What do you think?

प्रेतकल्प [Pretkalpa]
- GenresHistorical Fiction
223 pages, Paperback
First published January 1, 2007
About the author
Narayan Dhakal
17 books14 followersनारायण ढकाल(२०१०) बाग्मती, काठमाडौँ,मूलपानी गा. वि. स. ५ का स्थानीय वासिन्दा हुन् । पिता नागेन्द्रप्रसाद ढकाल र माता शान्ता ढकालका दोस्रो गर्भ तथा पहिलो पुत्रका रूपमा जन्मिएका ढकालका पुर्खााको पेशा ज्योतिष रहेको थियो । हाल पत्रकार, राजनीतिज्ञ, कवि, उपन्यासकार र निबन्धकारका रूपमा आफ्नो व्यक्तित्व सबल बनाएका ढकाल २०२८ सालको ‘दमन’ साहित्यिक पत्रिकामा ‘विस्थापित’ नामक कथा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका हुन् । उनका सहर यन्त्र(२०५०), इरफान अलि(२०५१), बहिर्गमन(२०६१) कथासङ्ग्रह, मुसे कान्छाको करामत(२०५९), गोमाको यार्लिङ्(२०५९) बालकथा सङ्ग्रह प्रकाशित रहेका छन् । त्यस्तै पीत संवाद(२०५५), दुर्भिक्ष(२०६१), प्रेतकल्प(२०६५) तीनवटा उपन्यास र तिन संवत्सर र शोकमग्न यात्री निबन्ध सङ्ग्रह प्रकाशित रहेका छन् । ‘प्रार्थना’ र ‘पहिलो घाममा प्रार्थनाको वियोगान्त’ फुटकर कविता पनि प्रकाशित भएका छन् । उत्तम शान्ति पुरस्कार २०५२, लोकेन्द्र साहित्यिक पुरस्कार २०५४, मैनाली कथा पुरस्कार २०५४ बाट पुरस्कृत ढकाल खासगरेर प्रगतिवादी साहित्यकार हुन् । उनको ‘पे्रतकल्प’ उपन्यास ऐतिहासिका विषयबस्तु अ“गालेर लेखिएको उपन्यास हो । यस उपन्यासमा समाज सुधारका लागि विभिन्न पात्रहरूले सङ्घर्ष गरिरहेका छन् । पं. बालकृष्ण, दमयन्ती, मन्नोनरी साम्बे सार्कीजस्ता पात्रहरू आजसम्म पनि छुवाछुत मुक्त समाजको निर्माणका लागि विद्रोह गरि रहेका छन् तर पनि समाज सुध्रिन सकेको छैन । वर्गीय दृष्टिकोणबाट उपन्यास माक्र्सवादी कित्तामा दरिएको छ । महिला र पुरुषको हकमा देखिएको विभेदता उपन्यासमा छर्लङ्ग पारिएको छ यिनै अव्यवस्थित समाज र त्यहा“का पात्रहरूको इतिवृत्तान्त उपन्यासले प्रस्तुत गरेको छ ।
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 12 of 12 reviews
October 20, 2020
नारायण ढकालका कृतिहरु इतिहास र समाजका ऐना हुन्छन् । राजनीतिक र पत्रकारिताको पृष्ठभूमि भएकाले पनि उनको कृति सूचनामूलक हुन्छन् । यो किताबका बारेमा लामै लेख्ने मन छ । छोटोमा भन्दा पढ्नुस् 🙏🏽
May 27, 2019
इतिहासकारु त बस इतिहासका घटनाक्रम वर्णन गर्छन्। समय सायद लेखकहरु लेख्नेगर्छन्।
जसरी व्यसले भारतवर्षको एउटा कालखण्ड लेखे, होमरले ग्रीस, टाल्टायले रुस, डिकेन्सले व्हिटोरियन बेलायत, गार्सिआ मार्क्वेजले सिङ्गो कोलम्बियाको कथा, त्यसैगरी नारायण ढकालले पनि एउटा समय लेखेका छ्न्, प्रेत्कलपमा। जसको "वर्णन" स्कूलका पाठ्यक्रम र इतिहासका पानामा त पढेको हो, तर ती फोस्रा शब्द थिए, केवल इन्फरमेसन मात्र।
सय बर्ष अघिको अध्याँरो नेपाली समाजको मानव सम्वेदना र भावनासहितको जीवन्त भोगाई सम्भव भयो, प्रेत्कल्प पढेपछि मात्र। त्यो पनि मर्मस्पर्सी कथा र एकम्प्लिस्ड लेखकीको माध्यमबाट।
लेखकले यसरी कथा वाचन गरेकी, उपन्यास सकिदा, आफैँ दुखपुरबाट बिदाई मागेर फर्कदै छू जस्तो अनुभव भयो। यो भन्दा ठुलो प्रशंसा के गर्न मिल्छ होला र एउटा पाठकले?

June 21, 2025
प्रेतकल्प नारायण ढकालद्वारा लिखित ऐतिहासिक उपन्यास हो । उपन्यासको केन्द्रमा दुःखपुर भन्ने गाउँ छ , जुन गाउँमा पण्डित बालकृष्ण आफ्नो अध्ययन सकेर काशीबाट फर्केको हुन्छ । तत्कालीन समयमा भारतमा भारतीय जागरण आन्दोलन , दयानन्द सरस्वतीले लेखेका सत्यार्थ प्रकाश चर्चाका विषय थिए भने नेपालमा श्री ३ चन्द्रशमशेरको राज्य चलिरहेको अवस्था थियो । पण्डित बालकृष्ण दयानन्द सरस्वतीकाे विचारबाट प्रेरित भएर सामाजिक र सांस्कृतिक सुधार ल्याउने प्रयास गर्दा कसरी समाज र सत्ताको संरचनासँग ठोकिनुपर्छ भन्ने कुरामा उपन्यास बुनिएको छ । उपन्यासले राणा शासनको निरंकुशता, जातीय र वर्गीय विभेद, लैङ्गिक असमानता, र पुराना कुरीतिहरूको चित्रण गर्छ। यसले सुधारको प्रयास र त्यसमा आइपर्ने अवरोधलाई गहिरो रूपमा देखाएको छ । उपन्यासले इतिहासलाई मात्र वर्णन नगरी, त्यस समयका मानिसको मनोविज्ञान, सामाजिक संरचना र संस्कारलाई पनि गहिरो रूपमा प्रस्तुत गर्छ । यी र यस्ता यावत कुराहरुले ऐतिहासिक दृष्टिकोणबाट यो उपन्यास एक महत्त्वपूर्ण र पठनीय उपन्यास हो भन्न सकिन्छ।
October 3, 2020
Beautifully scripted Unwritten stories of Nepal during the Rana regime.
July 29, 2020
It is my father's favourite Nepali fiction, upon his recommendation I went through this book and it was that impressive I couldn't stop myself from writing about it.
प्रेतकल्प
सय बर्षअघिको नेपाली समाजको पीडा चिनाउने एक उत्कृष्ट प्रयत्न,उत्कृष्ट कृति,जीवन्त सिर्जना।-जगदीश घिमिरे
नेपालको छटपटीपूर्ण र त्रासद ईतिहास हो प्रेतकल्प।करिब सय बर्षअघिको समाजको असली प्रतिबिम्ब पाइन्छ यसमा।रोचक ढङ्गले बुनिएको कथावाचनशैलीको कारण एकै बसाइमा पढिसकिन्छ यसलाई । राणा प्रधानमन्त्रीहरुमा सुधारवादी भनिने चन्द्र समसेरको शासनमा समाजमा सकारात्मक परिवर्तन ल्याउन खोज्दा पण्डित बालकृष्णले भोग्ने सास्तीमा अाधारित छ प्रेतकल्पको मूल कथा।लिङ्गको अाधारमा,जातको अाधारमा,बर्गको अाधारमा पुरुषले, समाजको उपल्लो बर्गले,सासकहरुले र सिङ्गै राज्य प्रणालीले गरेको भेदभाव,अन्यायपूर्ण व्वहार,थिचोमिचो अादि पढ्दापढ्दै अाँखा रसाउछ,अाफूभित्र अाक्रोसको ज्वाला दन्किन्छ।प्रेतकल्पको दु:खपुर र अहिलेको नेपाली समाज सतहमा हेर्दा धेरै फरक देखिएपनि नियालेर हेर्दा अझैपनि धेरै समानता पाइन्छन्।अहिले देशमा घटिरहेका घटनाहरु नियाल्ने हो भने १०० बर्षअघिको समाजको मानसिकता र हाम्रो मानसिकतामा धेरै समानता भेटिन्छन्।बिभेदपूर्ण घटनाहरुमा कमि त अाएका होलान् तर निर्मूलन अझैपनि भाकोछैन।
Useful in every sense,shows the real portrayal of our society back then, to know how far our thouht have progressed.Entertaining,emotional as well as heart provoking. Please read if you haven't.

June 15, 2020
One of the best nepali novel that can be completed in a single read
September 9, 2023
"प्रेतकल्प" आजभन्दा १०० वर्ष भन्दा नी पुरानो इतिहासलाई पृष्ठभूमि बनाएर लेखिएको उपन्यास हो। श्री ३ चन्द्र शमशेरको पालामा, एउटा गाउँको साधारण ब्राह्मणले ल्याउन खोजेको रुढीवादी समाजको परिवर्तनको कथा हो यो उपन्यास। सो परिवर्तनको लागि आवाज उठाउँदा उसले समाजबाट, प्रशासनबाट, श्री ३ बाट भोग्नुपरेको अप्ठेरो, अड्चन र सजायको कहानी हो प्रेतकल्प।
लेखकले गर्नुभएको निकै मेहनत देख्न सकिन्छ यो उपन्यासमा। मेरो एकदमै मनपर्ने उपन्यास मध्य एक हुन सफल भएको छ "प्रेतकल्प"
लेखकले गर्नुभएको निकै मेहनत देख्न सकिन्छ यो उपन्यासमा। मेरो एकदमै मनपर्ने उपन्यास मध्य एक हुन सफल भएको छ "प्रेतकल्प"
November 13, 2020
१०० वर्ष अगाडिको नेपाल को सामाजिक अवस्थाको सजीव चित्रण पुस्तकमा छ। लेखकले बारम्बार आफ्नो अनुभव दिईरहेका हुन्छन, उनको हजुरबुवा ले भनेको कथा भनिएको छ। पढिरहु लाग्ने र छोड्न मन नलाग्ने किसिमको कथा छ।
July 3, 2022
Historical fiction
Want to Read
February 17, 2023प्रेतकल्प
February 16, 2024
ईतिहासको दस्तावेजमा नअटाएकाहरूको सक्कली ईतिहास। कथावाचनमा प्रयुक्त फरक शैली र सय वर्षअघिको समाजको प्रखर चित्रले यस उपन्यासलाई कालजयी र जीवन्त बनाएको छ।
October 1, 2024
पुरानो नेपालको कथा निकै मर्मस्पर्सि छ । नयाँ पुस्ताले पुरानो नेपाल बुझेर सामाजिक राजनितिक धारणा बनाउन सहयोगि पुस्तक ।
Displaying 1 - 12 of 12 reviews