What do you think?

मोदिआइन [Modiaain]
This is a short novel and is a story of Grocers wife living in the age of Mahabharata and she narrates the Mahabharata story to the child character, I in womens perspective. The theme of the story is based on Hindu mythology and concrete analysis of Bhagwad Gita. The author has given a good instance of powerful satire against war. It appeals, be good, no need to be great.
- GenresFiction
74 pages, Paperback
First published January 1, 1980
About the author
Bishweshwar Prasad Koirala
15 books171 followersBishweshwar Prasad Koirala (Nepali: विश्वेश्वरप्रसाद कोइराला) was born in Varanasi to father Krishna Prasad Koirala, was one of the greatest Nepali political and literary figure. He was the Prime Minister of Nepal from 1959 to 1960 and also the first democratically elected Prime Minister in Nepal's history. He held the office just 18 months before being deposed and imprisoned by order of King Mahendra. The rest of his life was spent largely in prison or exile and in steadily deteriorating health.
While Koirala is considered one of the most charismatic political leader of Nepal, he was also one of the most well-read and thoughtful writers of Nepalese literature. He wrote short stories and novels, and some poems. Koirala began writing short stories in Hindi. His first stories were published in Banaras in Hansa, a Hindi literary magazine edited by Prem Chand (India's Tolstoy). His first Nepali short story "Chandrabadan" was published in Sharada (a Nepali literary magazine) in 1935. Koirala was very good at depicting the character and mind of women. Four other stories of Koirala were included in Katha Kusum (an anthology of Nepali stories), published in 1938 in Darjeeling. As a social realist, with good psychological insight, Koirala had established himself as one of the most important Nepali short story writers of Nepal.

Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 29 of 29 reviews
February 15, 2018
Two messages I vividly recall from this story:
1. Be a good human, not a successful one for all successful ones are not always good beings at their heart.
2. War is futile. The killing of thousands for any reason isn't right by any means.
This is the story of the war of Kurukshetra through the eyes of Modiaain, a woman, who knows what war brings to the wife whose husband is out there in the battle, and a mother whose son is fighting against his own brother. There are no tales of love or sexuality on this one like the other books I read of BP Koirala. There are small hints when a girl falls in love or when she frightens at the sight of her lover standing in the battleground but that's all. This book mostly reflects the other philosophy of BP-his stance against war. The story was pretty good by the way.
It's a short book, you can even finish it in one sitting.

March 17, 2026
“ठूला मानिस थरीथरीका हुन्छन्, असल मानिस भने एकथरीका मात्र हुन्छन्। ठूलो हुनतिर नलाग्नु, असल हुनतिर लाग्नु।”
यो सानो तर प्रभावशाली उपन्यास एकै बसाइमा पढ्न सकिन्छ। Mahabharata को कुरुक्षेत्र युद्धलाई महिलाको दृष्टिकोणबाट प्रस्तुत गरिएको यो कथा वास्तवमा युद्धको होइन, त्यसले छोड्ने पीडाको कथा हो।
एक पत्नीको नजरमा युद्ध भनेको पतिको जीवनमाथि मडारिएको असुरक्षा हो, र एक आमाको नजरमा आफ्नै सन्तानहरूबीचको विनाशकारी द्वन्द्व। यही मानवीय पक्षले यस कृतिलाई अझ गहिरो र मनछुने बनाउँछ। बी.पी. कोइरालाको लेखन सरल भए पनि निकै गहिरो छ। विशेषगरी, नारी दृष्टिकोणबाट युद्धको आलोचना गरिएको कुरा निकै प्रभावकारी लाग्यो।
सरल भाषा, छोटो आकार, तर गहिरो प्रभाव, यही नै यसको विशेषता हो।

May 3, 2017
Modi Aain is a retelling of Mahabharata through the eyes of the eponymous Modi Aain. It's a pretty short book which can be finished in one sitting. Short, sweet and it leaves with a solid piece of advice : ठूलो मान्छे नबन्नु बाबु असल मान्छे बन्नु
July 5, 2020
An awesome read, impressed with BP Koirala one more time. 💟
October 20, 2021
B.P never fails to impress.
August 28, 2021
Very powerful novel.
Koirala has presented a humanist perspective on the prefixed religious views. He has dared to question the relevancy of even the Mahabharat war that killed many innocent lives and left much more helpless. There is a strong scent of feminism throughout the text.
The path of "dharma" and "karma" as shown by Krishna in "Bhagwat Geeta" is too questionable.
Isn't being (an ordinary) human, not sufficient? Aren't we still beautiful despite our fragility and flaws? Can't we forgive each other and live in peace?
These are some of the questions that the novel may provoke (in readers, upon completion.)
Happy reading!
Cheers!!

Read
September 11, 2025“तेह्र वर्षभन्दा अघिको एउटा असम्मानलाई सम्झेर आफ्नो सुलभ नारीत्वलाई तिलाञ्जलि दिँदै के कुनै नारीले पुरुषलाई युद्धका लागि उत्तेजित गर्ने हो !”
कोइरालाका मोदिआइन तथा हिटलर र यहुदी उपन्यासहरू गीतादर्शनमा आधारित छन् । मोदिआइनले नेपाली (भारतीय समेत) सन्दर्भ लिएको छ भने हिटलर र यहुदीले अन्तर्राष्ट्रिय (युरोप – एसिया) सन्दर्भ लिएको छ । उपन्यासकारले धर्मनिरपेक्ष रूपमा गीताको अध्ययन गरी उपन्यासका माध्यमबाट आफ्नो नवीन दृष्टि प्रकट गरेको देखिन्छ । कोइरालालाई जीवनमा कर्तव्यपरायणता र ‘कर्मण्येवाधिकारस्ते’ को मूल मन्त्र सिकाउने गुरुग्रन्थ श्रीमद्भगवतगीता थियो तर उनले उपन्यासमा गीताको अभिप्रायलाई धर्मवाद, कर्मवाद र कर्तव्यवादको रूढ अर्थमा होइन, नियतिवादको यथार्थ अर्थमा स्विकारेका छन् । धर्मनिरपेक्ष भएर गीताको अध्ययन गर्दा त्यहाँ कर्तव्यपालन, धर्मरक्षा र राष्ट्रवादको नाममा अतिमानवीय ‘शक्तिद्वारा अभिप्रेरित / निर्देशित नरसंहार, मानवताको अपमान र विध्वंसकारी युद्धविभीषिकाको दृश्य देखिन्छ । यी उपन्यासले हामीलाई ठूलो होइन असल मान्छे बन्ने सन्देश पनि दिएका छन् । यी उपन्यासहरूको मूल आशय नै ‘मानवहैसियत नभुली मानिसले राम्रो काम गरेर असल बन्न सके मानवसमाजमा शान्ति र समुन्नति कायम गर्न सकिन्छ’ भन्ने हो ।
भनिन्छ, यी उपन्यासमा गीतादर्शनको अनास्था भएको छ तर त्यसो होइन, बरु जीवनसापेक्ष रूपमा उपयोग भएको छ । नियतिको दास मानिस जुनसुकै (चाहे त्यो असल होस् वा खराब) निर्णय लिन बाध्य हुन्छ । कठोर मानवनियतिका निर्देशनका परिणामहरू थिए- महाभारत युद्ध, हिटलरवाद र यहुदीवाद । कोइरालाका मोदिआइन तथा हिटलर र यहूदी उपन्यासहरूले दिएको कलापूर्ण मानवीय सन्देश पनि यही हो ।
***
धेरै पहिलेको कुरा; म बालक थिएँ । बालककालका कुराहरू धेरै त त्यसै बिर्सिएर जाइन्छन्, तर केही एकदम स्पष्ट भएर स्मृतिमा अडेर बसेका हुन्छन् र केही धमिलिएर देखा पर्छन्, तिनलाई ठम्याउन आफ्नो कल्पनाको पनि मद्दत लिनुपर्छ । जस्तो कि टाढा उभिएको मानिसको अनुहार स्पष्टसँग नदेखिए तापनि त्यसको कद, पहिरन, त्यसको उभिँदाको भङ्गिमा र जुन घरको बारीमा उभिएर त्यो त्यहाँ गर्ने ज्यामीहरूलाई हेरिरहेको छ, ती सबै कुरालाई जोरेर हामी त्यो उभिएको मानिसलाई ठम्याउँछौं- त्यो त हाम्रो परमपरिचित फलानो हो ।
कुनै पनि पहिलेका घटनालाई स्मृतिको आधारमा क्रमबद्ध पार्न र अर्थयुक्त बनाउन कल्पनाको सहायता नलिई हुँदैन जस्तो लाग्छ, जस्तो कि पुरातत्त्ववेत्ताहरू एउटा खण्डहरमा उपलब्ध भएका ईंट, पत्थर, भुइँको बनावट, केही आकारमय काठका रचनाहरू र गृहनिर्माणमा चाहिने अन्य सामग्रीहरूको आधारमा त्यहाँ धेरै कालपहिले खडा रहेको विशाल राजप्रासादको वर्णन गर्छन् । मानिसहरू सोध्लान्- के यो कथा साँचो हो ? कि एउटा गल्प मात्र ? यसमा मलाई यति मात्र भन्नु छ कि ४० वर्षपहिले बालककालको मेरो भावनामय जगत्मा घटेको एउटा घटना हो यो जसलाई आज यति दिनपछि जुन रूपमा त्यसलाई स्मृतिको दूरबीनबाट हेरिरहेको छु र अतीतलाई वर्तमानसँग संयोजन गर्ने सम्झनाको तौरणबाट जसरी त्यो आज देखिन थालेको छ, त्यही रूपमा र त्यसरी नै त्यसको वर्णन गरिरहेको छु ।
हाय तिम्रो प्रतिहिंसाको भावना, जसले तिमीलाई अन्धवेगमा आफ्नो नारीत्वको स्वाभाविक हृदयतालाई बिर्साइदिइरहेको थियो ।
हामीले आफू नारी भएको स्थितिलाई सम्झेर आपसमा मुखामुख गर्यो, आपसमा भन्ने सुन्ने कुरो त केही थिएन । हृदयको एकान्तको त्रासमय उद्विग्नता हाम्रो शून्य आँखाबाट च्याइरहेको थियो- गुफाको अन्धकारमा लुक्न गएको कुनै भयत्रस्त असहाय पशुको दीन अनुहारमा टल्केको आँखाजस्ता ।
के साँच्चै आज कुरुक्षेत्रमा मानवता दैवत्वका उपर विजयी हुन आँट्यो ? के अर्जुन आज ईश्वरलाई त्यागेर मानवको वरण गर्न कटिबद्ध भएका छन् ?
हे कृष्ण, यो कस्तो उपदेश हो तिम्रो निर्मम । मानव सानातिना आशा- आकाङ्क्षाले चालित हुने प्राणी हो । यसको सानो जीवनमा प्रणयको निवास छ– प्रियसँग क्षणका लागि भए पनि टाँसिने लोभ, पुत्रलाई चुम्बन गर्ने लोभ, मित्रताको आदानप्रदानमा बाँधिएर साख्य जीवनको न्यानोमा बस्ने लोभ…। तिमी पो कृष्ण देवता हौ स्वर्गका, जहाँको निवासी आफ्नो अमरत्वमा निस्पृह हुन सक्छ, करुणाहीन हृदय राख्न सक्छ, जसका आँखामा आँसु टल्किन दिँदैन; जहाँ मृत्यु छैन, अनन्तको जीवनको निष्काम हुन सकिन्छ, तर हामी मानव, हाय ! कालका ग्रासी हामीमा त्यो कहाँ सम्भव छ ? फेरि कृष्ण, यो कस्तो कर्तव्यको प्रेरणा हो तिम्रो, समरका लागि आफ्नो सखा अर्जुनलाई बारबार उकासिरहने ! के मानवजीवन त्यसै मृत्युको दुर्दमनीय सिमाना चारैतिरबाट सङ्कुचित भएको छैन र तिमी मृत्युलाई अस्वाभाविक किसिमबाट आह्वान गरेर त्यसलाई कर्तव्यको संज्ञा दिन्छौ ? अर्जुन, हामी तमाम मनुष्य-नारीका हृदयको आशीर्वाद लेऊ तिमी । तिमी देवसम्मुख मानवीय सत्य स्थापित गरिरहेका छौ निर्भय भएर । अडिरहू अर्जुन, तिमी अडिरहू ।
कृष्णले भने- ‘हे परंतप अर्जुन, तिमी अहिले अज्ञानको अन्धकारमा छौ । ज्ञानको चक्षु उघारेर हेर, यहाँ कसले कसलाई मारिरहेको छ र ? यो तिम्रो शरीर त एउटा थोत्रो टालो हो, जसलाई मरेँ भन्दा, तिमी त्याग्छौ मात्र । न तिमी मर्छौं न मार्छौं कसैलाई । यो तिमीले देखेका कुरा सबै मिथ्या हुन्, महाबाहो ।’
के यो सबै कुरा मिथ्या हो, भ्रम हो ? यो विशाल जनसमुद्रमा प्यारो पतिलाई खोजेर हिँडिरहेको मेरो आँखाले देखेका यी दृश्य सारा के माया हुन् ? हृदयमा अहिले केवल वाञ्छा भएर रहिरहेको मेरो नजन्मेको सन्तानका मसिना रसिला ओठमा राखिन उन्मुख भएका मेरा ऊर्ध्वस्तन – युगल के मात्र मायाका लघु मांस-शिखर हुन् ? समुद्रको गर्भमा स्वातीको वृष्टि-बिन्दुलाई चाहना गरेर खुल्ने र बन्द हुने सिपी सम्पुटजस्तो सन्तानका तीव्र कामनामा स्पन्दित हुने मेरो मातृगर्भ के त्यो पनि मिथ्या हो ? हे केशव, स्वर्गको उच्चतामा बसेर तलका कीटमय मृत्युलोकमा हामी प्राणीलाई देखेर तिमीलाई लाग्दो हो मानवजीवन मायावत्, मिथ्यावत्, अप्रासङ्गिक छ, हामीलाई कमिलाहरूका प्रति भएको जस्तो तर हाम्रो जीवन हामीलाई अप्रासङ्गिक छैन । कुनै तर्कले पनि कुनै उच्च दर्शनको जोरले पनि जीवनको सुखदुःखलाई, मरणको सत्यतालाई, यो ठोस घेरालाई मिथ्यामा परिणत गर्न सक्दैन, हे मुरारे।

December 29, 2024
४२ पृष्ठमा परिमित बीपी कोइरालाको लघु उपन्यास ‘मोदिआइन’ एउटा 'छेउ न टुप्पो'को पुस्तक रहेछ। यो पुस्तक पढेर सकेपछि यस्तो भान हुन्छ कि — बरू उनको बन्दीगृह बसाइको दैनन्दिनीलाई बेहिसाब पल्टाउँदा केही ज्ञान र मनोविनोद प्राप्त हुन्छ।
पुस्तकले जानीआएको, सुनीआएको, बुझीआएको र व्यवाहरमा उतारी आएको एउटा सन्देश दिएको छ। त्यो के भने — ठूलो मान्छे नबन्नु, असल मान्छे बन्नु!
आफ्नो विगत स्मरण गर्दै सुरू भएको यहाँको कथाको मुख्य पात्रले कुनै एउटा शहरमा पुगेको, त्यहाँ पुगेर एउटा भोजनालयमा दही चिउरा खाएको, नुहाएको अनि त्यहीँ महाभारतको कथा सुनेको सिवाय केही पनि छैन।
हुन त बीपीको साहित्यिक दखलको क्षेत्र मनोविज्ञान हो तर यो लघु उपन्यासले बाल मनोविज्ञानको सामान्य टिप्पणी मात्र गरेको छ। हुन सक्छ यो उपन्यास केही लेखकहरूका निम्ति उपयोगी ठहरियो वा ठहरिन सक्छ, तर सामान्य पाठकका निमित्त यो लघु उपन्यास बेअसरदार छ, बेकार छ। यद्यपी, कोइराला प्रति श्रद्धा र सम्मान यो हृदयमा सदैव थियो र आज पनि छ।

September 10, 2023
"ठूला मानिस थरीथरीका हुन्छन। असल मानिस भने एकथरीका मात्र हुन्छन। ठूलो हुनपट्टि नलाग्नु, असल हुनपट्टि लाग्नु" भन्ने अर्ति दिने यो सानो उपन्यास एकचोटीको बसाइ मै पढी भ्याईन्छ। बि पी ले यो उपन्यासमा एउटा महिलाले बालकलाई महिला पात्रको दृष्टिकोणबाट महाभारतको युद्धको विश्लेषण गरेको कथा सुनाएको कुरा वर्णन गरिएको छ।
यो उपन्यासले मूलत: युद्धले निम्त्याउने नराम्रा पाटाहरुको व्याख्या गर्न खोजेको छ।
सानो भएकोले पट्यार लाग्ने ठाउँ छैन। समग्रमा राम्रो छ यो उपन्यास।
सक्नु हुन्छ भने "लिपि बुक्स" ले प्रकाशित गरेको संस्करण किन्नु होला, निकै राम्रो र उम्दा गुणस्तरको छ।

October 5, 2026
वि पि कोईरालाले लेख्नु भएको रचनाहरु मध्य मैले पढेको पहिलो उपन्यास हो "मोदिआइन"। महाभारत कालको कुरुक्षेत्रको युद्धले गर्दा, कौरवो सेनाको एक सिपाहीकी श्रीमती "नारी" माथि आफ्नो श्रीमान प्रतिको चिन्ता वर्णन गरिएको छ। युद्धले गर्दा नारी र उनका जस्तै कैयौँ महिलाहरुको पुरै जीवन नै उजाडिएको देखाइएको छ। मोदिआइनले सुनाएको कथा मार्फत युद्धले निम्त्याएको विनासकारी कुराहरु देखाइएको छ।
मुख्य सिकाइ : ठूलो मानिस थरीथरीका हुन्छन्। असल मानिस भने एक थरीका मात्र हुन्छन्। ठूलो हुनुपट्टि नलाग्नु, असल हुनुपट्टि लाग्नु।

This entire review has been hidden because of spoilers.
September 29, 2025
मोदिआइन वास्तवमा कुरुक्षेत्रको युद्धलाई महिलाको दृष्टिकोणबाट देखाइएको कथा हो, जहाँ एक पत्नीको नजरमा युद्ध भनेको पतिको जीवनमा असुरक्षा हो र एक आमाको नजरमा युद्ध भनेको आफ्नै रगत–मासका सन्तानहरूबीचको विनाशकारी द्वन्द्व हो। यस कृतिले सफलता भन्दा पनि असल मान्छे बन्ने मानवीय सन्देश दिन्छ, किनकि सबै सफल मानिसहरू हृदयदेखि असल नहुन सक्छन्।
महत्वपूर्ण सन्देश: “ठूलो मान्छे नबन, बाबु, असल मान्छे बन।”

April 27, 2025
How righteous is a righteous war? Can war ever be righteous at all? I'd say not a particularly illuminating read but nice look at Mahabharata and its story through a would-be widow from the fratricidal war.
March 15, 2020
Short, beautiful, epic, masterpiece! !!
May 13, 2020
Decent read but average in BP scale.
July 11, 2020
"नानी, ठूलो नहुनू, वीर नहुनू । असल हुनू, असल ... ।"
बि. पी. को उपन्यासका बारेमा केही लेख्न जरुरी छ र ?

September 11, 2021
Short and empowering read.
Book ahead of its time.✨
Book ahead of its time.✨
January 18, 2022
Story of mahabharata war on the perspective of a soldier's wife.
This entire review has been hidden because of spoilers.
June 17, 2022
"ठूलो हुनपट्टी नलाग्नु,असल हुनपट्टि लाग्नु"
Overall a good read featuring story of kurukshetra war.
Overall a good read featuring story of kurukshetra war.
This entire review has been hidden because of spoilers.
August 11, 2023
It had a promising start, before the story started going downhill.
October 11, 2023
Showing the war from a commoners perspective is a great thinking. Nice book
July 15, 2024
Nice book! Another short book to bring my yearly reading challenge back on track.
September 29, 2025
A tell tale of Mahabharat from the perspective of common people sandwiched between kaurav and pandav.
May 14, 2026
नानी, ठूलो नहुनू, वीर नहुनू । असल हुनू , असल......
Such a wonderful read and if only we could all learn

September 28, 2026
Took a long time to finish this tiny book
May 19, 2025
Someone needs to adapt this into a movie
May 27, 2015
सानोमा पढ्दा यसको अर्कै मजा थियो । विपीको किताब सबै पढि सक्ने दौडमा यो पनि पढि भ्याएको थिएं । यसपटक पड्नु अघि मोदिआइनको “ठूलो हैन असल बन” भन्ने अर्ति मात्रै याद थियो । त्यसले जीवनलाई आकार पनि दियो । जीन्दगीको लक्ष खोज्ने उमेरमा जब अरुले डाक्टर र पाइलटको उद्देश्य राख्दै थिए मलाई मोदिआइनले भने जस्तो असल बन्नु थियो । यसपटक पनि त्यो अझै गाढा बन्यो ।
साथै उमेर अनुसारको थप कुरा पनि खड्कियो । महाभारतको कथालाई जनसामान्यको नजरबाट भन्ने प्रयास नौलो छ । २०२० मा जेल छंदै लेखिएको यो कथाको एक ठाउंमा चाहिं अलि नमिलेको जस्तो लाग्यो । सैनिकले द्रोपदिलाई पुवानो कुरा बल्झाएर पाण्डबलाई युद्धका लागि उत्प्रेरित गरेको आरोप चाहिं अलि असुहाउंदो लाग्यो । युग अनुसारको चेतना भनेर अघि बढियो ।
विपीका किताबमा हुने गिताको श्लोक र प्रसंगहरुले सानै देखि ती ग्रन्थहरु पढ्ने रहर जगाएका थिए । अनि संस्कृत श्लोक घोकेर उनले जस्तै प्रयोग गर्ने रहर पनि जगाएका थिए । त्यो आज पर्यन्त छंदै छ । त्यहि हो गिता र रामायणहरुमा विपीका श्लोक मात्रै नभएर विभेदका आधार र अवशेष पनि भेटिन्छन् ।
राम्रो छ । सानो छ । पढ्नुस् ।

October 16, 2014
its a strange story...
November 26, 2016
Its not Modi Aaina but is modiaain
Displaying 1 - 29 of 29 reviews