एउटा धनी बाउको छोरीले एक गरीब केटासँग प्रेममा पर्दा भोग्नु परेको कष्ट र त्यही कष्टले उसले कसरी मानसिक सन्तुलन गुमाउन पुग्छिन् - यो दुई लाइनलाई तन्काएर पूरा २७३ पेजको उपन्यास लेखेका छन् लेखकले।
नयाँ नौलो केही छैन, सन् ८० र ९० को दशकको प्राय हिन्दी चलचित्रको कथावस्तुलाई नेपालीकरण मात्र गरेका छन्।
कुनै पनि उपन्यास राम्रो हुनलाई, तीन कुरा अहम हुन्छन् - १. प्लट २. भाषाको मीठास ३. कथालाई प्रस्तुत गर्ने शैली।
यो उपन्यासमा यो तीन वटै कुराको कमी छ।
यी उपन्यास २० पेज भन्दा बेसिको हुँदैन। तर हतारमा अनावश्यक कथालाई दोहराई तेहराई लामो बनाईएको छ।