Indra Bahadur Rai was an Indian Nepali writer and literary critic from Darjeeling, India . He did his schooling in Kurseong and Darjeeling. He completed his graduation from Calcutta University and his post-graduation in English from North Bengal University. He taught at Turnbull High School in Darjeeling for several years. He also worked as a professor of English at St. Joseph's College, Darjeeling. He was also the Vice Chairman of Darjeeling Municipality.
He entered the field of Nepali literature around 1950 when he started publishing literary criticisms in different journals such as Aadhar, Bharati, Diyo, Diyalo, and Roop Rekha. His first novel Aaja Ramita Cha was published in 1964. After that, he entered the field of short stories. His first story was published in 1959. His first book Vipana Katipaya, a collection of thirty short stories published in 1960, had a great influence on Nepali literature, especially on the genre of short stories. From 1963 onwards, he was a prominent figure in the dimensional literature movement, which is known as Aayameli Andolan in the history of Nepali literature. He, along with Ishwor Ballav and Bairagi Kainla, searched the unexplored realms of Nepali literature. They successfully added a third dimension Tesro Aayam to Nepali literature.
He has received the Sahitya Akademi Award (for his work Nepali Upanyaska Adharharu), Jagadambashri Puraskar and Agam Singh Giri Smriti Puraskar.
सुन्न धेरै अघि देखि सुनेकाे हाे तर पढ्ने माैका मिलेकाे थिएन । मञ्जुश्री थापाकाे नेपाली भाषा साहित्य माथिकाे वक्तव्य युट्युबमा हेरपछि यसप्रतिकाे चाँसाे झनै बढेकाे हेा । उनले याे पुस्तककाे अंग्रेजी अनुवाद गर्दै रहिछन् । त्यसैले पनि यसकाे नेपाली माैलिक प्रति पढ्ने मन लागेकाे हाे । नेपालमा भाषासँग सम्बन्धित धेरै कुराहरू अहिले बाहिरिएका छन् । १२३ भाषा भएकाे देशमा नेपाली भाषाालार्इ सबैकाे भाषाका रूप दिइनुमा कतिकाे चित्त दुखाइ छ । फेरी नेपाली भाषाका पुराना कृतिहरूमा जनजातीहरूका कृतिहरू नै अब्बल दर्जाका छन् । र्इन्द्रबहादुर रार्इले नेपाली भाषालार्इ भारतमा अाधिकारिकता दिन गरेकाे याेगदान देखि उपेन्द्र सुब्बाहरूले किराती भाषा मासेकाे अाराेप लगाउँदा सम्म धेरै परिवर्तन अाएकाे देखियाे। मदन पुरस्कारके इतिहासमा पनि पहिलाे मदन पुरस्कार पाउने सत्यमाेहन जाेशी नेवार समुदाय बाट थिए । अब उनी नेपाल भाषा एकेडेमीका कुलपति छन् । अाज रमिता छ पूर्वी नेपाल र भारतीय नेपाली भाषिहरूकाे समाजकाे इतिहास बाेकेकाे उपन्यास हाे । रमाइलाे छ । सबैले पढ्नु पर्ने खालकाे उपन्यास छ ।
[ आज रमिता छ - इन्द्रबहादुर राई] साझा प्रकाशनबाट वि.सं. २०३२ सालमा प्रकाशित भएको आज रमिता छ उपन्यासको दोस्रो संस्करण केही दिन अगाडि हात लाग्यो ! २०७३ मा फिनिक्स ले निकालेको edition पढ्ने अवसर मिलेको थियो।
प्लस टु हुँदा कलेजको पुस्तकालय बाट र नयाँ प्रकाशन अध्ययन गर्ने मौका मिलेको थियो। बहुतै impressed भएको थिए इबराको न्यारेटिभ स्टाईल, संवाद शैली, अहिले नि बेजोड लाग्छ यसको अध्ययन। शब्दका माध्यमबाट गजप सँग दार्जीलिङ - सिलिगुडी शहर घुमाउँछ यो उपन्यासले केही दशक पहिलेको। अहिले त बहुत छ परिवर्तन तर पहिचान, स्वाधीनता र गोर्खाल्याण्डको माग चै यथावत् नै छ। इबराका कृतिहरुमा सहजै प्राप्त हुने र नयाँ प्रकाशन गृहबाट reprint भएको कृति हो यो। उनका अन्य कृतिहरुको reprint हुने पो कहिले हो खै ?
सुरुमा पढ्दा साँच्चै झिँजो र कन्फ्युज भा भएर केही समय side मा राखेको कृति थियो यो त्यो बेला। कारण : कथानकमा के हुँदै छ, पात्र के गर्दैछ अनि यो त्यो कुरोको चुरो के कस्तो छ भन्ने खुट्याउन नसकिएको बखतको कुरा हो। अहिले repeat गर्न मन लाग्नुको कारण एकाध सामाजिक संजालका मित्रको reading this वाला story ले हो। आइबी सर भनेर नि उनलाई खुब चिनिन्छ। सुरुमा त खासै यास गरिएन यो उपनामबारे।
अहिले संझिदा बुझ्दा उपकथाहरु अनेकानेक आए तापनि एउटा राम्रो बुनोटसाथ हुने inter-link छ। यस कृतिमा माटोको माया, सामाजिक यथार्थ र अस्तित्वको जोडदार प्रसङ्ग छ। जनक, वीरमान, रवि, एम.के., ड्यानिएल, आदि पात्रहरु मजेदार र हाम्रै वरपरका जस्ता लाग्दछन्।
यस कृतिमा आफ्ना मान्छे गुमाउन पर्दाको पिडा पनि कथानकमा आएको छ। जिन्दगीमा आइपर्ने अनेकौं आरोह- अवरोह, नाता गाँसिने - छुट्टिने, पहिचान र अस्तित्वको लडाइँ लड्ने, चियाकमान र खेतीको भित्री कथानक (उरमालमा पनि छ यस्तो theme तर फरक लाग्छ अनुभुति) आएको छ। भारतीय नेपालीभाषीका मर्म- पर्म- कर्मसहित तत्कालीन समाज र राजनीतिको psycho- social representation पनि पाइन्छ। इबरा पढेर थाकिन्न , पट्यार पट्यास लाग्दैन अनि कुनै न कुनै contents वर्तमान् समय सापेक्ष हेर्दा relatable पनि बोध हुन्छ।
आज रमिता छ बाहेक उनका अन्य कृति चै बजारमा उपलब्ध छैनन्। इन्द्र सम्पूर्ण सेट पनि लिमिटेड कपी आको याद छ।
North Bengal University का एक जनाले चै आज रमिता छ को विश्लेषण नै गरेका रहेछन् रिसर्च पेपरमा। अत: किशोरावस्थामा हुँदा र अहिले उमेरले ३० कट्दा बुझ्ने स्मरण गर्ने र relate गर्ने मापदण्ड र तौलिने तौर नितान्त फरक हुने रहेछ; तर पनि उत्साह, रुचि अनि इबराको शब्द-शिल्पले उत्तिक्कै मोहनी लगाउने गर्दछ। गज्जप कै छ कृति अनि यसको अङ्ग्रेजी अनुवाद पनि। मानव जीवनका यावत् बाध्यता, संघर्ष अनि यथार्थपरक चित्रणका साथै दार्जिलिङतिरको मौसम - पर्यावरण - रहनसहन- व्यापार- व्यवसाय पनि देखाएका छन्।
उपन्यासमा आउने विविध line, paragraph हरु यति सशक्त र यथार्थपरक लाग्दछन् की अहिले पनि relatable नै लाग्दछन्।
जस्तो:
'आमा मरेकोमा छोराछोरी बढ्ता रून्छन् आज, लोग्ने चुपचाप जस्तै शोक सहन्छ। तर नानीहरू भोलिदेखि भुलेर दिनदिनै धेर गर्दै हाँस्न थाल्छन्, कारण जीवन जम्मै उनीहरूको अघिल्तिर आएर पर्खिरहेको हुन्छ ! त्यो आज नरूने लोग्नेलाई भरै राती खाने बेलामा मर्ने स्वास्नीको याद आउँछ, बिहान उठेर एकछिनमा छैन भन्ने याद आउँछ, घरबाहिर काम गर्दा गर्दै याद आउँछ, घर पस्दा याद हुन्छ; जीवनभरिनै झस्किरहनेछ। सबैले बिर्सिसकेपछि पनि उसले मात्रै बिर्सिएको हुँदैन। झस्काइहरूको अन्त उसकै अन्तको दिनमा मात्र हुन्छ।
प्रवासीहरु धेरै वर्ष परदेश बसेर स्वदेश फर्कदाँ आफ्नो भाषामा जसले जे बोले पनि मीठो, कर्णप्रीय सुनिन्छ होला। मलाई धेरै समयपछि नेपाली किताब पढ्दा त्यस्तै-त्यस्तै भयो। आफ्नो बोलीचाली, आफ्नो लवजमा कुनै सुन्दर कृति पढ्नुको आनन्द बेग्लै। दार्जिलिङे नेपाली कुनै पूर्वी पहाडको मान्छेलाई आधा आफ्नै गाउँ-ठाउँको जस्तो, आधा कतै टाढाको जस्तो अनौठो हुन्छ। यी दुवै भावनाहरु यहाँ एक-आपसमा मिलेर एउटा रमाईलो पठन-अनुभव सिर्जना गरे।
मेरो विचारमा आज रमिता छ एक साधारण उपन्यास हैन, एक बुलंद एथ्नोग्राफिक उपन्यास हो। एउटा समुदायको, एउटा समय-ठाउँको, एउटा सामाजिक परिस्थितिको जिवन्त चित्रण, त्यसका हरेक वर्गका, हरेक जातिका, हरेक किसिमका मानिसहरु यसका पात्र। यी पात्रहरुका कथा-व्यथा, जीवनशैली र दुःखहरु, त्यो समयाको दार्जिलिङ्को एक महत्त्वपूर्ण अभिलेख हो। म यी स-साना कथा र अनेकन पात्रहरुमा रमाउँदै पढ्दै गएँ, यसो गर्दा कथा निकै अघि बढेको नलाग्दै उपन्यास सकियो। तर फर्केर हेर्दा, यी डेढसय भन्दा थोरै पानाहरुमा बलियो कथा छ, अरु धेरै साना कथा-व्यथाहरुको बिच त्यो निसास्सिँदैन।
कस्तो बेलामा यो किताब पढ्दै रहेँभने देशमा राजनीतिक संकट देखा परेको छ । साँच्चै भन्नुपर्दा देशमा रमिता छ । विसङ्गति छ, कोरोनाको प्रकोपले जीवन आक्रान्त छ, मानिसलाई हातमुख जोर्न समस्या छ तर देश चलाउने, चलाउँछु भन्नेको ध्यान केवल सत्तामा छ, पदमा छ । इन्द्रबहादुरले आज रमिता छ मा बर्षौ पहिले समाजका यस्तै विसङ्गति लेखेका रहेछन् । समाज उस्तै छ, समय फेरीएको छ । समयसँगै जबरजस्ती फेरीनु पर्ने कुरा फेरीएका छन् । बाँकी मानिसको प्रवृति, दुःख-वेदना उस्तै छ । जुग अघिको लेखनी भएकाले शब्द तथा लेखन शैलीले कथा बुझ्न केही समस्या भयो । बाँकी त, उपन्यास राम्रो छ ।
Indra Bahadur Rai has been a prominent leader and thinker in introducting and experimenting the third dimension of Nepali Literature with his literary works. The novel 'Aaja Ramita Chha' has dwelled on the various facades of life of normal people of Darjeeling in a way dealing with their own struggles and how they keep on moving with their lives. A good read to enjoy the Darjeeling version of Nepali Language, for the subtle humour and dialogues that would perfectly fit into a play
यो उपन्यासको नाम पहिले देखि धेरै को मुखबाट सुन्दै आएको थिएँ। सोचें राम्रो होला अनि किनेर पढ्न शुरु गरें। तर अनावस्यक पात्रहरुको उपन्यासमा उपस्थितिले मलाई निकै पट्यार लाग्यो। मैले करिब ३० प्रतिशत सम्म आफुलाई पढ्न बाध्य बनाएँ। तर त्यसपछि सकिन, नपढी थन्काए। चट्ट सानो र मीठो भएको भए राम्रो हुन्थ्यो होला, तर लामो र अनावस्यक गन्थनले मलाई पट्यार लागेर पढ्न सकिन।
'आज रमिता छ' उपन्यासका सर्जक इन्द्रबहादुर राई हुन्। उनको जन्म सन् १९३० मा भएको थियो। इन्द्रबहादुर राई तेस्रो आयामका अग्रणी साहित्यकार पनि हुन्। आयामिक साहित्यको घोषणा गरिँदा ‘अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्नु पर्छ’ भनेर त्यसअघिको साहित्य च्याप्टो रहेको, तीन आयाम नभएको र कुनै न कुनै एक आयाम मात्र उपयोग भएको आरोप लगाउने गरेको र अब तिनै आयामको उपयोग हुनुपर्ने सन्दर्भ यहाँ उपयोग भएको छ । यस सिद्धान्तका प्रवर्तक इन्द्रबहादुर राई, ईश्वरबल्लभ र तिलविक्रम नेम्वाङ (बैरागी काइँला) हुन्। यसका प्रेरक विचारहरूमा जेस्टाल्टवाद, घनत्ववाद, हेलियोग्राफ, सामूहिक अवचेतन आदिको भूमिका रहेको थियो।
उनै आयामेली साहित्यकार इन्द्रबहादुर राईको उपन्यासको शीर्षक ‘आज रमिता छ’ पढ्दा पाठकलाई मनभित्र निकै उत्सुकता जगाउँछ भने पढ्दै जाँदा कतै पनि रमिताचाहिँ भएको पाइँदैन। बरु रमिताको स्थानमा भरमार विसङ्गतिहरू पाइने गर्दछन्। यस्तै विसङ्गतिमै कुनै पनि समाज चलेको हुन्छ र चलि नै रहन्छ।
‘आज रमिता छ’ फरक धारको उपन्यास भएको कारणले पाठकलाई अन्योलमा राख्दछ। एउटा पाठकको पूर्वाग्रहमा रहने कथाको आधार र आकार यसमा छैन। यसको शुरू र अन्त केही भिन्न शैलीमा छ। यस् उपन्यास पढिसकेर पाठकमा अन्यमनस्कता आउँछ। भ्रामक लाग्दछ, यसको अर्थ बोध गर्न कठिन पर्दछ। शीर्षक र पाठमा सामञ्जस्यता भेट्न अलमल हुन्छ। पाठ अनेकार्थी रहेको देखिन्छ। अर्थको क्रीडा राखिएको बोध हुन्छ। यस उपन्यासमा समेटिएको यही तकनिकको कारणले यसले भिन्न पाठक र भिन्न समयमा फरक अर्थ सम्प्रेषण गर्न सक्षमता देखाउँदछ।
नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष इन्द्रबहादुर राईले भारत स्वतन्त्रता पछिको सन् १९५० को दशकमा दार्जीलिंगमा त्यसबेलाको नेपाली भाषीहरुको समाजको अस्तव्यस्तता, आर्थिक-राजनीतिक विसङ्गतिपूर्ण परिवेश, धार्मिक र सांस्कृतिक सङ्कीर्णताले विचलित समाजको यथार्थ चित्रण गरेर लेखिएको उपन्यास हो । पहिलो पटक कक्षा नौतिर हुदा पढेको थिए, आज फेरी दोहोराएर पढेर सकाए।
संयमशील भएर राईले त्यहाँका मान्छेका इच्छा र आकांक्षा, आशा र उत्कण्ठा, विश्वास र अविश्वास, ईर्श्या र प्रेम, घृणा र सद्भावना जस्ता कुरालाई एक-एक चित्रण गरेका छन्। आजको रमिता हिजो पनि थियो, भोलि पनि हुनेछ, र भविष्यसम्म पनि यथावत् रहनेछ भऩ्ने यथार्थलाई यस उपन्यासले दर्शाएको छ ।