First published in 1961, this is the first time it has been translated into English. It tells the tale of a tragic love affair, a collision between a gentle introvert with a passionate madwoman. Intertwined in the story are intriguing glimpses of life in the Terai of southern Nepal and of Kathmandu.
Bijaya Malla (Nepali: विजय मल्ल) is one of the prominent figure in Nepali literature. He started his writing career by writing a poem "Marnu Parcha Hai Dai" which was published in 1997 B.S. Bijaya Malla has followed B.P Koirala in his literature and many of his works are filled with Freudian theology, he is more renowned for his campaign for world peace. When many of the countries worldwide were denouncing the authority of the League of Nations and their pledge to support world peace by waging cold war against each other and having dedicating their resources to making numerous nuclear bombs, Bijaya Malla expressed his strong disagreement against those nations through his writings. In his classic short story “Antim Bhoj” he presented a picture of the last feast of the human kind where he put the nations with nuclear weapons on one side and the underdeveloped ones in the other. Such open criticism even during those days of strong foreign policy and diplomatic dramas is highly appreciated by the Nepalese community. His Popular works are Anuradha, Kohi Kina Barbad Hos, Bahula Kaji Ko Sapana etc. He was a member of Royal Nepal Academy. He has won Sajha Puraskar for his story collection "Ek Bato Anek Mod".
अलि नियति र अलि नियतका फल बिच दुख र पिडाबोधमै सकेको एउटा ह्रिदयविदारक तथा मर्मस्पर्शी कथा हो अनुराधा। अनुराधा मलाई व्यक्तिगतरुपमा कुनै हिसाबले अति मन परेको र कुनै हिसाबले कत्ति मन नपरेको उपन्यास हुन गयो। एउटा सहरीया परिवेशमा आधुनिकताको पथमा अग्रसर समाजको परिवेशमा हुर्केर आधुनिक मनोविज्ञान बोकेकि अनुराधा जब आफ्नो घरमा पुरातन मनोविज्ञानका भारले थिचिएका आफ्नि आमा र दिदिहरुको नियतको सिकार हुन पुग्छे तब उसले त्यो नियत बोकि बदलाको भावनामा ती कर्महरु गर्न पुग्छे जो तत्कालिन समयको समाजको कुनै महिलाले सहजै गर्न सक्दिन र आफ्नो स्थितिलाई सहजै स्विकार्छ। तसर्थ यो कथा तत्कालिन समाज आधुनिकतातिर अग्रसर हुँदाको समय र परिस्थितिलाई पाठकहरुमाझ अनुराधामार्फत पस्कन्छ।
मलाई चित्त नबुझेको पाटो के भने कथा पिडा र बदलाको भावभन्दा माथि उठ्न सकेको छैन, यदि उठेको भए कथा अँझ सश्क्त हुन्थ्यो जस्तो लाग्छ। अनुराधा बौलाउँदा मलाई उसमाथि कत्ति पनि सम्वेदना जाग्दैन किनकि उ आफ्नै कृत्यको फल भोगिरहिछे। समग्रमा कथाले तत्कालिन नेपाली समाजलाई उपन्यासको दर्पणमा पेश गरेको हुँदा कथा पढ्न योग्य छ।
अनुराधा पढुन्जेल मलाइ एउटा कुरा मनमा धरै खेल्यो, के समुन्द्र र कोमलमान एकै व्यक्ति हुन।एकै हुनु पर्छ। कोमलमान आमाको मृत्यु पछि आफु धरै विक्षिप्त भएको कुरा गर्छ।उता काठमाण्डौमा उसको आमाको उपस्थिति रहन्न।कोमालमान काठमाण्डौबाट आएको हो।समुन्द्र दाइसँगको झगडा पछि मधेष जान्छ।अनि अर्को उ दाइ भाउजु काठ्माण्डौमा भएको कुरा गर्छ।यो दृष्टिबाट स्पष्ट हुन्छको समुन्द्र नै कोमलमान हो।हुन सक्छ आफ्नो गोपनियताको लागि उ विराटनगरमा कोमलमान भएरै रहन्छ।
चौथे प्रयासमा पढि भ्याएको यो पुस्तक नितान्त साहित्यको रुपमा मात्रै होऱ्यो भने खासै समस्या हुंदैन । तर यसको पात्र चित्रण र त्यसले स्थापित गर्न खोजेको मान्यता समेतमा आलोचनात्मक चेत प्रयोग गरेर होर्ने हो भने यसमा समस्या देखिन्छ ।
अनुराधालाई एक सशक्त नारी पात्र सहितको नेपाली साहित्यिक कृतीका रुपमा केहि पाठकहरुले चर्चा गरेपछि ३ पटकको पठनको असफल प्रयासपछि फेरि एक पटक कोशिस गर्न मन लाग्यो । पुराना पुस्तकको भाषिक जटिलता र सम्पादनमा भएका त्रुटी वा प्रस्तुतीका समस्याका कारण हो के हो, पठन अलि अप्ठियारो हुने गर्छ । यो पुस्तकमा त्यसै भएर पटक-पटक बिसाउनु परेको थियो । तर पुस्तक छलफलका क्रममा भएको उच्च प्रशंसा पछि फेरि यसलाई पढ्न बाध्य भएं । यस पटक जस्तो लागे पनि पढेर भ्याउंछु भन्ने थियो । भ्याइयो पनि । अनुराधाको उठान ठीकै छ । सुरुमा कथा केहि नखुल्नाले पट्यार लाग्ने हुन सक्छ । पात्रको नाम समेत ३३ औं पानामा गएर आउंछ । त्यति बेला सम्मको लटर-पटर धेर्य गरेर पढ्यो भने कथा अगाडि पढ्न सजिलो हुन्छ । त्यस पछि अनुराधाले विगतको कथा सुनाउंदै गर्दा विस्तारै आपत्तीहरु थपिंदै जान्छन् ।
हुन त आख्यानमा वास्तविकता खोज्नु उति साह्रो नमिल्ला तर पनि आख्यानमा सुरुमा चित्रण गरिए अनुसारका पात्रका व्यवहार भएन भने चित्त नबुझ्दो रहेछ । जस्तो सुपरम्यानमा उड्ने क्षमता छ भनेर लेखियो र पछि उड्न नसकेकै कारण उसको मृत्यु भयो भने कथा "मिलेन ! मिलेन !!" भन्न मन लाग्छ । अनुराधाको हकमा त्यहि छ ।
सशक्त नारी पात्रका रुपमा चित्रण गर्ने क्रममा अनुराधाको रुप र कन्भेन्ट स्कुलको पढाइ अनि उनको घमण्डी स्वभावका कुराहरु छन् । यी कुराहरु सशक्त हुन् हैनन् पाठकले जानुन् । कन्भेन्ट स्कुलको पढाइले उनको सानाजिक स्तर सम्म भने देखाउंछ । तर जसै उनको "विवाह"को कुरा सुरु हुन्छ, एक पछि अर्को गलत चित्रणहरु सुरु हुन्छ । पढ्दा पढ्दै "यस्तो पनि हुन्छ?" भन्न मन लाग्छ । खास असन्तुष्टी सहि पाटो प्रति हो ।
अनुराधा भन्दा बलिया नारीपात्रहरु नेपाली साहित्यिमा छन् । विपीको बाबु आमा र छोरा की आमा बरु बढि सशक्त लाग्छे । कम से कम ऊ आत्मालोचनामा डिबेकी छैन । तीन घुम्तीकी नारी पात्र बरु बलिई लाग्छे । अहिलेका साहित्यको कुरा गर्दै दुर्गा कार्कीका कथाका नारी पात्रहरु बरु बढि सशक्त लाग्छन् ।
उपन्यासको अन्त पनि निराशाजनक छ । यदि सशक्त नारीतो अन्त्य यस्तै हुन्छ भनेर देखाउन खोजिएको मान्ने हो भने त अनुराधा अझै गलत लाग्छ । पढ्दै नपढ्नु भनेदैन । पढेर बहस चाहिं होस् । पठन सुखद रहोस् ।
Komalman, a rich and fairly introvert guy stumbles upon an unconscious girl on the train station. When he takes her home to treat her, where she, Anuradha, narrates her life to him.
There, I am keeping it vague because it is a novella and a mystery so the less you know, the better.
Anuradha was a thematic book. It dealt about a society, in the old Terai region where women were treated as animals. Where they were born to be married, to have an identity only when attached to a man. This book is terribly similar to " Time Stops at Shamli" by Ruskin Bond. However, I don't mind it. The writing was simple yet atmospheric. It packed a punch and I read it in one sitting. Please read this book. ... 🔅So this book deserves more than 48 readers in Goodreads. ... 🔅I have finally read a Nepali book after ages. I listened to the audiobook, narrated by Achyut Ghimire (Thankyou @rnzn.paudel for the audiobook❤).
किताब भर्खरै बन्द गरे। बाहिर पानी पर्दै रहेछ अनि झम्क्क साँझनै परि सकेछ। एकै छिन अलमलिएर, सोचे अनुराधा जस्ता समजका पीडित पात्रहरु के कस्तो अवस्थामा जीवनयापन गरि रहेका होलान। पुस्तकले दिएको यो एक प्रकारको जाग्रुक्ता म आफै अच्म्मित छु अनि आफ्नु समाज त्यसै त्यसै अनेकौं भावानाहरु बिच सोच्न प्रयत्न गरि रहन्छु। पुस्तकमा भएका हरेक पात्रको म मानसपटलमा चित्र कोरि रहेछु र कामना पनि गरि रहेछु अनुराधा ठिक होउन् र कोमलमान को कुरा एक पटक सुन्न सकुन, नयाँ सपना र जीवन साच्चै सम्भव छ भन्ने, भान उनलाई पनि होओस। सयाद सबै कुरा सहि नै हुनु पर्छ भन्ने पनि छैन होला? खै? विजय मल्लप्रती आभार।
यो उपन्या बारे धेरै तरिकाले चर्चा गर्न सकिन्छ यस्तो पनि लाग्न सक्छ कि पुरूषले लेखेको महिला पात्रको चित्रण अलिक समस्याग्रस्त पनि छ र फेरि शसक्त नारी भनेर चर्चा गरिनु पनि मलाइ सम्स्याग्रस्त लाग्छ कुनै नारी पात्रलाई शसक्त भनेर भनिरहँदा सँगै अशक्त पनि जोडिन आउँछ र यी दुबैको परिभाषा वर्षौं देखि लादिएको पितृसत्ताले गरेको छ जुन आफैमा समस्याग्रस्त छ फलानो फलानो काम गर्नेलाई शसक्त नत्र अशक्त विद्रोह गर्दा पनि दायरा तोकिदिनु यो पितृसत्ताको पुरानो आदत हो । पुस्तकले खास त्यस्तो केही गर्दैन यो अनुराधाको जीवन हो र उनले आफ्नो स्वतन्त्रताका निमित्ता लिएको निर्णय हुन् उनलाई शसक्त र अशक्तको परिभाषामा सिमित गर्नु उनका भोगाइ र निर्णयलाई इन्भ्यालिड गर्नु जस्तै हो।
In this novel, certain elements may lack realism, but given its narrative context, such aspects can be overlooked. The story attempts to illustrate that a woman can go to extreme lengths for revenge, reaching a point of accepting mental instability and madness. It explores how a woman can wield her appearance as both her greatest weapon and her greatest enemy.
The novel features a character, a man who is deeply in love with a mad woman, consumed by revenge. He is willing to sacrifice everything for her love, showcasing the tragic story of his devotion. Overall, I thoroughly enjoyed this novel.
Anuradha is a touching and beautifully written novel that lingers in the heart. Bijay Malla’s prose feels natural and poetic, and the way he explores love, longing, and human vulnerability makes the story relatable even today.
The characters are drawn with sensitivity, especially Anuradha herself, whose emotions and struggles feel genuine and deeply human. At times the narrative moves slowly, but that slowness allows space for reflection and for the reader to absorb the atmosphere.
It’s a book that doesn’t shout—it whispers, and those whispers stay with you. A graceful piece of Nepali literature that deserves to be remembered and appreciated.
समाज जहाँ छोरीको बिहेको लागि परिवार तथा केटा पक्षको मनोमानी चल्छ हो‚ त्यसको विरुद्ध अलिभिन्न किसिमको विद्रोह हो अनुराधा भन्न रुचाउँछु । उपन्यास सकिँदा लागिरह्यो- ‘अनुराधा तिमी उठ् । होस्मा आउ अनुराधा । तिम्रो बदला बाँकी छ । प्यारी अनुराधा तिमी होस्मा आउ ।’