Dhruba Chandra Gautam (Nepali: ध्रुवचन्द्र गौतम) is a Nepalese writer who has authored over 60 stories and novels most of which addresses contemporary social issues.
He received the prestigious Madan Puraskar in 2040 B.S. for Alikhit and Sajha Puraskar in 2059 B.S. for Tathakathit
ध्रुवचन्द्र गौतमले 'बाढी' मा गर्नुभएको प्रयोग पाठकको बुझाइमा भर पर्छ। सर्र पढेर सकाउने हो भने प्रस्तुत पुस्तक लेखकको निजी अनुभवलाई तृतीय पुरूष दृष्टिकोणबाट चिहाउने सुन्दर आँखीझ्याल लाग्छ। यसको प्रमुख पात्र 'चेतचन्द्र' ध्रुवचन्द्रकै प्रतिच्छाया लाग्छ र सहायक पात्र 'प्रभु' उनको बालसखा। अब यी दुई पात्रको चरित्र र यिनले बेहोर्नुपर्ने घटनाहरूलाई थोरै केलाएर पढ्ने हो भने दुवै पात्र ध्रुवचन्द्रकै प्रतिच्छाया लाग्छ। उनले आफ्नो व्यक्तित्वको गुण पक्ष प्रमुख पात्र चेतचन्द्र माथि थोपर्न खोज्नु भएझैं लाग्छ भने अवगुण तथा चेतचन्द्र मार्फत भन्न नसकेका निजी घरायसी मामलाहरू सहायक पात्र प्रभु माथि। एउटै व्यक्तिलाई अनेक पात्रमा छरेर उर्लिएको यो अनुुभवहरूको 'बाढी' गजब छ।
म ध च गोतामेको फ्यान भएकोले वहाँको पनि कुराहरु यो संस्मरणमा आउँछ होला भन्ने आशाले पढ्न शुरु गरेको थिएँ।
यो किताब लेखकको आफ्नो संस्मरण हो। यसमा लेखकले आफ्नो प्रतीकात्मक चरित्र चेतचंद्र घुसारेर उपन्यास शैलीमा लेखेका छन्। मैले फिनिक्स संस्करण पढेको थिएँ। यसमा धेरै ठाउँमा शाब्दिक त्रुटी हरु भेट्टाएँ। प्रुफ रिडरले खासै मेहेनत गरेको देखिन्न। यो पुस्तकको कतिपय ठाउँमा झुक्केर होला लेखकले उदाहरणको लागि "चेतचन्द्रले यस्तो गर्यो" भनेर लेख्नु पर्ने ठाउँमा "मैले यस्तो गरें" भनेर लेखेका छन्। शायद यो पुस्तकको खेस्रा तयार पार्दा पहिला संस्मरण शैलीमा प्रथम पुरुषको दृष्टिकोणबाट लेखेका थिए। पछि नयाँ स्वादको लागि चेतचन्द्र भन्ने पात्र घुसाएको हुनुपर्छ।
कतिपय बेला कुनै कुराहरु छेउ न टुप्पोको लाग्न सक्छ। ध च गोतामेको सहोदर भाई भएकोले उस्तै संस्मरण लेख्ने शैली होला भनेर पढे तर ध च गोतामेको जति बाँधेर राख्नसक्ने खुबी यो पुस्तकमा देखिनँ। समग्रमा यो संस्मरण ठिकै छ।