Jump to ratings and reviews

चपाइएका अनुहार [Chapaieka Anuhar]

147 pages, Paperback

Published January 1, 2012

Loading...
Loading...

About the author

Daulat Bikram Bista

14 books5 followers
Daulat Bikram Bista was a prominent Nepali literary figure. He started his writing career by writing a poem "Aakha" which was published in 2004 B.S. He has received two major literary awards Madan Puraskar for his novel "Jyoti Jyoti Mahajyoti" in 2045 B.S. and Sajha Puraskar for story collections "Aansu Tyasai Tyasai Chhachalkinchha" in 2048 B.S.

Ratings & Reviews

What do you think?

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
29 (50%)
4 stars
18 (31%)
3 stars
10 (17%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 15 of 15 reviews
Profile Image for Sundar  Parajuli.
95 reviews5 followers
March 26, 2026
"चपाइएका अनुहार"

शीर्षक हेर्दा सुरुमा यो किताब केसँग सम्बन्धित होला भन्ने नै लागेको थियो। त्यसमाथि धेरै चर्चामा नआएको किताब भएकाले पनि खासै अनुमान गर्न सकिनँ। तर पढ्दै जाँदा भने किताबले एकदमै तान्यो।

दौलतविक्रम विष्टको शब्दको प्रयोग र भाषा-शैली निकै विशिष्ट लाग्यो। दोस्रो विश्वयुद्धलाई विषयवस्तु बनाएर लेखिएको यो उपन्यासमा मुख्यतः अनन्त, किमरिख र वेरगति तीन पात्रको वरिपरि कथा अघि बढ्छ।

युद्धको पृष्ठभूमिमा लेखिए पनि यो केवल युद्धको कथा होइन। युद्धको दुई फरक पक्षमा उभिएका मानिसहरूबीचको मित्रता, मानवीय संवेदना, आत्मीयता र प्रेमलाई युद्धको कठोर परिवेशभित्र जसरी प्रस्तुत गरिएको छ, त्यो निकै मन छुने छ।

युद्धको आँखाबाट हेर्दा शत्रु, तर मानवताको आँखाबाट हेर्दा केवल एक मानव।

सायद यही भावले मलाई यो किताबसँग यति नजिक बनायो।

किताब सकिएपछि पनि कथा र पात्रहरू केही समय मनमै रहिरहे। केही किताब पढिन्छन् र सकिन्छन्, केही भने पढिसकेपछि पनि आफूसँगै हिँडिरहन्छन्।

“चपाइएका अनुहार” मेरो लागि त्यस्तै किताब हो , मेरो favourite किताबहरूमध्ये एक। 🤍

पढ्नै पर्ने उपन्यास।
Profile Image for Shashwot Adhikari.
21 reviews15 followers
April 11, 2020
The book begins with two soldiers from warring nations surviving in a jungle together during the war. A German and a Nepali. A German doctor crashes her plane there and is now stuck with the two men. They reminisce of their past in their homes, and contemplate the reasons for people to go to war. The book mainly revolves around the question of what wars are fought for and can people not live without wars.
As far as Nepali books are concerned, this is one of the best I've read.
Profile Image for Bikash Dumrakoti.
106 reviews6 followers
August 20, 2020
दुई अलग संस्कृतिका, दुई अलग धर्मका, दुई अलग देशका दुई सिपाहीहरू दाेस्राे विश्वयुद्धताका अफ्रिकाको एक अनकन्टार जङ्गलमा फसेका छन्। एक छ जर्मन र दाेस्राे छ नेपाली। युद्धको आँखामा दुवै एकअर्काका कट्टर शत्रु। मानवताकाे आँखामा त्यो एकलासे जङ्गलमा दुवै एकअर्काका सारथि।
जर्मन सिपाही अलि बढी भावुक छ। आखिर कविकाे मन भावुक हुने नै भयाे। ऊ आफ्नो मातृभूमिलाई बिर्सन सक्दैन। आफ्नो गाउँलाई बिर्सन सक्दैन। आफ्ना दाैँतरीहरूलाई बिर्सन सक्दैन। र मुख्यतः आफ्नी प्रेमिकालाई बिर्सन सक्दैन। ती प्रेमिका जसको आकृति हालसम्म पनि उसको सामु पर्दापण भएको छैन। मात्र अक्षरहरूमा जिवित छे उसकी प्रेमिका। मात्र कल्पनामा जिवित छे उसकी प्रेमिका।
अलि बढी शंकालु छन् उसका आँखाहरू। आखिर युद्धको मार खेपेका आँखा शंकालु हुने नै भए। निर्जन जङ्गलमा आफ्नो एकमात्र साथी नेपाली सिपाहीलाई पनि ऊ शंका कै दृष्टिले हेर्छ। नेपाली सिपाही र जर्मन स्वास्नीमान्छे (कथामा अलि पछि देखिने अर्को पात्र) जङ्गलमा कतै निस्कँदा अबेर भयो भने पनि ऊ शंका कै दृष्टिले हेर्छ। र आफ्नो मातृभूमि नै टेक्न नपाई यै जङ्गललाई प्राण अर्पण गर्नुपर्ने हाे कि भन्ने चेतनामा पनि ऊ शंकालु नै छ।
नेपाली सिपाही आफ्नो साथी भन्दा विपरीत मानसिकताको छ। ऊ भावुक छ तर आफ्नो भावुकता देखाउन चाहन्न। ऊ शंकालु छ तर आफ्नो शंका मुखाकृतिमा झल्काउन चाहन्न। ऊ पटकपटक आफ्नो गाउँलाई सम्झन्छ। गाउँ हुँदै बग्ने सेती र मादी खाेलालाई सम्झन्छ। आफ्नी आमालाई सम्झन्छ। आमासँगसँगै आमाको चितालाई सम्झन्छ। आफ्नी बहिनी बुनुलाई सम्झन्छ। आफ्नो हुन नसकेकी प्रेमिकालाई सम्झन्छ। युद्धलाई सम्झन्छ। जर्मन साथीसँगकाे पहिलो भेटलाई सम्झन्छ। यी सबै सम्झनाकाे कुटुरो बाेकेर पनि अन्तिममा ऊ कुनै कुरा सम्झन चाहन्न। ऊ निष्पक्ष रहन चाहन्छ। ऊ आफ्नो चेतनालाई धमिल्याउन चाहन्न।
यी पात्रहरूकाे अतिरिक्त कथामा एउटा जर्मन स्वास्नीमान्छेकाे बलियो उपस्थिति रहेको छ। एउटा हृदयविदारक विडम्बनालाई आत्मसात गर्दै जर्मन र नेपाली सिपाहीकाे अर्को सारथि बन्न आइपुग्छे उक्त स्वास्नीमान्छे। समयको मसिनो अन्तराल मै आफ्नो दुःखलाई पन्छाएर हाँस्न सिकिहाल्छे ऊ।
एउटा बेग्लै स्वादकाे उपन्यास छ 'चपाइएका अनुहार'।
Profile Image for Sanjita Dahal.
107 reviews11 followers
April 14, 2022
चापाइएका अनुहार।
शीर्षक सुन्दा कतै भूतप्रेत सँग सम्बन्धित त होइन जस्तो लाग्यो सुरु मा। धेरै लोकप्रियता नी नपाएको ले सुरु मा के संग सम्बन्धित हो भन्न ठम्याउन नै हम्मे हम्मे भयो। खैर पढ्न सुरु गरियो। भाषा अलिक गारै भएका कारण ले कथा मा डुब्न अलिक समय लाग्यो।
दोस्रो विश्वयुद्ध लाई विषयवस्तु बनाएर लेखिएको यो किताब मा मुख्य ३ पात्र छन्। अनन्त, किमरिख र वेरगति । अनन्त र कीमरिख अफ्रिकाको अनकन्टार जंगल मा फसेका हुन्छन्। र त्यही बेला हवाईजाज दुर्घटना मा परेर उनीहरूको जमातमा थपिन्छिन वेरगति । आफ्नो भाषा संस्कृति देश सबै फरक भए पनि, युद्ध क्षेत्र मा शत्रु भए पनि त्यस अनकन्टार जंगल ले उनीहरूलाई एक अर्काको दौतरी बनाउँछ।
उनीहरूको बसाईको समयमा उनीहरू आफ्नो अतीतको कुरा सम्झन्छन्, युद्धले उनीहरू बाट खोसेको आफ्नो परिवार, प्रेमी, खुशी सम्झिन्छन्।
यी तीन पात्र मध्ये किम्रिख अलिक शंकालु ,सनकी र भावुक किसिमका छन्। भावना मा डुबेर आफ्नो मानसिक स्वास्थ्य का साथ साथै शारीरिक स्वास्थ्य लाई नी दाउँ मा पार्थे।
आखिर युद्ध के का लागी?
हजारौं आमाको काख रितिनु के का लागी?
हजारौं पत्नी विधुवा हुनु के का लागी?
यी यस्ता प्रश्न हरु कथा अगाडि बढ्दै गए पछि पात्रको मनका साथ साथै पाठकको मनमा नी उठ्छन। ती युद्धले चपाएको अनुहार को झझल्को सबै पाठकको आँखामा आउनेछ।
सारै मन पर्यो। अन्य नेपाली किताब भन्दा निकै फरक लाग्यो मलाई यो। सबैले पढ्नै पर्ने जस्तो लाग्यो।
Profile Image for Bivek Bhandari.
29 reviews3 followers
March 27, 2020
दुई अलग देश, अलग परिवेशमा हुर्किएका दुई सैनिक अफ्रिकाको एक जङ्गलमा भेट हुन्छन्। युद्धमा होमिएका ती दुई सैनिक जङ्गलमा जीवन बिताउन थाल्छन्। नेपाली सैनिकले आफ्नो देश, आफ्नो डाडा काडा आफ्नो गाउँ , आमा , बहिनी र साथीहरू सम्झन्छ। आफ्नो रितिरिवाज , चालचलन आफै संगै बसेका जर्मनसंग तुलना गर्छ।
आखिर युद्ध के का लागि? मान्छे मान्छे बिना बस्न सक्दैन तर यो मान्छे विनाश गर्ने युद्ध किन? मानवता पक्षलाइ मजाले देखाएको यो उपन्यास नेपाली साहित्यको एक उत्कृष्ट कृति हो।
20 reviews
April 13, 2020
दोश्रो विश्व युद्दको परिवेष, भयानक जंगल, अनि तीन पात्रमा संगालिएको सानो उपन्यास “चपाइएका अनुहार”, पढ्न शुरु गरेपछि नसकी राख्न मन नलाग्ने कथा हो। एक नेपाली सैनिक अनन्त, उसको युद्धबन्दी एक जर्मन सैनिक किमरीख् अनि भवितव्यले हवाइजहाज दुर्घटना भएर उनीहरु वीच आइपुगेकी जर्मन डाक्टर वेरगीतको सम्बन्ध, युद्धको भोगाई अनि आफ्नो माटोमा पुग्ने इच्छा उपन्यासको विषयवस्तु। वेरगीत वाहेकका दुइ पात्र युद्धले शीथिल भएर जंगलमा आइपगेका छन कसैगरी कसैले भेट्ला र उद्धार गर्ला भनेर। अनन्तले शुरुमै किमरीख् लाई सिध्याउन सक्थ्यो तर उसले त्यस्तो गर्दैन, कारण उ आफूलाई एक तटस्थ पात्र मान्दछ, उसले युद्धबन्दीलाई एउटा मित्रको रुपमा व्यवहार गर्दछ र सेवा पनि गर्दछ। किमरीख् युद्धबन्दी नै भए पनि आफू एकदिन आफ्नो गाउँ पुग्ने र पत्र मित्रताबाट बनेकी प्रेमिका संग भेट्ने लालसा बोकिरहन्छ। अनन्त मानौं जीवनका सबै योजनाहरु इच्छाहरु त्यागेर जे पर्छ त्यसरी चल्दै जाला भन्दै जीवनसंग जगत संगै वितृष्णा भएको पात्रको रुपमा प्रस्तुत छ। हो उसलाई आफ्नो देश नेपालको औधि माया छ र भित्र भत्रै देश फर्किने उत्कट चाहना पनि छ तर उसले त्यस चाहाना चाहानानै रहनसक्छ भन्ने कुरालाई पनि स्वीकारेको छ। उ एक किसिमको जोगी हो, उसलाई युद्धसंग वितृष्णा छ, उसलाई युद्ध मन पर्दैन तर पनि उ होमिएको छ आफूले नछानेको विशाल युद्धमा, अनि यसै युद्धले उसलाई मानिसको जीवन कति निरर्थक कार्यमा खर्च भैरहेको अनुभूति हुन्छ। यिनै पात्रहरुका मनोदशा, इच्छाहरु कथाका मुख्य विषयवस्तु हुन।
Profile Image for Shaurav Khadka.
Author 8 books25 followers
June 26, 2021
पढ्नै पर्ने उपन्यास।
Profile Image for Manozz Regmi.
2 reviews
February 26, 2022
यसमा कथांश पनि समाबेश छ है।

"चपाइएका अनुहार" को सुरूवाती केही पानाहरू पढ्दै गर्दा लागेको थियो, यसको भाषा अलि नबुझिने खालको रहेछ। त्यसैले निकै मिहिनेत गर्नुपर्छ क्या? पुरै किताब छिचोल्न सकिँदैन क्या? तर पढ्दै गएपछि भाषासँग अभ्यस्त हुँदै गएँ र कथासँग पनि। त्यसपछि पढ्न मजा हुँदै गयो। पछि गएर भाषा नै यो किताबको सबैभन्दा मन परेका पक्षहरू मध्येको एक हुन गयो।

मलाई थाहा छैन, कथाबाचक/मुख्य पात्र नेपालको कुन भेगको प्रतिनिधित्व गर्छन्, तर उनले प्रयोग गरेको भाषा र एक दुई ठाँउमा सेती र मादी नदीको प्रंसग आएको हुँदा पश्चिमबाट हुन कि जस्तो लाग्छ। हाम्रो भेगतिर प्रयोग गरिने भाषा प्रयोग भएकाले पनि होला मैले यो किताब अझ बढी इन्जोय गरेँ। म गलत पनि हुन सक्छ है।

दोस्रो विश्वयुद्धलाई पृष्ठभूमि बनाएर लेखिएको यो उपन्यास दुई सैनिकहरूको जीवन संघर्षको कथा हो। यो कथा समग्रमा दुई सैनिक-कीमरिख्, जो जर्मन सैनिक हुन् र अनन्त, जो अंग्रेजको तर्फबाट युद्ध लड्न अफ्रिका पुगेका गोर्खाली सैनिक हुन्-को कथा हो। उपन्यासको कथा विश्वमा दोस्रो विश्वयुद्ध चलिरहेको बेला यी दुई निर्वासित पात्रहरूले अफ्रिकाको एउटा अनकन्टार जंगलमा जीवित रहन गरिरहेको संघर्षबाट सुरू भएको छ। त्यसमा पछि कथाको बिचमा अर्की पात्र थपिन आइपुग्छिन्, जर्मन डाक्टर, वेरगीत। समग्रमा यो उपन्यास यी तीन पात्रहरूको संघर्ष र युद्धले थिलोथिलो पारेको मनस्थिती र कसरी युद्धले एक-अर्कालाई शंकाको दृष्टिले हेर्नुपर्ने माहोलको सृजना गर्न सक्छ भन्ने कुराहरू बिष्टले सुन्दर ढंगले प्रस्तुत गरेका छन्। ।

त्यस्तै लेखकले मानवतावादको वकालत गर्ने क्रममा युद्धले बिक्षिप्त पात्रहरूको सोच, व्यवहार, मानसिकता र मनोविज्ञान कसरी प्रभावित वा निर्धारण हुन्छ भन्ने कुरा पनि बिष्टले आफ्नो पात्रहरू मार्फत देखाउन खोजेका छन्। विश्वका अधिकांश मान्छेहरूझैं लेखक पनि युद्धको बिरोधी हुन्। प्यासिफिस्ट हुन्। देखिन्छन्। उनी युद्धको समर्थन गर्दैनन्। उनले युद्धको विरोध गर्न संबादमा युद्धका थुप्रै नकारात्मक पाटोहरू उल्लेख गरेका छन्।

एक ठाँउमा ब्यारोमिटरको घेरामा पालो कुर्दै बस्दा जर्मन सिपाहीहरूले युद्धलाई लिएर गरेको संबाद छ। जसमा उनीहरू एकअर्कालाई युद्धको औचित्य र त्यसको परिणाम बारे प्रश्नोत्तर गरिरहेका हुन्छन्।
ती सिपाहीहरू मध्ये एक भन्छ-" के यो युद्ध हाम्रा सन्तानहरूलाई युद्ध गर्न नपरोस् भनेर लडिएको युद्ध हो?' तर जवाफ शून्य।
उनीहरू फेरि प्रश्न गर्थे-' के यो युद्ध मान्छेको कल्याणको लागि गरिएको युद्ध हो?' जवाफ शून्य।
फेरि त उनीहरू भन्न थाल्थे-' अबदेखि कुनै दुई राष्ट्रको युद्ध पर्यो भने दुई देशका नेताहरूको हातमा हतियार दिएर लडाउनुपर्छ। दुई जना नेतामध्ये जुन नेताले जित्छ त्यो देशलाई जितुवा सम्झनुपर्छ। यतिका मान्छे खेर किन फाल्ने?' तर यो त कुरोमा कुरो मात्र हो। यसको जवाफ कुनै पनि सिपाहीहरूसँग छैन। जबाफ भए पनि उनीहरूको जिब्रो लाटो छ। जवाफ छ क्यारे राजनीतिज्ञहरूसँग। तर उनीहरु हृदयहीन हुन्छन्।"
यो त एउटा प्रतिनिधी संबाद मात्रै हो। यसमा यस्ता थुप्रै अन्य संबाद र घट्नाहरूको वयान छन्, जसले लेखकको युद्धप्रतिको धारणा स्पष्ट पार्छ।

कथाका पात्रहरू फरक देश, धर्म र सांस्कृतिक धरातलबाट भएपनि मानवता एउटा यस्तो कडी हो जसले दुई दुश्मनलाई पनि सहजै एकै सोच्न र एकअर्कालाई साथ दिन सिकाउँछ भन्ने कुरा पनि लेखकले देखाउन खोजेको देखिन्छ। अस्तित्वको अगाडि सबैकुरा गौण हुन् भन्ने कुरा हामीले उनीहरूको चरित्र चित्रण मार्फत बुझ्न सकिन्छ।
कथामा मानविय संबेदनाका बिभिन्न अनुहारहरू पनि देख्न सकिन्छ। ती मध्ये केही हुन्- भय, शंका, प्रेम, सहकार्य, सहयोग, ईर्श्या, हाँसो, रोदन, बिछोड, बियोग, पश्चाताप, जीवन प्रतिको मोह र नैराश्यता, द्वविधा, इच्छाहिनता आदि।
अनन्त उपन्यासभरी जे गर्दिन भनेर आफूलाई रोकिरहेको हुन्छ त्यही गरिरहन्छ। ऊ आफूलाई इच्छाहिन साबित गर्न खोजिरहन्छ, तर हरेक पल्ट चुकिरहेको हुन्छ। त्यस्तै कीमरिख् अलि मतलबी र एकोहोरो किसिमको छ। वेरगीत निकै मिहिनेती छे। उसलाई फूल बिशेष मनपर्छ। उसले कटेरो अगाडी पनि फूलबारी बनाएकी हुन्छे। ऊ निकै फरासिली छे। यी तीनैको स्वभाब भिन्न छ, तरपनि जीवन प्रतिको मोह र मानवताले यि तीनलाई एकैठाँउमा मिलेर बस्न प्रेरित गरेको देखिन्छ।

केही ठाँउमा त्रिकोणात्मक प्रेमको नजानिँदो झिल्को पनि महसूस हुन आउँछ। अनन्त वेरगीतसँग नजिक हुनबाट हिच्किचाइरहेको हुन्छ, तर कीमरिख् उसको नजिक हुँदा भने ऊ आफूमा आएको इर्ष्याको भावना नजानिँदो पारामा प्रकट गर्छ। त्यस्तै अनन्त र वेरगीत नजिक हुँदा कीमरिख् असहज महसूस गर्छ। जुन निकै अप्रत्यक्ष रूपमा देखाइएको छ। कीमरिख् ले इर्श्या गरेको उसको व्यवहारले दर्शाएपनि अन्नतको भने निकै सुक्ष्म किसिमले दर्शाएको मैले महसूस गरेको थिएँ।

कथाभरी मुख्य पात्रहरू कहिले सपना, कहिले दिवास्वप्न त कहिले नोस्ट्याल्जिक हुँदै आफ्नो देश र आफ्नो परिवार सम्झिरहेका हुन्छन्।देशप्रेमको बाछिटा पनि महसूस हुन्छ कति ठाँउमा।

दुईजना मात्र जसोतसो बाँचिरहेको त्यो जंगलमा जब महिला पात्रको आगमन हुन्छ, त्यस पश्चात उनीहरू बस्दै आएको त्यो जंगलको सानो कटेरोमा आएको परिवर्तन पढ्न पनि रमाइलो लाग्छ। यहाँनेर मैले ध्रुबचन्द्र गौतमको 'अलिखित' को एउटा वाक्य सम्झेको थिएँ। त्यो वाक्य नै यहाँनेर राख्न मन लाग्यो। गौतमले लेखेका छन्, "मानिस जहाँसुकै जाओस्, हिउँमा, हावामा, आफ्नो समस्या र स्थितको एक टुक्रा राप लिएरै हिँड्दो रहेछ।”
यस प्रंसगमा मात्र होइन, धेरै ठाँउमा मैले यो वाक्य सम्झिरहेको थिएँ।

किताब पढ्दै जाने क्रममा कति ठाँउमा सर्भाइबल चलचित्र हेरेजस्तो भान हुन्छ। बिष्टले त्यो अनकन्टार जंगलको चित्रण थोरै शब्द खर्चेर पनि निकै सुन्दर चित्रण गर्न सफल भएका छन्। त्यो अनकन्टार जंगल, उनीहरूले बनाएका कटेराहरू, खाना खान प्रयोग गरेका कछुवाका खबटाहरू, आखोट गरि ल्याएर छाला र भुत्ला काडेका प्रसंगहरू, नुन बिना सिकार पोलेर खाएका र जंगली फलफूल खाएका आदी प्रसंगहरूले यो उपन्यासलाई सर्भाइबल उपन्यासको फ्लेवर दिन सफल भएका छन्।

मलाई पनि व्यक्तिगत रूपमा कुनै किसिमको हिंसा मन पर्दैन। त्यसैले सोचेको थिएँ, जहाजले उनीहरूलाई त्यहाँबाट उद्दार गरेर लैजान्छ। अन्त्यमा सबै ठिकठाक हुन्छ। एउटा सुखद् अन्तय हुनेछ कथाको। तर उपन्यासकारको इन्टेसन र मेरो अपेक्षा ठीक उल्टो भैदिन्छ। फलस्वरूप कथा मनै अमिलो हुने गरि भाँचिन्छ।

उपन्यासकारको युद्धलाई एउटा दुष्चक्रको रूपमा प्रस्तुत गर्ने इन्टेन्सनका कारण उपन्यासको कथा जहाँबाट सुरू भएको छ, त्यहीँ नै पुगेर टुङ्गिन्छ। अझ लेखकको भाषामा भन्नुपर्दा, "भाँचिन्छ!"
यसरी दुईजनाबाट सुरू भएको कथा दुईजनामै टुँगिन्छ। त्यही जंगलमै टुंगिन्छ। बिचमा उनीहरूसँग गाँसिन आइपुगेकी पात्र, वेरगीत र उनले जन्म दिएको नवजात शिशुको जहाजबाट खसालिएको बमले मृत्यु भएपछि अन्त्यमा ती दुई पात्रहरू मात्रै बाँकी रहन्छन्, जसरी उपन्यासको सुरूमा हुन्छन्-बिक्षिप्त, हतास र इच्छाहिन।
यसरी बिष्टले युद्धलाई एउटा दुष्चक्रको रूपमा देखाउन खोजेको देखिन्छ, जसको अन्त्य लगभग असम्भब छ।

कति मिहिनेत पश्चात कीमरिख् ले जहाजको वायरलेस ठीक पारेको हुन्छ। उसले सम्पर्क गरेको सैनिक क्याम्प उसलाई जर्मनी सेनाको जस्तो लाग्छ। र, ऊ निकै आशाबादी र घर फर्कने कुराले निकै खुसी भएको हुन्छ। उसको नयाँ बच्चाले जंगलको होइन, नगरको मुहार देख्छ। उसलाई लाग्छ कि अब जहाज कुनैपनि बेला उनीहरू भएनेर आउँछ र उनीहरूलाई आ-आफ्नो देश लैजान्छ। सुरक्षित ठाँउमा लैजान्छ। तर मानवताको मृत्यु भैसकेको समयमा उसले गरेको आश अलि बेसी नै लाग्छ। तर त्यो आशा नितान्त उसको मात्र हुँदैन, पाठकको पनि भैसकेको हुन्छ। मनमा मानवताको झोला बोकेर पढ्दा ती जहाजहरू उनीहरूलाई लिनलाई नै आएका हुन् भन्ने लाग्छ। जुन क्षणभरमै चकनाचुर हुन जान्छ, पात्रको पनि, पाठकको पनि। अनन्तले बरू गाडा बनाएर जाने प्रस्ताब गरेको हुन्छ, तर बिभिन्न चुनौती आइपर्न सक्ने सम्भावनालाई लिएर कीमरीखले उसको प्रस्ताब अस्विकार गरेको हुन्छ। अन्त्यमा उनीहरूसँग त्यही बिकल्प मात्र बाँकी रहन्छ।

भाषागत रूपमा केही ठाँउमा वाक्यहरू अलमलमा पार्ने खालको लाग्छ। दोहोर्याएर-तोहोर्याएर पढ्नुपर्छ। दुई-तीन पटक पढेपछि बल्ल थाहा हुन्छ, वाक्यमा "कमा" वा "पूर्णबिराम" छुटेकोले त्यस्तो भएको रहेछ। त्यसैले एउटै वाक्य मानेर पढेका वाक्यमा दुई वाक्य या दुई वाक्यांश भेटिन्छन्। पढ्दै जाँदा भाव बुझेपछि "चिप्ल्याइदिन्छु", "भाँचिन्छ" जस्ता क्रियापदहरूको प्रयोग निकै सुन्दर लाग्छन्। "चपाइएका अनुहार" युद्धले निलेका शासित र शोषितहरूको अनुहार रहेछ भन्ने कुरा किताबको अन्त्यमा बल्ल थाहा हुन आउँछ।

समग्रमा किताब पठनीय छ। सुरूका केही पेजहरू चपाएपछि पुरै किताब चपाइन्छ।
This entire review has been hidden because of spoilers.
Profile Image for Ray Kha.
157 reviews5 followers
September 2, 2021
युद्धले चपाएका अनुहार, सपना, जीवन अनि अस्तित्वको कथा रहेछ चपाइएका अनुहार। सरल गतिमा बगेको थोरै अफ्ठ्यारो लेखाईअनिअचम्मरी तन्केको युद्धको यथार्थको कथा हो यो। बस् तीन व्यक्ती अनन्त, कीमरीख् र वेरगतीको कथा। ३ भिन्न राष्ट्रका मान्छेहरूजसकोभाषा फरक छ, संस्कृति भिन्न छ अनि जस्को पेशा पनि अलगै छ तर त्यही युद्धले ती दुई लोग्ने मान्छे, एक सिपाही नेपाली रअर्का जर्मनइन्जिनियर अनि डाक्टर स्वास्नी मान्छेको मरूभूमी बसाईको कथा-व्यथा-जीवन भोगाई र हण्डरको कथा हो चपाइएको अनुहार।
यसमा जिन्दगी, मानिस र युद्धका विषयमा ऐना देखाईएको छ। म यो कहानीको दुःखलाग्दो अन्त्य र सख्त अनन्त दुवैलाई सायद भुल्ने छैन।
शुभपठन
Profile Image for Om Pokharel.
59 reviews3 followers
September 12, 2024
नेपाली साहित्य आकाशमा दौलत विक्रम विष्ट कुनै अपरिचित नाम होइन। उनको "मञ्जरी" र "एक पालुवा अनेकौँ याम" नामक दुइवटा उपन्यास पछि प्रकाशन भएको नौलो आयामको उपन्यास हो — चपाइएका अनुहार।

मानवता र प्रेमले संसारको जुनै कुनामा पनि जन्मधारण गर्न सक्छ भन्ने अभिव्यक्ति यस पुस्तकले दिएको छ। कथामा जम्मा तीन पात्र छन् — अनन्त, किमरिख र बेरगीत।
यस उपन्यासले युद्धको पृष्ठभूमिमा मानव सम्बन्धहरूको जटिलता अन्वेषण गर्दछ। अफ्रिकी जङ्गलमा सेट गरिएको यो कथाले यी तीन पात्रहरूको जीवनलाई एकजुट पार्छ।

कथाको सुरुवातमा अनन्त — एक ब्रिटिस नेपाली सैनिक र किमरिख—एक जर्मन सैनिक युद्ध र पूर्वाग्रहको सन्दर्भमा एकअर्कालाई दुश्मनको रूपमा देख्ने गरी प्रशिक्षित भएका छन्। तर दुवै सैनिकको आफ्नो-आफ्नो साथीको साथ छुट्न पुगेपछि अफ्रिकी जङ्गलमा भड्किन्छन्। यस स्थितिमा जीवित रहनको लागि उनीहरू एकअर्कासँग सहकार्य गर्न बाध्य हुन्छन्। अनन्त पाउँछ कि किमरिख केवल एक शत्रु मात्र होइन तर जीवित रहनको लागि संघर्ष गर्दै गरेको आफू समान एउटा मानव हो। अनन्तले किमरिखलाई सहयोग गर्ने निर्णय गर्छ जुन दया र मानवता को प्रतीक हो। यो दया किमरिखले गरेको पानीको प्रस्तावले स्पष्ट हुन्छ जब किमरिखलाई अत्यन्त तिर्खा लागिरहेको हुन्छ।
कथामा अप्रत्याशित ढङ्गले परिचित एउटी नारी पात्र बेरगीत प्रति किमरिखको बढ्दै गएका भावनाले कथामा भावनात्मक गहिराई थप्छन्, जसले उनीहरूको विवाह र बच्चाको जन्म पनि सोही जङ्गलमा हुन्छ।

कथाले एक भयानक मोड लिन्छ जब किमरिखले विमानको वायरलेस मर्मत गरेर नजिकको जर्मन पोष्टसँग सम्पर्क गर्दछ। यद्यपि जर्मन विमानहरूको आगमनले उद्धार ल्याउने अपेक्षा गरिएको थियो, यसले उक्त स्थानमा बमबारी गरेर बेरगीत र तिनको बच्चाको मृत्यु हुन्छ। यो क्रूर मोड युद्धको निर्दयीपनको एक ठोस प्रमाण हो।

विष्टको उपन्यासले युद्धको मानव पक्षलाई कुशलतापूर्वक चित्रण गर्दछ, जसले संघर्ष र जीवित रहने क्रममा अप्रत्याशित गठबन्धन र गहिरो सम्बन्धहरूको जन्म गराउँछ। लेखकको भावनात्मक लहरहरूलाई चित्रित गर्ने क्षमता, आशा र निराशा जस्ता गहिरा भावनाहरूलाई प्रस्तुत गर्ने कुशलता अत्यन्त सराहनीय छ। दुखद अन्त्यले युद्धको निरर्थकता र यसको व्यक्तिहरूमा पर्ने गहिरो प्रभावलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ।

चपाइएका अनुहार एउटा शक्तिशाली पठनीय सामग्री हो जसले जीवित रहने र मानव सम्बन्धका विषयहरू मात्र अन्वेषण गर्ने काम मात्र गर्दैन अपितु युद्धको विनाशकारी परिणामहरूमा एक गम्भीर प्रतिबिम्ब पनि प्रदान गर्छ।
Profile Image for Sabin Chhetri.
174 reviews7 followers
August 19, 2024
Two soldiers, enemies by fate and driven by different goals and backgrounds, find themselves trapped in the dense jungles of Africa during World War II. One is a German soldier, the other a Nepali soldier from the Gurkha regiment. Despite their opposing sides, they must now share a single objective: to survive the thick forest and find a way out together.

Alongside them is a young German woman, a doctor, who becomes entangled in their plight, shortly after they are trapped. Their struggle in the jungle, filled with scant hope, moments of despair, and the ever-present shadow of war, underscores the futility and senselessness of their conflict.

The writer wants to enlighten - War cannot justify anything. War is the greatest tragedy human have every invented.

I thoroughly enjoyed Daulat Bikram Bista's novel, finding it short, poignant, and profound.






Profile Image for Barun Ghimire.
98 reviews89 followers
November 13, 2020
कीमरिख्, वेरगीत, अनन्त र युद्दको कथा। अस्तित्व, आशा, त्रासदी, र भावशून्यताको कथा। उही परिवेश र उस्तै पात्रका फरक कथा। युद्द, वियोग र मानव जतिको प्रतिनिधि कथाहरु मध्यको एक उत्कृष्ट कथा। कथाको पात्र मध्य एक भएर पात्रको भोगाई भोग्न पर्ने अवस्था आयो भने तपाई कसको अवतार बन्ने ? कीमरिख्, वेरगीत, अनन्त वा अन्य कोहि (हायनरिक, बम खसाल्ने पायलट)???
Profile Image for kiran kumar.
72 reviews2 followers
March 16, 2020
नेपाली साहित्यमा भिन्न परिवेश लेखिएको लाग्यो यो उपन्यास जस्ले मानवता अनि मान्छेको मान्छे हुन नसक्नु माथि प्रश्न उठाएको छ र सोच्न बाध्य बनाएको छ कि के मान्छे युद्ध चाहन्छ ?? सुखको लागि युद्ध चाहिन्छ ??
9 reviews2 followers
October 18, 2020
बिसृङ्गखल भाषासैली को प्रयोग गरियता पनि पुस्तक मन पर्यो..
Profile Image for Nascent.
108 reviews2 followers
March 26, 2026
एकदमै उत्कृष्ट नेपालि उपन्यास ।

Full Review will come soon.
Displaying 1 - 15 of 15 reviews