Jump to ratings and reviews
Rate this book

मान्छेको रङ [Manche ko Rang]

Rate this book
This novel is set in the decade-long armed conflict, dwells upon portraying the downside of the insurgency. With the story centrally revolving around the main characters, the plot beautifully depicts agony and torture suffered by the locals in one of the villages in eastern Nepal towards the last phase of the insurgency. This is the story of the people who never took part in the war but endured its suffering.

378 pages, Paperback

First published February 1, 2015

3 people are currently reading
46 people want to read

About the author

Anbika Giri

3 books1 follower

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
5 (33%)
4 stars
6 (40%)
3 stars
4 (26%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 2 of 2 reviews
Profile Image for Richa Bhattarai.
Author 1 book203 followers
January 10, 2019
दश वर्षे द्वन्द्वकालका पक्ष–विपक्षमा अहलिेसम्म अनगिन्ती विचार विमर्श भइसके । गृहयुद्दकै परिप्रेक्ष्यमा थुप्रै लेख रचना प्रकाशित भए, युद्दकालीन डायरी र संस्मरणको खात लाग्यो । यही संवेदनशील समयलाई आधार मानेर लेखिएको उपन्यास हो, आन्विका गिरीको मान्छेको रङ । अन्य द्वन्द्वकालीन उपन्यास भन्दा यो फरक छ, किनभने यसकी प्रमुख पात्रले त्यो दशकलाई भोगेकी मात्र छैन – त्यो महत्वपूर्ण दशकले उसलाई आफुअनुरुप ढालेको छ । राजनीतिक घटनाक्रम र उतार चढावले एक आम नागरिकको जीवनमा ल्याउने फेरबदललाई उपन्यासले मिहिन रुपमा चित्रण गरेको छ ।

जनयुद्दको गाइँगुइँ चल्दा उपन्यासकी नायिका मायामा भर्खर राजनीतिक चेतना पलाउन थालेको हुन्छ – र जब दोश्रो जनआन्दोलनसम्म पुगेर उपन्यासको अन्त्य हुन्छ, उसको जिन्दगीले अकल्पनीय फड्को मारिसकेको हुन्छ । एक हिसाबले यो एउटी बालिका महिलामा परिणत भएको कथा पनि हो । अङ्ग्रेजीमा “कमिङ अफ एज” वा “बिल्डङ्सरोमन” का रुपमा चर्चित विधाको छनक मान्छेको रङमा पनि पाइन्छ । तर नायिकाको परिपक्वताको आँकलन भन्दा बढी उपन्यासकारले उसलाई माध्यम बनाएर देशको रङ बदल्ने वर्षहरुलाई आफ्ना पानामा उतारेकी छिन् ।

उपन्यासको कथा भन्नु नै त्यही केटी, उसको परिवार अनि साथीहरुको दश वर्षे जीवनकालको चित्रण हो । अष्ट्रेलियाको भिसा लागिसकेको पवनले दोश्रो जनआन्दोलनमा पहिलोपटक मायालाई देखेपछि विदेश जाने सपना लत्याउँदै उसको घरमै पुग्छ । विचित्र व्यवहार गरेर उसलाई प्रायः बेवास्ता गर्ने मायाले एक रात उसलाई आफ्नो जीवन कथा सुनाउन थाल्छे । मायाको इतिहास मार्फत एउटी अध्ययनशील र बुद्धिमान केटीको राजनीति प्रतिको क्रमिक लगाव र संलग्नता अनि त्यसले उसको र उसका प्रियजनलाई पार्ने प्रभावलाई विविध कोणबाट केलाइएको छ । आफ्ना पिताको संगत र प्रेरणाले क्रान्तिमा होमिन अग्रसर भएकी मायाको पिताले नै पार्टी त्यागेपछि उसको क्रान्तिकारी बन्ने सपनालाई पनि ठेस पुग्छ । तर क्रान्तिकारीको प्रेम र आदर्शमा चुर्लुम्म डुबेकी ऊ सजिलै यसबाट बाहिर निस्किन्न । बरु बहिनी, आमा र सबैभन्दा मिल्ने साथीलाई त्याग्न तयार हुन्छे, तर आफ्नो कठिन बाटो हिडिँरहन्छे । उसको यो त्याग र तपस्याको परिणाम त कृतिको अन्त्यमा देखिन्छ, जुन अलि रहस्यात्मक र रोमाञ्चकारी पनि छ । समयसँग उपन्यासकारले मजाले खेलेकी छिन्, पाठकलाई कहिले पात्रको बाल्यकाल र कहिले उसको किशोरावस्थामा पु¥याउँछिन् । विविध पात्रका माध्यमबाट उनीहरुको जीवनको विभिन्न उमेरमा घुसेर पाठकले उनीहरुको र देशकै पनि इतिहासबारे जान्न सक्छन् ।

मायाको चरित्र चित्रण प्रायः चित्तबुझ्दो छ । केटी दह्री र चलाख छे, स्पष्टवक्ता र स्वच्छन्द छे । शुरुमा लहैलहैमा राजनीतिक झुकाव देखाउन थाल्ने माया पछि यसका हरेक पक्षको विश्लेषण गर्न थाल्छे । मायाले गर्ने व्यवहार र उसले बोल्ने बोली उमेर नसुहाउँदा पनि देखिन्छन् – कहिले ऊ साह्रै केटाकेटी भइदिन्छे भने कहिलेकाहीँ हजुरआमा भन्दा पनि बुझ्झकी भइटोपल्छे । उभित्र चलिरहेको द्वन्द्वलाई ध्यानमा राखेर पढ्दा यो उसको मनोवैज्ञानिक स्थितिकै उपज भएको पत्ता लाग्छ । समाजमा परिवर्तन ल्याउने चाहनाका साथै उसको मष्तिष्कमा उब्जेको अन्यौल अनि दुविधालाई उपन्यासमा राम्रोसँग प्रस्तुत गरिएको छ । ऊ आफ्नै मर्जीकी मालिक छे, यस्ता पात्र वास्तविक समाजमा थोरै मात्रै हुन्छन् । त्यसैले त कृतिमा पनि उसले अलि विशिष्ट स्थान ओगट्छे । यस्ती प्रेरणादायी केटी सस्ता भाषणकै कारण बहकिएकी र क्रान्तिको परिभाषा नै पत्ता नलगाइ यो बाटो रोज्न अग्रसर भएकी देख्दा भने पाठकलाई नरमाइलो लाग्छ । मनमा आउँछन् ती असङ्ख्य मायाहरु जसले आलोकाँचो उमेरमै यस्ता अन्टशण्ट आश्वासन सुनेर अनि मीठा कल्पना बुनेर उज्ज्वल भविष्यको रेखा नै बदलिए । उपन्यासमा अर्की रोचक पात्र हो मायाकी आमा । छोरीलाई सुरक्षित राख्न खोज्ने तर नजानिँदो पाराले उसको राजनीतिक चेतनालाई गोडमेल गर्ने यो विरोधाभाषी आमाप्रति पाठकको सहानुभूति रहन्छ ।

तर कृतिमा यथेष्ट पृथकता हुँदाहुँदै पनि यसले शुरुवातमा देखाएको सम्भावनालाई अन्त्यसम्म कायम गर्न सकेको छैन । उपन्यासको भाषा सरल र सहज छ, तर साहित्यिक लय र मिठास कमै भेटिन्छ । गिरीका छोटा कथामा प्रशस्तै पाइने शक्तिशाली भाव र वाक्यहरु उपन्यासमा खोज्न हम्मे हम्मे पर्छ । प्रायः निरस र सपाट शैलीमा अनि एकोहोरो भावका साथ डायरीमा टिपोट गरेजस्तो छ उपन्यास । कतिपय अनुच्छेद त राजनीतिक भाषण, पर्चा एवं कार्यक्रमबाट हुबहु टिपोट गरे जस्ता छन् । कृतिले कयौँ नेपालीको वास्तविक जीवनलाई आख्यानका रुपमा प्रस्तुत गरेकाले यी विचारहरु दोहो¥याइनु अनौठो पनि भएन । तर यसले गर्दा पाठकको ध्यान भने भंग हुन्छ, थुप्रै चोटी सुनेर कण्ठस्त भइसकेका मन्तव्यहरु पढ्न शायदै कसैलाई जाँगर चल्ला । त्यसैगरी “आँखा र नाकको पानी”, “सुख्खा आँखा” र “अमिलो पानी” जस्ता वाक्यांशको अतिप्रयोग भएको छ, मानौँ वर्णन गर्ने अरु उपाय नै छैनन् । उपन्यास अनुसार शीर्षक सटिक भएपनि कृतिमा पटक–पटक रङको विम्ब प्रयोग गरी शीर्षकको सार्थकता औँल्याउन खाजिएको छ, जुन आवश्यक छैन । उपन्यास गतिशील भएपनि कतिपय ठाउँमा दिशाहीन छ । केही प्रसंगहरु बिना औचित्य देखापर्छन्, अनि कथामा केही योगदान नगरीकन उसैगरी बिलाइ पनि जान्छन् । मायाले प्रेम गर्ने र उसको परिवर्तनको कारण बन्ने पात्र शिखरले पाठकलाई बलियोसँग तान्नुपर्ने हो, तर उसको चरित्रलाई खासै ध्यान दिएर विकास गरिएको छैन ।

राजनीतिक व्याख्या र वर्णन धेरै तन्किएर अनि उही पुराना सिद्दान्त बारम्बार दोहोरिएर कथाको मूल स्वरुप नै कतै अल्झिएको छ । कुनै पनि कृतिका लागि राजनीति अत्यन्त समयसापेक्ष विषय, पृष्ठभूमि र सार हो । तर उपन्यासको पूर्णतयाः राजनीतिकरणले यो आंशिक रुपमा एउटा दस्तावेज झैँ बन्न पुगेको छ, जुन आख्यानका पाठकलाई भन्दा समाजशास्त्री र राजनीतिज्ञहरुलाई बढी रुचिपूर्ण लाग्छ । गिरीका अघिल्ला सिर्जनाहरुले जन्माएको अपेक्षालाई यो उपन्यासले न्याय गर्न सकेको छैन ।
3 reviews1 follower
March 15, 2015
केही घण्टा अघि आन्विका गिरी लिखित उपन्यास पढि सकें । आन्विका गिरीको उपन्यास भनेर भनिन यहाँ किनभने मलाई त्यस दार्शनिकको भनाई मन पर्न थालेको छ — जसले पुस्तकको प्रकाशनसँगै लेखकको मृत्यु हुन्छ भन्थे । सायद उनी रोलाँ बार्थ थिए जसले पहिलो पटक यस सिद्धान्तको चुरो उठाएका थिए ।

मान्छेको रङ - let me make an honest comment as a reader. For the first 80 pages, I thought the pace of story was fast (than any other) books. When Maya narrates her story I was like "wait is it still quick" as you've made your mind.
After I finished reading book of 378 pages what I honestly felt was
· This is nothing but JUST a story of Maoist insurgency;
· I then reconsidered my thought "this could be something more than Maoist insurgency"
· Whilst in the middle I re-evaluated this is dilemma and confusion of the "YOUTHS" of our nation.
· Towards the end it was JUST hope of youths who still believe (and I dare say BELIEVE- because there is no assurance from the leaders) that revolution assures bright TOMORROW of this nation.
· when I was in 375, I felt "I should hold on myself and read 3 pages tomorrow". Not because I did not like the book. Because I did not want to finish reading this book.
Congratulations Anbika for such a nice/pleasant read.
Displaying 1 - 2 of 2 reviews