नेपाली चलचित्र क्षेत्रमा ४० को दशकमा हिरो बन्न संघर्ष गरिरहेका तर पटकथामा हिरो हुँदाहुँदै पनि भेउ नपाएका साइड-हिरो ब्रजेसको संस्मरणले नेपाली चलचित्र क्षेत्र र संचार क्षेत्रको केहि कथाहरु रोचक ढंगले पस्केको छ । पढ्न रमाइलो छ । Updated:
अलि अघि नै पढेको यो किताब नयनराज सरको लाइभ पछि पुन: याद आएको हो ।
साइड हिरोमा ब्रजेश खनालको चलचित्रमा नायक हुने सपना र त्यो पुरा गर्न उनले गरेको संघर्ष छ । नायक हुने सपना भए पनि उनको पटकथा लेखन तर्फको सफलतालाई उनले त्यति महत्व नदिएको र नायक हुन नपाएको मै बढि दु:खी भएको हो कि जस्तो पनि लाग्छ । त्यसो हुनुमा लेखकहरु सॅधै ओझेलमा पर्नु र सम्पूर्ण श्रेय चलचित्रको नायकले लैजाने चलन पनि होला ।
खनालले किताबमा नेपाली चलचित्रको इतिहासका धेरै रमाइला पक्षहरु समावेश गरेका छन् । विदेशी चलचित्र निर्माणसॅग पनि त्यसको तुलना गरेका छन् । हिन्दी सिनेमाका केहि रमाइला किस्साहरु पनि छन् । कभिकभिको सफलताको किस्साले सो चलचित्र हेर्न खोजेको थिएं तर त्यो कतै भेटिएन । त्यस्तै कभिकभिको नाफा लुकाउन बनाएको भनिएको नुरी चलचित्र झनै बढि चलेको प्रसंग पनि रोचक थियो ।
नेपाली चलचित्रहरुमा उनले लेखेका विजय पराजय र ट्रकड्राईभरको प्रसंग पनि रोचक छ । प्राय उनले नायक हुने आशामा लेखेका चलचित्रमा विस्तारै विस्थापित हुॅदै अन्यले स्थान पाउने र उनीहरुको भविष्य चम्कने गरेको प्रसंगहरु छन् । युट्युबमा उपलव्द्घ यी चलचित्रमा लेखकको नाम विवरणमा नै छैन ।
पुस्तकमा गुनासो गर्ने ठाउॅ त्यति धेरै छैन । उनले गरेका आत्म प्रशंसा पढ्दा "अहम्...अहम्" गर्न भने मन लाग्छ । अभिनयको सवालमा उनले आफ्नो अभिनय कौशलको तारिफ पढ्दा त्यसतो लागेको थियो । केहि नामहरु उनले छुटाए पनि अनुमान गर्न सकिने खालका छन् । जस्तो उनको नेटिभीमा लगेको भिडियो अस्वीकीर गर्ने "धुरन्धर प्राविघिक सल्लाहकार" व्यक्ति विजयकुमार पाण्डे जस्ता लाग्छन् (पृ. ८०) । त्यस्तै कथा "चोरेर" चलचित्र बनाउने यादब खरेल (चलचित्र आंधी भेरी) भएको संकेत पनि देखिन्छ । तर नाम उनले पुरै खुलाएका छैनन् । त्यसैले छानिएका व्यक्तिमा बढि आक्रोश पोखिएको भान हुन्छ ।
हल्का पठनका लागि र चलचित्रमा रुची राख्नेहरुका लागि यो किताब पठनीय हुन सक्छ । यो किताबका बारेमा लेख्दै गर्दा एक विचार मनमा आयो।
नेपाली चलचित्रमा नायकको अभाव छैन । कलाकार पनि छन् छनालाई । पटकथा त्यस्तो दरो देखिॅदैन । उही भारतीय चलचित्रको जोडजाड वा प्रभाव बढि देखिन्छ । अलि मौलिकता र प्रयोग कमै देखिन्छ । त्यसो हुनुमा पटकथा लेखकलाई दिइने पारिश्रमिक र उनीहरुलाई दिइने श्रेयको अभाव हो भन्दा गलत नहोला । नभए पटकथाका "नायक" चलचित्रमा नायक हुन नपाएकोमा साइडहिरो लेख्दैन थिए कि !
Reflects old days of Nepali movie industry and of course its biography of Brazesh Khanal who once wanted to cast a major character but landed as a 'Side Hero' side role actor.
I've known Brajesh Khanal for several years. I might have even seen him in real life but I'm not sure about that. I've seen him on Twitter too but I don't follow him because either he unfollowed me or never followed me back. This is not the time to write about my stupid idea about Twitter followings. I would have never picked up the book if it wasn't the only available book in a place without mobile network and internet. I carried it with me to Kathmandu when I stopped reading it but forgot to bring it back to the rural location. Later, I remembered the book again and asked someone to bring it to me. I then continued reading and finished the whole book. I liked the book enough to want to read his two earlier works, Yayawar and Juneli. This is neither a perfect book nor the best book I've ever read but I have no regrets that I read the book. It was definitely worth reading. It took me back to the childhood into things we had both seen. I liked the end of the book when he mentioned to a couple of people whom I also happen to know through Twitter. I'll give this book five stars. Each one of them is well deserved.