What do you think?

योजनगन्धा [Yojana Gandha]
सत्यवतिको दृष्टिकोणबाट लेखिएको, महाभारतमा आधारित उपन्यास ।
422 pages, Paperback
First published January 1, 1995
About the author
Binod Prasad Dhital
5 books2 followersBinod Prasad Dhital was a Nepali Writer. He is best known for his novel "Yojana Gandha" which is based on a epic Mahabharat. He has won Madan Puraskar and Sajha Puraskar for his novel "Yojana Gandha" in 2052 B.S.
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 3 of 3 reviews
August 5, 2020
महाभारतबाट पात्र उठाएर थुप्रै कृतिहरू रचिए। यसरी उठाइएका पात्रहरू मुख्यतः पुरूषप्रधान छ। महाभारतबाट नारी पात्रहरू उठाएर कमै मात्र कृतिहरू रचिएका छन्। सायद यस्ता कृतिहरू आैँलामा गन्न सकिने मात्र छन्। याे खडेरीलाई मध्यनजर गर्ने हाे भने विनाेदप्रसाद धितालको कृति 'याेजनगन्धा' लाई अग्रपंक्तिमै राख्न सकिन्छ।
याेजनगन्धा उर्फ मत्स्यगन्धा उर्फ सत्यवती उर्फ मायावती उर्फ अच्छाेदा उर्फ दाशेयीकाे दृष्टिकोणबाट महाभारतको पुनर्व्याख्या हाे प्रस्तुत उपन्यास (मात्र त्यो विनाशकारी युद्धलाई छाेडेर)। माछाकाे पेटबाट जन्मिएर शरीरबाट माछाकै जस्तो गन्ध आउना कारण मत्स्यगन्धा नामले चिनिएकी सत्यवतीले महर्षी पराशरबाट प्राप्त वरका कारण याेजनगन्धा हुने अवसर पाउँछिन्। आफ्नो पूर्वजन्ममा अच्छाेदा नामले पुकारिने सत्यवती, धीवरमुखिया दासराजबाट पालिएकी भएर दाशेयी नामले पनि चिनिन्छिन्। त्यस्तै आफ्नो जन्मकाे नाम मायावती भएर पनि सत्यवती नामले महाभारतमा ख्याति कमाएकी छिन् उनले। यस्ता अनेकौं नाम धारण गर्ने सत्यवती र उनका धर्मपिता दासराज कुनै साधारण बुद्धिका मनुष्य मात्र नभएर चतुर बुद्धिका धनी थिए भन्नु हुन्छ विनोदप्रसाद धिताल। यस विषयमा महर्षी वेदव्यासकाे कलम चुपै रहे पनि धितालकाे कलम चुप रहन सक्दैन। त्यसै कारण दासराजले आफ्नी धर्मपुत्री सत्यवतीलाई सुशिक्षित बनाएर कुनै ठूलै वंशकी महारानी बनाउन कुनै कसर बाँकी राख्दैनन् भने सत्यवतीले पनि आफ्नो जालमा महर्षी पराशर, सम्राट शन्तनु र राजकुमार देवव्रत जस्ता ठूला माछाहरूलाई फसाउन बाँकी राख्दिनन् भनेर पुष्टि गर्नुहुन्छ विनोदप्रसाद धिताल।
सत्यवतीले आफ्नी सँगिनी कालिन्दी (यमुना नदी) लाई आफ्नो जीवनगाथा सुनाउँदै गरेको पृष्ठभूमिमा उभिएको छ प्रस्तुत उपन्यास। उपन्यासकाे कथालाई आड दिन महाभारतका सबै प्रमुख पात्रहरू देखा पर्छन् भने लेखकले कतिपय पात्रहरू आफैं रचेर पनि कथालाई राेचक बनाउने काेसिस गर्नुभएको छ। एउटा नारी हृदयलाई उतार्ने सफल उपन्यासको रूपमा लिन सकिन्छ याेजनगन्धालाई।

October 14, 2020
पौराणिक उपन्यास महाभारतमा आधारित यस किताबको मूल केन्द्र योजनगन्धा हुन, पछि हस्तिनापुर साम्राग्यी सत्यवती हुन्छिन!
नारीलाई प्रमुख पात्र बनाएर लेखिनु नै यसको विशेषता हो।

May 19, 2015
A must read
Displaying 1 - 3 of 3 reviews