Madan Mani Dixit was a senior litterateur of Nepal. He grew up in one of the most powerful families in Kathmandu. He was educated at Banaras Hindu University in India. He started his career as a Headmaster at TriJuddha High School, Birjung. He worked as an editor for Haal Khabar, a weekly newspaper. He was also the chief editor of Samichya, his own newspaper. Madan Mani Dixit writes with a clear perspectives in mind. He drew from past experiences of his study of Sanskrit, philosophy, and history to write stories and novels flavored with scholastic insights. His novel "Madhabi" is regarded as one of the best novel in Nepali literature which has won two prestigious awards Madan Puraskar and Sajha Puraskar in 2039 B.S.
कसैले भनेका थिए- माधवीको नेपाली अनुवाद आइदिए नि हुन्थ्यो । यही भनाईलाई आधार मानेर माधवी पढ्नलाई अल्छि मात्र गरियो‚ जागँर चलाइएन । तर यो भनाइ मिथ्या रहेछ । सुरुमा कथामा छिर्न र परिवेश बुझ्न पक्कै पनि गाह्रो छ तर कथामा मन बसिसकेपछि माधवी नसिद्धिउन्जेल छोड्न मन नलाग्ने रहेछ । पढ्नै पर्ने पुस्तकको सूचीमा त राख्दिन र कसैले नपढि हुन्न भनेर सुझाव पनि दिन्न तर करिब तीन हजार बर्ष पहिलेको समाज बुझ्न र त्यो बेलामा प्रयोग हुने शब्दहरू त्यस्तै रुपमा उतार्न सफल तथा तीन बर्षको लेखकको कठीन परिश्रम बुझ्न उपन्यास पढ्न कसैको सुझाव वा आग्रहलाई कुर्नु पर्दैन ।
"माधवी" उपन्यासमा वैदिककालिन समाजलाई निकै सूक्ष्म तरिकाले प्रस्तुत गरिएको छ । त्यस समयका ऋत, धर्म र प्रचलन अहिलेका जस्ता पक्कै थिएनन् तर उपन्यासमा आएका कतिपय प्रसङ्ग असम्भवझैँ लाग्छन् । सुरुवातमा नै आएको अनि माधवीले पछिसम्म पनि सम्झने वरुणबलीको दृश्यले मनस्थिति नै खल्बलाउँछ । त्यस्तै धर्म र ऋतका नाममा हुने अत्याचारले कस्तो नचाहिँदो कुरा गरेको होला भन्ने बारम्बार मनमा आइरहन्छ ।
परिवर्तन यो उपन्यासको मुख्य विषय हो । वरुणबलीमा शिशु र बालाकलाई बली दिने चलनको विरोध गर्ने विश्वामित्र, वैदिक यज्ञलाई परिमार्जन गर्ने पक्षमा रहेको गालव, आसुरी प्रचलनबाट वैष्णवी निष्काम कर्ममा लिन हुन चाहने माधवी र दासत्वबाट मुक्ति पाउन चाहने र मुक्ति पाएका सबै पात्रहरू परिवर्तनका पक्षमा छन् । ऋतुहरू, प्राकृतिक विपद र सरयू नदीलाई पनि परिवर्तनको विम्व बनाइएको छ । तथापि प्रकृतिको स्वाभाविक परिवर्तनको सामू मानिसका परिवर्तन बनावटी छन्, मोह, क्रोध, हठ, इत्यादिले प्रेरित छन् । 'मानिसले नै मानिसका लागि नर्कको सृजना गर्छ' भन्ने उक्ति उपन्यासमा पटकपटक दोहोरिएको छ । सकारात्मक परिवर्तनका प्रयास नभएका होइनन् तर एउटा समस्या नसकिँदै अर्को सुरु भइसकेको छ । दासमोचन गर्नेहरू र दासत्वबाट मुक्त भएकाहरू नै कठोर वर्ण व्यवस्थाको निर्माण गर्दैछन् ।
वैदिककालिन भाषाका कारण अनि यज्ञ, होमहरू खासै नदेखेका कारण सुरुवातमा कतिपय शब्दको अर्थ बुझ्न गाह्रो भयो । संस्कृत मात्र नभएर प्राचीन संस्कृतको पनि प्राचुर्य रहेको उपन्यासलाई "नेपालीमा अनुवाद गर्नुपर्छ" भन्नेहरूलाई उपन्यासका सर्जक दीक्षितले "अनुवाद गर्नु पर्दैन । पारिभाषिक शब्दावली पर्याप्त छन्" भनेका छन् । कतिपय संस्कृत शब्दलाई नेपालीमा उल्था गर्नै नमिल्ने, कतिपय भद्दा हुने अझ कतिपय शब्द उल्था गर्दा जुन समयको कथा भनिएको हो, त्यो समयको जस्तो नलाग्ने हुँदा अनुवाद गर्नु नपर्ने पक्षमा छु । यद्यपि पारिभाषिक शब्दावली पर्याप्त छैनन् र घरमा भएको '४० सालको शब्दकोशमा पनि धेरै शब्द भेटिंदैनन । धेरैजसो शब्दका अर्थ चाहिँ उपन्यासका प्रसङ्ग बुझेपछि सजिलै बुझिन्छ ।
अफ्ठ्यारा शब्द भए पनि टंकन (टाइपिङ) शुद्ध भएको भए हुन्थ्यो । धेरै नै अशुद्धि भेटिन्छन् । कुनै शब्द शुद्ध लेखिएको हो या अशुद्ध भन्ने पनि छुट्याउन सकिनँ ।
कतैकतै घटनाक्रमका गल्ती अनि क्लिष्टताका बावजुद माधवी पढ्नैपर्ने उपन्यास हो ।
मदनमणि दीक्षितको उपन्यास माधवी | अझ यसो भन्दा पनि फरक नपर्ला कि मदनमणि दीक्षितको प्रिय पात्र माधवी | शब्द केलाएर पढ़नाका निमित्त बुझ्न मनन गर्नाका निमित्त शब्दकोश साथमा राखेर, अन्तिमा पेजमा रहेका पारिभाषिक शब्दावली हेरेर र अझ नबुझिएको शब्द इन्टरनेटको प्रयोग गरि पढे | उनले ज्ञान, अध्ययन, कल्पनाशीलता, राजनीतिक दर्शन, मानवीय दर्शन मार्फत पौराणिक कालको इतिहास ब्युताएका छन्- माधावी मार्फत |
बुढो उमेरका माधवी र गालव यौवनकालको सुखद संघर्ष कहन्छन् | र, संघर्ष आफैमा सुखद हुँदा हुँदै पनि त्यसमा दुख मिसिएको हुन्छ | यौवानाकालको गालवको परिचय यौवान्माद, सुन्दर, सरल, सौम्य कन्या उन्माद नाच नाच्दै मानिसको बलि दिदै गरेकी माधवीसंग हुन्छ | गालव, विश्व्मित्रको चेला, गुरुको श्राप पखाल्न आफ्ना सखा नागजेय साथमा विश्वमा नै दुर्लभ रहेको श्यामकर्ण घोडाको (सेतो रंगको काला कान भएको घोडा) खोजमा छन् | नागजेय, गालावको बाल्यासखा, जो श्रीमतीको सम्मान गर्छन, भक्ति गर्छन र काममा समेत भागबण्डा लगाएर सहयोग गर्छन | तर सायद परम्पराले गर्दा होला सन्तान जन्माएपछि श्रीमती फिर्ता गर्ने वाला छन् | नागजेय र गालव तान्त्रिक विद्यामा निपुण छन् | धार्मिक निष्ठा र आस्थामा श्रद्वावान छन् | कर्मकाण्डमा त् झन् पुरक छन् | माधवीको सौन्दर्यमा तृप्त हुन नसकी संकोचमा नाच र बलि देखेको गालव त्रस्त बन्छ | उ त्यस्तै त्रस्त चारवटा श्यामकर्ण घोडा खोज्नका लागि छ | नागजेय र गालव घोडा खोजमा अहिच्छ भन्ने ठाउँमा पुग्छन् | अहिच्छको दानी राजा यायतीले चार श्यामकर्णका निमित्त आफ्नी छोरी माधवीलाइ अर्पित गर्छन |
यहि पृष्ठभुमिमा अडेर बनेको कथा मुख्य पात्रमा माधवीको यात्रासंगै परिपक्व बन्दै जान्छ | दासमुक्ति र प्रेमको लागि त्याग, धैर्यता, सहनशीलता र संघर्षको कथा हो माधवी | आमा बनेर आमा हुन नसकेको एक आमाको व्यथा हो माधवी | चौला, घोषा जस्ता महान महिलाको महिमा, दासी महिलाको विमोचनका लागि रहेको कुप्रथा, त्यतिमात्र नभई पौराणिक कालको महिला हिँसा, महिला महिमा उत्रित छ माधवीमा | अयोध्या, काशी, उशिनगर, अहिच्छ र यिनीहरुको पेरिफेरिमा रहेका साना राज्य र तिनको अवस्था, धारणा चित्रण गरिएको छ | राजा, प्रशासन, राजनीति, सामाजिक परिवेशको उल्लेख भएको छ |
माधवी उपन्यासलाई क्लिष्ट शब्दहरुको शब्दकोष भन्दा हुन्छ। पढ्दा धेरै जस्तो शब्दहरुको अर्थ खोज्न की किताबको पछाडि पान्ना पल्टाउनु पर्थ्यो , कि त मोबाइलमा भएको शब्दकोषको एप खोलेर मतलब खोज्नु पर्थ्यो। यस्तोमा, यो उपन्यासमा भाषिक मीठास खोज्नु मुर्खता हुन्छ, र मैले खोजिनँ पनि।
महाभारतकालमा घटेको गालव र माधवीको कथा नै यो उपन्यासको मूल विषय हो। भाषिक कठिनाईले यो उपन्यास बेला-बेला झिँजो लाग्छ।
लेखकले यो उपन्यास पाठकहरुको कुन समूहलाई लक्ष गरेर लेख्नुभएको बुझिनँ। करिब ९५ प्रतिशत पाठकहरु क्लिष्ट भाषा बुझ्दैनन्, यस्तोमा के लेखकले ५ % पाठकहरुलाई मात्र लक्ष गरिएको हो र ? तर, मलाई विश्वास लाग्दैन, किनभने हरेक कलाकार आफ्नो कला, धेरै भन्दा धेरै मान्छेको पहुँचमा पुगोस् भन्ने चाहन्छन्।
यो उपन्यासको अर्को नराम्रो पक्ष भनेको कथा चाहिने भन्दा लामो हुनु हो। एक त क्लिष्ट भाषाहरुको प्रयोग, त्यसमाथि चाहिने भन्दा लामो कथा हुनु ।
समग्रमा ठिकै छ यो उपन्यास। नपढ़दा केही फरक भने पर्दैन।
Much recommended book for anybody into the pre-vedic civilization of the Indian Sub-continent. The writing is very lucid and intriguing, combining elements of vedic elements, narration and socio-economic traditions in a commendable way. The language is sometimes tough to interpret because of heavily sanskrit-influenced lexicons and given that the meanings have continued to evolve over the time, it might derail some readers. Nonetheless, its majestic plot and presentation is very rare to find in Nepali books, making the book a 'Na Bhuto Na Bhavisyati' piece.
यो पुस्तक ५ तारा नै पाउन योग्य हो तर क्लिष्ट भाषाको कारण म ४ तारा मात्र दिन्छु। पुरुषको अहम् बाट दुखमा पारिएकी एक नारीको कथा हो यो। जसले तत्कालिन समाजको आर्थिक, सांस्कृतिक तथा राजनैतिक परिदृश्यको राम्रो चित्रण गरेको छ। आर्यसभ्यताको विस्तारसँगै पुराना जनपदहरु, तिनीहरुमा परेको प्रभाव र परिवर्तन पनि यसमा उठाइएका छन्।दासमोचन, फरक-फरक गण/जनपदहरुमा नारीको अवस्था र समग्रमा वैदिक समाजको आख्यानिक इतिहासको नेपाली भाषामा यो नै एउटा पुस्तक हो। नेपाली भाषाको सबैभन्दा ठूलो मानिएको यो उपन्यास पठनयोग्य छ।