हुन त योगमायाको बारेमा पहिले नी सुनेको थिएँ। यद���यपि, यो पुस्तक मार्फत वहाँलाई विस्तृत रूपमा बुझ्ने मौका पाएँ।
यो पुस्तक मलाई अलि फेमिनिजम दृष्टिकोणबाट लेखिएको जस्तो लाग्यो। मैले स���ी प्रथाको बारेमा अरू थुप्रै पुस्तक पढेको छु, त्यसमा स्त्रीलाई सती बन्न पुरुषले भन्दा बेसी महिलाले कर बल गरेको पढेको थिएँ। जस्तै घरमा, छोराको मृत्युहुँदा बुहारीलाई कर कापले हुन्छ कि फकाएर हुन्छ, सती जान बाध्य बनाउने सासुको भूमिका अहम हुन्थ्यो। योगमायामा, पुरुषको मात्र गल्ती औँल्याएको देखिन्छ।
कतिपय कुरा बकवास र अतिरञ्जित लाग्छ। उदाहरणको निम्ति, गरुड पुराणको वाचनले मान्छेमा डर र त्रास देखायो भनेको छ। तर, पुराणहरू सत्य भए पनि, काल्पनिक भए पनि, यसले मान्छेलाई पाप कर्म गर्नबाट सचेत गराउँछ, धर्म कर्म गर्न अभिप्रेरित गराउँछ। लिने मान्छेले यी सबलाई कसरी लिन्छ त्यसमा भरपर्छ । नत्र तपस्या गरेर आफूले निर्वाण प्राप्त गर्ला, तर अरू साधारण मान्छेको विद्वता पनि आफ्नो जस्तो होस् भनेर सोच्नु मूर्खता हुन्छ।
पुस्तक निकै वृहत छ, धेरै मोटो भएकोले बेला बेलामा झिँजो लाग्न सक्छ। लेखिकाले अलि छोटो बनाएको भए हुनी।
लेख्ने तरिका निकै सरल र राम्रो छ।
समग्रमा पुस्तक राम्रो छ।