. But I felt it lacks the essence. I was told this book will make me cry(and I get very emotional when I read books) but unfortunately it didn’t. I would give 3 stars
Profile Image for Bishal Lakha.
36 reviews2 followers
January 2, 2017
लेखकका अघिल्ला उपन्यासहरु भन्दा केही कम्जोर भएता पनि उतिक्कै मार्मिक ।
Profile Image for Bizz Lamichhane.
4 reviews
October 6, 2021
नयनराजले हिमाली खुम्बुभेगका शेर्पाहरुको र उनिहरुको लवाई खवाई, भेष भुषाको गहन अध्ययन गरी यस उपन्यासमा पेश गर्नुभएको छ । शेर्पाहरु यति दुखि हुन्छन र नुन खानकै लागी भनेर त्यस्तो संघर्ष गर्नुपर्छ भन्ने कुरा मलाई थाहा नै थिएन । पढेर मजा आयो, नयनराज पाण्डेमा लगानी गरिएको पैसा र समय कहिल्यै ब्यर्थमा नजाने रैछ ।
Profile Image for Sadduu .
7 reviews
August 22, 2022
This book made me cry. Total emotional damage. I would recommend every single person to read this. I read this a long time ago. Now i want to read it again aaahhh *dramatically crying thinking about the plot*
Displaying 1 - 20 of 20 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.