Bhim Nidhi Tiwari was a leading Nepali poet, novelist and play writer. He began his writing career with poems and his first poem is Suryaghat. He has written many poems, plays and short stories. He has written plays on social and historical themes. He has won Madan Puraskar for his work "Bisphot" in 2017 B.S.
सामाजिक यथार्थमा आधारित कथा कहानीका कारण चिनेको नाउँ हो भीमनिधि तिवारी। देशप्रेम, परिवार, घरबार, जीवन, विज्ञान, मनोविज्ञान, आदि theme मा बहुत सुन्दर , सरल र सरस तवरले लेख्छन् तिवारी। वि.सं. २०२७ मा कौवा प्रकाशनबाट प्रकाशन भएको यस कृतिको ईबुक Ole Nepal मा हात पारेँ। एक घण्टामा सरर काव्य रचना पढेर सकाएँ तिवारीको। त्यस बेला मोल तीस पैसा रहेछ किताबको। अहिलेको दाम अनुसार त्यो नि राम्रै महँगो हो पक्कै भन्ने छन् अहिलेकाले।
उनले यस किताबको कवितामा चाडपर्व, आलाकाँचा पत्रकार, शिक्षा - बेकारी - क्रान्तिकारीको सम्बन्ध, सिद्धान्त, पहिचान, भाइटीकाको नवरङ्गी टीका झैँ बहु जन, रुप, वय, भेषको कुरा, साहित्य सेवा, आदि सब अटाएका छन्। अरुलाई mixed लाग्ला बोध कविता शिल्प बारे तिवारीका, मलाई चै शानदार नै लाग्यो - short, sweet and बिम्बात्मक आएर।
संयोग - चाडबाड पनि ठ्याक्कै चाडबाड कै संघारमा पढ्ने काम भयो।