Jump to ratings and reviews
Rate this book

कसिङ्गर [Kasingar]

Rate this book
अचम्मलाग्दा घटना र संयोगले बुनेको प्रस्तुत उपन्यास सामाजिक भेदभाव र व्यक्तिगत स्वार्थको कसिङ्गर हो। यसको उद्‌घाटनसाथै त्यस अन्यायमा कुण्ठित र विकृत हुनुपर्नेहरूको नियति तथा अन्तत: संयोग बडो मार्मिक छ।
Downloadlink:
http://pustakalaya.org/view.php?pid=P...

95 pages, Paperback

2 people want to read

About the author

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
1 (25%)
3 stars
1 (25%)
2 stars
1 (25%)
1 star
1 (25%)
Displaying 1 - 2 of 2 reviews
Profile Image for Jaiseri.
206 reviews15 followers
August 3, 2016
गिता केशरीका उपन्यासकाे चर्चा कहिं पढेकाे थिएँ । नेपाली पुस्तकहरूकाे विद्युतीय संग्राहलय, पुस्तकालय थाेप्लाे अाेअारजी मार्फत उनकाे कसिंगर पढ्ने माैका पाएँ ।
उपन्यास सुरूवातमा सामान्य लाग्छ । ३४ सालमा प्रकासित भएकाले त्यसैबेलाकाे सामाजिक सेराेफेराेमा अाधारित भनेर मान्न सकिन्छ । सुरूसुरूमा अनुमान गरे जस्तै गरी कथाका घटनाहरू अघि बढ्छन् । तै पनि छाेड्न चाहिँ मन लाग्दैन । हेराैँ न त भन्दै गर्दा कथाले नयाँ माेड लिइदिन्छ अनि अन्तिम पानासम्म नपढि सुख्खै हुन्न ।
जातीय छुवाछुत र लैङ्गिक विभेदलार्इ विषयवस्तु बनाएर कथा निर्माण गरिएकाे छ । कथामा केहि प्रश्नहरू सशक्त ढंगबाट उठाइएकाे छ । उच्च प्राथमिकतामा नपारे पनि उपन्यास पठनीय छ । सानाे भएकाेले धेरै समय पनि खर्च हुँदैन ।
गिता केसरीकाे उपन्यास पढि सक्दा उनी नारी हुन या पुरूष छुट्याउन भने सकिएन । हुन त त्यसले खासै असर पार्दैन । घटनाक्रम प्रतिकाे उनकाे फरक दृष्टिकाेणकाे कारणमा संगती भेट्टाउन भने त्यसले मद्दत गर्छ ।
याे उपन्यास पढिसकेपछि लेखककै अर्काे उपन्यास खाेज मेराे व्यक्तिगत पठनीय पुस्तककाे सूचिमा थपिएकाे छ ।
उपन्यासका केहि घतलाग्दा पंक्तिहरूः
-"त मलार्इ मात्रै विग्रिस् भनी किन भन्दछेस् ? के मसँग लाग्ने पनि विग्रिएकाे छैन ? जति स्वास्नीमानिस विग्रे भनी भन्दछेस् उति नै लाेग्नेमानिस पनि बिग्रिएकाे छ । .."
-"तपार्इंहरूकाे कर्तव्य यदि न्यायपूर्ण फैसला गर्ने हाे भने मेराे एउटै प्रश्न छ- के दुनियाँमा बिना लाेग्ने स्वास्नीमानिसले बच्चा पाउँछन् ? तर खै यसप्रतिकाे पनि प्रश्न?...तपार्इंकाे नजरमा देखिएँ हुँला म कस्ती पतित नारी रहिछु । तर खै देिखएका पतित पुरूष ...?"

Profile Image for Nitosh.
8 reviews
Read
April 28, 2024
Slow and Simple, like a Classic movie. 🙏🏻🙏🏻
Displaying 1 - 2 of 2 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.