Jump to ratings and reviews
Rate this book

हिटलर र यहुदी [Hitler ra Yahudee]

Rate this book
This book is based on the political history of Nepal. In this book, the author has described about the autocratic rule in Nepal and the struggle the leaders of different political parties had to do against those dictators. In this book, the author has explained about the painful experience in prison during those struggling periods. Similarly, through this book, the author has even mentioned about the Nepali society of that time. Similarly, here in some places it is also mentioned about the world war and the history of Hitler. This book also describes about the different aspects of life. Here, it is also shown about the relationship and the love between a husband and a wife. Similarly, somewhere it also talks about the pain and sorrow arisen at the time of departure from our beloved ones and own nation. Thus, this book has presented us different aspects of life. This book must be read at least for once.

299 pages, Paperback

First published January 1, 1958

47 people are currently reading
813 people want to read

About the author

Bishweshwar Prasad Koirala

16 books164 followers
Bishweshwar Prasad Koirala (Nepali: विश्वेश्वरप्रसाद कोइराला) was born in Varanasi to father Krishna Prasad Koirala, was one of the greatest Nepali political and literary figure. He was the Prime Minister of Nepal from 1959 to 1960 and also the first democratically elected Prime Minister in Nepal's history. He held the office just 18 months before being deposed and imprisoned by order of King Mahendra. The rest of his life was spent largely in prison or exile and in steadily deteriorating health.

While Koirala is considered one of the most charismatic political leader of Nepal, he was also one of the most well-read and thoughtful writers of Nepalese literature. He wrote short stories and novels, and some poems. Koirala began writing short stories in Hindi. His first stories were published in Banaras in Hansa, a Hindi literary magazine edited by Prem Chand (India's Tolstoy). His first Nepali short story "Chandrabadan" was published in Sharada (a Nepali literary magazine) in 1935. Koirala was very good at depicting the character and mind of women. Four other stories of Koirala were included in Katha Kusum (an anthology of Nepali stories), published in 1938 in Darjeeling. As a social realist, with good psychological insight, Koirala had established himself as one of the most important Nepali short story writers of Nepal.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
71 (25%)
4 stars
115 (41%)
3 stars
61 (21%)
2 stars
20 (7%)
1 star
12 (4%)
Displaying 1 - 22 of 22 reviews
Profile Image for Himanshu Karmacharya.
1,148 reviews113 followers
September 26, 2020
हिटलर र यहुदी बि पी कोइरालाद्वारा लिखित एउटा अपूर्ण उपन्यास हो जसलाई सो उपन्यासको मुख्य पात्रको यात्रा अनुभवको रुपमा, एउटा स्मृतिलेख को रुपमा रचना गरिएको छ।

किताब भने बि पीका सुन्दर शब्द हरुले भरपूर्ण छ र सार्है नै राम्रो आरम्भ छ। विश्व युध को बखत यहुदी हरु माथि भएको दमन र क्रुरताको सत्य र मनमोहक चित्रण गरेका छन्। यी सबै कुराले म मोहित भए पनि किताबको पकडले मलाई आधा बाटो मा छोड्न शुरु गर्यो किताबको केहि खण्डहरु मैले अनावश्यक रूपमा तन्काएको महसुस गरे जसले गर्दा मलाई त्यो खण्डहरु सार्है दिक्क लाग्दो नै लग्यो।

हुनसक्छ उहाले पुस्तक पूरा गरेको भए, मेरो अन्तिम राय केही फरक हुने थियो। आधा अधुरो किताब ले मलाई पनि अन्त्य मा आधा अधुरो अनुभूति दिएर नै छोड्यो।
Profile Image for Jyotsna Marasini.
28 reviews16 followers
June 26, 2020
Rating: 3.5/5

विपि कोइरालको कृति निकै पढ्ने इच्छा थियो र यो पुस्तकबाट आशा पनि उत्तिकै । नेपालबाट कोल्कत्ता, लण्डन, सुइडेन, जर्मनी, पेरिस हुँदै इजरायल सम्म पुगिने यो यात्रा निकै गहकिला प्रश्नोत्तर, समीक्षा र जीवन दर्शनको सम्मिश्रण हो । मैले आजसम्म जति वटा विश्व युद्दको कथा पढेँ, ती सबै भन्दा फरक शैलीको लाग्यो मलाई हिटलर र यहुदी । हिटलर गीता बाट प्रभावित थिए भन्ने कुरा मै प्रश्न चिह्न लाग्दा पनि लेखकले एक्दमै पत्यारिलो तवरले घाटनक्रमलाई प्रस्ट्याका छन् ।

अरु सबै पक्ष राम्रो लाग्यो यो पुस्तकको मलाई तर बीच भागमा सुइडिस र जर्मन नगरिकसँगको वार्तालापमा म आफूलाई पृष्ठभूमिमा केन्द्रित राख्न असमर्थ रहेँ । सायद लेखकको लेख्ने तरिकाले होला म घाटनक्रमसँग सहानुभूति जनाउन सकिरहेको थिइन ।
यो कृतिमा मलाई निकै मन परेको भाग लेखकको सरलता पूर्वक गहिरा कुरालाई प्रस्तुत गर्ने शैली हो । पुर्वेली सभ्यता र पश्चिमेली सभ्यताको अन्तर पनि निकै सटीक पारामा प्रस्तुत गरेका छन लेखकले यहाँ ।

"दुलाहदुलहीको सम्बन्ध करको होइन ।
ठीक यही कुरो त यहाँकी (सुइडेन्कि) छोरीले पनि भनेकी थिइ- विवाह भनेको करको सम्बन्ध होइन ।
तर कति भिन्न निष्कर्ष ! तिमी भन्थेउ- कर नभएर स्थापित भएको सम्बन्धलाई कर नपरिकन कसले तोड्छ ! र, उ भन्थी- करको सम्बन्ध नभएकोले बाधिएर बस्ने के कर छ ?"


यो सानो अंशले धेरै कुरा प्रस्फुटन गरेको भान भो मलाई ।

यसमा लेखकले जीवनका धेरै पाटाहरु पनि केलाएका छन् ।

"जीवन को रहस्य के छ र, त्यो त अनि उघ्रिएको कुरो छ । त्यस भित्र केही पाउदैनौँ ।"
Profile Image for Ramesh Dahal.
3 reviews2 followers
February 1, 2015
बिपि कोईरालाले त्यो बेलामा पनि म जस्ता सामान्य बिद्यार्थीले सजिलै नरोकिईकन पढ्नसक्ने शैलीमा पुस्तक लेखेकोमा उहाँप्रती अन्तर्मनदेखी नमन ! गजबको लेखकी छ, हिटलरको पालाको आधा युरोप त मैले पनि देख्न पाएँ । मान्छेले मान्छेलाई कतिसम्म दमन गर्न सक्दोरहेछ भनेर लेखकले प्रष्ट पारेका छन् । दु:ख त यो कुराको छ हिटलर पटिको अध्याय सबै पढियो यहुदी पट्टिको भने पढ्न पाईएन । कैलेकाइँ सोच्छु कसैले तो पुरा गर्दिए हुने फेरी लाग्छ बिपिको सोच अरु को संग छ र, उसले पक्कै बिपिको सोचाईले लेख्दैन । यदि सपनामा बिपि आएर "मैले के गर्न सक्छु" भने भने "हिटलर र यहुदी पुरा गर्देउ" भन्छु ।
Profile Image for Bikram Magar.
9 reviews2 followers
March 30, 2020
The Book is an incomplete journey of a writer showing thr miscellaneous about the political condition of not only a particular place but also the Europe and South Asia during the time of 2nd world war, philosophical views on Religion, races, aspect from the Hitler, some Jews and other foreighn personalities that the writer interacts with and the sceptical relationship betn his and his wife..
This entire review has been hidden because of spoilers.
Profile Image for Nascent.
76 reviews
Read
September 11, 2025
सुरक्षाको यत्रो खाँचोले मलाई हठात् एक्लो पायो, र म उदास भएँ। जीवन कति शून्य, मैत्रीको कत्रो अभाव यसमा । पचास लाख मानिसको ठेलाठेल भएको सहरमा मानिस कति एक्लो ।

यो त मलाई थाहा थियो, अनुभवको माथिल्लो चोटिमा पुगेपछि होस् चाहे त्यसको सतहमा, अनुभवले मानिसको व्यक्तित्वमा डाम डामेर छाड्छ- छाड्छ, शरीरमा भन्दा चेतनाको, मर्मको केन्द्रस्थलमा । यही कुराले त मैले उसलाई भनेको थिएँ बम्बईबाट आएर ।

“विषाद अन्तिम भोग हो मानिसको । सुखको होस् चाहे दुःखको, तीव्र अनुभूतिको भोग विषाद त हो नि । विषाद रुग्णावस्था होइन, प्यारी ।”

जीवन के हो ? किन जीवनसम्बन्धी प्रश्न यस्तै घडीमा मात्र उठ्छ ? जब कि विह्वल प्रेमले आनन्दको सन्तोष पाउँछ, या जब विह्वलता थपिँदै गएर प्रशान्त महासागरमा गहिराइ प्राप्त गर्छ, या जब मानिसलाई शिशुहरू अग्निकुण्डमा होमिएको चस्मादिद गवाह बन्न कर लाग्छ, र यस्तै घडीमा मान्छेमा प्रकाण्ड परिवर्तन पनि आउँछ । ऊ स्वयम् भन्छ- म अर्को भएको छु । यस अनुभवले मलाई एकदम भिन्न व्यक्ति बनाएको छ र अर्थको बन्धनबाट मुक्त भएको मौलिक ध्वनि निस्किन्छ प्राणको केन्द्रबाट- अह ! जीवनको अनुभव त्यही निःश्वासको सानो ध्वनिले व्यक्त गर्छ । अह !!

मैले सोचें, प्रेम के हो ? मेरो अहिलेको ईर्ष्या ? मेरो उसका प्रति एकाधिकारको उग्रकामना ? उसलाई त्यस्तो खाँचो छ मेरो; मलाई हरक्षण प्राप्त गर्नलाई भने उसले आफूलाई अर्काकहाँ बन्धक राखेर मेरो खाँचो पूरा कसरी हुन्छ ? ऊ अर्काकी भएर पनि मलाई प्रेम गरिरहेकी कसरी हुन्छे ? त्यसो भए के शरीर अप्रासङ्गिक छ प्रेममा ?

यो विराट् ब्रह्माण्ड समुद्रमा क्षणक्षण असङ्ख्य विश्वको प्रलय संहारकारी ( ज्वार आएको बुरुदाबुदै सहानुभूतिको अश्रुबिन्दुको के अर्थ हुन्छ र ?

“प्रिय नेपाली मित्र, शब्द, त्यसको अर्थ र अर्थको ज्ञान- तीन तत्त्व छन्, मान्छेको बुझाइमा । तपाईंले सुन्नुभो यहुदी मारिए; तपाईंको बुझाइ अर्थसम्म सीमित भयो, संवादको अर्थसम्म मात्र सूचना मात्र ग्रहण गर्नुभयो । कुन उद्देश्यले त्यसो भयो त्यो सूचनाभन्दा माथिल्लो तहको बुझाइ हो, जसलाई ज्ञान भन्छन् ।”

मैले स्वीकार गरें- “व्यर्थमा वार्तालाप गम्भीर स्तरमा पुग्यो तर मलाई पनि कहिलेकहिले यस्ता विचारले त्यसै आन्दोलित गर्छ र सोध्न मन लाग्छ- अर्थ के हो ?”

उसले भनी- “केको अर्थ ?”

मैले भनें- “यही क्या, हाम्रो जीवनको ।” उसले भनी- “यो कस्तो खाँचो तिमीलाई, हर कुराको अर्थ चाहिने । बिनाअर्थको

जीवन आनन्दमय हुन सक्दैन र ? मलाई त क्षणले नै यसरी लट्ठयाइराख्छ, त्यसभन्दा बाहिर सोच्ने समय नै पाउँदिनँ ।”

मैले घोरिएर बिस्तारै भनें- “क्षण !”

“अँ… क्या… क्षण…। प्रतिक्षण साहित्यका यावत् ठेलीहरूमा मेरो हृदयको भावना यही एउटा वाक्यले स्पष्ट पारेको छ, र लाग्छ, यो वाक्यभन्दा ठूलो उक्ति अरू केही छैन- ए, क्षण पर्खी पर्खी । आह ! तेरो अनुहार कति सुन्दर छ ।”

"राति लाग्छ, हामी मात्र छौं, केन्द्रीभूत भएको आफूमै ।"
आजको चाँदनी रात निष्फल भयो, तीव्र गतिले प्रवाहित बादलले ढाकेकाले । आकाशमा अर्को समुद्र रहेछ बादलको चन्द्रमाको जहाज डुब्छ, उत्रिन्छ । डुब्छ, उत्रिन्छ ।

प्रलयङ्कारी तुफान । प्रत्येक मानिस प्रलय-छायामुनि जीवन बिताउँदा रहेछन् ��� मुटुमा प्रलय लिएर हिँड्दा रहेछन्- प्रत्येक मानवसम्बन्धमा प्रलयको सम्भावना हुँदो रहेछ ।

“यो या त्यो भन्ने कुनै कुरा छैन । जसलाई तिमी विज्ञान भन्छौ या विज्ञानको लोक- त्यो पनि विश्वासको लोक हो । विज्ञान आखिर अनुमान (Asusmption) मा आधारित छ, मानवीय स्तरको सीमित अनुभवको आधार छ त्यसको । त्यसो हुनाले विज्ञानको विकास भनेको अनुमानमा भइरहेको परिवर्तन हो । मित्र, साइन्स पनि विश्वास हो, केवल त्यो निम्नकोटीको । आध्यात्मिकता हामफालेको होइन कुनै अन्य लोकमा दिवालबाट । यो त तल्लो तहको विश्वासलाई ज्ञानको स्तरमा पुर्याउनु हो। हाम्रो आर्य वचनले भन्छ, परम ज्ञान भनेको लोक र परलोक मेटिएको देख्नु हो। “

"प्रेम भनेको यौन हो ? सँगसँगै सुतेको ? कि त्यो कर्तव्य हो ? प्रेम गरेको भनेको कर्तव्य सम्पादन हो ?"
हामीहरू मुटुमा चिहान लिएर हिँड्छौं- आफ्ना प्याराहरूको चिहान, यौवनका यावत् सपनाहरूको चिहान । “

भाइ मलाई भन्थ्यो- “धन्दा नमान दिदी, म छँदैछु नि ।’ रित्तिँदै गइरहेको सहरमा कुन्नि कहाँबाट खानेकुरा सुट्ट ल्याउँथ्यो र मेरो मुखमा हालिदिएर भन्थ्यो- ‘खाऊ दिदी, भोकाएकी छौ ।’

म भन्यें- ‘तिमीलाई खोइ नि ?’ ऊ भन्थ्यो- ‘म त कमाउने छोरो होइन र घरको दिदी ?’ कहाँबाट मैनबत्तीको ठुटो ल्याउँथ्यो, अँध्यारो भएको कोठामा बाल्थ्यो र ‘दिदी, तिमीलाई अब त डर लाग्दैन ? बिजुली छैन त के भो । म जोगार गर्न सक्दिनँ र बाल्ने कुराहरूको ?’

तिमीहरूकहाँ अझै देउता बाँकी छन् ? यहाँ त शून्य भयो ।”

यो सब मिथ्या हो । केही कुरा साँच्चो छैन; देखेका, सुनेका यावत् कुराहरू । शङ्कराचार्यको मनस्थितिमा पुगेर भन्न मन लाग्छ- ‘जगत् मिथ्या हो ।’ बिरानो मुलुकको खैरो सन्ध्यापछि लगत्तै ज्याप्प भएर निभेको बत्तीजस्तो भएर रात्रि कोठाभित्र पसेको थियो । खोरन्डे सिपाही बेलुकाको भोजनको तरखरमा होला । काठको गोडा सिमेन्टमा बजाउँदै खट् खट् बाहिर गयो । म एक्लै अँध्यारो कोठामा चिन्ताग्रस्त भएर गम्न गालें – सारा वृत्तान्त कुट्टो हो, हिटलर थिएन । त्यो महायुद्ध भएन, साठी लाख यहुदीहरूको सामूहिक चिता प्रज्वलित भएन । असम्भव कुरा हुन् यी सबै । इतिहासले बेहोर्नै नसक्ने, मानवको सञ्चित मस्तिष्कं र उसको स्मृतिमा अट्नै नसक्ने कुराहरू हुन्, जो खोरन्डेले मलाई सुनायो । प्रकृतिको अनन्तताको सीमाभन्दा बाहिरका कुरा हुन् । त्यसको अनन्त वैचित्र्यमा पनि नमिल्ने तस्बिर । आधुनिक कुनै कुटिल रुग्ण दाँतले एउटा नयाँ नरकलोकको वर्णन गरेको मात्र हो त्यो कुनै कालो विषमय, निष्ठुर मस्तिष्कबाट प्रवाहित वैतरणी ।

“म निष्ठुर होइन कदापि । निष्ठुरता एउटा भावावेग हो- उत्तेजनापूर्ण क्रिया जसबाट म मुक्त भन्ठान्छु आफूलाई । यथार्थमा, म दयाबाट पनि मुक्त छु, किनभने दया पनि भावनाप्रधान तत्त्व भएकोले मैले त्यसलाई विषजस्तो त्यागेको छु । गीता सर्वश्रेष्ठ ग्रन्थ हो । दैवत्वविहीनको धर्म प्रतिपादित छ त्यसमा- सांसारिक कर्म गीताको कर्म हो । त्यो एउटा त्यस्तो महान् आध्यात्मिक ग्रन्थ छ जसलाई आआफ्नो अखण्डनीयताका लागि धर्मशास्त्रीहरूले ईश्वको भर पर्नु पर्दैन । कृष्ण र अर्जुनको कथा एउटा रूपक मात्र हो- सोद्देश्य लेखिएको नीतिकथा- एउटा आख्यान हो । ईश्वर भनेको उत्तेजनारहित मानव हो- लिप्सामुक्त, स्पृहाबाट मुक्त व्यक्ति । मानव त्यस्तो ईश्वर हो जो आसक्तियुक्त छ । मानव र ईश्वरमा फरक अर्को यसले पनि छ- या भनूँ त्यही कारणले नै कि एउटा सामर्थ्यहीन छ अर्को सामर्थ्यवान् । राजनीतिमा लागेको व्यक्ति अरू पेसाका मानिसभन्दा झन् बढी शक्तिको पथको यात्री हुन्छ । उसको अनुसन्धानशक्ति त झन् बढी शक्ति हो । त्यसो हुनाले गीता राजनीतिज्ञहरूका लागि अमरवाणी भएको छ । उनीहरूका लागि यो विज्ञानको ग्रन्थ हो । यस ग्रन्थले भन्दछ- मानिस र शक्तिप्राप्तिको उसको लक्ष्यका बीचमा पहाडजस्तो अडिएर रहेको हुन्छ – स्वयम् त्यस मानिसको आसक्ति । अरू कुरा- शक्ति प्राप्तिबाहेक- राजनीतिका लागि हेतुहीन हुन्छन्, एकदम निरर्थक । साँच्चै भन्ने हो भने, अरू कुरा शक्तिको पथमा अग्रसर हुने व्यक्तिको गोडाको जन्जिर हुन्छ- दया, माया, दानीभाव, मानवता, प्रेम या तिनको विपरीत भावना- घृणा, निष्ठुरता । यदि कसैले प्रेमले या घृणाले या निष्ठुरताले नै कसैलाई मार्छ भने त्यो नरहत्या हो, पाप । किनभने त्यस हत्याको क्रिया प्रेमको आसक्तिमा, घृणा र निष्ठुरताको उत्तेजना र उन्मादमा सम्पन्न भएको हुन्छ । तर यदि त्यही हत्या आसक्तिरहित छ भने- युद्धको लाखौंलाख प्राणीको हत्या पनि अवैयक्तिक छ भने- अवैयक्तिक किनभने, हत्याराको वैयक्तिक आसक्ति मुछिन गएको छैन त्यसमा भने- त्यो धर्मसम्मत, पुण्यवान कार्य हुन जान्छ ।

महाशय, अस्तित्व प्रारम्भमा अर्थहीन छ, त्यसलाई स्वयम् तिमीले अर्थ प्रदान गर्नुपर्छ – त्यसको सार्थकता तिम्रो रचना हो, जीवित भैरहने, जानेर प्रक्रियामा रच्दै गएको। जीवन भैरहने प्रक्रिया के हो ? बाँच्नु भनेको हिँड्नु जस्तो कुरा हो – तिमी पहिलो पाइला चाल्छौ र त्यसरी हिँडाइको प्रक्रिया प्रारम्भ सुरु गर्छौं- पाइला चालिरहेको प्रक्रियालाई हिँडाइ भन्छन्। जीवनमा पनि त्यस्तै तिमी एउटा कदम हिँड्छौ – अर्थात् एउटा निर्णय लिन्छौ र यसरी तिमी जीवनको प्रक्रिया प्रारम्भ गर्छौ र तिमीले लिइरहेका निर्णयहरूको शृङ्खला तिम्रो जीवन हो – त्यही हो तिमी बाँचेको भनेको । जब तिमी हिँड्छौ, स्थानको अन्ततामा तिमी एक दिशापट्टि आफ्नो गोडा चाल्छौ – विचारपूर्वक होस् चाहे त्यसै अल्हडमा । अल्ह घुमाइ, निरुद्देश्य घुमाइ पनि हिँडाइ नै हो । त्यस्तै चयनको अनन्त सम्भावनाहरूमध्ये, एउटालाई रोजेर तिमी एउटा निर्णय लिन्छौ तिमी बाँध्छौ त्यस निर्णयद्वारा आफूलाई- अल्हडमा तिमीले रोजेको निर्णय होस् चाहे विचारपूर्वक सोद्देश्य । तिम्रा तमाम कार्यहरू तिम्रा रोजाइ हुन्, तिम्रा निर्णय । तिमी आफ्ना निर्णयले आफ्नो जीवनलाई सार्थक बनाउँछौ होला, अधिकांश मनुष्यका लागि केवल खानु, लाउनु, धन आर्जन गर्नु, राति दुलहीलाई पेट बोकाउने एक प्रयत्न गरेपछि बिहानसम्म निदाउनु, बस, यति नै – तिनले दिएको त्यही अर्थ हो, आफ्नो जीवनको… ।

“… निःसन्देह पाउँदैन, अर्कालाई फैसलाको अधिकार छैन । त्यसले आफ्नो बारेमा आफै फैसला दिन्छ आफ्नो निर्णयात्मक कार्यद्वारा…। जीवनमा निर्णय लिने उसको स्वतन्त्रताले उसलाई आफूउपर आफू जज हुने अधिकार दिएको छ । एउटा सिपाही आफ्नी बूढी आमाको मायामा देशप्रेमलाई त्याग्छ भने, आमा- जसको स्याहारसम्भारका लागि ऊ आफूलाई जिम्मेवार पाउँछ; त्यसलाई त्यसै देशद्रोही भन्न पाइँदैन । त्यस्तै अर्को सिपाहीले आमाको स्नेहलाई बेकदर गरेर स्वदेशका लागि सूली चढ्यो भने त्यसलाई कुपुत्र भन्न पाइँदैन । दुवैका लागि मेरो एउटा प्रश्न मात्र हुन्छ- के तिमी आमाको ठाउँमा देश या देशको ठाउँमा आमालाई रोज्दा आफ्ना प्रति इमानदार थियौ ? मेरो मात्र हो- केवल उसको इमानदारी ।”

“चोर नि…!”

“चोरको चौर हुने निर्णय उसको आत्मस्थापना (Self assimilation) को आन्दोलन हो, उति नै प्रशंसनीय जति कि एउटा सच्चा यहुदीको यहुदी हुने निर्णय । दुवैको निर्णयमा फरक छैन । स्वयम् निर्णय स्वभावमा कुनै प्रकारको नैतिक दृष्टिबाट निन्द्य छैन । “

“त्यसो भए हिटलर नि… ?”

आखिर युवक, दर्शन या साहित्य वाक्चातुर्य नभए के हो त ? सत्य शब्द हो । प्रारम्भमा शब्द थियो । शब्दलाई मेटिदेऊ सत्य मेटिन्छ- कारण, , सत्यको आत्मा शब्द नै हो । किनभने शब्द या त चातुर्यपूर्ण हुन्छन् या लो से पट्टाइलाग्दा; सत्य पनि तदनुरूप आमोदजनक या नीरस स्वादहीन जीवित या निष्प��राण । नादब्रह्म – अइउण्… ऐओच्… ।”

***

https://annapurnapost.com/news/117534...

Profile Image for Sangharsha.
147 reviews1 follower
May 8, 2014
I deliberately chose to read this at last after finishing all of BPK's books (as we know its an unfinished novel). It is a brilliant piece; leaves the reader to assume the end, making it a totally new experience. I liked it. Takes you from the Nepalese terrain to the holocaust in such a swiftly moving plot. Lesser of BPK's sex psychology and more into religion and philosophy.
2 reviews
December 21, 2017
Hitler ra Yahudee is a book that would get a justice only if it gets called something of next domain. I was awestruck realizing that he switched from portraying the emotional relationship between the Nepalese couple to depicting the grief of Yahudee (Jews) during the second world war with a perfect interweaving transition. The monologues, although were hard to comprehend, provided the insightful analysis of the psychological state of characters. B.P Koirala also penned few chapters of this book to show the differences between male and female in the sexual loyalty. I found the word, मैथुनिक एकनिष्ठता, he used to explain the difference more interesting than the conclusion he drew. He explained that men lack मैथुनिक एकनिष्ठता।
Profile Image for Aishu Gyawali.
21 reviews
March 21, 2025
म बी.पी. कोइरालाको ठूलो प्रशंसक हुँ, उहाँका अधिकांश पुस्तकहरू पढिसकेको छु। हिटलर र यहुदी पनि धेरै अपेक्षाहरू राखेर पढ्न थालेको थिएँ। तर, मैले सोचेजस्तो होइन, पुस्तक बिल्कुलै फरक लाग्यो। मैले हिटलर र यहुदीको कथालाई गहिरोसँग बुझ्न सकूँला भन्ने आशा गरेको थिएँ, तर पुस्तकमा अरू थुप्रै कुराहरू थिए।

क्रुजको भाग राम्रो लाग्यो, तर कथाको विकास ठीकसँग भएको जस्तो लागेन। कथा राम्रोसँग बुझ्न नपाउँदै किताब सकिएको अनुभूति भयो। कतिपय ठाउँमा अनावश्यक रूपमा कथा तानिएको जस्तो पनि लाग्यो। जति गहिरो र प्रभावशाली कथा हुनेछ भन्ने अपेक्षा थियो, त्यो जस्तो महसुस भएन।

समग्रमा, पुस्तकले धेरै कुरा बुझाउँछ, तर जति ठूलो आशा थियो, त्यति प्रभाव पारेन। बी.पी. कोइरालाका अन्य पुस्तकहरू जस्तो बलियो प्रभाव छोड्न सकेन।
Profile Image for Ruskin BK.
1 review
April 3, 2025
शब्दको चर्खामा हिटलर र यहूदी साटफेर भईरहन्छन्। नटुङ्गिने बहसहरु सिक्काको एकुन्टा पाटोमा उठि नै रहन्छन्। यस माझ पनि ईतिहासको भोगाई अनुरुपको भाव र समाजको स्वभावलाई बुनेर उपचारको लागि हिडिरहेको यात्रुले स्थान र व्यक्ति विशेष जीवन, दर्शन र ज्ञानहरुलाई समेटेर स्मृति लेखन गर्छन्। यात्रा र विश्रामहरु बीच विभिन्न वादप्रति विवाद भई नै रहन्छ। तर पनि तटस्थ रहिकन अघि बढिरहन्छन्। मानव सभ्यता र नरनारीको चर्चा मीठो ढङ्गले गरिएको छ। उपन्यास अपूर्ण भएता पनि, जति छ त्यतिमै पनि पूर्णता भेट्न सकिन्छ तर पूर्ण उपन्यास कस्तो होला थाहा पाउनलाई विश्वेश्वरप्रसाद कोईरालाको मस्तिष्कमा जाऊ जाऊ हुन्छ।
Profile Image for Hem.
51 reviews2 followers
June 27, 2022
वि पीकाे अद्भुत लेखनकलाले आश्चर्य-चकित नपारेको कहिले नै थियो र । कलकत्ताबाट सुरू भएको यात्रा तेलअवीवमा सकिँदासम्म यस कृतिले पाठकको मानस-पटलमा एउटा रोमञ्चपूर्ण यात्राको छाप छोडेको छ ।
यात्राका सहयात्रीहरु सँगको सौहार्दपूर्ण सदभाव, ज्ञानले लिप्त वार्तालाप, मत-अभिमतको श्रृङ्खला तथा ति सबै मार्फत पाठक-वर्गलाई उपहार स्वरूप वि पीले दिनुभएको वहाँको कल्पना-शक्तिको उदाहरण प्रसंशायोग्य अवश्य नै छ ।
50 reviews2 followers
September 20, 2019
Great travel memoir with interesting story to tell. Vivid description of places. Touching narratives about the aftermath of second world war and the atrocities committed by Hitler on Jews.
Profile Image for Sarad Bajal.
9 reviews1 follower
July 17, 2021
मेरो अपेक्षा भन्दा निकै भिन्न पाएँ । हिटलर र यहुदीको कहानीमा केन्द्रित होला भन्ने सोचेको थिएँ उपन्यासले धेरै कुरा समेटेको छ । उपन्यास भित्रको चिठी लेखन गजब मन पर्यो ।
Profile Image for Abhigya Dahal.
7 reviews6 followers
August 7, 2021
मैले यो किताब यात्रा संस्मरण हो भन्ठानेको थिए तर त्यसो रहेनछ। बिपीले आफ्नो यो कृतिमा यात्रा संस्मरण र दार्शनिक चिन्तन दुवै समावेश गरेका छन्। यात्रा संस्मरणहरू असाध्यै घतलाग्दो लाग्यो। दार्शनिक चिन्तन चाहिँ कुनै ठाउँ घतलाग्दो, कुनै ठाउँ ठिकै र कुनै ठाउँ उराठलाग्दो लाग्यो।
Profile Image for सरु.
15 reviews
May 21, 2025
सायद अलिक ढिला पढेँ!
Profile Image for Prashant.
29 reviews
June 4, 2025
The story somehow feels incomplete with such a great story. The last two chapters felt pointless.
Profile Image for Rupam Devkota.
8 reviews
August 16, 2016
Probably the most overrated novel ever written in Nepalese literature. The writer tries his best to be neutral in the topic of holocaust and the seemingly neverending Israel and Palestine conflict But there are parts where he seems insensitive and looks ignorant. The conversation between Hitler and God is the most boring part as Hitler was never a Hindu and whether he was influenced by Gita is not known and I believe that is a conspiracy theory. It is incomplete and almost all character are half-baked and the discussion of the Hindu theology is so stretched that it is almost unbearable.
Profile Image for Anshu Sharma.
328 reviews67 followers
May 3, 2017
This book was bizarre, for the lack of a better word. Set after the World War II, it's a depiction of war torn Europe through the eyes of a person who wasn't even remotely touched by the said war. I don't don't know if I failed to grasp the point of this book but this book just rambles on and on. One of my least favorite reads by BP.
Displaying 1 - 22 of 22 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.