What do you think?

बिम्ब प्रतिबिम्ब [Bimba Pratibimba]
This book seems to be a tribute to some of the legends of Nepali literature world. The author has described about the works and lives of some of the famous personalities of Nepal. It has included some of the interesting and unrevealed facts about these personalities. Here the author has mentioned the sayings and words of these figures. In other words, the author has somehow written short biographies of these personalities. The works which they did in their lives, their contributions towards the Nepali literature, and their incomplete dreams all are mentioned here.
120 pages, Paperback
First published January 1, 1970
About the author
Shankar Lamichhane
6 books55 followersहरिप्रसाद लामिछाने र राजकुमारीका जेठा छोराका रूपमा शङ्करको जन्म वि.सं. १९८४ साल चैत ५ गते काठमाडौंको जैसीदेवलमा भएको थियो। उनी सानै छँदा उनको पिता तथा माताको संबन्ध चिसिएकाले आफ्नो दूधे भाइसँगै आमाका पछि लागेर मावलीघर बनारस पुगे। त्यहाँ पुग्ने वित्तिकै यिनको भाइको निधन भयो। बनारसमा आमाले स्कुलमा पढाएर छोरो पालिन्। अनि एक दशकको हाराहारीमा उनकी आमाको पनि निधन भयो। त्यसपछि किशोरावस्थाको आरम्भमा नै उनी फेरि काठमाडौं आए। लामिछानेले आइएस्सीसम्मको अध्ययन गरे। अनि उनी जागीरमा लागे। राणाकालीन युगको समाप्तिको पूर्वसन्ध्यामा उनले गुठी अड्डामा खरदारको पदमा जागीर खाए। त्यसपछि उनी नेपाल-भारत सांस्कृतिक केन्द्रको पुस्तकालयको अध्यक्ष भए। त्यहाँ उनको जागीर भएको केही समयपछि भारतीय राजदूतावासमा राजदूत र साँस्कृतिक सहचारी फेरिए। अनि त्यस ठाउँमा नयाँ मान्छेसँग उनको विचारको मेल भएन र स्वाभिमानका कारणले उनले त्यहाँबाट हात धोए। लामिछाने जागीरकै सिलसिलामा घरेलु कला तथा बिक्री भण्डारमा महाप्रबन्धकमा भर्ना भए। त्यहाँ पनि उनी धेरै समय टिक्न सकेनन्। अनि फेरि उनले सिनेमा हलमा पनि काम गरे। उनले नेपालकै पहिलो सिनेमा हल जनसेवा सिनेमा हलमा व्यवस्थापकका रूपमा काम गरे। त्यतिमात्र होइन उनले होटल शङ्करदेखि शङ्कर ट्राभल्स एन्ड टुर्ससम्म पनि जागीर खाए। ती ठाउँहरूमा पनि उनी सफल भएनन्।
स्वभाव र लेखन
लामिछाने खुबै मिलनसार थिए। उनी महाकवि देवकोटाका पनि अति नजीक थिए। त्यस बेला यी दुबैजना आर्थिक हाहाकारमा भास्सिएका थिए। किनभने उनीहरूको कमाई खानेभाँडो ठूलो थिएन। त्यसैले एक पटक लामिछानेकै पारामा लागेर देवकोटा पनि लामिछाने झैं विदेशी पर्यटकलाई घुमाउने पेशामा आबद्ध भए। त्यस बेला गाइडको काम गरेका लामिछानेले देवकोटालाई यो पनि एउटा जिविकाको काम हो भनेर त्यतै मोडेका थिए। देवकोटा पनि अबोध बालक जस्तै थिए। त्यसैले जस्ले जे भन्यो उनी त्यही मानिदिन्थे। अनि फेरी तुरुन्तै अर्को कुनै मान्छेले भड्काए पछि देवकोटा उसैका कुरा पत्याइ दिन्थे। तर लामिछानेले चाहिं देवकोटालाई आर्थिक रूपमा पनि उकास्ने प्रयत्न गरेका थिए।
चेतनप्रवाह शैलीलाई नेपाली निबन्धमा भित्र्याउने श्रेय उनैलाई दिइन्छ। लामिछानेका प्रयोगशील निबन्धमा बौद्धिकताको प्रखर चेत पाइन्छ। उनले आफ्नो समयमा व्यवसायीका रूपमा समेत काम गरे। उनले लेखनीमा शब्द, शैली र प्रस्तुतिमा नयाँ प्रयोग गरिरहे। उनले आफू पन्ध्र वर्ष पुग्दानपुग्दै आफ्नो लेख साहित्यस्रोतमा छापाए। त्यसपछि उनी क्रमशः चर्चा-परिचर्चामा आइरहे। किनभने उनले घनत्व भएका कृतिको मात्र निर्माण गरे। उनको निबन्धसङ्ग्रह 'एब्स्ट्रयाक्ट चिन्तन प्याज'ले २०२४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। उनका फूटकर रूपमा थुप्रै कविताहरू छापिएका थिए भने कथासङ्ग्रहका रूपमा 'गौंथलीको गुँड' (२०२५) प्रकाशित भएको थियो। साथै उनको व्यक्तिकेन्द्रित निबन्धसङ्ग्रह 'बिम्ब प्रतिबिम्ब' (२०२८) प्रकाशित भएको थियो। 'गोधुली संसार' (२०२७) र 'शङ्कर लामिछाने' (२०३२) नामक उनका थप निबन्धका कृति प्रकाशित भएका थिए।
नेपाली भाषासाहित्यमा रुचि राख्ने सबैले शङ्करलाई चिनेका छन्। खास गरेर नेपाली निबन्धको फाँटमा महाकवि देवकोटापछि शङ्करको नाउँ आउँछ। तापनि निबन्धमा लामिछानेका पाठक देवकोटाका भन्दा शायद थोरै चाहिं छैनन्। वास्तवमा कलात्मक लेखनका उनी एउटा मुर्धन्य साहित्यकारका रूपमा सुप्रसिद्ध भए। उनले निबन्ध विधालाई नयाँ शैली, नयाँ आयाम र नयाँ परिवेश दिए। त्यसैले नै नेपाली साहित्यमा उनी सर्वत्र मानिए। लामिछानेले आफूले पनि लेखे अरूलाई पनि लेख्न प्रेरणा दिइरहे। उनको लेखन सीप अलौकिक मानिन्थ्यो। उनी लेख्ता मनबाट लेख्थे, मस्तिष्कबाट लेख्थे र वचनबाट लेख्थे। त्यसैले उनको लेखन बौद्धिक गिदीहरूको आहार बन्थ्यो। त्यही कारणले उनी छिटोछिटो लोकप्रिय हुँदै गए। त्यसमाथि उनको सङ्गठनात्मक शैली लोभ लाग्दो थियो। महाकवि देवकोटाकै आग्रहमा उनी काव्य प्रतिष्ठानको सदस्यसचिव भए, त्यसपछि उनी इन्द्रेणीको पनि सम्पादक भए। साथै उनले हाम्रो साहित्य नामक बाल पाठ्यसामाग्रीको आठ भागको सम्पादन गरेका थिए। उनी नेपाली साहित्यमा सङ्गठन, सम्पादन र सृजनामा बराबरी समर्पित थिए।
पारिवारिक अवस्था
शङ्कर लामिछाने साहित्यिक कृति जति अब्बल दर्जाका छन्, व्यतिगत जीवनमा उनी त्यतिनै अव्यस्थित र विवादित रहे। दार्जीलिङनिवासी रत्ना राईसँग प्रेमविवाह गरेका उनले पछि काठमाडौंकी सुवर्ण श्रेष्ठसँग पनि अर्को बिहे गरे। रत्नातर्फ़ बाट उनको दीप र शिखा जन्मे भने सुवर्णबाट प्रकाश र प्रभास। यसैबाट उनी बहुविवाहको झमेलामा परे। भन्नेहरू भन्छन्, उनले थुप्रैसँग प्रीति गाँसे। त्यही क्रम तानिएर उनी पारिजातको सम्पर्कमा पनि पुगे। पारिजातसँगको उनको सम्पर्कलाई धेरैले प्रेमको संज्ञा दिए, तर उनले बा

Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 5 of 5 reviews
July 12, 2020
यस निबन्ध संग्रह मेलै केही साल अघि नै पढ्नु पर्ने थियो। सायद म नेपाली साहित्यलाई अलि बढी माया गर्ने हुने थिएँ होला। राणा शासनको बेला जब पढ्ने लेख्ने कामलाई नै अपराध मानिन्थ्यो, त्यस्तो अवस्थामा यदि कवि, लेखकहरुले कलम नचलाएको भए आज नेपाली साहित्य, नेपाली भाषा लोप हुने अवस्थामा हुन्थ्यो भन्दा गलत नहोला। आखिर साहित्य, लोक गीत, कवितामा नै भाषाको श्वास लुकेको हुन्छ। यस निबन्ध संग्रहका माध्यमबाट यस्तै कवि, साहित्यकार, सङ्गीतकार लाई नजीक बाट चिन्ने अवसर मिल्यो। हुन त म शङ्कर लामिछानेको आँखाबाट ऊहाँहरुको जीवन पढि रहेँ तर हरेक निबन्धले केही न केही पाठ सिकायाे, ऊहाँहरुको सङ्घर्षले आँखा रसायो अनि निबन्ध संग्रहमा उल्लेखित व्यक्तित्व प्रतिको सम्मान अझै बढेर आयो।
म विषेश गरि लक्ष्मीप्रसाद देवकोटाको जीवन घटनाबाट प्रभावित भए, हो साँच्चिकै हामी नेपाली कला र साहित्य बुझ्दैनौँ, यदि बुझेका भए कवि, साहित्यकारहरूको जीवन त्यति साह्रो कष्टकर नहुँदो हो।

March 17, 2020
शंकर लामिछाने विम्ब – प्रतिविम्ब मार्फत आफ्नो बारे लेखेका छन् , “सायद म कहानीहरुको संग्रह हुँ |” विम्ब – प्रतिविम्ब उनले देखेका, भेटेका, नजिकका, समकालीन, अग्रज सर्जक तथा साहित्यकारहरुको संग्रह हो | कहिले कतै लेखमा पारिजात शंकर लामिछानेको प्रेमिका हुन् भन्ने हल्ला थियो रे पढेको थिएँ | हल्ला जे होस् तर आज विम्ब – प्रतिविम्ब पढेपछि लाग्यो शंकर लामिछाने पारिजातलाइ मात्र सम्मान गर्दा रहेनछन | उनी त त्यतिकै प्रेम, सदभाव र सम्मान अम्बर गुरुङ, गोपाल प्रसाद रिमाल, तुलसीनाथ ढुंगेल, भीमदर्शन रोका, भूपी शेरचन, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, विश्वेश्वरप्रसाद कोइराला, हृदयचन्द्रसिंह प्रधानलाइ गर्दा रहेछन | सायद अझ सायद उनले लेख्न छुटाएका थुप्रै व्यक्तित्वहरुलाई पनि | उनी कुनै व्यक्ति विशेष मात्र नभैकन साहित्यलाइ प्रेम गर्दा रहेछन | कलाको प्रयोग गर्ने र दर्शनको जन्म दिनेका पारखी रहेछन |
उनले लेखका सर्जकहरु मध्ये सबभन्दा बढी जान्न उत्सुक थिएँ, विश्वेश्वरप्रसाद कोइराला बारेमा | सबभन्दा तडका लाग्यो गोपाल प्रसाद रिमाल पढ्दा | सबभन्दा चकित परें लक्षमीप्रसाद देवकोटा पढेर | पारीजताको निस्सारता लेखनमा जो कोहि भुल्छ | तर त्यो निस्सारतालाई यति मज्जाको बयान गर्ने शंकर लामिछाने हुन | देवकोटाले लेखेको सानो पेन्सिलको ठुटोले नेपाली साहित्यमा क्रान्ति गर्यो | गोपालप्रसाद रिमालको लामो मानसिक संघर्षबाट जन्मियो - एक जुगमा एक दिन एक पटक आउछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउछ |
भूपी शेरचनको पिउने बानी, हृदयचन्द्रसिंह प्रधानको निश्चलता, लेखनाथ पौड्यालको विलक्षण काव्य प्रयोग, गोपालप्रसाद रिमालको मानसिक र पारिवारिक संघर्ष, विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक दृष्टिकोण सायदै अरु कसैले बयान गर्न सक्ने थिएनन् | पढ्दा लाग्यो शंकर लामिछाने केन्द्रविन्दु थिए र युगको क्रान्तिको लागि समर्पित भइ हातेमालो गर्दै थिए |
वि.सं. २०२८ साल अघि लेखिएको निबन्धहरू आज पनि पढ्दा उत्तिकै आनन्द लाग्छ | त्यस समयका उनका भावनाहरु पढ्दा आज पनि नौलो लाग्छ | म जति शंकर लामिछानेको किताब पढ्दैछु | उति उनीप्रति सम्मान बढ्दै गएको छ |

July 27, 2017
...Shankar O' Shankar...Phenomenal!!!
January 27, 2024
मेरो लागी लामिछानेको सबैभन्दा कमजोर पुस्तकको रुपमा यो रह्यो। एकाध बाहेक अन्य पढ्दा खासै टेस परेन।
लेखक भनेको देवकोटा हो। देवता हो। 🙏🏾
लेखक भनेको देवकोटा हो। देवता हो। 🙏🏾
July 1, 2026
पढेर मज्जा आयो । Raw and unfiltered.
Displaying 1 - 5 of 5 reviews