What do you think?

महत्ताहीन [Mahattahin]
91 pages, Paperback
First published January 1, 1968
About the author
Parijat
21 books137 followersParijat was a Nepalese writer. Her real name was Bishnu Kumari Waiba but she wrote under the pen name Parijat. Her most acclaimed publication is Shiris Ko Phool (The Blue Mimosa), which has also been adapted in the literature curriculum of some colleges in some English-speaking countries like United States, England etc.
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 7 of 7 reviews
May 19, 2021
मेरो अनुभवमा महत्ताहिन एक परिभाषा ईतर औपन्यासिक लेखाई हो। कि यो एक अनुच्छेद मात्र हो कि यो पुरै काव्य नै हो - मैले यसको भेउ पाउन सकिन।
निहिलिज्मको भावबाट ओतप्रोत भएको जस्तो भान हुने लेखाईका हरेक कुना र हरेक कुन्तरमा एव्स्ट्रयाक्सनको चरम रुप धारण गरिएका शब्दजाल भेटिन्छन्। त्यस जालमा कि पाठक अल्झेर निस्सासिन्छ कि चाहिँ त्यस जालका रेसा-रेसामा लुटपुटिएर कहिल्यै बाहिर ननिस्कौं जस्तो गर्छ। यी दुई बाहेक अरू दृष्टिकोण छन् जस्तो मलाई लाग्दैन। म कहिले निस्सासिएँ र कहिले रमाएँ।
पुरुष म पात्र (श्रीमान भनेर बोलाईएको छ कतै कतै) को दृष्टिकोणबाट लेखिएको यस उपन्यासमा जीवनको अर्थहिनतालाई घरि घरि उप्काईन्छ र घरि घरि टालिन्छ। नितान्त मनोवाद शैलीमा हिडेको लेखाईमात्र नियाल्ने हो भने पनि लेखकको उद्देश्य छर्लंग हुन्छ।
पारिजात लेख्छिन: “यस्तै किसिमले, नि:सन्देह यस्तै किसिमले ममा समय बित्दै जान्छ र समय बित्नुको नाउँमा मसँग एउटा लामो क्युसिवाय केहि हुँदैन । निरन्तर र समानान्तर रूपले रहेको त्यो महत्वहिन क्यु जसको अस्तित्व मात्र एउटा खोक्र्याइको अस्तित्व हो र गहनता मात्र एउटा रिक्तताको गहनता हो ।” यी लेखाईहरूमा शाब्दिक अर्थ खोज्नुको कुनै अर्थ छैन किनभने यो एउटा एव्स्ट्रयाक्सन मात्र हो - यसबाट म पात्रको ध्येय चिनाउने धुमिल चित्रमात्र देखिन्छ, १२ हात पर गएर हेर्दा मात्र मान्छे खुट्याउन सकिने ठूल्ठुला ब्रसले पोतिएको एक तैल चित्र जस्तै। एकै वाक्यमा: महत्वहिन, खोक्रो, रिक्तता, बित्नु, क्युसिवाय।
अर्थहिनताको तोड यस्तो छ कि पाठकलाई रिझाउन समेत लेखकले कुनै तुक देख्दिनन्। पढ्दा पढ्दै म पात्र उ पर पुगिसकेको हुन्छ, पाठक अल्मलेको (म चाहिँ अल्मलेको हो है) उसले पत्तो पाउँदैन, उ उठ्छ र फेरि श्रीमानलाई पछ्याउने कोशिस गर्छ। मैले यो कथामा कुनै शुरुवात देखिन न त कुनै अन्त्य नै। यो एउटा मनोवाद हो, मनोवादले कसैलाई कुनै कथा सुनाउन जरूरी हुँदैन, कथालाई एकादेशबाट शुरु गरेर हाँसोमा अन्त्य गर्ने जिम्मेवारी हुँदैन।
“ त्यस बेला हामी सुनसान बाटाकाको बीच हिडिरहेका थियौं रूखका हाँगाहरू अँध्यारोका मुस्लाहरूझै बाङ्गिएर बसेका थिए। नि:शब्दतालाई चिर्दै, किर्थाको किर्रकिर्र ध्वनि बजिरहन्थ्यो, मानौं हामी चरम शून्यमा कहिल्यै पुग्न सक्तैनौं ।”
लेखाई गहन छ, यदि गहनताले लेखाईको सुन्दरता मापन गर्न सकिन्थ्यो भने। लेखाई सुन्दर छ, यदि सुन्दरताले लेखाईको मापन गर्न सकिन्थ्यो भने।
मेरो अनुभवमा: लेखाई एकैपटक मार्मिक छ र अर्थहिन पनि। आखिर अर्थहिनताको व्याख्या गर्न अर्थको के आवश्यकता छ र?
र जाँदा जाँदै, एक प्रिय साथीले सुनाएको र मैले पनि टिपेको एउटा वाक्य: “मर्नलाई संयोग चाहिन्छ र मार्नलाई प्रतिभा।”

October 27, 2021
श्रीमतीको आत्महत्यापछि एक अव्यभिचारी व्यक्तिको जीवनलाई नियालेर यस किताबले शून्यवादको विषयवस्तुलाई गहिराइसम्म खोतलेको छ र सफल पनि भएको छ। हरेक वाक्य वाक्यमा गहनता पाएँ, कति पल्ट पढ्दा पढ्दै किताब बन्द गर्नुपर्यो, पढेको कुरालाई प्रोसेस गर्न। धेरै दुखि पनि बनायो, तर त्यो उदासिनतामा नै आनन्द पाएँ।
अन्तिममा मलाई यस किताबबाट मनपरेका केहि भनाईहरु:
१) जीवन फूलदेखी फूलसम्मको पलायन होइन, जीवन काडाँदेखि फुलसम्मको पलायन पनि होइन। यदि स्पस्ट भैदिने हो भने यो वास्तविकतासंग जीवन सिमसिमे धापको त्यो चक्करदार कठिन यात्रा हो जहाँ हिड्नुको अर्थ उस्तै ठाउँदेखि त्यसैअनुरुपको अर्को स्थितिमा पुग्नु हो।
२) मर्नलाई संयोग चाहिन्छ र मार्नलाई प्रतिभा।
३) समयका गतिहरु साधारण बितिदिए जीवनमा सायद गाठों पर्दैन तर त्यो स्वीकार्य छैन र थिएन पनि।
४) जीवन एउटा निदिस्त्र रेखा र त्यहाँ हिड्दै जान पर्छ, बिस्रान्ति र अन्त्य हामीले देख्न तथा ठेकान गर्न पर्ने वस्तु हैन।

Read
November 14, 2018के भनम पारिजातको कृति बारे बोल्ने औकात छैन । प्रत्येक शब्द पढ्दा आनन्दको एक झोक्का दिन्छ । यौनबाट मान्छेले के आनन्द पाउछ यहाँ शब्द शब्दमा अर्गाजम छ ।
July 10, 2017
Parijat is a 'Genius'.
January 23, 2016
Poetic expression of existential obscurities .
March 2, 2024
टिपिकल पारिजात शैली यो उपन्यासमा नी पढ्न सकिन्छ। एउटा निकै साधारण कथालाई असाधारण तरिकाबाट लेख्ने शैली पारिजातमा भरिएको छ। शिरीषको फूल जस्तै यसमा नी एउटा पात्रको गन्थन प्रस्तुत गरिएको छ। समय समयमा एउटै कुरा विभिन्न शैलीले दोहोरिएको प्रतीत हुन्छ। बेला बेला पढाई उच्चट लाग्दो लाग्छ ।
August 5, 2026
महत्ताहीन' — अस्तित्व, शून्यता र नयाँ सुरुवातको एउटा सजीव चित्र 📖✨
एक अर्थहीन मानव को कुरा
एक अर्थहीन मानव को कुरा
Displaying 1 - 7 of 7 reviews