स्कुलबाट घर फर्कंदै गर्दा छ कक्षामा पढ्ने कला जाँघ भिजेजस्तो महसुस गर्छिन् । जामा माथि सारेर हेर्नेबित्तिकै आत्तिन्छिन् र घरतिर दौडिन्छिन् । आफूलाई के भएको हो थाहा पाउनुअघि नै इजाले उनलाई बारीको पुछारको सुनसान छाप्रोमा पु¥याउँछिन् । डरसँग सामना गर्दै कलाले आफूलाई त्यही छाप्रोमा लुकाएर राख्छिन् । त्यहाँ उनले चिन्छिन्— बाज्येको देउता, भागिरथी दिदीको प्रेम, महादेवको सर्प, फुपूको लसपस, रुपा बउजूको जत्काल । थाहा पाउ“छिन््— छाउका पौराणिक र वैज्ञानिक आधार अनि एकान्तमा बस्नुको कारण । अन्ततः परम्परा र परिवारसँग विद्रोह गर्छिन् । बाह्र वर्षकी बच्चीमा उमेरले ल्याएको परिवर्तन र आइपर्ने दुःखको सामना गर्दै गोठमा बाइस रात काट्ने बच्चीको कथा हो, छाउघर ।
छाउघर ‘कला’ पात्रको प्रथम रजस्वलाको क्रममा छाउघरमा २२ दिन बिताउँदाका घटनाक्रममा आधारित उपन्यास हो । सो दिनहरुमा छाउगोठमा हुने यौन, बलात्कार, सर्प र विच्छिको टोकाइबाट मृत्यु, लगायतका विषयवस्तुलाई कथामा बुनिएको छ । आत्मपरक शैलीमा लेखिएको उपन्यासमा सुदूरपश्चिममा छाउगोठ पूर्वको महिनाबारीका क्रममा महिलाहरुलाई वन पठाएर ढुङ्ग समेत छुन नदिई हिँड्न लगाउने लगायतका अनावश्यक यातनाको प्रसंगले मान्छे कहाँ सम्म जड र मुर्ख हुनसक्छन् भन्ने नमुना पढ्न पाइन्छ । त्यो पढिरहँदा छाउगोठ धेरै सहज लाग्छ । सायद त्यस्तै सोचले होला सहरका ‘छाउगोठ’ हरु अझै पनि नभत्किएको । छाउगोठमा रहँदा परिवारबाट अलग्गिने र अप्ठ्यारो परिस्थितिमा रात काट्नुपर्ने मात्रै होइन मिठो मसिनोबाट समेत बञ्चित गरिने चलनको सन्दर्भ पनि किताबमा पढ्न पाइन्छ । गाइ बिग्रिन्छ भनेर दुध र दुधजन्य पदार्थ नदिने, बलिमा काटिएको मासु नदिने लगायतका कुराहरु पनि पात्रले भोग्नुपर्छ । अरु त अरु सुत्केरी अवस्थामा पनि त्यहि किसिमको यातना खेप्नुपर्ने र पोषणबाट वञ्चित हुनुपर्ने अवस्थाको कथा छाउघरले समेटेको छ । जबकी सुत्केरी अवस्थामा शिशुको स्वास्थ्यका खातिर आमाले बढि पोशिलो खानुपर्ने हुन्छ । अन्तिमसम्म पढ्दा आफ्नै समाजसँग घृणा लागेर आउँछ । पुरुष हुनुप्रति घृणा लागेर आउँछ । अनि कुरा ठूलाठूला गरे पनि परिवार भित्रकै छोइछिटो मेट्न नसकेकोमा कस्तो थकथक लाग्छ । पढेको के काम ? संसार देखेको के काम ? परिवर्तन त व्यक्ति आफैबाट अनि त्यसपछि परिवार र समाज हुँदै देशमा फैलनु पर्ने होइन र ? थप ब्लगमाः https://randompilgrimat.blogspot.com/...
१२ वर्षकी कला विद्यालय बाट फर्किदै गर्दा उसले आफ्नो जाँघ भिजेजस्तो महसुस गर्छे। लुगा माथि सारेर उसले जुन दृश्य देख्छे उ आतिएर आफ्नो इजा भएको ठाउँमा पुग्छे। आफूलाई के भएको हो भनेर थाहा नपाउँदै उसकी इजाले उसलाई बारीको पुच्छर मा रहेको छाउघर मा पुर्याउँछिन। पहिलो चोटी महिनावारी भएकाले उसले २२ दिनसम्म आफ्ना बुबा र भाइलाई हेर्न नपाउने भएका ले उसले २२ दिन छाउघर मा बस्नुपर्ने हुन्छ। कलाको जीवनको २२ दिनको कथा हो यो किताब। उसले २२ दिनमा भागीरथी दिदी, मङ्गली दिदी, रमा भाउजु जस्ता पात्र बाट माया, भगवान, जीवन, मृत्युको बारेमा धेरै कुराको ज्ञान हासिल गर्छे। पहिलो दिन एक अबोध बालिका भएर गोठ आएपनि २२ दिनको बसाइले उसलाई परिपक्व बनाउँछ । छाउँघर बस्दा महिलाले भोग्नु पर्ने दुःख, सामाजिक कुरीति र यस्ता कुरितिलाई जरैबाट उखालेर फाल्न आह्वान गरिएको छ किताबमा।
डोटेली समाजको कथा भएर यस कथालाई पट्यारलाग्दो र यथार्थवादी बनाउन डोटेली भाषाको प्रयोग गरिएको छ। ती शब्दको अर्थ किताबको अन्तिम पृष्ठमा दिइएको छ। भाषा अलिक गारो भए पनि म यो उपन्यास सबैलाई पढ्न सुझाव दिन्छु। अझै पनि छाउँघार मा बसेकी महिला सर्पले टोकेर मरेका, बलात्कार भएका घटना छ्याप छ्याप्ती सुनिन्छ। महिनावारी एक प्राकृतिक प्रक्रिया हो भनेर अझै पनि मानिस हरु मान्न तयार छैनन्। छाउँघर केवल कला , भागीरथी र मङ्गली दिदी को कथा नभएर छाउ बारिरहेका, धर्मका नाममा सधैं दमन भएका महिलाको कथा हो ।
I was in grade 6 when I woke up with a splash of red on my bedsheet, not knowing either to scream or cry or clean. But I at least knew I got my first menses. Pampered for a few days and then it began- " the monthly expedition" to explore the cramps, PMS, cravings, and mood swings. Well Iike me thousands of girls are fortunate to have been brought up in that manner. But #Chhaughar portrays a heart wrenching yet empowering story of a 12-year girl "Kala" from the far western region of Nepal who got her first menses. Well, her life takes 180-degree turn, inflicted by the evil custom of the society i.e., #Chhaupadi. Her days in #Chhaughar described in the book are far from normal. She embarks on her journey not only learning and unlearning herself but the tradition and customs that are deemed evil yet significant to preserve the tradition of the village. I wonder how the author could conceptualize and incorporate multiple facets of illiteracy, misogyny, patriarchy, reproductive health, untouchability, fatalism, castism, rape, violence, and several other issues. The questions raised in the book are thought-provoking which puts a big bold question mark on the cultural customs and values we believe in. The last two chapters give a perfect ending as she finds herself learning, even more than a teacher of the school or her family but from other menstruating women as well as a new mother in Chhaughar.#amustread
This is a beautiful, painful novel on a girl's first menstruation, and the ostracization she faces in a remote village of far-west Nepal. It deserves to be read an discussed a lot more. The way a male writer has minutely put forth the girl's sadness and perplexity, her bodily and emotional changes... it's one of my personal recommendations.
पहिलो पटक छाउ भएकी केटीको मनको बह एकदमै सुन्दर ढङ्गले चित्रण गरिएको छ। पढ्दै जादा बेलाबेला आँसु आयो! छाउगोठमा भोग्नुपर्ने पिँडा डर त्रास र हिँसाका घटना पढेर सिरिङ्ग भयो मन।