Dr. Banira Giri became the first Nepali woman to be awarded a PhD from Tribhuvan University. She was the first woman to receive the Sajha Award, for her poetic fiction Shabdatit Shantanu. She is one of the very few Nepali women writers to have established a reputation outside Nepal. The poems of Banira Giri are always inspiring, her strong words and forceful logical exposition probing the depths of human wounds and carrying the inner voice of the victim. In many ways, Giri’s poems are a compendium of the society and cultures she lives in. In 1997, the Japan Foundation Asia Center gave Banira Giri the Takeshi Kaiko Memorial award for one-person poetry readings in three major cities of Japan. Banira Giri has been decorated with Nepal’s esteemed Supraval Gorkha Dakshinabahu award, as well as several other awards and prizes. Her poems are included in several anthologies in Hindi, Urdu, Nepali, English, Japanese and other languages. Her works are published in different literary magazines in Nepal, India and abroad. Presently she teaches Nepali at Tribhuvan University. Some of the work of Banira Giri are 1. Jivana thaymaru. 2. Mero avishkara. 3. Karagar 4. Shabdatit Santanu
शान्तनुका भावनाहरू शब्दातीत छन्। स्वयम् उनको व्यक्तित्व नै शब्दातीत छ। शब्दमा वर्णन नसकिने। खै कस्तो-कस्तो! कोही उनको शरण पर्न आयो भने त्यसै फर्काउन सक्दैनन् उनी। उनी एक ठूलो वटवृक्ष हुन्। जसको जरा बस्तीपुर गाउँको माटोमा अतल गहिराइसम्म गाडिएको छ। जसको हाँगाबिँगा र छहारीमा थुप्रैले गुँड र छाप्रो हालेका छन्। बस्तीपुर गाउँमा देखिइरहेको परिवर्तनको उनी एक्लो साक्षी हुन्। वटवृक्ष पनि अब त बिस्तारै मुर्झाउदै गइरहेछ। मुर्झाउदै गएको रूखमा पहिलेजस्तो तागत नै कहाँ! पहिलेजस्तो छहारी नै कहाँ! गुँड छाडेर एकएक चरा उडिजानेछन्। प्रत्येक चैते बताससँगै निर्जन छाप्रो उजाडि जानेछन्। 'शब्दातीत शान्तनु' आञ्चलिक उपन्यास हो। सिराहाको बस्तीपुर गाउँ यसको पृष्ठभूमिमा छ। तराईको सामाजिक जीवनलाई लिएर कथा अघि बढ्दै जान्छ। यसमा रीति पनि छ र कुरीति पनि छ। शान्तनुलाई उपन्यासको प्रतीक-पुरुषका रूपमा उभ्याइएको भयता पनि यो उनको मात्र कथा हैन। प्रत्येक पात्रको आफ्नै कथा छ यहाँ। यी पात्रहरूमा महिलाको उपस्थिति बलियो छ। उपस्थितिको हिसाबले र मनोबल हिसाबले पनि। एक वाक्यको एक अनुच्छेदलाई व्यवहारमा उतारिएको वानीरा गिरिको रोचक प्रयोगले कथा वेगवान् कुदिरहेको छ।
धेरै असल हुनु, अरुहरुको खयाल पर्वाह गर्नु , दु:खसुखमा साथ दिनु , वचनको पक्का बन्नु, मुस्किल होस् या सहज हरहमेशा निर्निमेष भलो चिताउनु आफ्नैँ लागि घातक हुन्छ ! तपाईंसङ्ग नगिच रहने , सहयात्रा गर्ने र हातेमालो गर्ने हातहरु स्वार्थ पूरा भएसी छुटिजान्छन् ! अझ पर्दामर्दा काममा आउने आफन्तीजनले दु:खपिडामा मलम लाउनु साटो घाउ झनै चहराएर जान्छन् !
सन् १९९९ ताका प्रकाशित भए तापनि यो कृतिमा चै मैले आफू जन्मेको गाम परिवेश र मानिसहरुको छायाँ छवि पाएँ । भाषा प्रयोग , लिरिकल मेलोडी र वाक्य सुगठन ले साँच्चै मोहित गरायो। लेखन र कन्टेन्ट मा बहुचर्चित कारागार र निर्बन्धका दाँजोमा हल्का odd लागेनी यो किताब चै वाह वाह नै हो के। सबै वर्ग ( धनी - मध्यम आयका र गरीब) , भौगोलिक र भौतिक विविधता र समुदायका प्रतिनिधि रहेको यो उपन्यास सानो तर मीठो कथनीले क्या अब्बल भएको के । सुरुतिर त केही printing error जस्तो भान पनि हुने वाक्यहरुको placement र gap between the text ले ! अहिलेको पुस्तामा definitely क्लासिक पढ्ने संख्या थोरै होलान् तर सानैदेखि साहित्यको आस्वादन भएकालाई केही मित्रहरूलाई यो कृति बानिरा गिरिले लेखेको मध्य एकदमै हल्का लेखनी लागेको थियो । मलाई चै यो एक किसिमले " छोटा प्याकेट बडा धमाका" तर मिठास र नेपाली अथेन्टिक फ्लेवरको लागेको थियो। २०५६ को साझा प्राप्त कृति खोज्न नि बहुतै पापड पेल्न परेको थियो र पढिसकेपछि fully gratified छु म । रिपिट पढ्दा पनि पहिलो पठनी झैँ refreshing pacification मिल्ने के ।
आफ्नौ गाम-ठाम-नामको पक्का कथा छ उपन्यासमा ! छोटो छ ! मीठो माधक मोहनी नै लाउँदछ ! पात्रहरुको जीवन र भोगाइ एक फेर दुई फेर जिएर हेरिन्छ ! अझ मीठो तवरले उपन्यासमा मौलिक नेपाली कला-संस्कृति , प्रेमिल आनिबानी , फिलोजोफी , आदिका ज्ञान भरीभरी छ ! आफ्नो समाज , गाउँ सहर अनि जिन्दगीकै बहु आयामबारे चिन्तन मनन गरिन्छ ! वानिरा गिरिको देन नेपाली साहित्याकाशमा अविस्मरणीय छ ! जीवनमा जे होस् एक दुई फेर छोटो भलाकुसारी र भोगाइ लेखाइ कथा चित्रण र पढाईका बारे सिक्ने मौका मिलेथ्यो ! धन्न धन्य भएँ म ! वस्तीपुर आफ्नै जन्म भाको गाम झैँ छ र पात्रहरू शान्तनु- शकुन्तला आफ्नै काका काकी झैँ अनुभुत हुने क्या ! ! बेजोडको सहज, सरल र मृदु आख्यान