उपन्यास #लाेलिता
#VladimirNabokov #lolita #novel #bookstagram #elaiyaa
म सुरूमा नै भन्छु । म कुनै समिक्षक पनि हाेइन न नै समालोचक । केवल त गुगलमा धेरै साेधिएकाे, खाेजिएकाे लेखकाे बारेमा लेख्न गइरहेकाे छु । न कि यसले पारेको प्रभावका बारेमा । त्याे उपन्यासकाे नामले नै प्रस्ट पार्दछ कि याे कुन टाइपकाे उपन्यास हाे भनेर । मैले पुस्तक पढेको आधारमा उपन्यास हजुरहरूले पढनु भन्दा पहिले नै म याे जानकारी दिन्छु कि कुनै पनि मानिसहरूकाे विचमा यसलाई नपढनुहाेला । याे उपन्यास अाफ्नाे समयमा अत्यैन्तै नराम्रो तरिकाले गिरेकाे थियो । कुनै पनि पब्लिकेसन्सले यस उपन्यासलाई छाप्न तयार भएका थिएनन । अन्यमा गएर यस उपन्यासलाई अाेलम्पिया प्रेसले पब्लिस गर्याे । जुन ज्यादात्तर अश्लील चिजहरू छाप्ने पब्लिकेसन्स भनेर पनि चिनिन्छ ।
याे उपन्यासलाई लेखेपश्चात भ्लादिमिर नाबाेकाेभले तयार भएको पाण्डुलिपिलाई जलाउन तयार भैसकेका थिए । तर अन्तिम बखतमा उनकाे श्रीमती आएर साे पाण्डुलिपिलाई बचाईन । यस उपन्यासलाई नाबाेकाेभले लेखेका थिए सन १९५२ - ५५ काे बिचमा । १९५५ मा सर्वप्रथम यसलाई रसियामा र १९५८ मा यु एस मा पब्लिस गराईयाे ।आफ्नो समयमा याे उपन्यास जति चर्चामा आएता पनि यसले नाेवेल पुरस्कार भने हात पार्न सकेन ।
एक साईलजिस्ट जसकाे नाम john Ray.। जाे आफ्नाे विषयमा पिएच.डि. गरेर बसेकाे थियाे र उ यसै विषयमा केही अध्ययन गरिरहेकाे थियाे । त्यसैबेला जन रेलाई एक हत्यारा, बलत्कारी तथा पागल मान्छेले अाफ्नै हातले लेखेकाे पाण्डुलिपि हात पर्याे । जुन हत्याराकाे नाम थियाे हम्बर्ट हम्बर्ट अर्थात हम्बर्ट । जुन पाण्डुलिपि भित्र उसले आफ्नै कहानी लेखेकाे थियाे । जसमा उसले स्पस्टरूपले लेखेकाे थियाे कि मैले एक तेह्र वर्षकी केटीकाे अपहरण गरेकाे छु । जसकाे नाम लाेलिता हाे । जुन लाेलिता सन् १९५२ काे क्रिसमसकाे दिनमा आफ्नाे सन्तानलाई जन्म दिँदादिँदै प्राण त्याग गरिन र यसै घटना सुनेपश्चात जेलमा बसेकाे हम्बर्ट पनि हार्टअट्रयाकद्वारा प्राण त्याग गर्याे । यसै कहानीलाई उसले पढ्दा याे उपन्यास तयार भएकाे छ जसकाे नाम हाे - लाेलिता
....मेरी लाेलिता
मेरी प्राण.....!
रिबेरियामा हम्बर्टकाे बाबुकाे एउटा हाेटल थियाे । त्यहीँ हम्बर्ट पनि बस्दथ्याे, जाे त्यसबेला तेह्र सालकाे थियाे । त्यसैबेला साेही हाेटलमा बस्ने बाह्र बर्षकी एनाबेलसँग उसकाे प्रेम बस्याे । उनीहरू लुकिलुकि अश्लील क्रियाकलाप गर्न तर्फ लागे । एक दिन उनीहरूले त्यसै क्रियाकलाप गरिरहँदा खेरी उनीहरूले कसैले अठ्याए । यस घटनाले हम्बर्ट र एनाबेलकाे चरित्रमाथि दाग त लाग्याे नै र सँगसँगै हम्बर्टले त्यस दिनपछि एनाबेललाई कहिल्यैपनि भेटेन र देखेन पनि । समय बित्दै गयाे एक दिन हम्बर्टलाई दिलमा अाघात पुग्ने खबर आइपुग्याे कि टाइफाइडद्वारा एनाबेलकाे मृत्यु भयाे । याे खबर सुनेपछि उसले यसबाट मुक्त पाउनकाे लागि पेरिस गयाे पढ्नकाे लागि !!
यस विषयमा हम्बर्ट भन्छ कि;
📍 जवानीका दिनहरु सम्झंदा तेज गतिमा दौडिरहेको रेलको झ्यालबाट कुदिरहेको दृश्यलाई नियालिरहेजस्तो लाग्छ मलाई । सबै दृश्यहरु स्पष्ट देखिन्छन् । तर, सबै दृश्यहरु आखिरी स्टेशनसम्म स्मरण गर्न सकिंदोरहेनछ ।
जब उसले पेरिसमा पनि एनावेललाई भुल्न सकेन त उसले एक कल गल अर्थात बजार भाउअनुसार चलेकी वेश्या (अन्दाजी साेह्र बर्षकी जुन उमेरकाे केटीकाे तलास ऊ सधैं गरिरहन्थ्याे )माेनीसँग बजारकाे रेट भन्दा दाेब्बर रेटमा पैसा तिरेर सम्बन्ध अगाडि बढाउछ । त्यस रातकाे कुरालाई हम्बर्ट अाफ्नाे डायरीमा लेख्दछ ;
ठूलो सिरानीमा आरामसँग शिर राखेर हराए जसरी हराउँदै औलाहरु घुसाउँदै बिस्तारै सुम्सुम्याउन शुरू गरें । बिस्तारै उसले पनि खेलमा रूचि लिन थाली । त्यसपछि मैले उसलाई झ्यालनेरबाट बेडमा ल्याएँ । ऊ मेरो बाहुमा कुनै सुन्दर म उत्तेजनाले तरङ्गीत हुँदै कपडा खोलेर उसको नजिक पुगेर उभिएँ । उसको पिठ्यूँ सुम्सुम्याउनुको सट्टा एक हातले उसको काँधमा समाएँ । उसलाई आफूतिर घुमाउँदै उसका औलाहरु चलाउन थालें । मोनीले आश्चर्य मान्दै मतिर हेरी | आम ग्राहकले जस्तै उसको नग्न शरीर देखेर उत्तेजित भएर पनि मैले आतुरता देखाएको थिइनँ । बिस्तारैबिस्तारै उसका सम्वेदनशील अंगहरूलाई छुदै मैले पनि झ्याल बाहिर हेर्न थालें । उसको औंला चुम्नका लागि ओठ नजिक लगेको थिएँ । उसको नङ लगभग पछिल्लो एक हप्तादेखि काटिएको थिएन । उसका औंलाहरूमा मैलो भरिएको थियो । मुस्कुराउँदै मैले उसलाई यो कुरा भनें । ऊ मसँग माफी माग्दै हात धुनका लागि अगाडि बढी । तर मैले उसलाई रोकें । मलाई उसको यही बालकपनले त आकर्षित गरिरहेको थियो । अर्धविकसित नितम्ब, सानासाना छाती, पिठ्यूँमा मसिना रौं र मैला औलाहरु ! म उसका यिनै कुराहरूमा हराइरहेको थिएँ ।
यश तथ्यअनुसार यस उपन्यासमा हम्बर्टकाे चरित्र स्पस्ट पार्न यहि नै शुत्र ठिक्क भएकाे देखिन्छ । कि उसले कुन तवरले माेनीकाे प्रयाेग गर्याे । साथै ऊ अाफ्नाे डायरीमा यश विषयलाई स्पस्ट पार्दै लेख्दछ ;
तपाईंलाई यो कुरा अजीव लाग्न सक्छ । कहाँ फ्रेन्च र अङ्ग्रेजी साहित्यको प्रतिष्ठित विद्धान अनि कहाँ बाह/चौध वर्षकी कुमारी केटीहरुको स्पर्शका लागि कुकुरझै सुँघ्दै भौतारिरहने एक यौन विकृत अपराधी । तर जबसम्म म आफ्नो कुरा पूरा गर्दिन, तपाईंहरु बुझ्न सक्नुहुन्न ।
'वास्तवमा मलाई दशदेखि चौध वर्षका केटीहरु मात्र मन पर्थ्यो । जवान युवतीहरु मलाई आफूतिर आकर्षित गर्न सक्दैनथे । बाक्लो कम्मर र ठूलो छाती भएका युवतीको अङ्गालोमा मैले कुनै आनन्दको अनुभूत गर्न सक्दिनथें । मेरा नसा-नसामा सल्बलाएको उत्तेजना उनीहरूको अङ्गालोमा पुग्ने बित्तिकै चिसो हुन्थ्यो । मेरो उत्तेजनाको तानाबाना मात्र दशदेखि चौध वर्षसम्मका केटीहरुको वरिपरि बुनिएको थियो । उनीहरूको केटाकेटीपन, निश्छलता, निर्दोषिता, चञ्चलता, बदमासी, फक्रंदै गरेका अङ्गहरु र गनगने कुराले नै मलाई आकर्षित गर्थ्यो । म फक्रिएको फूलबाट होइन, नफक्रिएको किशोरीको भारले थिचिएर पिसिन चाहन्थें ।
हम्बर्ट अलि ठुुलाे भयाे त्यैपनि उसले एनावेललाई भुल्न सकेन । साथै हम्बर्टले पेरिसबाट नै साहित्य पढ्याे र पुस्तक तथा लेख पनि लेख्न थाल्याे । हम्बर्टकाे जति नै उमेर बढेपनि उ सँधै बाह्र -चाैध बर्षकी केटीहरूसँग शारीरिक सम्बन्ध राख्न रूचाउथ्याे र गर्दथ्याे पनि । उसकाे याैन उत्जेना यति चरम सिमामा पुग्दथ्याे कि वेश्याहरूसँग पनि शारीरिक सम्बन्ध राख्दा उसलाई पुग्दैनथ्याे र ऊ डक्टरकाे सेवा पनि लिन पुग्थ्यो । एकदिन उसले साेच्याे कि मलाई सँधै सेक्स क्रियाकलाप चाहिन्छ त्यसाेभए म किन विहे गर्दिन त ? र यसैसाेच पश्चात् हम्बर्टले साेही डक्टरकाे छाेरी बेलेरियासँग सन् १९३५ मा विवाह पनि गर्याे । त्यस विवाह चार सालसम्म त काम चलाउ तरिकाले नै चलिरह्याे तर एक दिन अाफ्नै ड्राइभर जाे पहिलो विश्वयुद्धमा कर्णेल थियाे । उसैसँग प्रेम गर्न लागिन हम्बर्टकाे श्रीमती बेलेरिया । जुन कुरा उनले हम्बर्टलाई पनि भनिन । हम्बर्ट यति रिसले चुर भएकाे थियाे कि उसले साे कर्णेललाई गाेली हानेर मार्ने निधाेमा पुगेकाे थियाे कि त्याे भन्दा पहिले नै बेलेरिया र कर्णेल कारमा चढेर टाप कसे।
त्यस घटना पछि हम्बर्ट यु एस गयाे । युएसमा कुनै विद्यालकाे लागि फ्रेन्च र अंग्रेजी साहित्य बिचकाे सम्बन्धकाे बारेमा बुक लेख्न थाल्याे । यसै समयमा उसलाई लाग्याे कि उसकाे दिमागले काम राम्रोसँग गर्दैन । केही बर्षकाे लागि उसले हस्पिटलमै बसेर उपचार गर्याे । पछि हस्पिटलमा बस्दाबस्दा उसलाई झंझंट महसुस भयाे तर हस्पिटलवालाहरू हम्बर्टलाई छाड्न मानेका थिएनन तर हम्बर्टले साईकाेथेरापिस्ट डाक्टरलाई धाेका दिएर त्यहाँबाट भाग निक्ल्याे ।
साल १९३७ मा उसलाई त्यहाँबाट फ्रि गरिदियाे । त्यहाबाट हम्बर्ट न्यु इग्लैन्ड अायाे अर्थात अाउदै थियाे म्याकुस परिवारसँग बस्नकाे लागि । हम्बर्ट म्याकुस परिवारमा त्यसकारण बस्न अाएकाे थियाे कि त्यस परिवारमा एउटी केटी थिईन । उमेरमा सानाे, जति हम्बर्टलाई चाहिएकाे थियाे । जब हम्बर्ट म्याकुस परिवारमा बस्न अाउदै थियाे त्यैबेला घटना घट्याे, म्याकुस परिवारकाे घरमा त अागलागी भयाे । म्याकुस परिवारकाे अाेनर मेक्युले हम्बर्टलाई भन्याे तिमी अर्कै परिवारमा बस्न जाउ म तिमीलाई ठेगाना दिन्छु । लान्स स्ट्रीट ३४२ नम्बरकाे घर जहा हेज बस्दछिन अाफ्नाे छाेरी लाेलितासँग । जब मेक्यु उसलाई घर पुर्याउन गयाे त यसले नाेटिस गर्याे कि हेट उसँग फ्लट गरिरहेकी छिन । यस कुराले हम्बर्ट त्यहा नबसीकन न्यु याेर्क नै फर्कनै साेचमा पुग्याे । जब उ त्यहाँबाट जानै लागेकाे थियाे त हेजकाे छाेरी डाैली त्यहाँ अाइपुगिन । जसलाई देख्न��बित्तिकै पहिलोचाेटी नै हम्बर्टलाई प्रेम बस्याे । ऊ यस सम्बन्ध पछि अदालतमा जुरीका सामु भन्दछ र त्यहिकुरा पाण्डुलिपिमा लेख्छ कि;
लोलिता। मेरी प्राण ।
"लोलिता मेरो जीवनको प्रकाश हो ।"
"लोलिता मेरो हृदयको ढुकढुकीको आवाज हो।"
"लोलिता मेरो आत्माको यस्तो प्रेम गीत हो, जसलाई म जीन्दगीका हरेक क्षणहरुमा गाइरहेको छु ।"
जुरीका माननीय सदस्यहरू।
उनको नाम लोलिता थियो । लो.लि.ला। आमाले उनलाई मायाले लो भनेर बोलाउँथिन् । अन्य मान्छेहउले उनलाई लोला भनेर बोलाउँथे । र, स्कूलमा डौली भन्थे । तर, मेरो अंगालोमा उनी मात्र लोलिता रहिन ! मात्र लोलिता!!
हम्बर्टलाई लाग्याे उसकाे बालापनकाे प्रेमीका एनाबेल फर्केर आइन । यसले त्यसैबेला निर्णय लियाे उ जति संघर्ष गरेर पनि ऊ यहि परिवारमा बस्दछ । साथीहरू हम्बर्टसँग सँधै एउटा डायरी हुन्थ्याे । जसमा उ हरेक दिनका कुरा हरेक पलका कुरा अाफ्नाे क्रियाकलाप सबै सबै लेख्दथ्याे । जब ऊ हेजसँग बस्न थाल्याे तब उसले ती दिनमा लाेलिताप्रति उसकाे दृष्टिकोण, उसकाे उमेर उसकाे कम्मर, नितब्ब, राती छतमा पराल विछ्याएर लाेलिताकाे दुई पाखुराकाे कापमा हात राखेकाे कुरा, फ्रक माथि साेरेकाे कुरा, किस, सेक्ससम्बन्धि उसले गरेका सबै कुरा त्यहि डायरीमा लेख्दथ्याे जसकाे प्रयाेग अहिले जाेन गरिरहेका छन ।
हम्बर्ट लाेलितालाइ देखेपछि ऊ अाफ्नाे याैवनाकाे पुरै लिमिट क्रस गर्दथ्याे । तर पनि ऊ अाफ्नाे दिमागी हालतलाई काबुमा भने राखीरहन्थ्याे । हेजसँग लाेलिताकाे साना साना कुरामा पनि झगडा परिरहन्थ्याे । पछिल्लो समय हेज पनि हम्बर्टकाे शारीरिक बनावट प्रति मुग्ध हुन पुगिन । उसँगकाे सेक्सकाे कल्प सागरमा रमाउन लागिन । छाेरी लाेलितालाई ऊ हरेक समय बाहिर पठाइदइन्थिन ताकि हम्बर्टसँग ऊ एकान्तमा बस्ने वातावरण मिलाेस । अब कुरा याे भयाे कि हेजकाे अाफ्नै लाेग्ने थिएन अर्थात उसकाे पति फिक्स थिएन । र कुनै पुरूषबाट लाेलिताकाे जन्म भएको थियाे ।
एक दिन घरमा काेहि नभएकाे बेला हम्बर्टले लाेलितासँग फाइदा लिने सुरताल कस्याे । त्यस दिनकाे घटनाबारे ऊ अाफ्नाे डायरीमा त्यस्ता त्यस्ता कुरा लेख्छ । म यसतर्फ क्षमा माग्छु जुन कुराहरू म यहाँ लेख्न सक्दिन । ऊ लेख्छ कि उसले लाेलितासँग बडा इन्जाेय गर्याे ।
केही दिनपछि लाेलितालाई हेजले समर क्याम्पमा पठाइदिइन र उनी पनि गइन । उनले नाेकर्नीकाे हातमा एउटा प्रेमपत्र छाेडिन कि म तिमीप्रति अासक्त छु । भनेर र सर्त लगाइन म त्यहाँ केवल यहि सर्तमा फर्किन्छु कि तिमीले मसँग विहे गर्नुपर्छ । यति तिमी मसँग विवाह गर्न सक्दैनौं भने तिमी मेराे नजरबाट अाेजेल हाैं । तर अर्काे कुरा लाेलिता पनि हम्बर्टलाई नै प्रेम गर्न गर्थिन ।
हम्बर्टले लाेलितासँग बस्नकाे लागि बाध्यताले हेजसँग विहे गर्याे । एक दिन हम्बर्ट र हेज झिलमा नुहाउन गए । त्यहाँ हेजले लाेलितालाई बाेर्डिङ स्कुलमा पढ्नलाई पठाउने याेजना गरेकाे सुनाइन । यस कुराले हम्बर्टलाई यति धेरै रिस उठ्याे कि उसले त्यहि झिलमा हेजलाई घाँटी थिँचेर डुबाइ मार्ने लाग्याे तर उसले त्यसाे गरेन किनकि ऊ लाेलिताकाे अगाडि असल पिता बन्ने ढाेङ रच्दै थियाे ।
उसले लाेलितालाई निन्द्रकाे ट्याब्लेट खुवाएर उसँग मनाेरन्जन गर्ने दाउ रच्न बजार जान्छ, अाैषधी लिन । जुन अाैषधी ऊ हेजमाथि विगत एक महिनादेखि गरिरहन्छ कि याे अाैषधी कत्तिको कामदायक छ भनेर एक दिन ऊ बजारका अाैषधी लिन गएकाे बखत यता हेजले हम्बर्टकाे डायरी फेला पार्छिन । जहाँ उसले लाेलाितासँग राखेकाे सम्बन्ध र उनकाे नितब्बकाे व्याख्या गरिएकाे हुन्छ । जब ऊ घर फर्कियाे त हेज हम्बर्टमाथि चिच्याउन लाइन । हम्बर्टलाई जनावर, साथै तथानाम गालि दिन लागिन ।
हेज त्याे डायरीकाे पाना लिएर भाग्दै घरबाट बाहिर निस्किन । हतारहतारमा सडक पार गर्दा एउटा कारले उनलाई हान्याे र त्यो कार ड्राइभर र हेजकाे मृत्यु त्यहि सडकमा भयाे ।
हम्बर्टले तुरून्त फैसला गर्याे कि ऊसले याे सबै घटनालाई ह्यान्डल गर्ने निर्णय लियाे ताकि लाेलितालाई पाल्ने जिम्मा अाफ्नाे हातबाट नफुत्कियाेस । हम्बर्ट सिघ्रताकासाथ समर क्याम्प गई लाेलितालाई त्यहाबाट लिएर हिड्याे । ऊ लाेलितालाइ भन्छ तिम्री अामा बिरामी छिन र तिमी चाँडोभन्दा चाँडो हस्पिटल पुग्नुपर्छ । तर अाजै हस्पिटल नपुग्ने भन्दै उसले लाेलितालाई हाेटलमा लिएर गयाे । उसले लाेलितालाइ बाेहाेसीकाे अाैषधी खुवायाे, खाटमा सुतायाे र सेक्स तर्फ लम्कियाे । त्यसैबखत लाेलिताले आँखा खाेलिन । त्यसपछि हम्बर्टले लाेलितालाई छाडिदियाे । तर, स्वयं लाेलिताले नै फादर अर्थात हम्बर्टलाई नाङ्गो बनाइन र ऊ सँग सेक्स गरिन । हम्बर्ट याे चिज देखेर सर्प्राइज्ड भयाे । हम्बर्ट आफ्नो डायरीमा लेख्छ कि काँही न काँही लाेलिता पक्कै पनि समर क्याम्पमा बिग्रेकी हुनुपर्छ । पछि लाेलिता नै हम्बर्ट सँग भन्छिन कि :
उनीहरू हाेटलबाट निस्केर कारमा आइ बसे । बस्दाबस्दै लाेलिताले धम्की दिईन कि याे कुरा कि त ऊ अामालाई भन्छिन कि त पुलिसलाई । हम्बर्टले उनलाई भन्याे ;" तिम्रो अामा मरिसकिन ।" लाेलितालाई याे कुरा सुनेर झट्का लाग्याे । ऊ पुरै अनाथ भैसकेकी थिईन र कहीँ जान पनि सक्दिनथिन हम्बर्टकाे सिवाय ।।।
लाेलिता र हम्बर्ट दुई सालसम्म हाेटल, राेड , तथा अन्य स्थानमा घुम्दै फिर्दै बसे । उसले लाेलितालाई धम्की दिई राखेकाे थियाे कि मलाई छाडेर गयौं भने संसारमा म भन्दा नराम्रो अरू काेही हुने छैन ।" हम्बर्ट लाेलिताकाे प्रेमका पागल हुँदै गैरहेकाे थियाे । यात्राकाे दाैरान लाेलिताले जुन सामग्री चाहियो भन्थिन ऊ त्याे सामग्री खरिद गरि दिन्थ्याे ।
सन् 1948 क्यालिफोर्निया स्थायी रूपमा ऊ बिर्डस्लेमा घर बनाई बस्याे र उसले लाेलितालाई एउटा गल्स स्कुलमा भर्ना गरिदियाे भने आफूले लेक्चरलकाे काम गर्न थाल्याे ।
हम्बर्टले लाेलितालाई गरेकाे व्यबहारबाट साे गल्स कलेजकाे मिसेस प्रिन्सिपल हम्बर्टलाई भेटेर भन्छिन कि किन तपाई लाेलितालाइ साेसिअल्लि हुन दिनु हुन्न । घुम्म खेल्न, केटाहरूसँग कुरा गर्न, पियानाे सिक्न जान , नाटक खेल्न । याे कुराले हम्बर्टलाई संका उत्पन्न भयाे कि कतै लाेलिताले आफ्नाे साथीहरूसँग केही हाम्रो अनैतिक र अमर्यादित सम्बन्ध त बताईनन । अब लाेलितासँग हम्बर्ट चिढिन लाग्याे । त्यसैबेला लाेलिता घरबाट भागिन पछि हम्बर्टले उनलाई क्यालिफोर्निया भुबमा हम्बर्टले पक्रियाे ।
मे १९४८ यिनिहरू पुनः त्यहि सडकमा अाईपुगे जहाँबाट उनीहरूकाे कहानी अमर्यादित रूपमा सेक्सकाे विकास हुँदै गएकाे थियाे । यिनिहरू पुनः यात्रालाई निस्किए। यसतर्फ हम्बर्टलाई लाग्याे कि लाेलिताकाे व्यबहार पनि फरक हुनु र मलाई किन लाग्छ राताे गाडीले मलाई फलाे गरिरहेकाे छ भनेर ??
यसैमा लाेलिताले उसलाई ईसारा लगाइन कि मलाई याे पागलबाट मुक्त गराउ । याे कुरा हम्बर्टले थाहा पायाे र ऊ बास्तवमा नै पागल हुन थाल्याे । एलिफिस्टन पुग्दा अचानक एक दिन लाेलिता विरामी भईन । उनलाई टाइफाइड भयाे । हम्बर्टले लाेलितालाई डा. ब्लुकाे माध्यमबाट लाेकल हस्पिटलमा भर्ना गरायाे, उपचारको लागि । लाेलिता केही समयकाे लागि त्यहि नै रहिन ।जब लाेलितालाई डिस्चार्ज गर्ने समय अायाे त ऊ हस्पिटल पुग्दा लाेलिता त्यहाँ थिईनन । लाेलिताकाे कुनै अंकलले उनलाई यहाँबाट लिएर गैसकेका थिए । त्यसखबरले हम्बर्टले हस्पिटलमा हंगामा मचाइदियाे ।
उसले यताउता सबैतिर लाेलितालाई खाेज्याे तर कहि नपाएपछि उसले एउटी जँढि��ा केटी रिटासँग दुई बर्षकाे लागि अनाैपचारिक सम्बन्धमा बस्याे । दुई बर्षपछि रिटा जसरी अाएकी थिईन त्यसरी नै गइन । पछि उसले खबर पायाे कि रिटा जेलमा छिन तर हम्बर्टले त्यततिर केही वास्ता नै दिएन ।
सेप्टेम्बर १९५२ मा हम्बर्टलाई एउटा पत्र प्राप्त भयाे लाेलिताकाे । लेखिएकाे छ ;
प्यारो ड्याडी।
आशा छ, तपाईंलाई आरामै होला । मेरो विवाह भएको छ छिट्टै बच्चा पनि हुनेवाला छ । सायद क्रिसमसको आसपासमा ऊ जन्मन्छ होला । यो चिठ्ठी तपाईंलाई बडो मुस्किलले लेखेको छु । म आजकाल निकै अप्ठ्यारोमा छु । हामीसँग ऋण चुक्ता गरेर यहाँबाट निस्कनका लागि पैसा छैन । डिक खानीका इन्जिनियर हुन् । उनलाई अलस्कामा एक जागिर पनि मिलेको छ । मलाई त्यो नोकरीको बारेमा त थाहा छैन । तर डिकको भनाइ अनुसार त्यसपछि हाम्रो दिन फिर्नेछ । सायद तपाई अझैसम्म मसँग रिसाउनुभएको होला । तर ड्याडी, तपाईं मसँग रिसाउन सक्नुहुन्न । तपाईंको लो दुःखी भएको हेर्न सक्नुहुन्न । मलाई जतिसक्दो चाँडो चेक पठाइदिनुहोस् । अहिले हामीलाई चारसय डलरको आवश्यकता छ । तर तपाईं जति पठाउन सक्नुहुन्छ त्यति नै पर्याप्त हुनेछ । मलाई चिठ्ठी पठाउनुहोला । म तपाईंको चिठ्ठीको प्रतिक्षा गरिरहने छु ।
डौली
मिसेज रिचर्ड एफ शिलर
उसले आफ्नाे साथमा गाेली राख्याे । लाेलिताकाे पतिलाई मार्नकाे लागि । उसलाई लाग्याे याे त्यहि मान्छे हाे जसले हस्पिटलबाट लाेलितालाई चाेरेकाे थियाे । अब हम्बर्ट लाेलिताकाे घरमा पुग्याे । लाेलिताले हम्बर्टकाे स्वागत गरिन । लाेलिता ठुली भैसकेकी थिईन । अब अाउने क्रिसमसमा ऊ प्रेगिनेन्ट हुने कुरा बताइनन । अझैपनि हम्बर्ट लाेलितालाई प्रेम गर्दथ्याे । लाेलिताले अाफ्नाे पतिसँग हम्बर्टलाई भेट गराउदा हम्बर्टलाई थाहा थाहा भयाे याे त्याे मान्छे हाेइन जसले लाेलितालाई किटन्याप गरेकाे थियाे । हम्बर्टले लाेलितालाई यति धेरै तनाव दियाे कि लाेलिताले त्याे मान्छेकाे नाम भनाेस जाे सँग उ भागेकी थिईन तब लाेलिता भन्छिन ;
"अस्पतालबाट भागेर ऊ र क्विल्टी एक फर्ममा गएका थिए । क्विल्टी शारीरिक रूपमा नपुंशक थियो । तर केटीहरूको शैखिन थियो । उसले लोलितासँग बाचा गरेको थियो, उसले एक फिल्म बनाउँदैछ । जसमा नायिकाको भूमिका टेनिस च्याम्पियनको हुनेछ । अनि त्यो टेनिस च्याम्पियनको भूमिका लोलितालाई दिइनेछ ।
©elaiyaa pathak