Jump to ratings and reviews

धृतराष्ट्र [Dhritarashtra]

'धृतराष्ट्र’ काव्यमा कवि कँडेल आफूमा धृतराष्ट्रका देउता चढेर बकेका छन्। उनले धृतराष्ट्रलाई पर्याप्त सहानुभूति दिएका छन्। एउटा सफल आख्यानकारले आफ्ना सबै पात्रहरूलाई बराबर माया र सहानुभूति गर्नुपर्छ भन्ने कुराको प्रमाण पनि हो यो।

96 pages, Paperback

First published January 1, 2017

Loading...
Loading...

About the author

Ghanshyam Kandel

1 book3 followers

Ratings & Reviews

What do you think?

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
8 (38%)
4 stars
5 (23%)
3 stars
6 (28%)
2 stars
2 (9%)
1 star
0 (0%)
Displaying 1 - 5 of 5 reviews
Profile Image for Agyat Luitel.
56 reviews2 followers
September 30, 2026
दोस्रो सर्ग बाहेक त्यस्तो Thought Provoking अरु कुनै छैन।
धृतराष्ट्रलाई नायक बनाएर लेखिएको भनिए पनि त्यस्तो लाग्दैन।

घागडान कविवरले लेखेको किताब भएता पनि यो पुस्तकले आफ्नो त्यस्तो छनक दिन्न। धृतराष्ट्र मात्र हैन कविज्यु पनि आफ्नो पात्रलाई कस्तो Mindset को बनाउने भनेर ‘कन्फ्युज’ हुनु हुन्छ।

अनुष्टुप छन्दमा भएको कारण वाचन गर्न चै बहुत मजा आयो।
Profile Image for Prince Elaiyaa Pathak.
14 reviews
August 12, 2021
धादिङमा दुई जना बडा गज्जबका लेखक छन । पहिलो "एकादेशकी महारानी" जस्तो कालजयी उपन्यास लेख्ने केशवराज पँडाली (धादिङ पिडा गा.पा)काे र दाेस्राे हुन धृतराष्ट्र खण्डकाव्यका रचनाकार घनश्याम कँडेल !!

यी पछिल्ला लेखकलाई चाहिँ मैले हिजै मात्र चिनेको हुँ । मलेखुका रहेछन । अलिकता हाँसो पनि लाग्याे याे पुस्तक हातमा लिँदा मैले आफैसँग एउटा कुरा गरें । न मलेखुकाे खाना मिठाे अझ न चटपटे नै । यस्तै त हाेलान नि यी कविकाे पुस्तक पनि ! तर हाेइन रहेछ आत्मावर्णनात्मक शैलीमा मलेखुकाे माछा झै घनश्याम कँडेल आफ्नो साहित्यमा उत्रिए । अरूमा चाहिँ म भन्न सक्दिनँ है ।🙈

हुन त म पनि धादिङे नै हुँ । तर साहित्य, सम्मान र श्रष्ठाकाे कुरा गर्नुपर्दा म आफ्नालाई हेर्न सक्दिनँ । माफी चाहन्छु ।

०७२ सालबाट श्रेष्ठ सूची सार्वजनिक गर्दा त्यसबखत श्रेष्ठ सूचीमा परेका र मदन पुरस्कारको दौडमा रहेका नौ कृतिहरू थिए । ती हुन
१) गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा (इतिहास/सम्पदा) – पुरूषोत्तमलोचन श्रेष्ठ
२) छाउघर (उपन्यास) – राज सरगम
३) तपन (उपन्यास) – शरद पौडेल
४) दोहाको सीधा उडान (नियात्रा) – जय छाङ्छा
५) धृतराष्ट्र (खण्डकाव्य) – घनश्याम कँडेल
६) प्रतिनायक (कथासंग्रह) – हरि अधिकारी
७) म स्त्री अर्थात् आइमाई (कवितासंग्रह) – सीमा आभास
८) शुक्रराज शास्त्रीको चस्मा (कथासंग्रह)- राजेन्द्र पराजुली
९) सगरमाथाको गहिराइ (कवितासंग्रह) – नवराज पराजुली

तर मलाई कताकता धृतराष्ट्रले भन्दा पनि सगरमाथाको गहिराइले मदन पुरस्कार पाउनुपर्ने हाेइन र जस्तो लाग्याे ? मैले यहाँ अरू पुस्तकहरूकाे भने तुलना गर्न चाहिन ।

हुन त धृतराष्ट्र पनि कमकाे भने छैन । यसअघि कवि घनश्याम कँडेल 'देवयानी' (२०३९), 'उज्यालोतिर' (२०५५), 'वनको क्रन्दन' (२०५८), 'आँसुका अक्षर' (२०६०) र 'विश्वामित्र-मेनका' (२०६६) पाँच ओटा खण्डकाव्य प्रकाशन भइसकेका छन र याे खण्डकाव्य 'धृतराष्ट्र' (२०७३) ले भने मदनपुरस्कार पाउन सफल भयाे । यश पुस्तकमा कविले अरू कृति भन्दा भिन्दै तवरले याे कृतिकाे रचना गरेका छन । यसमा अन्धाे राजा धृतराष्ट्रलाई नायक बनाई उभ्याएका छन र पुरै कृति उनीबाटै भन्न लगाएका छन । अर्थात अनुष्टुप छन्दमा प्रथम पुरूषकाे प्रयाेग गरेका छन ।

पुस्तक सरल भाषामा गहकिला तर्कले भरिपूर्ण भएकाे छ । सायद त्यहि भएर पनि हाेला यश पुस्तकलाई मदन पुरस्कार प्रदान गरियाे । तर यो पुस्तकमा अरू पुस्तकभन्दा अलि भिन्दै ज्ञान पाउछु भन्ने चाहिँ नचिताए नै हुन्छ । किनकि याे पुस्तक अरू लेखक कै कृतिमा बगेकाे पुस्तक हाे ।

पुस्तक ७ सर्गमा विभाजित छ ।

📌 प्रथम सर्ग अन्धत्व चेत । यश सर्गमा लेखकले ( सर्वसंहारपछि आफ्नो अतीततर्फ फर्केर हेर्ने क्रममा धृतराष्ट्रले देखेका आफ्ना बाल्यकाल , अन्धत्वको बोध , त्यसपछि बिस्तारै उनका मनमा जाग्दै गएका जिज्ञासा र तत्सम्बन्धी प्रतिक्रिया ) भनेता पनि यसमा लेखकले उल्लेख गरेजस्तो कुनै ठुलाे कुराे छैन ।

तर मैले यत्तिको समयसम्म याे धरणीबाट नै नपाएकाे ज्ञान विचार याे सर्गमा पाए ।

थाहा पाएँ अरूबाटै दृष्टिहीन रहेछु म
दर्शनीय छ याे सृष्टि म भने देख्न सक्तिनँ ।

📌 दाेस्राे सर्ग छ संवेदनाहरूप्रति । यश सर्गमा लेखकले अन्ध अपाङ्गहरूलाई हेय दृष्टिले हेर्नेहरूप्रति धृतराष्टकाे मनमा उठेका कृया प्रतिक्रिया देखाएका छन । उनी अपांग हुँदा हस्तिनापुरले गरेकाे भेदभाव र राजा भएपछि हस्तिनापुरले दिएकाे सम्मान याे सर्गमा पाईन्छ । मलाई लाग्छ । याे सर्गलाई ध्यानमा राखेर मदन पुरस्कार घाेषणा गर्दा मदन पुरस्कार गुठीले अपांगहरूकाे लागि पनि केही गरिरहेकाे छ र गरिरहने नै छ भन्ने बाेध पाउन सकिन्छ ।

📌 तेस्रो सर्ग छ सत्तास्वप्न । यश सर्गमा धृतराष्ट्रले देखेका सुनाैला सपना र यथार्थकाे वर्णन पाइन्छ । एउटा श्लाेक हेरिहालाैन है :

काेही प्रभु हुने छैन म नै हुने छु सप्रम्भु
गर्ने छन् खाली तामेली मेरै हुकुमकाे अरू ।

📌 चाैथाैं सर्ग हाे स्वप्नभङ्ग । यश सर्गमा लेखकले जति नै धृतराष्टलाई नायक बनाएता पनि लेखकले सत्यलाई लुकाउने धेरै चेष्टा उठाएका छन । तर विचारा बन्न पुगेका कविकाे मस्तिष्क चिप्लेर आैलाले कुरा उठाइहाल्याे । धृतराष्ट्र दुष्ट थिए र सँधै रहे पनि ।

जन्म्याैं हामी तिनै भाइ याैटै जनकबाट नै
दासीपुत्र भएकाले कि ऊ कुण्ठित थ्याै सँधै ।

(यहाँ दासीपुत्र भनेर विदुर र जनक भनी द्वैयपानलाई देखाइएकाे छ )

📌अप्रत्याशित राज्यप्रति
यश सर्गमा उनले आफ्नै सालाेलाई पनि राम्रो नजरले हेरेका छैनन् । उनी भन्छन:

थाहा छ शकुनि के हाे, किन आयाे दिदीसित
ऊभित्र छ असन्तुष्टि कस्तो कुरूहरूसित ।

चाहन्न उसकाे चित्त(दुर्याेधन) त्यसैले म दुखाउन
चाहन्नँ शकुनीबाट उसलाई छुटाउन ।

📌 युद्वकाे त्रासदीपछि ।
मलाई याे सर्ग पढ्दा हाँसो उठ्याे किनकि लेखक, धृतराष्ट्र, काैरव र मेराे कुरा मिल्ने रहेछ । किनकि पाखण्डी कृष्ण ठान्ने हामीहरू सबै उनका विराेधी नै रह्याै । अब किन रूष्ठ छाैं इलैया, श्रीकृष्णसँग ? भनी कृपया यश प्रश्न चाहिँ नगरिदिनुहाेला ।

📌 समाहार ।
यश सर्गमा महाभारतकाे अन्त्य सँगै धृतराष्ट्रकाे अन्त्य पनि देखाइएकाे छ । आफ्ना साे पुत्रहरूभन्दा प्रिय पुत्र दुर्याेधनकाे हत्या, पाण्डुका नातीहरू मर्दा उनी खुसी भएका, आफ्ना सहारा टुटेका साथै आफ्नै जिवनकाे समाहार भएकाे कुरा धृतराष्ट्र कारूणिक तवरले यश सर्गमा गुनगुनाउछन ।

#मतभेद
अब प्रश्न आउँछ लेखककाे चरित्रमा ।
एक सर्गमा लेखक भन्छन:

जहाँ क्रियाहरू हुन्छन्, हुन्छन् प्रतिक्रिया पनि
जहाँ अन्याय छन्,हुन्छन् त्यहाँ युद्वहरू पनि। (पेज नं. ५९)

याे अन्तिम सर्गकाे तुलना म यहाँ गर्छु । पेज नं. ४९ मा

हुन्थ्यो याे राज्यकाे राजा दुर्याेधन त्यसै पनि
सजिलैसित जाेगिन्थ्याे सहस्राै जिन्दगी पनि ।

केही बुझ्नुभयाे त लेखक कुन धारामा बगिरहेका छन 😆😆😅

#कमजोरीहरू

मलाई यी कुरा सुनेर उदेक लाग्छ । लेखक भन्छन मैले याे पुस्तकमा धृतराष्ट्रलाई नायक बनाएकाे छु । तर पुस्तक पढ्दा उनी खलनायक नै थिए र रहन पुगे पनि । अन्तमा नायक त कृष्ण पाे बन्न पुगे । कवि जीलाई याे कुराकाे भान चढ्न नसक्नु याे पुस्तककाे पहिलो कमजोरी हाे ।

एक तर्फ लेखक कुरा गर्छन धर्म, न्याय र सम्मानकाे तर कुरा बटार्दै अन्तमा टुङ्याउछन बाल, तारूण्य, आफ्नो शक्ति र सर्वश्वकाे । अन्तमा लेखकले कुन कुरालाई ध्यानमा दिनुपर्छ भन्न नसक्नु याे पुस्तककाे अर्काे कमजोरी हाे ।

अरू पुस्तकमा धृतराष्ट्रकाे बारेमा याे भन्दा बढी जानकारी पाइन्छ र अब्बल पनि छन । लाग्छ सरल वाक्यमा यी कुरा लेख्दा लेखकले याे पुस्तकबारे खासै साेचविचार गरि लेखेका हाेइन रहेछन जस्तो पनि लाग्याे मलाई ।

अब कुरा गराैं युद्वकाे ! के कृष्णकै कारण कुरू क्षेत्रमा युद्व भएकाे हाे । धृतराष्ट्रकाे सभामा द्राैपदीकाे चिरहरणकाे विषयले हाेइन । कवि जीले याे कुराकाे बारेमा एक शब्द पनि बाेलेका छैनन । पुस्तक पढ्दा लाग्छ सबै गल्ती कृष्णकै हाे । याे पुस्तकमा धृतराप्ट्रकाे आधारशिला देखाउदा याे स्पष्ट हुन्छ कि द्राैपदीकाे चिरहरण त भएकै छैन । यी सबै मिथ्या हुन । अर्थात महाभारतमा त द्राैपदी नै छैनिन । पाण्डुहरू यत्तिकै साेमरस पान गरि कुरूक्षेत्रमा लडिरहेका छन 😂

राजामाता कुन्तीसँग भएकाे वार्तालाप किन धृतराष्ट्रकाे दृष्टिकोणले हेर्न सकेन याे खण्डकाव्य कविजी ? मेराे प्रश्न हजुरलाई याे 🤪

अन्धाेले आफ्नै रक्षा त गर्न सक्दैन अझ हस्तिनापुर पुरै सम्हाल्छु भनी राजा बन्दा याे विषयमा करा गर्नु राम्रो विचार हाे नि । त्यसाेभए विदुर कहाँकाे दासी भयाे ।

लिएछन पाण्डुकै पक्ष किन हाे तिनले पनि
लागेछन् लाभ देखेर कि पाण्डुतिर ती पनि ?
याे कुरा सत्य हाे अन्धाेकाे हातमा तरवार दिएर रणभुमिमा उभ्याउदा उसले अगाडिको मित्रकाे घाँटी काटेर पछाडिको शत्रुलाई जाेगाउछ । जसले समाजलाई देखेकाे छैन । जसले आफ्नै रूप, रंग देखेकाे छैन । जसलाई मान्छे र पशु कस्तो हुन्छ थाहा हुँदैन । जसले तरवारकै नाल र धारलाई छुट्याउन सक्दैन भने धृतराष्ट्रकाे ती छुद्र वाक्य हजुरले आफ्ना पुस्तकमा राख्दा के भाेली समाजले त्यसलाई स्विकार गर्ला । ती कुरा हरू राम्रा हाेलान । मान्य हाेलान ।
फेरि मैले त त्याे कुरा लेखेकै छैन नभन्नुहाेला कवि जी । एक पटक पुन पुस्तक पढ्नुहाेला ।

धृतराष्ट्रकाे दृष्टिले हस्तिनापुरकाे रैती, वेशविनिताकाे विषयमा किन देख्न, विचार गर्न सकेन कवि जी हजुरकाे याे खण्डकाव्यमा ?

पाण्डुका पुत्रले श्रीकृष्णकाे साथ पाउँदा धृतराष्ट्र डाहाले मरेतुल्य भएका छन भने याे खण्डकाव्यमा हजुरकाे नायक त खलनायकमा पुगेकाे देखियाे हैन र ? हाे भने धृतराष्ट्र कसरी नायक नै हाे भनी ठाेकुवा गर्नु भयाे त हजुरले ? यदि हाेइन भने कृष्णलाई नायक बनाउनुकाे पछाडि हजुरकाे रहस्य के छ कवि ज्यू ?

कवि ज्यू, के हजुरले धृतराष्ट्रकाे दृष्टिमा धनुर्धारी कर्णलाई समेटनुभयाे त ? पक्कै पनि छैन । धृतराष्ट्रकाे नजरमा त मामा शकुनि भन्दा त उनले कर्णसँगै मित्रता दह्रो बनाएका थिए त । के कुरूक्षेत्रकाे महायुद्वमा उनलाई साथ दिने शकुनि नै थिए त । त्यो विचारधारामा दुर्याेधनकाे मुल्यांकन किन गर्न सक्नुभएन । मेराे प्रिय पुत्र । ज्ञान, महाज्ञान, शास्त्र ज्ञानकाे रथाराेहण गर्ने, अश्व ग्रहकारी जस्ता भाव हजुरकाे याे काव्यमा पाइन्छ । ती सबै गराउने त शकुनि कम कर्ण ज्यादा थिए त । अनि धृतराष्ट्रकाे दृष्टिले के त्याे शाैर्यलाई देख्नै नसकेका हुन । अन्धाे भएकाले । यदि त्यही कारण हाे भने उनले शकुनिलाई चाहिँ कसरी देखे । कि महाभारतमा कर्ण पात्र नै छैन कवि ज्यू ?🤣🤣

कवि जी हजुरले आफ्नो पुस्तकमा धृतराष्ट्रकाे जन्मलाई केवल अन्धाेत्वामा धकेल्नुभएकाे छ । पुस्तकमा उनकाे अधिकारकाे मात्र कुरा गर्नु भएकाे छ । के धृतराष्ट्रकाे अधिकार ग्रहण गर्नुबाहेक कुनै कर्तव्य नै थिएन ?😀 अन्धाेलाई अधिकारकै कुरा गरेर राजा बनाउनु, तर अन्धाे भएकाेले कर्तव्य चाहिँ नहुनु हाे । यदि कर्तव्य पनि थियाे भने याे कुरा कुन सर्गमा देखाउनुभाछ त । मैले त खैभेटिन कुन्नि 😂

कवि जी पुस्तकमा हजुरले धृतराष्ट्रकाे सकारात्मक पक्षकाे मात्र व्याख्या गर्नुभएकाे रैछ त्याे पनि अत्यन्तै सानाे भागमा । के हजुरले याे खण्डकाव्य लेख्दा मैले मेरा पाठकहरूलाइ शुसुप्तिदेखि बृहत् इकाइमा एक तृतियांशमा भनेपनि धृतराष्ट्रकाे बारेमा केही श्लोक रचना गर्नुपर्छ भन्ने विचार किन ल्याउन सक्नुभएन ?

कवि जी , हजुरले आफ्नो खण्डकाव्यमा धृतराष्ट्र कम धृतराष्ट्रकाे धारणा बढी देखाउनु भयाे भने कतै कतै चिप्लेर आक्रामक तवर देखिएकाे छ । के महाभारतमा धृतराष्ट्रले कहिल्यै पनि नराम्रो काम गरेका छैनन् ? के विदुर भन्दा धृतराष्ट्र अब्बल हुन । हुन भने त्यसकाे राम्रो उत्तर दिनै भुल्नुभएछ त । त्यहि भएर हाेला पुस्तक पढ्दा अलि खल्लो लाग्याे

समग्रमा भन्नुपर्दा यश पुस्तकमा लेखकले धृतराष्ट्रकाे १०० भागमा केवल ५ भागकाे मात्र जानकारी दिएका छन । अझ सत्यता कम खराे आध्यात्मिकता ज्यादा । धृतराष्ट्र खण्डकाव्य पढेर मलाई लाग्छ सबै पाठकहरू सत्यबाट चुक्ने छन । महाभारतकाे कहानीबाट झुक्ने छन । हजुरकाे पुस्तकमा राजनितीक ज्यादा र सनातन विद्वानकाे अध्ययन ज्यादा पाइन्छ । शत ज्ञान र बाैद्व विचारधारामा हजुरकाे पुस्तक २० मा १ कम पनि छैन । तर माफ गर्नुहाेला महागन्जका विद्वान गणहरू । मैले याे पुस्तकमा दर्शनभन्दा बढी केही पनि पाइन । त्यहीँ आत्मा वर्णनात्मक ज्ञानकाे आधारमा म १०⭐️ मा ४⭐️ भन्दा दिन सक्दिन ।
डा.माधव प्रसाद पाेख्रेल र डा. रामप्रसाद ज्ञवाली सरसँगै म हजुरकाे पक्षमा आफ्नो विचार पाेख्न नसक्ने भए ।

#पहिलो_वर्षकाे_पहिलो_पुस्तक
#धृतराष्ट्र
#घनश्याम_कँडेल
#इलैया
#books #book #elaiyaa #elaiyaapathak #novel #sdv
This entire review has been hidden because of spoilers.
Profile Image for Mimraj.
7 reviews3 followers
September 16, 2017
Good writing style, story and ...
This entire review has been hidden because of spoilers.
Displaying 1 - 5 of 5 reviews