[Jiya Jale जिया जले --- Gulzar गुल्जार]
गुल्जार साहेबमा शब्द शब्दमा जादुमयी आभास हुने गर्छ। फिल्म र नन-फिल्म क्षेत्रका गीत, गजल , सिनेमा लेखन सबैमा पोख्त रहेका गुल्जारको यो किताब पढ्ने मौका मिल्यो। बलिउडका चर्चित कालजयि गीतहरुका लिरिक्सको सटिक अङ्ग्रेजी अनुवाद (त्यो पनि गुल्जार साहेब सङ्गै छलफल गरेर अनुवाद भएको ), ती गीतहरुका बारेमा backgrounder information र सुत्रपात, विविध सिनेमाका हस्तीहरु जस्तै लता, आशा, SD BURMAN, RD BURMAN, RAHAT FATEH ALI KHAN, अनु मलिक , ए आर रहमान , आदिका आनीबानी , सिर्जनाका बारेमा चर्चा आदि मिठो तरिकामा अन्तर्वार्ता लिएर तयार पारिएको छ।
फिल्म क्षेत्रमा गीतसङ्गीतको कति महत्त्व छ बलिउडमा! के कस्ता प्रयोग भएका छन् , गीत सिर्जना गर्दा गुल्जारको कस्तो approach हुने गर्दछ र कसरी एउटा गीतको cinematic visualization हुन्छ बुझिन्छ। लेजेन्ड नै रहेका छन् गुल्जार र यो किताब पढेपछि कसरी निर्माता , निर्देशक, गीतकार, गायक गायिका , कोरस, छाँयाकार, आदिका combined efforts बाट फिल्म बन्छ भन्ने बुझे। आफुले सुनेका र नसुनेका गजल , गीतहरुको कसरी idea आएको रहेछ त अनि किन कुनैकुनै गीतमा सुरुवात म्युजिकबाट भाको हो र कुनैमा गायनबाट प्रस्ट बुझेँ। अझ; उर्दु र हिन्दीकै केही जानकारी नभएका शब्दको अर्थ बुझ्ने मौका मिल्यो। सिनेमा कसरी भारतमा एक धर्म कर्म जस्तै हो , साधना र गीत सङ्गीत अनि narrative मा क्र कस्तो भूमिका हुन्छ भन्ने जानेँ।
अन्तर्वार्ता रहेपनि गुल्जार साहेबको व्यक्तित्व, अन्य हस्तीसङ्गका सम्बन्ध र power dynamics , ती स्टारहरुको के कस्तो personality र approach थियो भन्ने बुझिन्छ। प्रश्नोत्तर शैलीमा भएको किताबका लेखक र गुल्जारको संवाद पनि आफैँ साक्षी भएको झैँ अनुभुति पो भयो। एउटा प्रेमिल , मोहक र माधक मोहनी नै भयो लेखकको ज्ञानसङ्ग , प्रश्न सोध्ने तौरतरिकासङ्ग अनि उनको ज्ञान पनि ओखो अद्भुत नै लाग्यो। एउटा मिठो दस्तावेज नै रहेछ यो ! हिन्दी फिल्म क्षेत्र , पाकिस्तानी सङीत र उर्दु साहित्य, wordplay र works- words तालमेल कति गजपले reflect भएको हो।
अत: सबै गीतहरु क्या बबाल र आफैमा यादगार परिवेश , पहिचान अनि मेलोडी बोकेका छन्। किताब पढ्दै गर्दा बोरिङ महसुस हुन्न। अझ किताबमा उल्लेख भएका गीतमो लिरिक्स पढेर गीत सुन्दा ओखो कुनै कुनै गीत त मैले misheard गरेको र deep level मा नबुझेको realize भयो। बीडी जलाइ ले, चल छैया छैया, अए अजनबी तु भि , जिया जले .., दिल तो बच्चा है जि, नैनो कि मत मानियो रे, मै चाँद निगल गइ , दिल हुम हुम करे, कजरा रे, आदिका प्रसङ्ग, origin र meaning बुझ्दा उत्पात रोचक अनुभव भयो। गुल्जार एउटा institution नै हुन् र किताबमा मिठो तरिकाले आफ्नो ज्ञान, experience र ideology निर्धक्क share गरेका छन् ।
सुन्दर , मिठो अनि ज्ञानगुनले भरिएको गज्जपको किताब !!! अनि आवरणमा रहेको गुल्जार साहेबको यो तस्वीर बिलकुल अदबको लाग्यो ! अहिले नि उत्तिकै उर्जाशील छन् यिनी अनि आफू चै ३० कै उमेरमा बुढो भैयो भन्दै साथीलाई dialogue दिन पर्या छ 🤣😂