उपेन्द्र सुब्बा लेखनमा सरलताको पर्याय हुन् | मानवीय अनुभुतीलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामर्थ्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् | "खोलाको गीत" कविता सङ्ग्रह उनको लेखंकलाको मानक कृति हो |
"लाटो पहाड" कथा सङ्ग्रहमार्फत उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिधाको आयामलाई परिचित गराएका छन् | नेपालको पूर्वीय आदिवासी/लिम्बू समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मुख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन | यस सङ्ग्रहका कथाहरुले समाजका भुइमान्छेहरुको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् | समग्रमा जीवनका भोगाइहरु उस्तै भए पनि सामाजिक परिवे, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नतालाई बोध गर्न यी कथाहरुले योगदान गर्नेछन् |
Upendra Subba is a poet, lyricist and story writer. He is one of the initiator of the movement called Srijanshil Arajakta (Creative anarchy) along with Rajan Mukarung and Hangyug Agyat.
फरक स्वाद, सुन्दर संवाद, यथार्थपरक परिवेश अनि आफ्नै गाम-ठामका पात्रहरू भएको लाग्ने अनुपम मौलिक कृति हो लाटो पहाड। काठमाडौं उपत्यकामा ज्यादातर आफ्नो बाल्यकाल बित्यो, जन्मेको ठाम धनुषा - जनकपुर अनि दशैँ- मीनपचास विदामा मावली र घर-गाउँ गएको याद छ। नेपालको पुर्वी भागमा बल्लतल्ल स्नातक अध्ययन गर्न एक साता जान पाएँ। थोरै समय र कलेजले निर्धारण गरेको कार्यक्रम र रिसर्चमा जान परेकाले पुर्व त्यति बुझ्न सकिएन। पुर्वका साथीभाइले बखान गर्दा पुग्नै पर्ने ठाँउ लाग्ने हो तर समय जुर्दैन। खीर खाने दिन त्यो झाँक्रीको मीमले बहुत मजेदार मुस्कान ल्याउँछ। गाम- ठामको कथानक - पात्र - परिवेश लाई चाहिने मर-मसला हालेर मिठो अर्ग्यानिक कोसेली पस्कम उपेन्द्र सुब्बा सर माहिर छन्। जारी र मनसरा फिल्मको कथा र प्रस्तुति एकदमै सुन्दर लागेको थियो। उपेन्द्र जीको कथा लेखन शैली अनि अभिनय शैली काबिल-ए-तारिफ लाउँछ जहिले पनि।
पद्मश्रीद्वारा पुरस्कृत उपेन्द्र सुब्बाको यस कथा संग्रहमा प्रभू माइला, खुङ्खार भाले, ऐंठन, ससुराली, पुचुने धामीको मरण, नसपाते बूढा, थोते साइँलो, मानसिंको चैते दशैं, हन्दनेको बिहे, हरियो ढुङ्गा, सुगुत, मनमाया र लाटो पहाड गरी जम्मा तेह्रवटा कथाहरु संग्रहित छन् । सबै कथाहरुमा मानवीय भावना, सम्बन्धका अनेकौँ आयाम, किरात समुदायका कथा व्यथा, आदिवासी जनजातीय मुद्दा, सामाजिक - राजनीतिक उहापोह र अरु dynamics राम्रोसँग माझिएको शैली - शिल्पमा अटाएका छन्। छोटा सरल सरस वाक्य गठन, एउटा paragraph बाट अर्को paragraph मा जाँदा हुने सुन्दर समायोजन र easy peasy reading ले पढ्दा कतै पट्यास लाग्दैन।
लाटो पहाडको कुरा गर्दा कथामा सुब्बाले बलियोसँग लिम्बु भाषा, मुन्दुम संस्कृति, किरात समुदाय, मानव भावना, धर्म परिवर्तनको लहर र रहर, मान्छेका विभिन्न अभाव, प्रभाव र स्वभावका कुरा, आदिका बारे सुक्ष्म अध्ययन गरि मजेदार तवरले लेखेका छन्। सुब्बाका गीत - कविता र फिल्मका न्यारेटिभ शैली बहुत मजेदार लाग्छन् र माटोको कथा बोक्छन्। यस संग्रहमा कति कति खेर एकदम सिरिअस sentimental भइन्छ त कति कति बेला हाँसेर लोटपोट भइन्छ। किताबका कथाहरुमा वाक्य संरचना, भाषिक शैली, सरस संवाद अनि आफू पनि स्वयम् पात्रहरूका साथ हर एक घटना दृश्यमा रहेको झैँ गराउने शानदार शक्ति छ। फिल्म डकुमेन्ट्री हेरे झैँ पनि कथानकमा आएका दृश्य आँखा सामु reflect हुन्छन्। आफ्नो स्कुल हुँदा अंग्रेजी बोले fine नलाग्ने तर नेपाली र अरु भाषामा साथीसँग कुराकानी गर्दा लाग्ने fine याद आयो। लोक-कथा, यथार्थ- कथा, दार्शनिक अनि जनचेतनामुलक कथाका फ्लेवर पाएँ यसमा। व्यवहार, चिन्तन, बानीबेहोरा, सोचाइ, अवस्था, स्थिती र पोजिसनिङ्ग फरकफरक हुन्छन् नै मान्छेका। यसमा यस्तै फरकहरुको सुन्दर, सरल र सरस प्रस्तुति पाइन्छ।
पति र पत्नीबीचको सम्बन्धको relationship dynamics, दुईजिब्रे - बहुमुखी मुहार र आचरण आवरण हुने मान्छेको सन्दर्भ, भाषा आन्दोलन, शैक्षिक क्षेत्रमा गर्न सकिने उत्थान, समावेशी भाषामा कक्षा संचालनको आवश्यकता, लाहुरेको कथा, राजनीतिको नशा, शरणार्थी प्रसङ्ग, बहु-पत्नी विवाह, पुनर्विवाह, मृत्यु संस्कारका बेला गरिने रिति-थिती, भ्रुण पहिचान र हत्या, आफ्नो घर-परिवारको ईच्छा, सपना र आकांक्षा साकार पार्न नसक्दा हुने पीर, न्याय - निसाफ र अन्याय अत्याचार दुराचार आदिबारेका सन्दर्भ छन्। अन्याय, विभेद र लिम्बु किँरात समुदायको प्रतिनिधि व्यक्तिको आक्रोश र अक्षर विद्रोह लाग्छ। अवसरबाट वन्चित हुनपर्ने, अगाडि पर्न नसक्ने नदिने, आवाज सानो मन्द गर्ने र शिर गर्वले माथि गर्न नसक्ने, दबिने दबाइएका आदिका कथा नि छन्। कुनै कुनै कथा average लागे पनि ending वा starting मा बलिया लागे अनि धेरै चै एकदमै पृथक र सुन्दर मार्काको लागे। अलिअलि हिज्जेमा मिस्टेक त छन् तर अहिले typo errors हरुलाई ignore गर्न थालिएको छ।
समय, श्रम र रकम खेर फालेँ मैले भनेर लाग्दै लागेन यो कृति पढ्न बस्दा। बरु; उल्टै gratified भएँ म। रशिक, रसिलो खँदिलो, भावुक, मौलिक अनि सुन्दर अनुपम कृति सिर्जना हो सुब्बाको। किताबमा प्रयुक्त भाषा र शब्द नबुझ्ने हुँदा साथीभाई, गुगल अनि शब्दकोशमा खोजतलास गरेर पढेँ। केहीको त meaning नि देको छ नै किताबमा। मज्जाले बाँधेर मोहनी लाउँछ किताबका कथाहरुले जसरी जारी, मनसरा र कबड्डी सिरिजले मोहनी लगाएका थिए। चेतना र किरात वर्ग समुदायसम्बन्धी आयामबारे ज्ञान दिन साहित्यको बहुत राम्रो उपयोग गरेका छन्। अत: सुब्बाले यस किताबको प्रचार गर्दा मिठो मुस्कान, मन्द छन्द तन्त्र अनि रमाइला क्याप्सनका साथ सामाजिक संजालमा विज्ञापन गरेका थिए। सुब्बा criticism पनि openly accept गर्ने, ज्यादा भाउ नखाने लेखक हुन् । Social media platform अनि open, public platformमा उनका किताब, script writing र फिल्मबारे मिठो छोटो कुराकानी एक दुई पल्ट गर्ने अवसर मिलेको थियो।
१३ कथाहरुमा अनेक फ्लेवर, आयाम, सन्देश, दर्शन, यथार्थ, समाज र समुदायवासीको सबल सफल चित्रण अनि सुन्दर कथानकको फ्लो पाएँ। अनि सुरुमा पढ्चा definitely मज्जा आएन भाषा नबुझ्ने कारण तर रस बस्दै, पठनमा भिज्दै गएपछि चै बबाल मज्जा आएको थियो यो किताब। नगरकोटीको स्वैर-काल्पनिक कथा शैली जस्तै मज्जा आयो ऐंठन कथा पढ्न। अत: एक दुई कथाहरु चै सुरुमा पहिलोपटक पढ्दा के हुँदै छ भनेर confusion हुन्छ तर रिपिट हान्दा त्यो confusion हुँदैन। लाटो पहाडको नाटक चै छुटेछ हेर्न; तर मन्चन हुँदा राम्रो पोजिटिभ रेस्पोन्स आएको रहेछ।
आफूले पढेको, रिपिट गरेको, अरुलाई कुनै दिन (र क्लोज साथीलाई अहिले नै) पढिहाल है भनेर सल्लाह दिएको र 5 स्टार मूल्याकंन गरेको सुन्दर किताब हो यो। सोसल सर्कल, सोसल नेटवर्क अनि रिडर क्लब \ बुक क्लब मा चर्चा हुने भइरहने सुन्दर कृति हो मेरा लागि। प्रभु माइला कथामा झैँ येशु र सबलाई आफ्नो धर्म त्यागेर इसाई बन्न फोर्स गर्ने, मस्का चस्का लगाएर कुराकानीमा बाँध्ने, यौन, ससुराली कथामा झैँ शरीर र मन बुझ्न नसक्दा दाम्पत्य जीवनमा आइपर्ने खटनपटन अनि पुचुने धामीको मरण कथामा आउने लोभी , लालची र सबै चीज चाहिने विचारका पात्र गाम-समाजमा देखेकै हुन्छौंं। नसपाते बुढा कथाका जस्तै हक्की, free spirited अनि आफू सँगै अरुहरुका माझ मुस्कान बाड्ने पात्र होस् वा थोते साइलो कथाको जस्तै बेरोजगार युवाको कथा, हाम्रा वरपरका नै पात्र हुन्।
अत: यसै संग्रहका केही कथाहरुको नाटक रुपान्तरण र मन्चन भएको नि याद आयो अहिले। जे होस् फरक, मैले यसमा अटाएला कथाहरुमा प्रयोगवादी, प्रगतिशील र यथार्थपरक सबै फ्लेवरका साहित्यिक रस - भाव भेटेँ। जातीय - लैङ्गिक विभेद र मतभेद अनि सामाजिक सांस्कृतिक स्थलमा हुने भेदभावप्रति आक्रोश नि ओकलेका छन् उपेन्द्र सुब्बाले यस कथा-कृतिमा। किरात समुदायमा श्रीमान् श्रीमती भैसकेपछि हुने सम्बन्धको उतारचढाव, ज्वाइँ साहेब हुँदा भोग्ने फरक अनुभुति, ताक परे तिवारी नत्र गोतामे भने झैँ आफ्नो निजी स्वार्थका लागि फरकफरक मुहार चरित्र देखाउने समाजका केही मनुवाको कहानी, आफ्नै भाषामा पढ्न पाउनुपर्ने माग र आग्रह, बहु-विवाहको प्रसङ्ग तथा शरणार्थीका लथालिङ्ग कथा-व्यथा पनि गज्जपले लेखकले उतारेका छन्।
**** **** **** **** ****
लिम्बु पुराण, कथा र मुन्धुमका शैली र छाप लेखनमा देखाउँदै आएका लेखक सुब्बाले त्यो भन्दा अर्काे लेख्ने आइडिया नै आफूसँग नभएको पनि खुलाए । 'लिम्बुवानकै कथा लेख्छु भनेर लेखेको होइन र सचेतनाले लेखेको पनि होइन,' उनी खुल्दै गए, "लिम्बुवानको मुद्दा उठाउँछु भनेर लेखेको पनि होइन ।' लाटो पहाडजस्तो ७० पेजभन्दा लामो कथा हालेर किताब जबरजस्ती मोटो बनाएको आरोप लागेका सुब्बाले त्यो कुरा पनि लुकाएनन् । 'लेख्दै गर्दा १२ वटा कथा पुगेका थिए,' उनले जीब्रो चबाएनन्, 'लाटो पहाड पनि हालिदिएँ । त्यो पहिला लिम्बु भाषामा थियो, कट्याक कुटुक गरेर नेपालीमा बनाएँ । मैले पाठकलाई ठगेकै हो ।" - नागरिक बाट साभार
"कथाकार उपेन्द्र सुब्बाका दुई कथा 'प्रभू माइला' र 'मनमाया' मा आधारित नाटक 'लाटो पहाड' नेपाली समाजमा रहेका अनेकौँ अन्तरद्वन्द्वहरुको बेजोड प्रस्तुति हो।
पूर्वी लिम्बुवानको यथार्थ कथा बोल्ने यो नाटकमा भौगोलिक विकटता, गरिबी, जातीय असमानता, शैक्षिक असमानता, धार्मिक समस्या र लैंगिक विभेद एकैपटक मिसिएर आउँछन्। यी विभेदहरुले मान्छेको जिन्दगीमा निम्त्याउने असंख्य दुःखका पहाड त छँदैछन्।
'प्रभू माइला' र 'मनमाया' सुब्बाको कथा संग्रह 'लाटो पहाड (२०७१)' का कथा हुन्। यी दुई कथामा आधारित नाटकको शीर्षक पनि कथा संग्रहकै नामबाट जुराइनुले नाटकमा कथाकार र पुस्तकको जबरजस्त प्रभाव स्पष्ट पार्छ। दुई कथा 'मर्ज' गरेर जसरी नाटकको कथानक बुनिएको छ, त्यो अचम्म लाग्दो छ। 'प्रभू माइला' र 'मनमाया' पढेपछि थाहा हुन्छ, नाट्य रुपान्तरणका क्रममा घिमिरे युवराजले नाटकमा कस्तो 'ट्विस्ट' ल्याएका छन्।" - पहिलो पोस्टबाट साभार
सन् २००२ (विं.सं. २०५८) तिर कैलाजी जन–पुस्तकालयको नियमित आवतजावतका क्रममा १०० पुस्तक पढि सक्ने भुत सबार भएको थियो । पुस्तकका घतलाग्ने कुराहरु टिपोट गर्न एक कापी पनि बनाएको थिए । सन् २००४ (वि.सं. २०६०) मा एसएलसी दिनुअघि एउटा कापी भरेर अर्को कापीमा टिपोट लेख्न सुरु गरि सकेको थिएँ । त्यसैबेला जीन्दगीमा धेरै कुराहरु भए । पहिलो टिपोटले भरिएको कापी पोलेर खाइयो । दोश्रो त्यसै हरायो । पुस्तक पढ्न छोडेको त होइन तर त्यसको गति एकदमै सुस्त भयो । त्यसको १४ वर्ष पछि, सन् २०१६ मा आएर पहिले सुरु गरेको पुस्तक पठनलाई एकाएक गति दिने मन भयो । त्यसै अनुरुप गुडरिडमा बनाएको खातामा आफूले पढेका पुस्तकहरुको सूची तयार पारेँ । सय पुस्तक पु¥याउन उति कठीन नहुने देखेँ । त्यहाँ वर्षका लागी कति पुस्तक पढि सक्ने भनेर आफैलाई चुनौति दिनु मिल्ने रहेछ । मैले सो वर्षको लागी २० पुस्तक पढि सक्ने भनेर आफ्नै लागी एउटा मानक समेत तयार पारेँ । वर्षको अन्तिम हप्तासम्म आइपुग्दा २३ पुस्तक पढि सकेपछि यो पुस्तक २४ औँ बनाउनका निम्ति समातेको थिएँ । त्यसो हुन सकेन । बरु यो पुस्तक २०१७ को पहिलो पुस्तक भने बन्न सफल भयो । लाटो पहाडमा पूर्वी नेपालको झापा र पाँचथरका विशेष गरी किराँत समुदायका कथाहरु समावेश छन् । २२२ पाना भएको पुस्तकमा पुस्तककै शीर्षकसँग मेल खाने ‘लाटो पहाड’ शीर्षकको नाटक (कथा भनिएपनि संरचनाका हिसाबले नाटक जस्तो छ) ले अन्तिमका ७७ पाना ओगटेका छन् । त्यसबाहेक अन्य बाह्र कथाहरु संग्रहमा समावेश छन् । ‘प्रभु माइला’ कथाले किराती समुदायमा प्रवेश गर्दै गरेको इसाइ धर्मको कथा बोलेको छ । ‘खुङखार भाले’ र ऐंठनमा अभावका दुई फरक फरक रुप देखाइएको छ । ‘ससुराली’मा किराती समुदायमा ज्वाइँलाई हुने फरक व्यवहार र पतिपत्नीको सम्बन्धका कुराहरु समावेश छ । ‘पुचुने धामी’ कथामा ‘बाहुन भएर पनि’ राँगाको मासु खाने र दुनियालाई अनेक तरहले सताउने खन्चुवा, ठग र बाजी मार्न जे पनि गर्ने बाहुनको कुरा उल्लेख छ । राँगाको मासु खाए जात फालिने भन्ने भनाइ अनुसार कथाको अन्तमा लुकीलुकी राँगाको मासु खाने थुप्रै बाहुनहरुको पोल खोलेको प्रसंग छ । ‘नास्पाते बुढा’मा लिम्बुभाषामा पढ्न पाउनु पर्छ भनेर ३४ सालमा आन्दोलन गर्दा ६ महिना जेल पस्नु परेको र पल्टनमा हाजिर हुन नपाएर जागिर गुमाएको लाहुरेको कथा छ । ‘थोते साँइला’मा राजनीतिमा लागेको लिम्बु युवकको कथा छ । कथा पढ्दै जाँदा कता कता कबडि चलचित्रको काजी याद आउँछ । ‘मानसिंहको चैते दशैँ’मा दुईटी स्वास्नी बिहे गरेको मानसिंको कथा छ । ‘हरियो ढुङ्गा’मा भुटानी सरणार्थी सिबिर भित्रको कथा छ । ‘हन्दनेको बिह’ेमा गोरु लडाउने परम्पराका बारेमा धेरथोर उल्लेख गरिएको छ । एकल महिला परिभित्ती भाउजुसँगको सम्बन्धलाई गाउँले सहज स्वीकार्नु र उसलाई हन्दनेकी आमाले घर भित्र्याउनुले किराँती समुदायमा पुनर्विवाह बाहुन–क्षेत्री समुदायको तुलनामा सहज हुने बुझिन्छ । ‘सुगुत’मा किराती संस्कृतिमा मनाइने मृत्युसंस्कारसँग जोडिएको कथा छ । ‘मनमाया’मा सन्तान थपिदा उनीहरुको लालनपालनमा हुने कमी कम्जोरीका बारेमा लेखिएको छ । अन्तिमको ‘लाटो पहाड’मा लगभग सबै विषयहरु एकदमै बुद्धिमतापूर्ण तरिकाले समावेश गरिएको छ । च्याबु्रङसँग जोडेर कथाको सुरुवात देखि अन्त सम्म अघिल्ला कथाका नास्पाते बुढा लगायतका पात्रहरुसमेत प्रयोग गरेर कथा अघि बढेको छ । यसैमा भाष(बाहुन कुरा)का समस्याले फाङजङले पढ्न नसकेको, बाहुन–क्षेत्रीले बनाएको नयाँ नियम कानुनले बारीको रुख काट्दा समेत जरिवाना तिर्नु परेको, भीरबाट लडेर मरेको गाइको हत्याको आरोपमा पुलिसले समाएको आदि घटनाहरु मार्फत सांस्कृतिक थिचोमिचोको कुराहरु अघि ल्याइएको छ । सुरुमा सरसर्ती कथा पढ्दै जाँदा यसको गहिरो अर्थका बारेमा त्यति ध्यान जाँदैन । हास्यरसले भरिएका कथाहरु हसाइ हसाइ सबै कुरा राख्छन् । पाठकले जबसम्म एकछिन घोत्लिँदैन लाटो पहाडको सन्देश समाउन गाह्रो हुन्छ । किताबको लगभग अन्तसम्म पढ्दा पनि ठीकै लागेको किताब एकाएक उपेन्द्र सुब्बाका अन्तर्वाताहरु हेरेर धारणा फेरियो । यस पुस्तकलाई लागेका अनेक आरोपहरुको खण्डनको क्रममा भनिएका कुराहरुले बल्ल पुस्तकको गहनता तर्फ जान कर ग¥यो । पुस्तक पढ्दा पढ्दै हेरेका श्रब्य–दृश्य सामग्रीहरुले सुब्बाको बिद्रोही स्वरलाई पहिल्याउन ठूलो मद्दत ग¥यो । पत्रकार बसन्त बस्नेतको लाटो पहाड उपरको समिक्षाले पनि लाटो पहाड बुझ्न मद्दत ग¥यो । पुस्तकको पछिल्लो गातामा राखेको तस्वीर हेर्दै परिचित लागेका उनी कबड्डीकबड्डीको खिर खुवाउने झाँक्रिबा रहेछन् भनेर थाहा पाउँदा त पुस्तक झनै रोचक बन्यो । कबड्डी र कबड्डीकबड्डीमा रामबाबु गुरुङ्गसँग सहलेखन समेत गरेका सुब्बाको लेखनसँग त्यसपछि मात्रै अभ्यस्त जस्तै भइयो । किराती समाजको आवाज समेटेर लेखेको लाटो पहाडले त्यो समाज किन लाटो बनेको छ र त्यहाँका गुनासाहरु के कस्ता छन् भनेर पाठकमाझ एकदमै सरल तरिकाले सन्देश प्रवाह गर्ने काम गरेको छ ।
लाटो पहाडमा केहि जातीय कुराहरु पनि छन् । कथाको सुरुवातदेखि नै एक किसिमको आक्रोश पोखेको झैँ भान हुन्छ । किराती छात्रप्रति विद्यालयमा दुव्र्यवहार हुने कुरालाई पहिलो कथामै समावेश गरिएको छ र लाटो पहाड नाटकमा पनि त्यो एउटा प्रमुख पाटो बनाइएको छ । ‘प्रभु माइलो’ कथाकी शिक्षिका पात्र त्यहाँ ‘लाटो पहाड’मा पनि दोहोरिएकी छिन् । तिनको छुच्याँइ दुरुस्तै कायम छ । किराती समाज नै लाटो समाज मानेर त्यहाँको कथा बोकेकोले संग्रहको नामै लाटो पहाड झैँ राखेको हो कि भन्ने भान हुन्छ । लाटो पहाड या लाटो समुदाय किरातीहरुको नजरमा भन्दा पनि बाहुन–क्षेत्रीका नजरमा हो । त्यसैले उनले किताबमा फाङजङलाई बाहुन छात्रबाट ‘लाटो चितुवा’ भनाइ मागेका छन् । पिसाबले च्याप्दा पनि जान नदिएको र अटेर गरि गएपछि फर्केर आउँदा ‘लिम्बुका छाउरा’ भन्दै शिक्षिकाले कुटेको कुराले विद्यालयमा हुने दुव्र्यवहारका प्रतिनिधि घटनाको काम गरेको छ । फरक मातृभाषाका कारण चस्मा भन्ने ठाउँमा ‘जस्मा’ भन्दा कुटाइ खाएको घटनाले किराती वालवालिकाहरु शिक्षार्जनका क्रममा कति निरुत्साहित पारिन्छन् भन्ने कुरा देखाउन खोजे झैँ लाग्छ । फाङजङले कुटाइ खाँदा केही नहुने तर बाहुन छात्रले कुटाइ खाँदा शिक्षिकाले ‘बाहुनलाई किन कुटेको ? बाहुनलाई लात्ताले हान्नु हुँदैन’ भन्दै फाङजङलाई सजाय दिएको घटनाले जातीय विभेदको अर्को रुप पाठक सामु ल्याएको छ । नेपाली भाषामा हुने पठनपाठनलाई ‘बाहुन कुरा मात्रै गर्छ’ भनेर फाङजङले स्कुल जान छोड्नुको कारण बताएबाट भाषागत कठीनाइले पनि किराती समुदायमा विद्यालय छोड्ने चलन रहेको भन्ने दर्साउँछ । ‘बाठो युवक’ले लाटो पहाडको प्रसंसा गरेको र भिरबाट लडेर मरेको गाइको हत्याको आरोपमा कोक्मे ठूलेलाई प्रहरीले लगेकोमा ‘गाई त लडि मरेको हो नि । त्यसमा पनि कानुन लगाउने ? यसरी नै सिध्याएको हो जनजातीलाई ।’ भनेर भनेको कुरा उल्लेख छ । त्यस्तै भावको ‘परिवार नियोजन भनेको लिम्बु मास्ने सरकारको जाल हो ।’ भन्ने कुरा ‘मानसिंहको चैते दशैं’ कथामा पनि उल्लेख छ । यसरी हाल आएर समाजमा उठीरहेका जातिगत कुराहरुले पनि पुस्तकमा स्थान पाएको छ । पुस्तकको कम्जोरीमा भाषा र संरचना प्रमुख छ । लिम्बु भाषाका शब्दहरुको व्यापक प्रयोगले कहिं कतै बुझ्न साह्रै कठीन बनाउँछ । तर त्यही कठीनाइले किरातीहरुलाई नेपाली भाषामा लेखपढ गर्न हुने कठीनाइको बारेमा पाठकहरुलाई थोरै भएपनि बोध गराउँछ । ‘म क्याम्पस छँदा मलाई परीक्षामा सोधिएका सबै प्रस्नको उत्तर आउँथ्यो । म सँधै सहि उत्तर नै लेख्थे तर अंक जहिले ३५ र ४० मात्रै हुन्थ्यो ।’ सुब्बाले भाषागत कठीनाइका बारेमा त्यसरी सफाइ दिएका छन् । सम्पादकनका क्रममा पनि अल्छि लाग्दा को परिणाम पनि पुस्तकमा कमी कम्जोरीहरु यथावत छन् । दोश्रो संस्करण सम्म आउँदा पनि ती कम्जोरीहरु सच्चिएका छैनन् । थिएछ, थिएनछ जस्ता नेपाली भाषामा प्रयोग नहुने शब्दहरु सम्बाद बाहेकका ठाउँमा पनि प्रयोग भएका छन् । सुरुवाती कथाहरु द्वन्द्वहीन र अपेक्षाकृत अन्त नभएका जस्ता लाग्छन् । सायद पुस्तकमा भूमिका समावेश गरेर सुब्बाले कथाहरुको पृष्ठभूमीका सम्बन्धमा पनि केही कुरा उल्लेख गरिदिएको भए यो पुस्तक अझै बोधगम्य हुने थियो र पुस्तकलाई हल्का रुपमा लिइने थिइएन कि भन्ने लाग्छ । यस पुस्तकको प्रभाव यति सम्म रह्यो कि हातमा भएको फिरफिरे बिसाएर इमानसिंह चेमजोङले लेखेको किरातीहरुको इतिहास पढ्न थालेको छु ।
सबै कथाहरु गाउँले परिवेशमा लेखिएको, अझ जनजातिको कुरा, दुःख, समेटिएको, सरल र उत्कृष्ट लाग्यो। कुनै कुनै शब्द ठेट या अरु भाषामा भएकोले सुरुमा बुझ्न गार्हो भयो। नत्र सबै कथाहरु पछिसम्म याद आउने खालका छन्।
नयाँ नचिनेको गाउँमा पुगेको एक दर्शक बनेर यथार्थपरक कहानीमा रमाउदै, रमाइलो संवादमा हँसिमजाक गर्दै, अप्ठ्यारो नाम, नसुनेको शब्दमा किराँत लिम्बुको संस्कृतिबारे खोजिखबर गर्दै र चाल पाउदै हरेक कथाका पात्रसंग आत्मीय सम्बन्ध बनाएँ | पात्रहरुको कहानीमा बहकिएर बेस्सरी हाँस्दै पढें, गहभरी आँशु लिएर पढें | उपेन्द्र सुब्बासंगको पान्थरे गाउँको लाटो पहाडको यात्रामा अपूर्व अनुभव लिएर फर्कें | 'वास्तवमा नै पढ्नुपर्ने किताब – लाटो पहाड |'
लाटो पहाड लेखकः उपेन्द्र सुब्बा । सिम्लीसिटि इज द वेष्ट ।
आदिवासि जनजातिको केहि मुद्दा उठान गरिएको छ । विशेषतः शिर्ष कथा लाटो पहाडमा कसरि भाषाको कठिनाइले आदिवासि जनजातिको विकास हुन सकेन समाजमा आदिवासिलाइ कसरी बाहुनिजम लदाइएको छ भनेर केहि प्रशंग उठान गरिएको छ । वर्तमान राजनितिक र सामाजिक सवालमा समेत उठान भै सकेको समावेशिकरणका मुद्दामा उपेन्द्रले कथात्मक आफ्नो अभिव्यक्ति दिएका छन । गौहत्यालाइ अपराध मान्ने समग्र नेपालको सामाजिक मान्यता र यो राष्ट्रिय जनावर बनाइनु आदिवासिको हित विपरित भएको अभिव्यक्ति उपेन्द्र सुब्बाको कथामा देखिन्छ । यसमा के डर छ भने जहाँ ८० हिन्दुको र ४५ प्रतिशत खस आर्यकव भावनाको सम्बोधन नगर्दा झन अर्को ध्रुविकरण तिर जाने प्रति लेखकको उति चिन्तन चाँहि देखिन्न । बाँकि कथा समग्र नेपालको सामाजिम परिस्थतिमा आधारित छन । खास साहित्यिक आनन्नद प्राप्त नभए पनि एक किसिमको छुट्टै नेपालीपनको स्वाद भने पक्कै प्राप्त हुन्छ ।
This book is great!! Yo kitaab ma Limbu samudaya painxa ra aafno sanskriti jogaunu parxa vanne xa.. Ekdammai man dune bisayabastu xa. It's worth reading.
लाटो पहाड,One of the most interesting books of recent times with bunch of stories on special communities of eastern mountains. It shows there are still lot of ethnic stories untold in Nepal. I read Rajan Mukarung before "हेच्छाकुप्पा" & " दमिनि भिर" based on the same periphery but I found Upendra's Subbas writing different from him . More humorous touch , waiting for his another story collection.
छोटा छोटा वाक्य र निक्कै सरल भाषामा सूक्ष्म भन्दा सूक्ष्म संवेदनाहरु प्रकाशमा ल्याउन सक्ने खुबी रहेछ लेखकमा । चिनुआ अचेबेको ‘थिङ्स फल अपार्ट’ को झल्को आयो । उनका अरु पनि कृति पढ्ने रहर लागेको छ ।