What do you think?

डापी [Dapi]
डापी (वि.सं. २०३३)
290 pages, Paperback
First published January 1, 1977
About the author
Dhruba Chandra Gautam
42 books18 followersDhruba Chandra Gautam (Nepali: ध्रुवचन्द्र गौतम) is a Nepalese writer who has authored over 60 stories and novels most of which addresses contemporary social issues.
He received the prestigious Madan Puraskar in 2040 B.S. for Alikhit and Sajha Puraskar in 2059 B.S. for Tathakathit

Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 3 of 3 reviews
January 13, 2025
[डापी - ध्रुवचन्द्र गौतम ]
आख्यानकार \ आख्यान-पुरुष ध्रुवचन्द्र गौतमका आख्यान रुचिकर लाग्छन् मलाई कारण देशकाल, स्थिति, द्वन्द, विचार- वाण, मनोविज्ञान, राजनीतिक - सामाजिक बेमेल, आदि सशक्त र सरस तवरले उनलेे लेखेका हुन्छन्। भलै उनको innovation र experimentation शैलीले सुरु सुरुमा कन्फ्युज गराउँछ; तर रस बस्दै, मोहित हुँदै र न्यारेटिभ शैलीसँग परिचय हुँदा मजेदार लाग्छ। एउटा अन्तर्वार्तामा कुनै समय आफूले १०६ पृष्ठको प्रेम पत्र लेखेको कुरा गरेका थिए उनले (देशसंचारमा रहेछ त्यो कुरो उठेको)। मान्छे त उनी लेख्न नै जन्मेका हुन् है। लगातार चार दशक प्लस जिन्दगीका समय लेखन कर्म मै गएको छ उनको। प्रत्येक कृतिमा आफ्ना पाठकलाई केही न केही अवस्य दिएका , पस्केका छन् - उनको आफ्नै शैली - शिल्प - कथानक - फ्लेवर- पात्र चयन र समायोजन - संवादको उपयोगमा विविधता प्लस विशिष्टता प्रदान गर्दै।
उनका लेखन कर्म सास फेरे जस्तै हो - अनिवार्यता र नियमित बनेको भएर पक्कै पनि। देशसंचारले आफ्नो युटुबमा राखेको डाइरेक्टरले मेरो कोट खोलिदिए भन्ने भिडियो हेर्दा उनको व्यक्तित्व, अध्यापन अनुभव, साहित्य, दाजु ध च गोतामेको सम्झना र लेखन शैलीबारे थप बुझ्न पाएँ।
अनाम, अपरिचित टोलमा घट्ने घटनाका वरपर यस उपन्यासको कथानक घुमेको छ। उनले निम्न मध्यम वर्गीय घर-परिवारका हातमुख जोर्नुपर्ने तनाव, पिडाका शृङ्खला, जागिर - शिक्षाको धपेडी, सङ्गति, असङ्गगति, डर, असुरक्षाको आभास, आदि सबै केही ने केही, कुनै न कुनै तवरमा आफ्ना कृतिमा प्रस्तुत गरेका हुन्छन्। मलाई उनको सबैभन्दा बलिया लागेका कृतिमा अलिखित, कट्टेल सरको चोटपटक, स्वर्गीय हिरादेवीको खोज, अग्निदत्त प्लस अग्निदत्त हुन्। आफ्ना व्यक्तिगत अनुभवहरुलाई आफ्नो आख्यानमा अनुभवन्यास भन्दै प्रस्तुत गरेका छन् - काठमाडौं बस्दा भोगेका चरम गरिबी, संघर्ष, कम आयमा परिवारका अनेकन् आवश्यकता पुर्ति गर्ने कुरा समेत।
डापी उपन्यासकै कुरा गर्दा यसमा उनले एउटा यस्तो टोलको परिवेश ल्याएका छन् जहाँ रक्षक नै भक्षक निस्कन्छन्, जहाँ अनेकौं संघर्ष हुन्छन् र जहाँ डेरा सर्दै बस्दै फेर्दै नै युवाकाल मज्जाले पेलिन्छ। उपन्यासको सुरुवातमा हल्का प्रेमिकावाला प्रेम प्रसङ्ग छ, typical नेपाली टोलमा देखिने दृश्यको बयान, घर अर्थात् डेरा प्लस परिवारका सदस्यको चर्चा, एकाघरकै दाजुभाइ भए तापनि जीवन, ideology, behavior, perspectives तथा रहनसहन शैलीमा देखिने फरकपना, शुन्यपन, मौनता, आदिबारे मिठो लेखेका छन्। म पात्रको अनुभव, बुज्रुक, बुढापाकाका मण्डलीको युद्ध गफ, राणा शासकका कुरा, धन-सम्पत्ति आदिका कुरा अहिले पनि यदाकदा कतै चिया पसल, फल्चा, हुटेल, भट्टीमा गा बेला सुन्न पाइन्छ। गाउँटोलमा चिनिने हल्दार बाजे, जिम्दार साहेब, मुखिया बाजे, खर्दार बाजे, आदि, दाजुभाइको रिस रिसिबी अर्को पक्षले एउटाको रिस अर्कोलाई कुटेर , गाली गरेर पोख्ने सन्दर्भ, आदि आएका छन् यसमा।
उपन्यासको कथानकमा कसरी क , ख र ग अर्थात् कपिल, खड्ग र गोरख अर्थात् कुन्जर, कङक र कबन्धहरुको नेतृत्व, होस्टे हैसेमा टोलमा निर्माण हुने पर्खालले नै समस्या निम्त्याउन सक्छ उठाइएको छ। नाइके, नेता, शासक, सामन्त मिठो कुरा, प्रगतिको सपना, समस्याको निवारण, र समृद्धिको आशा देखाएर तथा डर त्रास देखाएर आ आफ्ना दुनो सोझ्याउन माहिर हुन्छन्। तिनका लागि आम जनता केवल भोट बैंक, सदैव उनीहरुको beck and call मा रहने नोकर, entertainment गराउने joker, र डर त्रास धम्की देखाएर पेल्न सजिलो target हुन्छन्।
यस उपन्यासमा बालक हुँदा देखेको सपना, गरिने कल्पना र भविष्यमा ठुलो भएर यस्तो गर्छु, यस्तो बन्छु म त भन्ने कुरा र जीवन भोगाइका तिता-मिठा अनुभव, सुखको बेलाको मात र उन्माद, दु:खका पलले दिने लात, अनि दाजुभाइबीच बदलिने विवाहपछिको सम्बन्ध (बाबुआमा हुर्काउने ,पैसाको रफुचक्कर, धन-सम्पत्तिको बाँडफाड) र सोझो vs. टाठोबाटो भाइ, इमानदार vs. बेइमान भाइ, विश्वास vs. अविश्वासको पाटा, सिद्धान्तनिष्ठ vs. मनोमानी गर्न अभ्यस्त भाइ, आदिका साथसाथै ego clash को कुरा आएको छ।
घर- परिवारको family and relationship dynamics पनि त कहिलेकाही भित्र एउटा र बाहिर अर्को हुने गर्दछ नि। यस अर्थमा family function and dysfunction को कुरा नि यस उपन्यासमा आएको छ।बाबुआमाको care गर्ने भनेर लगेको दाइले उनीहरुको ईच्छा आवश्यकता पूरा नगरी केवल आफ्नै स्वार्थ पूरा गर्ने घटना नि सुनेकै छौँ नि हामीले - पशुपतिनाथ तिर जाँदा वा देवघाट लाग्दा वा अन्य कुनै स्थान जाँदा त्यागिएका छाडिएका वृद्ध उमेरावस्थाका बाआमाको कथा याद आउने के। बाआमा वृद्ध हुँदै जाँदा लाग्ने एक पछिको अर्को रोगको उपचारको शृङ्खला, रोगको खास कारण खुट्याउन त्यति सहज सरल नहुने प्रवृति, परिवारलाई हुने ऋण र आर्थिक समस्याका कारण आउने फाटोको कथा नि छ। आम मानिसका जीवन भोगाइ र यस्तै अनेकौं संघर्षका कथाका अलावा सामाजिक विद्रोहको उठान र पतन पनि अटाएको छ यसमा। कानुन सबैलाई बराबर छ भनेर भनिने गरे तापनि वास्तविकतामा सानालाई ऐन, ठुलालाई चैन र राजनीति होस् वा अन्य क्षेत्रमा एउटा भन्दा अर्को ठुलो माछो अवश्य हुने बोधार्थ नि हुन्छ।
डेरा सर्न पनि दरै सास्ती हुने अनुभूति, साथीहरूको उन्नति प्रगति देख्दा हुने गर्व, ईख, एवम् अनेकौँ आशा भरोसा निराशा आदि पनि अटाएको छ कथानकमा। विद्रोह र विरोधको ज्वाला सल्के तापनि आफ्नो शक्ति , सामर्थ्य र united efforts नपुग्दा र अन्य factors ले गर्दा त्यो दिगो नहुने बुझ्न पनि सकिन्छ। आर्थिक अवस्था कमजोर हुँदा ऋण लिने, ऋण लिँदा कबोलेको रकममा बढाइ चढाइ गर्ने नियत, र भाखा गरेको समयसिमा कट्दा हुने मृत्युको भयानक नाँगो नाच नि आएको छ कथानकमा एक फेर -- जुन अहिलेको समयमा पनि मिलेको छ। चुनावी सरगर्मीताका नेताहरुले गर्ने भाषण आश्वासन अनि चुनाव जितेपछि फर्केर पनि जनतालाई नहेर्ने परिपाटी अहिले पनि यथार्थ नै हो नि।
उपन्यासमा यौनको नि स्वच्छन्द उल्लेख छ यसमा कतै कतै अनि न्यारेसनमा प्रथम पुरुष म र तृतीय पुरुषको उल्लेखमा हुने swift switch नि रोचक शैली लाग्दछ।
अत:कथानकमा आएको डापी टोल सम्झिँदा आफ्नो गाउँ-टोल विकास समितिले दशैँ तिहारमा एक घर-परिवार बाट ५००-१००० \ १५०० चन्दा अनिवार्य दिने उर्दीवाला पत्र संप्रेषण अनि समितिका गन्यमान्य भनिएकालाई कसैले प्रश्न सोध्दा कहिले कुन पार्टीको नाममा त कहिले कुन पावरदार नेताको नाम भजाउँदै धम्की दिने दृश्यांश याद आउने के। उनको लेखकीय ओज र औरा aura चै मने मान्नैपर्छ।

April 25, 2024
'डापी' को खास अर्थ छैन। यो एउटा टोल हो। नामैले भुराहरू हँसाउन सक्ने शक्ति बोकेको छ डापीले। आफैँमा भने डापी पीडाको पर्यायवाची हो। डापीलाई घेरेको पर्खालझैँ, यहाँका बासिन्दा पीडाले घेरिएर जीविकोपार्जन धान्न विवश छन्। उनीहरूको स्वाधीनता हरण छ डापीको भलो चिताउने कथित नाइकेहरू क, ख, ग वा कपिल, खड्ग, गोरख वा कुञ्जर, कङ्क, कबन्ध वा 'तिनीहरू' बाट।
डापी प्रतिनिधि हो। भलाइको खोल ओडेका कथित नाइकेहरू देशको हरेक टोल वा सिङ्गै देशभरि व्याप्त छन्। टोलवासी वा जनताले बुझिसकेका हुन्छन् उनीहरूसँग विद्रोह गरेर कुनै उपलब्धि हात लाग्दैन। कानुन उनीहरूको मुठ्ठीमा दबेको छ। संयुक्त आँटैले कदाचित् विद्रोहको आगो सल्किहालेमा, कथित नाइकेहरू पानीको फोहरा साथ तयार रहेका हुन्छन्।
मध्यमवर्गीय परिवारको सामाजिक रहनसहन बुझ्ने गजब क्षमता छ ध्रुवचन्द्र गौतममा। त्यस्तै एउटा मध्यमवर्गीय पात्रद्वारा डापीको कथा अगाडि बढाउनुहुन्छ उहाँ। आफ्नो मुख्य पात्रसँग अध्यायपिच्छे कहिले प्रथम पुरुष त कहिले तृतीय पुरुषको साइनो गाँसिरहनुहुन्छ लेखक। तत्कालीन साहित्यमा यौनलाई यति स्वच्छन्द तरिकाले वर्णन गर्नु सह्रानीय छ। कतिपय वाक्यले पाठकको बौद्धिकतालाई हाँक दिइरहेझैँ लाग्छ। यिनले विषयवस्तु बोझिलो बनाइरहेको आभास हुन्छ।

September 15, 2020
The strange and compelling work of Dhruva Chandra Gautam. One of the books that draw me toward Nepali literature in my early teens.
Displaying 1 - 3 of 3 reviews