Jump to ratings and reviews
Rate this book

सखी [Sakhi]

Rate this book
हो, मेरो अभागमा त घाम पनि अस्ताउनमात्रै आउँछ र डामेर जान्छ । मेरो भागमा त पानी पनि गहुँतजस्तो छ, हावा पनि विषाक्त छ । जुठा भाँडा, गोठको भकारो, धुलो र मैलोमात्रै छ । झुम्रो बेरेर बाँचेको कायामा सयौं घात–प्रतिघात र चोटहरूमात्रै छन् तर पनि म हार खान्नँ । यिनै आँसुको घडा, पीडाको पिरामिड र दुःखको दहलाई अवसरमा परिणत गरी आफ्नो जीवनलाई अनुपम बनाउन खोज्ने म एउटी सीमान्तकृत कमलरी केटीको सङ्घर्ष, समर्पण र सफलताको गाथा हो, सखी !

346 pages, Paperback

First published January 1, 2018

Loading...
Loading...

About the author

Ramlal Joshi

3 books14 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
2 (7%)
4 stars
5 (19%)
3 stars
10 (38%)
2 stars
8 (30%)
1 star
1 (3%)
Displaying 1 - 7 of 7 reviews
Profile Image for Ananda ‎Bakhrel.
9 reviews15 followers
November 21, 2025
सखी र मानवको बाल्यकालको हुर्कदै गर्दाको कथा,सुदुर्पश्चिम को अभाव र दुर्गमताको कथा, दासहरू मालिकको घरमा कमलारी बस्न पर्ने दुख को कथा, पेट पाल्न भौतारिदै गर्दाको कथा, आफ्नो अस्तित्व खोजिको कथा, बिछोडको कथा, धोकाको कथा र अन्तयमा जिवन जित्नुको कथा । सबैले पढ्नै पर्ने ।
Profile Image for BJ.
58 reviews2 followers
November 9, 2018
some lines are touchy but overall the book is below aaverage..
Profile Image for Aashruti K.C.
240 reviews62 followers
March 7, 2022
कथाको अन्त्य प्रति चित्तबुझाई हुन सकेन, अझै राम्रो हुन सक्ने थियो कि जस्तो लाग्यो।
Profile Image for Agyat Luitel.
48 reviews2 followers
Read
October 26, 2022
रामलाल जोशीले ‘ऐना’ बाट मदन पुरस्कार पाएको खबर सुनेपछि उनकै ‘सखी’ पढियो। यिनै लेखकले मदन पुरस्कार पाएको हुन् त ? 😳

उपन्यासको मुख्य कथानक शसक्त रहेको छ, त्यसमा शंका छैन। तर उपन्यास भनेको लामो म्याराथन हो; त्यो दौडिन जोशीले सकेको जस्तो देखिएन। उनी एकदमै confused देखिन्छन्। उपकथाहरु कति र कुन जोड्नु पर्ने हो, कहाँसम्म तन्काउनु पर्ने हो, कुन पात्र र घटनालाई कसरी न्याय दिनु पर्ने हो, सबैमा जोशी चुकेको देखिन्छन्। यसरी बुझौं - जोशीले विभिन्न फुलहरु भेला पारे तर त्यसलाई सुन्दर माला बनाउन सकेनन्। उनमा कथाकारमा हुने उम्दा गुण छ, तर ठुलो क्यानभासमा उपन्यास लेख्न सकेका छैनन्। उपन्यासको सुत्रधारलाई नै उनले justify गर्न सकेका छैनन्।

धैरै कुरा समेट्न खोज्दा केही पनि समेट्न नसकिएजस्तो… 🤔🤔
Profile Image for Saa Gar.
12 reviews2 followers
June 7, 2023
सरल लेखनी, उत्कृष्ट भाषाचेत र सुन्दर पटकथा! मानव र सखिले देखेका भोगेका र सहेका जिन्दगिका रोलरकोस्टरको दस्तावेज..सखी !
जोशीले उपन्यासको अन्त्यमा तथा प्लट ट्विस्टिङको सन्दर्भलाई अझ आकर्षक बनाउन सक्थे😊❤️
Displaying 1 - 7 of 7 reviews