Dr. Banira Giri became the first Nepali woman to be awarded a PhD from Tribhuvan University. She was the first woman to receive the Sajha Award, for her poetic fiction Shabdatit Shantanu. She is one of the very few Nepali women writers to have established a reputation outside Nepal. The poems of Banira Giri are always inspiring, her strong words and forceful logical exposition probing the depths of human wounds and carrying the inner voice of the victim. In many ways, Giri’s poems are a compendium of the society and cultures she lives in. In 1997, the Japan Foundation Asia Center gave Banira Giri the Takeshi Kaiko Memorial award for one-person poetry readings in three major cities of Japan. Banira Giri has been decorated with Nepal’s esteemed Supraval Gorkha Dakshinabahu award, as well as several other awards and prizes. Her poems are included in several anthologies in Hindi, Urdu, Nepali, English, Japanese and other languages. Her works are published in different literary magazines in Nepal, India and abroad. Presently she teaches Nepali at Tribhuvan University. Some of the work of Banira Giri are 1. Jivana thaymaru. 2. Mero avishkara. 3. Karagar 4. Shabdatit Santanu
केहि वर्ष अगाडि गिरीको चर्चित उपन्यास कारागार पढेपश्चात अहिले धेरैपछि आएर निर्बन्ध पढें | डा. बानिरा गिरी नपाली नारीसाहित्यलेखनमा एक अग्रपंथीमा नाम आउने लेखिका हुन् | मलाई निर्बन्ध बढी नै विचारोत्तेजक र विद्रोही लाग्यो | यस उपन्यासले पश्चिमा दर्शनमा चर्चा गरिने नयाँ नारी वा विद्रोही फेमिनिस्ट नारीलाई मुख्य पात्र बनाएर नेपाली पुरुषसत्तावादी समाजलाई आक्रमण गरेको छ | उपन्यासकी मुख्य पात्र आमालाई प्रताडित गरिराख्ने आफ्नो पिताको चरम अधिनायकवादबाट उदिग्न भएर विद्रोही छोरीको भूमिका निभाउछिन् | उनको विद्रोह गर्ने स्वभाग टड्कारो नभएर सुसुप्त छ | उनी पिताको अगाडि आज्ञाकारी नै प्रस्तुत हुन्छिन् तर उनकै साथीसँग यौन सम्पर्क राखेर हुन्छ कि विवाहपश्चात परपुरुषसँग सम्बन्ध कायम गरेर हुन्छ शोषणमुखी सामाजिक संरचनाको विरोधमा उभिन्छिन् | यसर्थमा भन्नुपर्दा पुरुषसत्तावादी समाजले नारीका लागि कोरेको लक्षमण रेखा नाघेर उनले विद्रोह गर्छिन् | यी नारिपात्र विद्रोही भन्दा पनि बढीजस्तो त मानसिक रुपमा विक्षिप्त देखिन्छिन् | श्रीमानको मृत्युमा बाहिर दुखि देखिएपनि भित्र उनको प्रतिक्रिया पृथक रहन्छ | हुनत उनको मनस्थितिलाई पुरुषसत्तावादी समाजको(रोग) को प्रतिफल भन्न मिल्ला | सतही रुपमा हेर्दा जुनसुकै पुरुषप्रधान समाजमा पनि व्याप्त हुनसक्ने यी नारिपात्र मलाई भने हदैसम्मको कम्प्लेक्स लाग्न गयो | यिनको रेस्पोन्स विलक्षणको छ, आवेगयुक्त ग्रन्थीहरुले भरिपूर्ण छ | समग्रमा भन्नुपर्दा उपन्यास चरमनारीवादी(ultra-feminist)खालको लाग्यो | समाधानमुखी पनि उपन्यास छैन | तसलिमा नसरिनका उपन्यासजस्तो खरो र आक्रामक छ निर्बन्ध | यसर्थमा मेरा केहि विमतीहरु रहे | गिरीको लेखन शक्तिको भने म प्रसंशक बनेको छु |
This novella opens with a woman learning that her husband has suddenly died. What follows is her calm, unflinching life story – a confession that reads like a letter.
At its heart is the sharp pain of intergenerational trauma. As a little girl, she watched her once-poor father turn cruel the moment his rich wife’s money made him powerful. That single childhood wound taught her that all men are the same, and she carried the poison into her own marriage. Like the women in Alice Munro’s stories, she is trapped by the silent rules of family and class. The novella shows how money, pride and gender can twist love into coldness across generations.
Yet the story does not end in darkness. Motherhood arrives like soft rain on hard soil. Her three children slowly melt the ice inside her (not completely, but enough to let her feel real love for the first time). This gentle turn feels honest. In just a few pages, the novella travels from inherited hatred to partial healing, leaving the reader moved. Short, true, and deeply touching, this small book deserves to be read and remembered.
वानिरा गीरिकि मुख्य पात्रले भोगेको अनुभवहरू खास किसिमको प्लट त हुन् नै । तर त्यो स्थितिले मुख्य पात्रमा कस्तो खील गढ्छ र त्यो उखेल्ने काँडा खोज्न ती पात्र पितृसंस्कारको साङ्लो फुकाएर, कथालाई काखी च्याप्दै कुन बाटो लाग्छिन्, त्यो झनै शक्तिशाली छ । घुन र भुस एउटै नछुट्नेगरी सेता चामलमात्र बस्नेगरी केलाइएका अक्षरहरू छन् । वाक्य-वाक्यमा कवितात्मकता मिसिएर मिठो खीर पाकेको छ । पितृसंस्कारले बनाएको खतमा चेतनाको मलले उब्जेको काजु, र निर्बन्धताको रङ्गीन बगैँचामा फलेको किसमिस फरकफरक स्वादसहित खीरमा आउँछन् ।
सहरका अग्ला अग्ला ती कन्कृट, ती भीड भाडमा सच्चिकै जीवनयापन गर्ने यी नारीहरुको भोगाई कति गहिरो होला? वानीरा गिरिलाई धन्यवाद, कलम ले जीवन हिडाइदिनु भएको। पुस्तकले दिएको यथार्थले सोच्मग्न बनाएको छ।