‘Ranahar‘ is a fictionalised account based on historic portrayal of the last Malla king Ranajeet. The novel has been titled Ranahar meaning defeat in war. Ranahar unfolds the stories of Bhaktapur’s last Malla King, Ranajeet, how he was defeated by Gorkhali King Prithvi Narayan Shah. The novel also elaborates on events leading to defeat and ultimate surrender by Mallas to the Gorkhali King.
एतिहासिक उपन्यासहरुले सधैं मलाई आकर्षित गर्छ! राजालाई केन्द्रविन्दुमा राखेर जीवनका धेरै पाटाहरु केलाउन सक्नु नै यो उपन्यासको विशेषता हो। नौलो छ, फरक छ त्यसैले सुन्दर छ।
'रणहार' योगेश राजको मदन पुरस्कार प्राप्त पुस्तक हो | यसमा भक्तपुरका अन्तिम मल्लकालीन राजा रणजित मल्लको हार बयान गरिएको छ | पुराना कथनसंग जोडिएका जात्रा, मन्दिर र मुर्तिको इतिहास, संस्कार र अनौठो कहानी उल्लेख गरिएको छ | ती अनौठा कहानी रोग, डर र मानिससँग रहेको सिमित शक्ति बुझ्न नसक्दा जन्मिएको देखिन्छ | लेखक योगेश राजले रणजितको हारको जुन मानसिक तत्व चित्रण गरेका छन् | म सहमत भएको छु | त्यसैले मैले रणजितको जीवनी पृथिवी नारायण शाहको जीवनी संग तुलना गरेको छु |
रणजित मल्ल पृथिवी नारायण शाह भन्दा ठिक विपरित अथवा भिन्न तरिकाबाट हुर्किए | रणजित मल्लको जन्मकुण्डलीलाइ ज्योतिषले दोषी ठहर्याए | पृथिवी नारायण शाहको जन्मकुण्डली अनुसार भने राम्रो साइतमा जन्मिएकोले प्रभावशाली व्यक्ति बन्ने ठहर गरियो | यहीबाट समाजले हेर्ने फरक पाटो सुरु भएको छ | रणजित मल्ल सानामा अपहरणमा परे | जसको मानसिक असर उनमा डर त्रास पसेको थियो | यता पृथिवी नारायण शाहले आमा मात्र नभइ ठुलीआमाबाट समेत ज्ञान आर्जन गर्दै हुर्किए | बाबुको प्रभावबाट रणजित मल्ल कलाप्रेमी भए | पृथिवी नारायण शाह युद्ध कलामा निपुण बन्दै गए |
रणजित मल्लमा हुर्केको डर र त्रास अभिव्यक्त गर्न सक्दैनथे | किनकी उनी राजा थिए | राजाले कायरपन देखाउनु हुदैन सबको मान्यता थियो | त्यसैले उनी झन् झन् कला प्रेमी बन्दै गए | उनी अभिव्यक्त गर्न नसकेको भाव कलामा खोज्थे अनि कलामा लगेर जोड्थे | उनको निर्णयमा दखल देखिदैनन् | सबको कुरा सुन्ने र हो भन्दै छाडिदिने गर्थे | पृथिवी नारायण शाह पनि सबको कुरा सुन्थे तर निर्णय सहजताका साथ गर्थे | र, निर्णयको वहन पनि गर्थे | त्यसैले उनले थुप्रै हार सहे | अनि मात्र जित व्यहोरे |
रणजित शाह प्रेममा थिए | उनले प्रेममा अनुराग भएर समय बिताए | यता पृथ्वी नारायण शाह राज्य र युद्धको लागि आफ्नो बुढी समेत छोड्न तयार थिए | यसरी फरक धरोहरमा हुर्केका राजाहरुबीच युद्धको कुनै सामन्जस्यता थिएन | पृथ्वी नारायण शाहको बारेमा किताब मा उल्लेख गरिएको छैन | हार जीत प्रसंगको बयानका लागि मात्र उल्लेख गरेको हुँ |
अन्तिममा पेजमा लेखिएको शब्दहरुले रणजितको फरक पाटो देखाउन खोजिएको छ | भनिएको छ - उनको मनमा हारको क्षोभ थिएन, जितको अभिलाषा थिएन, युद्धको उत्साह पनि थिएन | रणहारमा रणजितले हारे पनि नहारे पनि भक्तपुरको पराजय अवश्य थियो | हारको कहानी केलाउदा उनले केहि एतिहासिक घटना बताएका छन् | भूपतेन्द्रले पचपन्न झ्याले मन्दिर बनाउदा केहि बयान र भक्तपुरमा भएको कलाको बयान |
कहानी यथार्थमा रहेर काल्पनिकता मिसिएको छ | अनि केहि जटिल पनि बन्न पुगेकोछ | यो किताब सरलताका साथ देखाउन सकिएको भए अझ इतिहासलाइ बुझ्न सकिन्थ्यो |
It’s probably because this is the first book that I have read related to Nepali history due to which it became an easy read for me. To expert readers, they may judge this book on the basis of many factors, but for me, it became a foundation that now has evoked my interests upon other history books based on Nepali history.
Regarding king’s characteristics, I feel like in an unspoken way, this book also was exploring king's post-traumatic disorder. However, even after waiting after pages by pages, I couldn’t get the clarity about his childhood kidnapping and how was he successfully rescued.
The fears, negative dreams, and anxieties he experiences are likely symbolic representations of his psychological struggles. His use of art as a form of escape adds depth to his character. He wasn’t made for war that requires him to be stern, deceitful and tough at times — he was made for arts, music and celebrations, just like his father. His love for art is what we have been witnessing — the glorious Bhaktapur city rich in its history.
The ratings are low due to several factors, for instance, the lack of footnotes. Although the meaning of the words were at end, which I didn’t know because I don’t like turning pages without reaching there, which posed as challenge because I am unfamiliar with the language.
However, Ranahar is a book that one can definitely give a try to begin with Nepali history mixed with both facts and fiction.
पहिलोपटक पढेको बेला हलुका लागेको, बीच बीचमा फ्लो तलमाथि भएको र नेपालभाषाको प्रयोगका कारण एकाग्रता भङ्ग भएको थियो रणहार। पहिलोपटक पढ्दा त्यति तानेन र सकसका साथ पढियो यो कृति। दोस्रोपटक तेस्रोपटक रिपिट हान्दा एउटा historical fiction , documentary अनि ऐतिहासिक दस्तावेज - डायरीको experience प्राप्त भएको थियो। तैपनि सुरुमा लागेको झैँ केही कुराहरु झन् विस्तारमा आएको भए हुने भन्ने भान फेरि फेरि भएको थियो। एक किसिमले complete work चै रिपिटमा नि लागेन --- हतारो चटारोमा किताब निस्केको हो है भन्ने बोध भएको थियो।
इतिहासका बडेमान किताब पढ्ने समय नभएको बखतमा यो पल्टाउँदा जे होस् मल्लकालीन राज्य, दरबार, झै-झमेला, रणजीत मल्ललाई हल्का फुल्का भए नि बुझ्न पाइयो। मलाई अझ दमदार लागेको चै पृथ्वीनारायण शाहभन्दा फरक परिवेशमा लालनपालन, रणनीति, अनि रणजीतका शासनकालको बेलाको समाज - दरबार- राजनीतिको चित्रण लागेको थियो।
Singha Durbar - The rise and fall of rana regime in Nepal, त्यस बखतको नेपाल, पारिवारिक षड्यन्त्र, डायमन्ड शमशेर, जङ्ग बहादुर, नयराज पन्त आदिका किताब पढेपछि ठीकै रहेछ यो किताब भन्ने लाग्छ। राजा हुनुको कारण जनता, राज्य र परिवारप्रतिको विविध responsibility र roles, हृदयमा लुकेको डर ( आखिर जति नै मर्न कति नि डराउन्न म भनेपनि हल्का विसन्चो हुँदा मर्छु कि के हो म भन्ने feels जसलाई नि आउँछ नै) र हारको कथा व्यथा किताबमा अटाएको छ। अत: रणजीत बारेकै अरु घटना जानकारी चै अपुरो छ किताबमा भन्ने कुरा नि आएको थियो इतिहास अध्ययनरत मित्रबाट त्यो बेला।
यो किताबको याद आएको चै गाडीमा एक जनाले पढ्दै गरेको भएर नि हो। अहिले सोच्छु अरु थप जानकारी र घटनाको साविती बयान अटाएको भए मोटाउने थियो होला यो बुक नि भनेर।
"रणहार" मल्लकालिन 'सो नगरहरू' (कान्तिपुर, पाटन र भक्तपुर)को कलह, र तीनै राज्यका आन्तरिक कलहले गर्दा गोर्खा राज्यसँग पराजित अन्तिम मल्ल राजा रणजित मल्लको कथा हो । उपन्यासले रणजित मल्लको मानसिकता पर्गेल्न खोजेको छ र केही हदसम्म यसमा सफल छ ।
उपन्यासमा तात्कालिक नेवा: राज्यको सजीव चित्र छ । 'जुजु'का क्रियाकलापदेखि जनताका दिनचर्यासम्म अटेका छन् । भक्तपुर दरबार, चाँगुनारायण नारायण र न्यातपोलको बारेमा धेरै थाहा नभएका कुरा उपन्यासमा पढ्न पाएँ । भक्तपुर दरबारका अनगिन्ति चोकहरुको बारेमा सबैलाई थाहा नभएको र भित्रबाट कसैले सहयोग नगरेसम्म भेद्न असम्भव भएबाट विश्वासघात भित्र बाटै भएको थियो भन्ने सङ्केत गर्दछ । पृथ्वीनारायण शाहलाई कुमरीमाजुले कमलको फूल दिएको इतिहास पहिले पढेको थिएँ । यसमा आउँदा खुशी भएँ । पछि पृथ्वीलाई गोर्खाका राजा भनेर पटकपटक भनिएको छ । मितछोरा भए पनि उनले गरेको छल देखाउन प्रयोग गरिएको सम्बोधन लेखकको चातुर्य हो । युद्धमा हारेपछि रणजीत मल्लको जुन वर्णन छ, त्यसले स्थीतप्रज्ञको आभास दिन्छ ।
रणजीत मल्लको रणहारको कथा जसरी प्रस्तुत भएको होला भनेर सुरु गरेको थिएँ, त्यस्तो पाइनँ । प्रस्तुतिको शैली अलि अल्छिलाग्दो लाग्यो । कुनै पनि संवाद उद्दरणभित्र छैन, जसले अल्मल्याउँछ । नेपाल भाषाका सबै शब्दहरूको अर्थ दिइएको छैन । तिनलाई पछाडि राख्नुभन्दा फुटनोट बनाएको भए हुन्थ्यो । रणजीतको अपहरणको प्रसङ्ग अधुरो छ । यसले सम्पादनको कमी देखाउँछ । कथा क्रमबद्ध नभएकाले कतैकतै अलमलिएँ । विचारप्रधान उपन्यास भए पनि मदन पुरस्कार पाउन लायक चैं लागेन ।
यो विशुद्द ऐतिहांसिक खोजको दस्तावेज नभै औपन्यासिक आख्यान भएकोले होला; इतिहांस नजानेको म जस्तो साधरण पाठकलाइ पनि अन्त्य सम्म सरर डोर्याइरह्यो । नेवारी भाषामा दर्जन जति खानेकुराको नाम बाहेक मट्ठै म; तर मलाइ पुस्तकको बहावले कुनै शव्दजालमा अल्झाएन वा ठोक्किएको अनुभव गराएन । भाषा हाम्रा, सबै राम्रा । मलाइ चांहि यो कितावको शव्दविन्यास औधि मन पर्यो । अज्ञात अपहरण वा कुनै कुनै उराठिला पाना ... थोरै कमिकमजोरी भेटिनु अस्वभाविक होइन ।
भनिन्छ, इतिहाँस जित्नेहरुको मात्र लेखिन्छ तर जित्नेहरुले जित्नुको कारणहरु भए झैं हार्नेहरुले हार्नुको पनि आफ्नै कारणहरु हुन्छन् जुन जित्नेहरुको कथा भन्दा कम पेचिलो र मार्मिक हुंदैन ।
रणहारको रहस्य - राजाको नाम रणजित भए पनि उनी युद्दको लागि बनेकै थिएनन् र युद्दलाइ प्रथमिकतामा राख्दै राखेनन् । अनुरागी थिए । कलाप्रेमी थिए । सुन्दर ऐतिहांसिक शहर अझै जिवीतै छ जहां उनी र उनका पुर्खाले सिर्जेका कलाहरु आजपर्यन्त निपुणताको दस्तावेज बनेर रहेको छ । कला सिर्जना गर्ने वुद्दि र विवेक विशिष्ट भैकन पनि युद्द जित्नको लागि प्रयोग हुंदैन किनकि युद्द त कपटी हुन्छ ।
यस कृतिले मदन पुरस्कार चाहिँ पायो कसरी, मैले केही भेउ पाउन सकिन! मलाई इतिहासको कुरा त्यति थाहा छैन; मलाई यो कृति त्यति मनपरेन । नेपाली साहित्य र मदन पुरस्कार गुठीको स्थिति यसै हो भने त साह्रै दुःख लाग्यो।
*** सहित्यपोस्टमा प्रकाशित प्रा. डा. देवी नेपालको मूल्यांकन तथा निष्कर्षबाट:
उपन्यासकार योगेश राजको ‘रणहार’ उपन्यास औपन्यासिक कलाका दृष्टिले निम्न स्तरको देखिन्छ । ऐतिहासिक विषयमा हात हाल्ने आँट गरिसकेपछि त्यसलाई दृढताका साथ पूणर्ता दिन सक्नु लेखकीय जिम्मेवारी हो । यस कृतिमा इतिहासप्रतिको भावनात्मक सम्मान देखिन्छ तर त्यसको वस्तुगत सम्मान हुन सकेको छैन । यो कृति इतिहास र उपन्यासको ठिमाहा बनेर देखापरेको छ । कृति पढ्न थाल्दा यो इतिहास हो जस्तो लाग्छ तर कुनै तथ्यपरक तिथिमिति र वस्तुपरक घटनाको स्पष्ट उल्लेख छैन । फेरि यो उपन्यास हो जस्तो लाग्छ तर औपन्यासिक कोमलता र आख्यानको सुललित वहाव छैन । ऐतिहासिक प्रतिवेदन भन्ने हो भने ठाउँ ठाउँमा आउने आलङ्कारिक अभिव्यक्ति र मनमोहक प्रसङ्गहरूले पाठकलाई तथ्यभन्दा टाढा पुर्याइदिन्छन् र पूर्ण रूपमा उपन्यास हो भन्ने हो भने ऐतिहासिक घटना र पात्रहरूको विशृङ्खलित रखाइले पाठकलाई अन्योलमा पारिदिन्छ । यो कृति सामान्यतः बनोटमा ऐतिहासिक उपन्यास भए पनि बुनोटमा उपन्यासअनुकूल आन्तरिक सुगठन देखिँदैन ।
घटनाको सङ्गठित गतिशीलता, भावको हृदयहारी आकर्षक, प्रस्तुतिको मनमोहक सौन्दर्यविन्यास र केन्द्रीय कथ्यको निर्बाध गन्तव्य प्राप्ति नै उपन्यासको शक्ति हो । एउटा ऐतिहासिक घटना र पात्रको उद्घाटन यस उपन्यासको उद्देश्य हो तर किन भन्ने प्रश्न पाठकले राख्नासाथ त्यसको जवाफ उपन्यासले दिन सकेको छैन । उपन्यासको आदिदेखि अन्त्यसम्म पढ्दा रणजितलाई नायकत्व प्रदान गर्नुको एउटा पनि कारण देखिँदैन । भक्तपुरको अन्तिम राजा हुनुलाई नै उसको नायकत्वको आधार मान्ने हो भने नेपाली उपन्यास परम्परामा प्रयोग भएका सम्पूर्ण नायकहरूको अपमान हुन्छ । कुनै राजकीय गुण नभएको, परिस्थितिको सामना गर्न नसक्ने, समस्याबाट भाग्न खोज्ने, आफ्नो राज्य बचाउन नसक्ने, एउटी केटी देख्नासाथ ज्वरो आउने, एउटा क्षेत्र सम्हालेर बस्नका लागि अनुरोध गर्दा पनि काशी गएर बस्न चाहने व्यक्ति रणजितमा न त राजगुण छ न त अति सामान्य नायकमा हुनुपर्ने गुण छ । त्यसैले प्रस्तुत उपन्यासको विषय र पात्रको छनोट किन गरियो भन्ने कुरा नै अस्पष्ट देखिन्छ ।
हुन त सुरूमा यसलाई पढ्न निकै सकस पर्यो। वाक्यका बिच-बिचमा नेवारी शब्दहरूको प्रयोगले कथामा डुब्न समय लाग्यो। नेवारी शब्दहरूको अर्थ खोज्न पछाडिपट्टीको 'शब्दभण्डार' पल्टाएर अगाडि आयो, उता कथामा कहाँ पुगिएको थियो नै बिर्सि सकिन्थ्यो। त्यसैले कथामा लय समात्न गाह्रो पर्यो। त्यस्तै उपन्यासका बिचमा काजी झगल ठाकुरको नेतृत्वमा ने.स. ८५० मा कान्तिपुरले वाभू नामक किल्ला जित्यो कि जितेन भन्ने कुरा अर्को एउटा प्रसङ्ग सकेर भन्ने भनिएको छ, तर त्यस कुराको चर्चा त्यसपछि भएको छैन। (पृ. ९६) ऐतिहाँसिक आख्यान भएको हुँदा इतिहाँससँग कत्तिको तथ्यसङ्गत कृति हो भन्ने कुरा त इतिहाँस विद् नै जानुन्; इतिहाँस बुझ्न खोज्ने तर इतिहाँसका बडाबडा किताब खोल्न चाहिँ जिउमा काँडा उम्रेझैँ गर्ने म जस्तै अल्छीहरूका लागि भने यो पुस्तक विशेष छ। त्यसैले मेरा लागि त रणजीतले युद्ध हारे पनि रणहारले मन जित्यो।
A vivid interpretation of the last days of the last Malla king of Bhaktapur - Ranajit, the story keeps you engaged throughout the book. The description of the palace and the city is especially enthralling. But the story has a few loose ends which, although important to the development of the story, are left open, like the kidnapping of the young Ranajit - you know he was rescued because he became the king later in his life, but you never get to know how exactly he was rescued. Though the author promised in that particular chapter to finish the plot later in the book, he never does.
I like the overall plot of the book. Language is good, but for someone whose Nepali is average, I found it difficult to comprehend. The conflict, fears of protagonist that was something I must say didn’t fully comprehend until I completed the book and read some reviews after that. It takes me a week to read the book of this length. But it me more than I thought it would take to complete this one. Anyway a unique experience!
Normally when I read a book like this, I find what the innate thoughts of the protagonist are and what are the support systems like particular at the end of war. This book seems different. It does keep protagonist in center and talk about his thoughts but more than that I realized it tries to build background on the character. Something that was missing was the crux of war in the entire book, the feelings and thoughts of the protagonist during an attack. Could be better!
इतिहास पढ्न सारै रुचाउथे , स्कुलका किताबमा पढिएका इतिहासैले हो कि के हो राजा बेलाका कुराले आकर्षित गर्थे खुबै! आज धेरै पछि इतिहास पढ्दा को आनन्द आयो! भाषा , लेखन, शब्द, शैली सबै मजेदार छन!
3•5 /5 । चारै दिन मन हुदा हुदा नि दिन सकिन, कतै कतै कस्तो मनपरेका केही भाग लेखकले आधामै फ्याट्ट छोडिदिए जस्तो लागेर!
Yogesh Raj, ma engineering padda hamilai thermal science padaunu hunthyo ani waha le lekhnu bhayeko kitab bhanera padna suru gare. History ani fiction ko misran bhayeko le padda enjoy gare tara thau thau ma chai katha complete nabhaikana bich ma nai katiyeko bhan bhayo. Otherwise I loved this book.
भक्तपुरे नेवारी समुदायको जीवन, जातीय धार्मिक संस्कृतिको सुवास, ईतिहासिक पृष्ठभूमि, येथोचित अनुसन्धान, अनन्य स्वविवेक, थोर बहुत काल्पनिक मिठास सहितको यो मदन पुरस्कार विजेता कृतिका लेखक योगेश राज आफ्नो शब्द श्लोकको मायावी जादुले पाठकलाई तत्कालीन मल्ल राजपाठ युगकै अनुभूति गराउन सफल छन्!
This historical fiction took me back to old Bhaktapur days. Newari words inclusion has aided with unique zest to the Nepali read, besides that this book accounts the days of last Malla king of Bhaktapur Ranajit Malla and his psychical analysis as a king & as a lover.
Perfect portrait of last king of bhaktapur kingdom. The way Yogesh raj explains is just awesome. The character which has been explained nowhere is explained which makes this book a exception and award winning worthy.
मैले यस अघि इतिहाससँग सम्बन्धित उपन्यासहरू महारानी र सेतो बाघ पढेको थिएँ। त्यही आशमा र त्यस्तै अपेक्षा लिएर रणहार पढ्न शुरू गरे। तर आधी पनि पढी नसकी थनकाई दिएँ। एकदम बोर लाग्यो पढ्नलाई। यो उपन्यासले मदन पुरस्कार कसरी जित्यो म अचम्म छु।
यस एतिहासिक उपन्यासमा भत्तपूरका अन्तिम राजा रणजीत मल्लको जीवनीलाई कथाको रूप दिई भक्तपुरको वैभव, रहनसहन र लोकश्रुतिलाई निकै नै कलात्मक ढङ्गबाट इतिहासकार तथा लेखक योगेश राजले प्रस्तुत गर्नुभएको छ ।