गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई ‘भर्जिन ल्यान्ड’ बनाउने आधार हो— सेयरबाट करोडपति । पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो— सेयरबाट करोडपति ।
रविन्द्र भट्टराई सेयर बजार विश्लेषणका ‘पर्याय’ नै मानिन्छन् । अध्ययन, अनुसन्धान र विश्लेषण क्षमताका कारण उनी आफैंले मात्र अरुले पत्याउनै नसक्ने उपलब्धि हासिल गरेका छैनन्, थुप्रैलाई समृद्धि हासिल गर्ने मन्त्र पनि बाँडेका छन् । पुँजी बजारलाई बलियो बनाउन सचेत लगानीकर्ताको उपस्थिति अपरिहार्य देख्ने उनी तालिमकै लागि देशका धेरै जिल्ला पुगेका छन् । भट्टराईका सेयरबारे दस पुस्तक प्रकाशित छन् । व्यवस्थापन सङ्कायको वित्त तथा लगानी विषयका स्नातकोत्तर भट्टराईले त्रिभुवन विश्वविद्यालय, शङ्करदेव क्याम्पसमा १३ वर्ष लगानी व्यवस्थापन विषय अध्यापन गराएका थिए ।
An MA in Finances and Investment, Rabindra Bhattarai has taught at Shanker Dev Campus for 13 years. He the foremost share expert and travels to different parts of the country giving training. He writes a weekly column about the share market and is the author of ten share-related books.
The book explains basic ideas of share market and how to invest in it. Most of the contents of the book are common sense content. However, beginners can learn tips and tricks from the book. It is an easy read and can be completed in a sitting or two. I just wanted to understand the basics of the share market in Nepal and I think this book exactly offered that.
Well this book offers a common sense insight along with some great information on investing methodology. I will recommend to go with this book if one is complete beginners and wants to have some idea on Nepali share market. This book will just make you intouched with some ideas which can be further expanded but it doesn't gives clarity to all the fundamental and technical analysis methodologies of Stock market. This books will serve you as a well managed syllabus for gaining stock market information
This book makes easy to understand about share market in Nepal for beginners. Contains basic concept and can help to make a strong foundation for anyone planning for investing in share. P.S. It is in Nepali language.