What do you think?

शहरको कथा [Saharko Katha]
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 1 of 1 review
August 12, 2021
उपन्यास: मुदिर
लेखक: मीनराज बसन्त
प्रकाशक : शिखा बुक्स
मूल्य : ३२५
पेज : २५३
कसैले हजुरलाई विदेश जान्छौं ? के-कालागि ? पैसा कमाउन चाहन्छौं ? कहिल्यै कतारकाे नाम सुनेका छाैं ? यसकाे जवाफ हाे । उपन्यास मुदिर ! जिन्दगीमा प्राय सबै विदेशकाे भुमीमा आफ्नो पसिना चुहाउन जान्छन । याे नेपालको शाश्वत वाणी सरश नै लागू भएकाे छ । देशकाे आर्थिक काराेबार र उन्नति नै रेमिट्यान्स धानेकाे छ । यश कुरामा नेपाल सरकार पनि प्रसन्न छ, तर नेपाल सरकारले कहिल्यै पनि साेचेन कि देश धान्नेहरूले कसरी आफ्नो रगत र पसिना चुहाएर काम गरेका छन । साेच्दा पनि नेपाल सरकारको साेचमा एउटै कुरा मेराे दिमागबाट जान्छ -छि:
बसन्त मीनराजकाे प्रस्तुति हाे- उपन्यास, मुदिर । अरबी भाषाकाे याे शब्द मुदिर, नेपाली भाषामा यसलाई मालिक वा नाेकरकाे रूपमा बुझ्न सकिन्छ र बुझ्नुपर्छ पनि । यश उपन्यासको कथावस्तु यति प्रस्ट, सरल भाषा, एकतमास लवर झै तन्किएकाे छ कि यस उपन्यास पढ्ने कुनैपनि पाठकलाई यसले आफ्नो मजवुद पकडमा लिन सक्छ । याे लेखकको कलमकाे जादुगरिता हाे भनेर बुझ्छु म ।
धेरैको प्रश्न याे छ कि जब पुस्तक पहिलोपल्ट २०७३ असाढमा बजारमा आयाे त लेखकले किन पुस्तककाे शिर्ष कथा अरबी भाषामा लेखेत ? के याे अनुवादित उपन्यास हाे ? के याे अरबी मनुहरूकाे स्मृति ग्रन्थ हाे ?
भन्नुपर्दा याे सबै कुरा हाे नै । याे अनुवादित सरह नै छ । कारण, नेपाली साहित्यमा विरलै देखिने विदेशी भुमीकाे कथा नेपाली साहित्य जगतमा देखिनु अनुवाद नै सरह लाग्छ मलाई, तर याे अनुवादित चाहिँ हाेइन ।
उपन्यासको कथावस्तु सामान्य तवरले अगाडि बढेको छ । सहर र गाउले परिवेशमा डम्बर पात्र राखेर कहानी अगाडि बढाएका छन लेखकले । आफ्नै देशको नागरिकमाथि अनैतिक तवरले दलाली गर्नु, गरिबीकाे हालतमा ऋण उठाएर विदेशी भुमीमा जानू साथै कम्पनीले भनेका सेवासुविधा नदिनु, काम दिन नसक्नु, समयमा नै तलव दिन नसक्नु याे उपन्यासको प्रमुख विषयवस्तु हुन । विमानस्थलमा जहाजबाट उत्रेर आफ्नो घरतर्फ आउदै गरेकाे परदेशीलाई देखेर हामी कति खुसी हुन्छौं, उबाट हामीले गर्ने अपेक्षा, लाहुरेकाे दर्जामा राख्नु, परदेशीलाई गर्ने व्यवहार उपन्यासमा कसरी प्रस्तुत गर्न सकिन्छ त्यसकाे प्रमाणकाे रूपमा याे उपन्यास देखिन्छ ।
उपन्यासमा मुदिर विदेशमा काम लगाउने मालिक जस्तो देखिए पनि यस उपन्यासमा देशको अार्थिक अवस्था धान्ने, रेमिट्यान्स देखाउने परदेशीलाई मुदिरकाे दर्जामा देखिएकाे छ । उपन्यासमा विदेशी भुमि र नेपाली भुमिकाे विचमा तुलना गरिएको छ । त्यहाँको समय र यहाँको समय अनुसारको आर्थिक तथा सामाजिक परिवर्तन अनुसार नेपाल कति पछाडि परिएकाे त्यो लेखन शैली यहाँ प्रस्तुत गरिएको छ ।
लेखकले यश उपन्यासमा नेपाली भाषा, राई भाषा तथा अरबी भाषाकाे समायोजन गर्दा उपन्यास अत्यन्तै सुन्दर देखिएको छ । विदेशी भुमीमा नेपाली कामदारले भाेगेका दु:ख कष्ट, दुर्घटनामा पर्दा गरिने व्यवहार लाई छर्लङ्ग कथावस्तुमा उतारिएको छ ।
विदेशी भुमिबाट आफ्नो भुमिमा पर्कन गर्नुपरेको र पर्ने कष्ट र फर्केपछिकाे खुसीलाई पाठक स्वयं आफैंले भाेगेकाे जस्तो तुल्याएकाे छ ।
तर, कताकता उपन्यासमा कथावस्तु अपुराे जस्तो पनि लाग्छ । कतिपय हरफमा एउटै विषयवस्तु, भाव र शब्दहरू दाेहाेरिएकाे छ । पात्रलाई अलिकति सामाजिक परिवेशमा लेखकले ढाल्न नसक्नु र प्रमुख पात्रसँग अन्य सहायक पात्रकाे भुमीकालाई, उनीहरूको परिचय राख्न नसक्नु र पात्रहरूलाई उचित नाममा राख्न नसक्नु चाहिँ यस उपन्यासको आलोचनात्मक पक्षहरू जस्तो लाग्छ मलाई !
© #elaiyaa #book #books #मुदिर #उपन्यास #मीनराज_बसन्त #bookreview