Uday Prakash is the author of poems, short stories, non-fiction, films, and documentaries. In 2010 he received the prestigious Sahitya Akademi literary award in India. He is professor-in-charge, Department of Mass Communication, Media, and Journalism, Indira Gandhi Tribal University, Amarkantak. He lives in Ghaziabad, India.
खासमा म पनि अब त्यही जीवनको एउटा अङ्ग बनेको थिएँ । घर फर्किंदा छोरो र श्रीमतीको आँखामा देखापर्ने सन्तापको सामना गर्न सक्ने हिम्मत मभित्र बाँकी थिएन । राति जब मेरो छोरो मुखमा रोटीको गाँस हालेर बिस्तारै-बिस्तारै चपाउँथ्यो, मलाई लाग्थ्यो ऊ कुनै अँध्यारो भऱ्याडबाट पृथ्वीको तल-तल झरिरहेको छ र अब कहिल्यै पनि मैले उसको अनुहार देख्न पाउने छैन । मभित्र रहेको आत्माजस्तो कुनै चीज चुपचाप रून्थ्यो । यो दुर्भाग्यको कारण जान्नका लागि जतिपटक पनि म आफूभित्रका कमी खोज्ने प्रयास गर्थे, मेरो विश्वास गर्नूस्, म सबै कमजोरी यो सम्पूर्ण व्यवस्था र तन्त्रमा पाउँथे । त्यो तन्त्र, जसको निर्माणमा पक्का पनि कुनै सैतानको हात थियो । यो पक्का थियो, कुन दिनदेखि अचानक म पनि यो नुक्कड, चोकमा देखिने छैन । इज्जतदार र धनीहरूको यो सहर दिल्लीमा यसरी नै गायब हुन्छन् माग्ने, गरिब, रोगी र साधारण मानिसहरू । फेरि ती कहिल्यै फर्किन्नन्, कहिल्यै आउँदैनन् । यो सहरमा उनीहरूको स्मृतिसम्म बाँकी रहँदैन । उनीहरू कुनै अभागी फकिरको आँसुजस्तै हुन्, जो हिँडेपछि उसले टेकेको जमिनमा अरू केही रहन्न, खालि एउटा भिजेको डोबमात्र हुन्छ । त्यो आद्रता उसको समयका अन्यायले पैदा गरेका उसका मौन आँसु र थुकको आद्रता हो । [...] मैले पहिले नै भनेको थिएँ- यो यस्तो जीवन हो, जहाँ जुनसुकै बेला, जुनसुकै मानिस अचानक अनुपस्थित हुन सक्छ । त्यसपछि त्यो मानिस कहिल्यै देखिँदैन । पछि उसको स्मृति पनि हराउँदै जान्छ । उसलाई सबैले बिर्सिन थाल्छन् यदि उसलाई खोज्न थाल्ने हो भने पहिले उसको अस्तित्व भएको ठाउँमा केवल एउटा आद्रता र थोरै भिजेको माटो मात्र पाइन्छ । त्यो पानी र आद्रता नै यस ठाउँमा कुनै न कुनै मानिसको अस्तित्व पक्कै थियो भन्ने कुराको प्रमाण हुन्थे, जुन मानिस अहिले थिएन । र, अब कहिल्यै रहने पनि छैन ।
उदय प्रकाशको नेलकटर (नेपाली अनुवाद यज्ञश) छोटो मिठो कथा संग्रह रहेछ। ६ वटा साना कथा रहेको यसमा विशेष तिरीछ र दिल्लीको पर्खाल राम्रो लाग्यो। समाजका गरीब, पीडित र रोगी भुइमान्छेको को कथा यसमा छ। यज्ञशको भुइँया र उदयप्रकाशकाे अनुवाद मोहनदास पछि यो पुस्तक पढे।
मन छोएको कथा "तिरिछ" , स्वयं भित्र गढेको अप्रत्याशित मृत्यु को भयलाई केही हद सम्म जिस्काएर हिड्यो कथा ले, किताब पढ्दैजादा केही अनुवादिय त्रुटिहरु भान हुने तर समग्रमा पठनिय
उदय प्रकाशद्वारा लिखित पाँचवटा कथाहरुको संग्रह हो नेलकटर , जसलाई यज्ञशले अनुवाद गरेका छन् । यस संग्रहका कथाहरूमा समाजमा विद्यमान समस्याहरूको मनोवैज्ञानिक चित्रणका साथै यथार्थवाद मात्र नभएर जादुयी यथार्थवाद प्रयोग भएको छ । यस सङ्ग्रहमा सान्दर्भिक विषयको उत्थान पनि पाइन्छ । पहिलो कथा नेलकटरमा जादुयी यथार्थवादको प्रयोग गर्दै आमा र छोराको कथा बताएका छन् । दोस्रो कथा अपराधमा दुई भाइको कथा मार्फत अपराधबोधमा फसिरहेको एकविक्षिप्त युवाको मनोविज्ञानको चित्रण गरेका छन् । त्यसै गरी अर्को कथा तिरिछमा तिरिछ भन्ने प्राणीको प्रतीकात्मक चित्रण गर्दै आधुनिक युगमा बढ्दै गइरहेको संवेदनहिनताको वर्णन गरेका छन् । अरेबा परेवा शीर्षकको कथा मार्फत बाल मनोविज्ञानको बारेमा बताउन सफल भएका छन् । अन्तिम कथा दिल्लीका पर्खाल मार्फत वर्ग विभेदको कथा उत्थान गर्न सफल भएका छन् । यज्ञशले उदय प्रकाशको मोहनदास भन्ने कथा पनि अनुवाद गरेका थिए र त्यसमा जस्तै यो संग्रहमा पनि मूल कथाभाव प्रभावकारी रूपमा आएकोले यो कथा संग्रह पनि पठनीय छ ।