What do you think?

एक सर्को माया [Ek Sarko Maya]
एक सर्को माया जिएस पौडेलद्वारा लिखित नेपाली भाषाको एक उपन्यास हो। यो उपन्यास रोजगारीका लागि माल्दिभ्स पुगेका एक जना नेपाली युवकको कथा हो, जो अञ्जानमै कुलतमा फस्दछ र आफू कुलतमा फसेको थाहा पाएर पनि बाहिर आउन सक्दैन्। कुलतकै बीच त्यहीँकी एउटी सुन्दरी मोडलसँगको (राउदा आतिफ) उसको प्रेम, प्रेम र नसाबीचको उसको मानसिक सङ्घर्ष र अन्त्यमा उसले र पाठकले एकसाथ अनुभूत गर्ने मृग मरिचिका नै “एक सर्को माया” को सार हो।
428 pages, Hardcover
First published April 21, 2018
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 30 of 92 reviews
June 25, 2021
थ्रिलर किताबहरू पढ्न मलाई निकै रमाइलो लाग्छ। अङ्ग्रेजीमा लेखिएको थुप्रै थ्रिलर किताबहरू पढे पनि नेपाली भाषामा लेखिएका कुनै थ्रिलर किताब पढ्ने मौका मिलेको थिएन। ' एक सर्को माया' को बारेमा पहिले नै सुनेको भए पनि किताब नै किनेर पढ्छु भनेर सोचेकी थिएँ। तर जब युट्युब को होम पेजमा एक सर्को माया को अडियो देखें मनले मानेन। १० घण्टा र ४५ मिनेटको अच्युत घिमिरेको आवाजमा मैले यो उपन्यास सुने।
दुबईमा आलोक शर्माको काम मन पराएर स्माइल ले उसलाई माल्दिभ्स मा आफ्नो कम्पनी मा काम दिएको थियो। हो , उनकै कथा हो यो किताब। आलोक शर्माले माल्दिभ्स मा भेटाए का जे. डी, अहमद, नारायण चालिसे,राउँदा आदिको कथा छ किताब मा। यी हरेक पात्र का आफ्नै कथा छन्। आलोक राउदा सँग र लागुपदार्थ सँग एकै चोटी प्रेममा फस्छ। एउटै समयमा २ जना सँग प्रेममा फसे पछि एउटाको साथ छुट्नु त थियो नै। अक्सर प्रेममा फसे पछि मानिसहरू जस्तोसुकै नसाको मोह छोड्न सक्छन्। तर, अफसोस आलोक शर्माको कथामा उसको साथ राउदा सँग छुट्छ। राउदा सँगसँगै उसको साथ माल्दिभ्स सँग पनि छुट्छ। लागुपदार्थ कै कारण ले उसलाई माल्दिभ्स राष्ट्रिय बाट नै देश निकाला गरिन्छ।
पढ्दै जाँदा थ्रिलर किताब नभएर आलोक र राउँदा को असफल प्रेम कथा पढे झै लाग्छ। तर अन्त्यमा पुगेसी कथा पुरै बदलिन्छ। सुरु बाट नै सस्पेन्स र थ्रिलर को अपेक्षा राख्ने हरु लाई यो किताबले निराश पार्न सक्छ। मलाई भने यो उपन्यास एकदमै मन पर्यो। नेपाली लेखक हरुले पनि यस्तो विषय उठाएर किताब लेख्दा निकै खुशी लाग्यो।
यो भन्दा धेरै लेख्दा किताबको बारेमा स्पोइलर पो लेख्छु की भन्ने डर लाग्यो।
यति नै ।

September 22, 2020
It was an amazing read!! The book was too boring until JD started to narrate his father's story. The book then continues to be much interesting with its main story. And then suddenly everything changes that was such a mind gripping and thrilling part.
This type of book has been rarely written in Nepali literature; at least I haven't read any. Though it felt to be unnecessarily long at sometimes, it never leaves us with its captivating emotions. This is certainly a kind of book that leaves a deep impression on mind and the best part is it is a Nepali novel.

October 24, 2019
Mind gripping thriller; a rare genre in nepali literature.
March 28, 2023
धेरैले (र विशेष मेरी आमाले) मनपराएको सुनेपछी “एक सर्को माया” आज पढ़ीसकें । मलाई पनि एकदम रोचक लाग्यो । यति मोटो किताबको अन्त्यसम्मै कौतुहल जागिराख्छ, र हुन्छ यौटा उत्सुकता । नेपाली लेखनमा विरलै देखिएको प्रयोग छ । के सत्य, के भ्रम?
अनावश्यक वर्णन धेरै छ, भाषा कहीं सुन्दर छ भने क़तै अति साधारण। अघिका पानाहरुमा बेतुके लागेका केही घटना र संवादलाई कति मजाले पछाड़ी जोड़ीएको छ । तर कथाभित्रको कथाभित्रको कथा… मजा आयो! ‘द मूनस्टोन’ पनि सम्झायो ।

July 13, 2022
"किन सकिन मैले उसलाई बिर्सिन?
ऊ नजानु गाइसकेकी थिइ
किन सकिन मैले उसले दिएको धोका लाई बिर्सिन
बसन्तमा सुरु भएर शरदमा अन्त्य भएको छोटो सम्बन्ध न हो, केही पल न हो, उसले मिठो मायामा डुबाएको
फेरि सोच्छु मायाको गहिराइ समयको पोखरीमा कहा नापिन्छ र?
धुवाँको मुस्लो मुख र नाक बाट फाले जसरी
मन बाट माया फ्याक्न नसकिने रहेछ।
जब जब उसको याद मा सर्को तान्थे
तब तब त्यसको एकै सर्कोले पनि मलाई बेहद कडा नशा दिन्थ्यो
आज बुझ्दै छु की मैले उसको यादमा सर्को तानी रहेको रैनछु
मैले त उसको याद को सर्को तानिरहेको रहेछु
आखिर के फरक भयो र धुवाँ अनि उसको मायामा
जो बिलाई जान्छ आँखै अगाडि।"

March 4, 2026
दोस्रो पटक पढें। पहिलो पटक पढ्दा यो उपन्यासले फरक स्वाद दिएको थियो। दोस्रो पटक पढ्दा त्यो स्वाद अझ गहिरो लाग्यो, किनभने यसपालि मैले कथालाई मात्र होइन, पात्रहरूको मनोविज्ञान र लेखकले सुरुकै पृष्ठहरूमा लुकाएर राखेका सूक्ष्म संकेतहरूलाई पनि नियाल्ने मौका पाएँ। पहिलो पटकमा छुटेका ती संकेतहरू यसपालि झल्किँदा लाग्यो, यो उपन्यास एउटा पहेँली हो, जसलाई दोस्रो पटक पढ्दा मात्र पूरा गाँठो खुल्छ।
यस उपन्यासले वैदेशिक रोजगारी, प्रेम, लत र भ्रमबीचको द्वन्द्वलाई गहिराइका साथ प्रस्तुत गर्छ। यहाँ कुनै पात्र अलग छैन हरेक पात्र अर्कोसँग जोडिएको छ, एउटाले अर्कोलाई छोएकै छ। चालिसे, अहमद, जेडी सबैका आ–आफ्नै कथा छन्, र ती कथाहरू कतै न कतै मुख्य धारासँग गाँसिएका छन्। यो जोडाइ नै यो उपन्यासको सबैभन्दा सुन्दर पक्ष हो।
आलोक त एकैचोटि दुईवटा मायामा फस्छ एउटा राउदासँग, अर्को लागूपदार्थसँग। एउटै समयमा दुई प्रेममा डुबेपछि एउटाको साथ छुट्नु त अनिवार्य थियो नै र त्यही छुटाइले उसको जीवनलाई यस्तो मोड दिन्छ, जहाँबाट फर्कने बाटो रहँदैन।
सबैभन्दा मन परेको कुरा, पहिलेको सानो घटना पछि गएर ठूलो बन्छ। कुनै एउटा सामान्य देखिने दृश्य, कुनै एउटा हल्का संवाद, कुनै एउटा भेट पछि गएर तिनैले कथालाई यस्तो मोड दिन्छन् कि पाठक स्तब्ध हुन्छ। Butterfly effect झैं एउटा सानो पखेटाको फड्कोले आँधी ल्याउँछ। पहिलो पटक पढ्दा खासै नलागेका बिन्दुहरू दोस्रो पटकमा गएर जोडिँदा एकदमै मज्जा आयो ,जस्तो कि लेखकले पाठकलाई जानाजान जाल बिछ्याएका छन्, र हामी त्यसमा अल्झिएका छौँ, थाहा नपाई। अनि कथा अन्त्यतिर पुग्दा पाठक सोच्न बाध्य हुन्छ: के साँच्चै प्रेम वास्तविक थियो कि केवल एक सर्को (भ्रम)?
भावनात्मक उतारचढाव, मनोवैज्ञानिक संघर्ष र यथार्थको झल्कोले यो उपन्यासलाई विशेष बनाएको छ। केही ठाउँमा गति ढिलो लागे पनि ,दोस्रो पटक पढ्दा त्यो ढिलोपन कमजोरी होइन, लेखकको सोचविचारले गाँसिएको शिल्प लाग्यो। मानौं उनले पाठकलाई आलोकको भ्रमको संसारमा डुबाउन जानाजान ढिलो गति रोजेका छन् जसरी कुहिरोले बिस्तारै घेर्छ, तर भित्र पसेपछि बाटो देखिँदैन; त्यसै गरी यो कथाले पनि बिस्तारै घेर्छ, र अन्त्यमा पुगेपछि पाठक आफैं भ्रम र यथार्थको सीमारेखामा उभिएको पाउँछ।
"आखिर के फरक भयो र धुवाँ अनि उसको मायामा

May 18, 2023
अद्भूत😮😮😮
December 18, 2022
[एक सर्को माया- जि एस पौडेल]
सुरुमा पढ्दा म पागल कि यो किताबको लेखक पागल भन्ने सोच्दै राम्रोसँग दिमागमा उथलपुथल गराएको थियो एक सर्को मायाले। नेपाली साहित्यमा hallucination बारे शायद कमै किताब लेखिएका छन्। ९०-१०० पाना जति सकसका साथ सकाएको भए तापनि लेखन शैली, कथानक अनि thematic semblance बुझ्दै भिज्दै जाँदा वजनदार लाग्या हो अत्ति।
बजारमा यो किताबको तेस्रो संस्करण नि सकिएको छ र अब आगामी ८२ सालको पहिलो महिना वैशाखमा चौथो संस्करण नि आउने कुरो रहेछ। फेरि एक फेर घुमियो सुनियो र डुलियो माल्दिभ्स् तिर यसमार्फत्। 🤣
अत: पुस्तक पहिलो प्रकाशन हात पर्नु अगावै glimpse बाह्रखरीमा पढेर impressed plus curious भएको याद आयो अहिले। लकडाउन भएको बेला भतिजसँग बसेर नि पढियो यो किताब।
"उपन्यास लेखनका लागि नयाँ विषय खोजी गरिरहेकै बेला अमेरिकी गणितिज्ञ ‘जोन न्यास’को जीवनगाथामा आधारित चलचित्र ‘अ ब्युटिफुल माइन्ड’ हेर्ने मौका मिल्यो । उसो त हलिउड चलचित्रमा रमाउने मान्छे म । नवीन शैलीको व्युत्पादन र कथा वाचनमा पश्चिमेली आयामका केस्रा केलाउने पनि । जोन न्यासको बायोपिक ‘अ ब्युटिफुल माइन्ड’ हेरेपछि मस्तिष्कमा अर्को सुनामी आयो । वास्तवमा भ्रम र रहस्यको पोको थियो त्यो।
त्यसपूर्व मैले हलुसिनेसनमाथि नै बनेको अर्को चलचित्र ‘द सिक्स्थ सेन्स’ पनि हेरेको थिएँ । वास्तवमा भन्नुपर्दा यिनै दुई चलचित्र हुन्, ‘एक सर्को माया’का सूत्रधार ।" (बाह्रखरी)
यो paragraph पढेर a beautiful mind अ ब्युटिफुल माईन्ड र the sixth sense द सिक्स्थ सेन्स DVD मा फेरि हेरेको थिएँ त्यसबेला। फिल्म, डकुमेन्ट्री, समाज, हाम्रा वरपरका व्यक्ति - परिवेश- घटना- परिघटना - दुर्घटना आदि पनि उम्दा र engaging साहित्य लेखनीका निम्ति महत्त्वपूर्ण inspiration हुन्छन् नै। अहिले फेरि re-read गर्दै जाँदा उस्तै मजेदार gripping गराइरहेछ यसले with more grappling thoughts in between.
"उपन्यास लेख्न बस्दा दिमागमा एकसरो कथा थियो । ‘भ्रम’का किस्सा थप्दै जाने र कथाक्रमसँगै पटाक्षेप गर्दै जाने पूर्वतयारी थियो तर लेख्न बसेपछि कथाले अनेक मोड लिन थाल्यो । लेखकको नियन्त्रणमा मात्रै कहाँ रहँदो रहेछ र उपन्यास ! पात्रको भावना र मर्मलाई आत्मसात गर्दा अनेकन कथा र उपकथाको सिलसिला तयार भयो । र, १ लाख ५० हजार शब्द पो नाघ्यो । यत्रो भीमकाय उपन्यास तयार होला भनेर सपनामा पनि चिताएको थिइनँ ।" (बाह्रखरी)
अनि लेखन प्रक्रियामा repetition, cross-examination अनि verification - validation plus synchronisation पनि उस्तै हुन्छ। तर अहिले केही नयाँ लेखक बन्न खोज्ने केही लेखकमा (संझनु अपवाद भन्ने शब्द र अर्थ पनि) यी गुण प्लस patience, calm mind र negative criticism सहने धैर्य हुँदैन।
"मालदिभ्समै बस्ने भएकाले मालदिभ्सको परिवेश उपन्यासको ‘सिन’ बनाउन मन लाग्यो । खाँचो थियो एउटा पात्र, जसले उपन्यासलाई त्राण देओस् । घटना र परिवेशलाई स्वाभाविक लयमा गति देओस् । त्यसकै लागि फातिमा भन्ने पात्र अघि बढाएको थिएँ तर फातिमाले कथानुभूति नै गराउन सकिन ।
त्यसपछि गुगलको सहायताले मालदिभियन मोडलहरूको खोजी शुरू गरें । किबोर्डमा इन्टर के दबाएको थिएँ, पर्दामा देखिइन्– ‘राउदा आतिफ’ ! छेवैमा उनको उपनाम मुस्कुराइरहेको थियो– ‘माल्दिभियन गर्ल विथ द अक्वा ब्ल्यु आइज !’
पहिलो तस्बिरले नै मोहनी पो लगायो मलाई !
तस्बिरमा दिएको सूचना पछ्याउँदै जाँदा पत्ता लाग्यो– तीन महिनाअगावै बंगलादेशको ढाकामा उनको मृत्यु भइसकेको रहेछ ! सुसाइड बताइए पनि उनको परिवार मान्न तयार थिएन र बारम्बार भन्दै आइरहेको रहेछ– राउदाको हत्या नै भएको हो ।
यति सुन्दर युवतीको रहस्यमयी मृत्यु ? त्यो थाहा पाएपछि झन् निद्रा लागेन र उनलाई नै चरित्रका रूपमा उभ्याएँ । राउदा आतिफको आमुख तस्बिर उनीप्रतिको श्रद्धाञ्जली नै हो ।" (बाह्रखरी)
यती background पढेर पनि किताबप्रति आकर्षित र कौतुहल भएको थिएँ म।

November 12, 2022
साथीहरुले मनपराउनु भएको देखेर दोस्रो कोसिसमा यो किताब सकाए। किताबको सुरुवातलेनै तान्न असफल बनाउदै थियो, आधा किताबसम्म पुग्दा पनि केहि रोमाञ्चक माहोल आउला भन्ने आसमा जबरजस्ति पढ्दै गए।
रबर तन्काए जसरि लेखकले पानाहरु तन्काउनु भए जस्तो लाग्यो, पात्रहरुको कथा नभएर माल्दिभ्सको विवरणको बारेमा पढिरहेछु जस्तो पनि लाग्यो ।
जसोतसो अन्तिम सम्म पूग्दासम्म मलाई आलोक र राउधा प्रति वास्ता लाग्न कम भइसकेको थियो , जसकारण किताबको अन्तमा भएको ( revelation) ले पनि मलाई आकर्षित गरेन।

January 3, 2021
दोस्रो पटकको पठनपछि पनि यो किताबले पहिलो चोटि पढ्दाको जस्तै उत्साह कायम गर्न सफल भएको छ। नेपाली साहित्य जगतमा एकदमै नयाँ र फरक ढंगले प्रस्तुत गरिएको यो किताबले सोचेभन्दा गहिरो प्रभाव पारेको छ। किताबका पात्रहरूले बिर्सन नसक्ने छाप छोडेका छन्। अब फेरी यो कल्पनाको दुनियाबाट वास्तविक जीवनमा फर्केर आउन केही दिन लाग्छ भन्ने महसूस गरेकी छु।
January 4, 2026
"एक सर्को माया" उपन्यास पढेर म अत्यन्त प्रभावित भएँ, विशेष गरी लेखक जी.एस. पौडेलले यसलाई पूर्ण रूपमा थ्रिलरको रूपमा कायम राख्न सफल भएको कुराले। लेखकको वर्णन शैली अत्यन्त जीवन्त छ, जसले पाठकलाई माल्दिभ्समा नै पुर्याउँछ र कथालाई रोचक बनाइराख्छ। सबैभन्दा मन परेको भाग त hallucinational पक्षको चित्रण हो—लागूपदार्थको कुलत र प्रेमको भ्रमबीचको द्वन्द्वलाई यति कुशलतापूर्वक प्रस्तुत गरिएको छ कि अन्त्यमा पाठकको मगज नै हल्लिन पुग्छ।
नेपाली साहित्यमा यस्तो प्रयोगात्मक र मनोवैज्ञानिक थ्रिलर दुर्लभ छ, लेखकलाई धेरै धेरै बधाई।

October 26, 2022
2.5
1. Writer brings light to a topic that isn't discussed commonly in Nepalese society so highly appreciate that.
2.To me the political and social issues writer would bring up here and there felt forced and really had no connection to the story nor did it propagate the story in any way.
3.Suggestive message that women are rehabilitation center or expected to be one.
4.Characters or I guess character taking cheating as almost normality. Felt like first half of the book was just trying to make readers empathize with cheaters.

December 8, 2018
एक आपसमा जेलिएका विभिन्न कथाहरूले पढ्दै जादा एकदमै नयाँ अनुभुति दियो । पढेर सकिएपछि थाहा पाए कि सबै कथा त कभर फोटाे ले नै व्याख्या गरेको रैछ । नेपाली उपन्यास जगतमा एक्दमै नयाँ प्रयोग गरिएर लेखिएकोले पढ्न नछुटाउनुहोला ।
June 20, 2019
मलाई बुक एति मनपर्यो कि म भनिरहन सक्दिन just wow
This entire review has been hidden because of spoilers.
May 16, 2021
एक सर्को माया
माया भित्रको रहस्य, रहस्यभित्रको माया
यो उपन्यास मैले सुनेको हुँ श्रुतिसम्वेगमा।उपन्यास सुन्नु र आफैले पढन्नुका अनुभूतिहरु पक्कै पनि फरक हुन्छन् ।यो अनुभव मेरो सुनाइको हो । त्यसमाथि सुन्दै गर्दा अच्युत घिमिरेले एक ठाउँमा उपन्यासको लागि कृष्ण धारावासीले लेख्नुभएको भूमिका पढिदिनुभो जसले गर्दा उपन्यासको विषवस्तुको रहस्य उद्घाटन भइदियो र स्वभाविक रुपमा मेरो उत्साहमा कमी आयो । त्यसैले यदि उपन्यास पढ्नुभाको छैन र पढ्ने सोचमा हुनुहुन्छ भने भूमिका नपढी सोझै उपन्यासमा प्रवेश गर्नुहोला । भूमिका अन्त्यमा पढ्दा भइहाल्यो । श्रुतिसम्वेगमा सुन्दै हुनुहुन्छ भने भाग पाँच र भाग तेह्रको पहिलो दुइ मिनेट स्किप गरेर सुन्नुहोला ।हुन त भूमिकामा जति उजागर भएको छ त्यसले सबैलाई फरक नपर्ला तर मलाई चाहीँ फरक परेको थियो र मैले उपन्यासको अन्त्यमा जे हुनसक्छ भन्ने अनुमान गरेको थिएँ त्यही भइदियो । यति हुँदाहुँदै पनि उपन्यासले अन्त्यसम्मा तानिरह्यो जो यसको सबल पक्ष मान्नुपर्छ ।
एक सर्को माया रोजगारीको सिलसिलामा मालदिभ्समा कार्यरत एकजना नेपाली युवकको कथा हो । उपन्यासको मुख्य पात्र आलोक शर्मासँग समयक्रममा जोडिन आइपुग्ने अनेकन पात्रहरु, तिनले बोकेका अनगिन्ती कथाहरु र रहस्यका पोकाहरुसँगै उपन्यास अघि बढ्छ । रोचक कुरा के छ भने उपन्यासमा देखा पर्ने अधिकांश पात्रहरु एकअर्कासँग अनौठो तवरले जोडिएका छन् । यसैगरी यस उपन्यासको सुन्दर पक्ष भनेको यस भित्र रहेका उपकथाहरु हुन् जसले पाठकलाई आफुतिर आकर्षित गरिरहन्छन् । मुल कथा मुख्य पात्रको माल्दिभिएन प्रेम र त्यसँग जोडिएका अनेकन् रहस्यहरुसँग सम्बन्धित छ भने विभिन्न उपकथाहरुले हामीलाई फरक भुगोल र फरक परिवेशमा लैजान्छन् । उपन्यासको पात्र जेडीको उपकथा यस्तो उम्दा छ कि यसले समग्र उपन्यासलाई नै उचाइ प्रदान गरेको छ । यो रोमाञ्चक उपकथा यति चाँडै सकिए जस्तो आभास हुन्छ कि यसको तलतल पछि सम्म लागिरहन्छ ।यसैगरी उपन्यास सुन्दै गर्दा तलतल लाग्ने अर्को कुरा कफी र चुरोट हो । म चुरोट नपिउने भएकाले यसको त वास्ता लागेन तर कफीको भने निकै तलतल लागेको थियो ।
उपन्यास सुन्न सुरु गर्दा एकचोटी मालदिभ्स घुम्ने रहर बलियो भएर आउँछ। तर कल्पनामै भएपनि मालदिभ्सको भ्रमण राम्रैसँग गराउँछन् लेखकले । सुरुसुरुमा उपन्यासको भाषाशैली काव्यात्मक भन्दा वर्णनात्मक धेरै भएको हो कि भन्ने भान हुन्छ तर पछिल्ला भागहरुमा उनले कथाको प्रभावसँगै प्रयोग गरेका केही काव्यात्मक हरफहरुले यसको कमी महसुस हुन दिदैन । बेलाबेला मुल कथा सुस्त गतिमा अघि बढेका कारण पट्यार पनि लाग्छ तर धैर्य टुट्नै लाग्दा कुनै न कुनै उपकथा अथवा मोड यसरी आइपुग्छ कि हामी कथामा बाँधिइरहन्छौँ र उपन्यास क्लाइमेक्सतिर पुग्दै गर्दा त यस्ता अकल्पनिय रहस्यहरु खुल्दै जान्छन् जसले उपन्यासप्रतिको समग्र धारणा नै परिवर्तन गरिदिन्छ ।
यस उपन्यासले उठान गरेको विषयवस्तु नेपाली साहित्यमा कमै मात्र लेखिएको हुनाले पनि यस उपन्यासले आफ्नो फरक पहिचान बनाउन सफल छ । उपन्यासको समग्र विषयवस्तु र यसका रहस्य जान्नलाई त पढ्नै पर्ने हुन्छ ।

March 17, 2022
यो उपन्यास पढ्न धेरै अघि सुझाइएको थियो । किन किन यसको नामले यो किताबलाई गम्भिर रुपमा लिन नै अप्ठेरो लागि रहेको थियो । यसपाली मालदिभ्स घुम्न गएकी एक जना बहिनीले यसै उपन्यासले प्रेरित गरेको भनेपछि भने पढ्न फेरि जांगर चलेर आयो ।
A Beautiful Mind चलचित्र, जो मलाई पनि असाध्यै मन पर्ने चलचित्र मध्से एक हो, त्यसले उठान गरेको सिजोफ्रेनियाको विषयलाई नै लिएर लेखिएको यो उपन्यास हाल सम्मै पढेका उपन्यास मध्ये फरक उपन्यास चाहिं लाग्यो ।पात्र र उपकथाहरु प्रचुर मात्रामा प्रयोग भएको उपन्यासले जर्मनी, मालदिभ्स, दुबई देखि नेपालको चितवन आसपासका ठाउंलाई छोएर कथा उनेको छ । पाच्र पनि अन्तर्राष्ट्रिय पात्रहरु नै छन् ।
विषय नौलो र परिवेशहरु पनि विस्तारित हुंदाहुंदै सिजोफ्रनिया प्रमाणित गर्न बनाइएका कथाको तहका कारण पाठक आफै सिजोफ्रेनिक जस्तो कल्पना र यथार्थलाई छुट्याउन नसक्ने अवस्थामा पुग्ने डर चाहिं देखियो । पढ्दा कस्तो हुन्थ्यो थाहा भएन तर सुन्दा पहिलो पल्ट नै सबै पात्रहरु र तिनका उपकथामा कुन वास्तविक हो र कुन कल्पना हो भनेर छुट्याउन मलाई एकदमै गाह्रो भयो ।
शीर्षकका विषयमा लेखको धारणा सुनेपछि यो किताबले एउटा उपशीर्षक पनि पाउनुपर्थ्यो जस्तो लाग्यो । मायाजालको अर्थमा मायाको प्रयोग भएको छ । अनि सिजोफ्रेनियाको कारण लागु औषध देखाइएको हो कि जस्तो लाग्यो । त्यो चाहिं स्वास्थ्यक्षेत्रकाले भन्लान् । A Beautiful Mind मा चाहिं त्यो एक मानसिक रोग थियो र निद्राको अभावले विकसित भएको अवस्था थियो ।
जे होस् नेपाली साहित्यमा फरक विषयको प्रवेश एकदमै राम्रो हो । पढ्न सिफारिस नै गर्छु ।

August 21, 2025
4.5 ⭐
In the midst of bookish noises I'd forgotten my love for nepali book! This year I promised at least 2 nepali books in my reading list. And I'm glad this was one of them.

July 25, 2025
Just finished reading Ek Sarko Maya, and wow, what a journey! 🌸🌸
It took me a little while to get into the rhythm of the story, but by the end, I was completely completelyyyyyyy awestruck.
I never imagined the story would unfold in such a powerful way.✨️

January 1, 2022
Nice ending. Nice climax but beginning of the story could be better. I couldn't pull the novel in the beginning but after completing half of it. It went good. Writer also missed talking about mental health issue solutions last part was खल्लो because of it. आवश्यक्ता भन्दा लामो र हरेक कुरा दोहोरीरहदा सुरूमा धेरै अल्छि लागेको थियो । जे डिको गाँऊको कथा सबै भन्दा रमाईलो part हो (for me personally.)
March 5, 2022
So woah, i just completed this book and i don't know where to start. Okay it was really really boring at the start and little too much over explained of certain situations like when chalisey and aalok were roaming around streets of maldives. The whole daiy routine was kind of unnecessary and felt like we were reading a guide to maldives and his boring daily life but when he starts hallucinating, something interesting started finally and it made it little better but i won't say i was way too shocked because i kinda heard the spoiler of trisha part at the beginning so i had predictions about rauda being his hallucinations, i had hint because of the cigarettes and her suspicious behaviours like meeting him only while he is alone but but it doesn't mean that i wasn't shocked. The way it is presented is completely shocking and i was thrilled and i almost cried. I was kinda shaking. It was completely different experience for me. And the fact that thriller was up until the last line was totally something else. I would rate it 3.5 but that's possible and i also can't give it 4 due to the earlier extra boring pages. So I'll rate it 3.
This entire review has been hidden because of spoilers.
April 13, 2023
— माल्दिभ्स बारे इन्टरनेटमा सजिलै भेट्न सकिने विकिपिडिया जानकारीको प्रस्तुति अलि धेरै भयो।
— आलोकको दैनिकीमा चालीसे दाईको प्रेमकथा बिचबिचमा हालेर एकैसाथ प्रस्तुत गर्नुलाई राम्रो भन्नु कि नराम्रो? जे होस्, यो प्रयोग नौलो लाग्यो।
— J.D को कथाले आँखा भरिए, छाती गह्रौं भयो अनि घाँटीमा के अड्किएको जस्तो भइरह्यो।
— आलोकले बाटामा देखिराख्ने जगल्टेले पशुपतीप्रसाद फिल्मको याद दिलायो र मनमा यो शंका उत्पन्न गरायो कि "कतै त्यो जगल्टेको भूमिका पनि पशुपतिप्रसादको सुन व्यापारीको जस्तै त छैन?"!
— कथाको फ्लो पुरै butterfly effect जस्तो, हरेक सानो क्रियाले ठूलो परिणामलाई जन्म दिन सक्ने!
— कथाको अन्त्यले जिउ नै सिरिङ्ग भयो र काँडा उम्रियो शरीरमा। कथा त पुरै नुहाउँदै गर्दा बाथरूमको भुईंमा झरेको साबुन जस्तो भयो, समाए समाए जस्तो लाग्दा लाग्दै चिप्लिएर फुत्किहाल्ने!

November 12, 2019
काल्पनिक कथाकी रानीहरु सधैं धोकेबाज र निष्ठुरी हुँदा रैछन ।
This book "एक सर्को माया" by GS Poudel is the revolution in Nepali literature. I felt in love with the depth of each page, one of the best read of this year.
Written with such a wonderful perspective and crafted beautifully.

Read
July 8, 2020A good book. A Nepali worker in Maldives uses narcotics. He falls in love with a girl but the girl leaves him when she finds out he is using drugs. Eventually everything falls apart. He tries to go after the girl but she exists only in his imagination.
This entire review has been hidden because of spoilers.
March 23, 2019
पुस्तक प्रेमीको मथिङ्गल हल्लाउने उपन्यास ।।
May 18, 2023
Writer shows how women are expected to rehabilitation center men, how cheating is ok, talks about addiction and mental health is something that you don’t get to read often in Nepali literature.
November 15, 2025
Ek Sarko Maya is one of the most unique and experimental Nepali novels I’ve read. The author’s style is refreshing, and the way the story is structured makes the entire reading experience thrilling and immersive. The narration is especially strong—smooth, gripping, and full of moments that make you stop and say “wow.”
The story is packed with twists, and that’s what separates this novel from many others. Sometimes the plot becomes so intense and imaginative that I felt almost hallucinated—completely pulled into the characters, the structure, and the unpredictable turns. The writing demands the reader to stay alert and connect the dots, which makes the reading experience even more enjoyable.
Once I started this book, I didn’t want to stop or even pause. It’s the kind of novel that absorbs you fully until the very last page. I also want to applaud the writer, GS Poudel, for creating such a brilliant piece of art. I truly wish him all the best for his future stories and encourage him to keep creating more of his incredible literary works.

July 7, 2026
Hey G.S.,
This is the best Rom-com that I have come across in Nepali Literature. Listening to Achyut Dai voice and your word was such a joyous experience one can have. यो किताब आजको युगको मान्छेले लेखेको हो भनेर मज्जाले देखिन्छ। There are so many parts that felt मीठ्ठो नै। I will always hold this poem dearly,
बन्द ठूलो बाकसमा
फर्कियो उड्दै आकाशमा
अन्धकार भो गाँउघर
दियो निभ्दा प्रभाषमा
उसलाई हेर्दै फर्केको बाटो रुन्छ कि रुदैन
एउटा परदेशी रुँदा माटो रुन्छ कि रुदैन?
Thank you so much for feeling the urge to write through the nuanced lens of Mental health and not stereotyping and leveling it as something to be mend but something to come forward from. Its rare to witness how mental health is tokenized as someone is a tool to be mend but thank you so much for humanizing it and the part where you talk in mirror, I loved that introspective conversation. I will take that with me and it will stay with me for long because sometimes the answers lye just in you, you have to simply observe.
With Love and Light,
Saru hoping to read more from you < 3

August 12, 2026
Mind-blowing
That's how the book felt, the start was a bit slow or maybe a bit mundane, it talked like every Nepali novel there is, the story progressed and I lost it somewhere in the middle because it was turning out to be just another love story like most of the forms of entertainment are in Nepal. A story about love, tragedy and so on but what an unraveling that happened in the last 20% of the book, a simple news article that turns his life upside down? Mannnnnnnnnnn. I was totally blown away by how detailed his depiction of the illness was and how everything came apart. It was like you found a small thread poking out of your sweater and you pull on it, just to undo the whole sweater and find out it was all a lie. The latter half of the book reminded me of that one Reddit post where a guy was living a happy life with his wife and children, one day he saw a lamp then his reality changed and he was just in coma irl. I am really happy that the quality of writing has risen to this standard in Nepal. I will be waiting for more such media and recommendations.

June 27, 2026
I went into Ek Sarko Maya expecting a psychological thriller, and while the twists and the ending definitely delivered, the journey felt uneven.
A large portion of the book is spent on Alok’s daily routine and detailed descriptions of life in the Maldives. While these sections may have been intended to build atmosphere or develop the character, they often felt repetitive and slowed the pacing. For nearly half the book, it seemed like very little was happening in terms of the actual plot.
That said, once the mystery starts unfolding, the story becomes much more engaging. The psychological elements, emotional depth, and final revelations make the wait worthwhile. The ending is impactful and changes how you look at everything that came before.
Overall, I enjoyed the novel, but I think it could have been much tighter with less repetition and fewer unnecessary details. A slower first half and a strong second half make this a memorable, though not perfect, read