धर्म सम्झी विचार गरी इन्साफ् गरेन पैसा भए बरेहालाई दण्ड परेन । त्राही त्राही पर्यो प्रभू झुट्टा कर्मैले सारा लोकमा छाड्यो प्रभू साँच्चा धर्मैले ।
बेला बखत् भने सब्को अयो होला बित्तै सम्पत्ति ता याँहि बस्छ जानु पर्छ रित्तै सबै चिज पग्लने हो सबै याहीँ बिल्छ ठूला भाग्य सत् सङ्गत्ले आनन्दि पद् मिल्छ । चटक् जस्ता सन्सारमा स्वप्ना जस्ता खेल्छ प्राणीहरुका हृदयमा तृष्णाको झेल् छ । – योगवाणी
Neelam Karki Niharika is a Nepali novelist, poet and story writer. She is best known for writing Cheerharan and Yogmaya. She has won Madan puraskar for her novel 'Yogmaya' in 2074 B.S.
यो रहरले किनेको अनि करले पढेको पुस्तक हो । नगरकोटी र नयनराज पाण्डेका कृतिमार्फत योगमायालाई चिनेपछि पुस्तक प्रकाशित भए लगत्तै मगाएको थिएँ । विषय र परिवेश महत्वपूर्ण हो । बुनाई पनि राम्रै हो । अलि सटिक भइदिएको भए गज्जब हुन्थ्यो । Full review here: https://randompilgrimat.blogspot.com/...
A very nice novel written by Niharikajee.It was a very good opportunity to know about the life of Yogmaya and her contribution to changing the social old traditions, norms, and values during the Rana regime almost 80 years ago.
Everyone must read this book. The history must be rewritten from the perspective of marginalized people. I want express my gratitude to the writer for such a powerful book despite some technical issues. Read once at least.
3.5🌟 One of the finest novel I ever read. This is about a female activist who spoke about different issues like sati pratha, caste discrimination, child marriage, widow marriage and so on. Yogmaya is a hidden jewel of history who dared to rebel during Rana regime:))) Happyreading
पहिलो पुस्तक पढ्दै छु, लेखिका निलम कार्की निहारिकाको "योगमाया"! १९ औं सताब्दिको सामाजिक अभियान्ता अझै भनौ महिला अभियान्ताको एक उत्साहजनक जिवनगाथा। धेरै सुनिएको नाम योगमाया, जातभात कुरिती छुवाछुतका बिरुद्ध उनले चालेका कदमहरु! तर औपन्यासिक रुपमा लेखिकाको प्रयास सर्हानिय छ। त्यो बेलाको समाजको वास्तविक ऐना हो योगमाया! राणाकालीन समय जनताको मौलिक हक नै नभएको अवस्था अझ महिलाको स्थिती के थियो होला? सहजै अनुमान लगाउन सकिन्छ, परिवर्तन त के एक सानो आवाज पनि निकाल्न मुस्किल थियो। तर पनि उनको हिम्मतलाइ मान्नै पर्छ, समाजको कुरिती विरुद्ध आवाज उठाउन अनि तत्कालिन शासकहरु समक्ष आवाज पुर्याउन सक्षम भएको मा। परिवर्तनका खातिर उनी सहित ६८ जनाले दिएको जलसमाधी भुल्न नसकिने घटना हो। उनले चालेका कदम हरुको एक एक गाथा हो योगमाया!
केही लामो, कतिपय ठाउँमा पट्यारलाग्दो भएतापनी समग्रमा उपन्यास सशक्त छ चाहेको कुरा भन्न अनि सुनाउनमा! अहिलेको पुस्ताको लागि परिवर्तनको लागि लागि परेका अथवा परिवर्तन गर्नु पर्छ भन्ने भावना भएका युवाजमातको निम्ति "योगमाया"को जिवनी मा आधारित उपन्यास प्रेरणा बन्न सक्छ! एक पटक पढ्नै पर्ने यसपालाको मदन पुरस्कार विजयी उपन्यास "योगमाया"!
२०७४ सालको मदन पुरस्कार प्राप्त नेपाली उपन्यास योगमाया गत साता मात्र पढि सिध्याएँ । किताबी किराको लागि राम्रै खुराक रहेछ । त्यो भन्दा पनि बढी तात्कालिन परिवेषको भाषा शैलीमा लेखिएको हुँदा पढ्ने आनन्द झन् बढ्यो । ऐतिहासिक परेिवेशमा लेखिएको र सामाजिक सुधारमा बलिदानपूर्ण योगदान दिने योगमाया जस्तो अद्वितीय व्यक्तिको जीवनीमा आधारित भएकोले ऐतिहासिक ज्ञान पनि धेरै प्राप्त भयो । छोटा र मीठा वाक्य विन्यास, अति प्रासंगिक उखान-टुक्का र ठेट शब्दाबली समेत समावेश गरी नीलम कार्की निहारिकाज्युले आफ्नो विशिष्ट लेखन शैलि र सिर्जनशिल आख्यानकारिताको नमूना दिनुभएको रहेछ ।
किताव पढ्दै जाँदा झण्डै एक सय वर्ष भन्दा पहिलेको (वि. सं. १९५० देखि १९९८ सम्म) नेपालको समाजको सशक्त चित्रणको साथै नपेालकी एक अभूतपूर्व समाज सुधार अभियन्ता एवम् वलिदानी योगमायाको जीवनीको बारेमा धेरै पठनीय ढङ्गले लेखिएको पाइयो । पुस्तकले त्यसबखतको नेपाली समाजमा महिलाको जीवन निकै कष्टकर तथा भेदभावले पीडित भएको दर्शाएको छ । सती प्रथा, छोरीलाई शिक्षा नदिने, बहुविवाह, वालविवाह, महिलाले धेरै प्रकारका बन्धनमा बाँच्नुपर्ने वाध्यता, पत्नीले पतिको पुरा खानुपर्ने जस्ता कु-प्रथाहरूको सजीव चित्रण निहारिकाज्यूले गर्नुभएको छ । सती प्रथाको लगभग त्यही कालखण्डमा अन्त्य भएको, बालविवाह हराउँदै गएको, छोरीलाई शिक्षा दिने तर्फ धेरै प्रगति भएको भएपनि महिलाहरूको जीवन अझै पनि समाजमा बराबरीको दर्जामा पुग्न सकेको पाईदैन । एक पुरुषको नाताले आफैंलाई पनि त्यसको दोषि भएझैं लाग्छ । दाइजो प्रथा, छाउ प्रथा, महिनावारीका बारेमा विध्यमान कुसँस्कारहरू, छोरीलाई अंश नदिने कुरा, आमाको नाममा नागरिकताका कुरा आदिमा नेपाली समाजले अझै धेरै फड्को मार्न बाँकी छ ।
त्यसो भएपनि तात्कालीन सामाजिक परिवेशमा सुधार ल्याउन, अन्यायको विरुद्ध लड्न तथा भेदभावमा परेका वर्ग (महिला, तल्लो जाति, गरीब आदि) को हितको लागि लड्न योगमायाले गर्नुभएको नेतृत्वदायी योगदानलाई जनमानसमा छर्लङ्ग पार्न यो पुस्तकले धेरै मद्दत गर्ने विश्वास लिन सकिन्छ ।
त्यसका साथै पुस्तकको भाषा पनि तत्कालिन परिवेशमा लेखिएको छ । विविध उखान टुक्का, रमाइला प्रसङ्ग, निर्दोष प्रकृतिको गाउँले बोली जस्ता विविध अलङ्कारले भरिएको यो पुस्तकले २०७४ सालको मदन पुरस्कार पाउँनु पक्कै पनि सान्दर्भिक, उचित र आवश्यक पनि जस्तो लाग्यो ।
Yogmaya is a powerful and unforgettable novel that breathes life into one of Nepal’s most remarkable historical figures. Neelam Karki Niharika’s storytelling is both lyrical and fierce, weaving together history, politics, and spirituality with a voice that feels urgent and timeless.
The book captures Yogmaya’s courage and conviction as she challenges oppressive systems and speaks truth to power. Her character is drawn with depth and dignity, making her not just a figure of the past but a symbol of resistance and justice that resonates today. The prose is rich yet accessible, pulling the reader into the struggles and triumphs of a woman who refused to be silenced.
What makes Yogmaya stand out is its balance of historical detail and emotional resonance. It’s not just a biography in novel form—it’s a call to remember, to honor, and to reflect on the strength of voices that dared to rise against injustice.
A must‑read for anyone interested in literature that is socially conscious, deeply rooted in Nepali history, and profoundly inspiring.
हुन त योगमायाको बारेमा पहिले नी सुनेको थिएँ। यद्यपि, यो पुस्तक मार्फत वहाँलाई विस्तृत रूपमा बुझ्ने मौका पाएँ।
यो पुस्तक मलाई अलि फेमिनिजम दृष्टिकोणबाट लेखिएको जस्तो लाग्यो। मैले सती प्रथाको बारेमा अरू थुप्रै पुस्तक पढेको छु, त्यसमा स्त्रीलाई सती बन्न पुरुषले भन्दा बेसी महिलाले कर बल गरेको पढेको थिएँ। जस्तै घरमा, छोराको मृत्युहुँदा बुहारीलाई कर कापले हुन्छ कि फकाएर हुन्छ, सती जान बाध्य बनाउने सासुको भूमिका अहम हुन्थ्यो। योगमायामा, पुरुषको मात्र गल्ती औँल्याएको देखिन्छ।
कतिपय कुरा बकवास र अतिरञ्जित लाग्छ। उदाहरणको निम्ति, गरुड पुराणको वाचनले मान्छेमा डर र त्रास देखायो भनेको छ। तर, पुराणहरू सत्य भए पनि, काल्पनिक भए पनि, यसले मान्छेलाई पाप कर्म गर्नबाट सचेत गराउँछ, धर्म कर्म गर्न अभिप्रेरित गराउँछ। लिने मान्छेले यी सबलाई कसरी लिन्छ त्यसमा भरपर्छ । नत्र तपस्या गरेर आफूले निर्वाण प्राप्त गर्ला, तर अरू साधारण मान्छेको विद्वता पनि आफ्नो जस्तो होस् भनेर सोच्नु मूर्खता हुन्छ।
पुस्तक निकै वृहत छ, धेरै मोटो भएकोले बेला बेलामा झिँजो लाग्न सक्छ। लेखिकाले अलि छोटो बनाएको भए हुनी।
As it is based on historical events, you can't complain but applaud Yogmaya's courage and determination for her progressive thoughts and works. The way she was fearless in terms of conservative ideas of society, her family, even when it came to interacting with Rana people at that time. But somehow I wasn't convinced why or how's on many aspects. Especially the end where such a fierce and determined person opt for suicide which followed mass suicide by many of her followers.( And I know I might have taken this as a story rather than a historical event, but the author could've convinced more in this aspect. )
This entire review has been hidden because of spoilers.
Well, it was an amazing book, with a great reflection of the history particularly the Rana era. Advocating for Social Inclusion regardless of one's social identity, while also presenting the lifestyles and the mentality of people living in the era, the book represents the societal perception of Nepalese during Rana era. However, the language was slightly difficult for me to understand the essence at times, which could have definitely made much exciting and simpler.
उपन्यास हेर्दैमा लाग्यो कि यति मोटो छ के गर्नु ? जस्तो भयो , सोचे एकजना साधिकाले लेखेको रहेछ सुरु गर्नुपर्छ ।पढ्दै जाँदा मोटो भएको पट्यार चाहिँ अनुभूति भएन l उपन्यास पढिसकेपछि मेरो मानसपटलमा एउटा धारणा चाहिँ रह्यो कि राणा शासनकालमा तत्कालीन राणा शासकले असर्फी दिदा पनि नलिने, जातीय भेदभाव, गरिब माथिको शोषणका विरुद्ध लड्ने नेपाली बिरङ्गना त नेपालका चार सहिद भन्दा पहिले जल दहन गरी देहत्यागको नेतृत्व योगमायाले गरेको महान कार्यले यस उपन्यासकी पात्र अन्तर।
किताव मोटो छ। किन थाहा छैन। निलम कार्कि को लेखन सैली अलिक सुरु सुरु मा ५ star rating दिने गुॅणस्तरको थियो तर अन्त्य तिर भने २.५ पनि दिन मन थेन। राम्रो उपन्यास भन्दा पनि लकडाउन कटाउन पढ्नु पर्ने जस्तो लाग्यो।
Left it on hold for a long time. The book focuses on marginalized people and blind Nepali society which were good to read but overall the book didn't quite captivate me
सादर नमन ठुलीहजुर भक्तिमाता योगमाया ज्यू लाई अनि सम्पूर्ण सहिद हरुलाई तपाईं हरुको योगदान, त्याग र साहस प्रति । 🙏 राणा शासन विरुद्ध को विद्रोह लडाई को बीजारोपण गर्नु हुने लाई नमन ।
लकडाउनको फुर्सदमा कैयौं पुस्तकमध्ये योगमाया पनि पढेँ। समिक्षक र समीक्षा गर्नकै लागि भने पुस्तक पढेको होइन।
तर, योगमाया र मेरो जन्मथलो संखुवासभाको तुम्लिङटार र मावली भोजपुरको कुलुङको सेरोफेरो एउटै क्षेत्र हो। धेरै इतिहास मेरा अग्रजहरुले सुनाउँथे र बाल्यकालदेखि नै सुन्ने गर्थें । म समिक्षक होइन तर योगमाया पुस्तकको सम्पूर्ण हरफका कथा यसै सेरोफेरोमा घुमेको पाउँदा केही समीक्षा गरेको छु।
यहाँको अवस्था हेर्दा समिक्षक र लेखकको अन्तरसम्बधमा मात्र पुस्तक समीक्षा गरिएको पाइन्छ, गहिरिएर विषयवस्तु र पुस्तकको तात्पर्यमाथि समीक्षा हुन सकेको छैन जस्तो लागेको छ।
लेखिका निलम कार्की 'निहारिका' ले ५ सय माथि पृष्ठमा समेटेको योगमाया पुस्तकको घटना सत्य घटनामा आधारित ग्रन्थ हो। सुरुआतदेखि नै मिश्रित जातिको बसोबास रहेको यस क्षेत्र योगमायाको कहानी अपत्यारिलो भएको पाउँछु। जुन कि आज पनि त्यो समाजमा महिलामाथिको समानता कमै छ।
सतिघाट र मनकामना मेरो बाल्यकालमा डन्डिबियो खेलेको ठाउँ हो। चन्दनपुर, बुम्लिङ, मझुवा, गौडेनी, सिम्ले, दिङला र बेतिनी यी सबै मेरा लागि परिचित स्थानहरु हुन्। मैले बाल्यकालमा सुनेको अधुरो कथाका वास्तविक वृतान्त हो यो। आजभन्दा करिब सय वर्ष पहिले नै एक ब्रम्हाण कूलमा जन्मिएकी एकल महिलाको जीवन सङ्घर्ष र उनको तपस्या, ज्ञान र आँटको वयान शब्दमा गर्न सकिँदैछ।
योगमाया एक सामाजिक अभियन्ताको जीवनगाथा मात्र होइन। तत्कालीन जहाँनिया राणा शासनको दबदबा भएको उही बेलामा पितृसत्ता, लैगिक र जातीय विभेद, बालविवाह, एकल महिला र विधुवाका पीडा, कमारा कमारी र सति प्रथा जस्ता सामाजिक कुरीति र अत्याचारहरुको कडा विरोध अनि मानव कल्याणकारी विचार र लक्ष्य बोकेकी एकल महिला हुन योगमाया।
सामाजिक सद्भाव र न्यायका लागि विद्रोह गर्दै अन्तिममा ६८ जनाले सामूहिक देहत्याग(सती) गरेको वियोगान्त कहानी हो। उनको आध्यात्मिक ज्ञान र जीवन दर्शन आजका कतिपय साधु सन्त, महन्त र धार्मिक गुरुहरु भन्दा पनि उच्च थियो भन्दा अत्यूक्ति नहोला। सबैले एक पटक पढ्नै पर्ने पुस्तक।
आजसम्म पनि कतिपय शिक्षित जन, देश विदेश भोगेको, लैंगिकताका बखान गर्ने, सहरमा बस्ने तर समाजिक विकृति र अन्याय नदेख्ने जातीय छुवाछुत र छाउपडीसमेत मान्ने महामूर्ख, पूरातनवादी र नश्लवादीहरु सबैले यस किताबबाट केही सिक्ने कि?
Picturing the first and greatest female revolutionary from eastern Nepal, a woman who always dreamed Nepal to be a dharmarajya(perfect nation). She struggled for 3decades for Nepal to change but the rulers paid no attention to her demands. At last she along with her 67 followers gave their life for the sake of nation to throw the autocratic rana rule.