तथाकथित उपल्लो र तल्लो जातको बीचको अविरल संघर्ष हो मैदारो । चित्रकार नदीनको कथामार्फत 'दलित' समुदायले भोग्नुपरेका दु:खलाई मैदारोले केही हदसम्म न्याय गरेको छ । उपन्यासको केन्द्रविन्दुमा दलित आन्दोलनसँगै अन्तरजातीय प्रेम र नदीनको स्व-अस्थित्त्वको खोज निकै राम्रोसँग आएको छ ।
गातामा झुन्डिएको उल्टो चमेरो चित्रकार नदीन सार्कीको उल्टो चित्रकलाको प्रेरणास्रोत हो । प्रकृतिमा सबै चिज सुल्टो छ तर मानिसले बनाएका थिति उल्टा छन् । हाड घोटेर काम गर्नेका घरमा भोक छ; जसले भकारी बनाइदिन्छन्, तिनका घरमा अन्न छैन; जसले मूर्ति बनाइदिन्छन्, तिनलाई मन्दिर छिर्न दिदैनन्; 'अछुत'ले छुँदा नर्क गइन्छ भनेर जीवनमरणको लागि संघर्षको समयमा पनि मृत्युलाई अपनाउनेहरू हुन्छन् । यस्तै कुराहरूको बिम्बस्वरूप उल्टा चित्र बनाउँछ नदीनले ।
गातामा मेरी बहिनी भने पहाडको बीचको गुफा देख्छिन् । चमेराको मुख भएका ठाउँमा गुफाको मुख अनि पुच्छर र पखेटालाई पहाड । नदीनको जिजीविषा पहाड र गुफासँगै त जोडिएको छ ।
उपन्यासमा थुप्रै लोककथा आएका छन् जसमध्ये "मैदारो" कथा मुख्य हो । यो कथा नदीन र उसकी प्रेमिका/श्रीमती कलासँग मिहिन ढंगले गाँसिएको छ । अन्य पात्राका कहानीहरूमा पनि दलित आन्दोलन, प्रेम र युद्धका भाव प्रस्तुत भएका छन् । उपन्यासको दुनियाँ चमत्कारिक पनि लाग्छ कताकता । लेखनले म्याजिक रियालिज्मको अनुभूति पनि गराउँछ ।
लेखन र प्रस्तुति शानदार हुँदाहुँदै पनि 'मैदारो'का केही सहजता माथि प्रश्न उठ्छ । नदीन र सार्कीटोलका केटाकेटीले सजिलै स्कूल पढ्न पाउनु (त्यो पनि पंचायत कालमा) र त्यहाँ वर्ग/जातिभेद सीमित देखिनु आश्चर्यपूर्ण छ । यो पुरानो कुरा हो, र उपन्यासको उद्देश्य त्यो देखाउने नहोला तर सामाजिक विभेदको एउटा निकै महत्त्वपूर्ण पाटो हो । फिसको अभाव र दलित भनी गरिने हेलाका कारण धेरै बालबालिकाले स्कूल छोड्नुपरेको छ । यस्तोमा पढ्नका लागि धेरै संघर्ष गर्नु नपरेको नदीन धेरै नै भाग्यमानी ठान्नुपर्ने हुन्छ । दलित संघर्षका अरू पाटा भन्दा पनि अन्तरजातीय प्रेमका आयामलाई प्रश्रय दिइएको छ ।
केही कमजोरीका बाबजुद 'मैदारो' एक सुन्दर उपन्यास हो ।
*** कथा संरचना: ४/५ भाषा प्रयोग: ४/५ (बागलुङे लवजको मिठास छुट्टै छ । सुरुवातमा त्यो लवज नदीनमा छ । तर पछि हराएको छ । अस्वाभाविक नभए पनि लवज त्यति सजिलै चै फेरिंदैन ।) भाषिक शुद्धता: ४.५/५ पात्रहरू: ४.५/५ औसत: ४.२५
छुवाछुत अनि जातीय विभेदले गिजोलिएको समाजमा, एउटा कथित तल्लो जातको मान्छेहरूले जीविकोपार्जनको लागि गर्ने संघर्षको कथा हो मैदाराे। कथित दलित र कथित उपल्लो जातको जोडीले प्रेमको लागि सामाजिक बहिष्कार सहनुपर्ने कथा हो मैदारो। थोरै जीवन देखि विरक्तिएको, थोरै जीवनसँग आशाको कथा हो मैदारो। मैदारो - मतलब कुनै कामको समाप्ति।
वाह! गजबको लाग्यो उपन्यास। अन्तिम पानामा पुग्दा लाग्यो, कति छोटो रहेछ यो उपन्यास, तर होइन ३५० पान्नाको पो रहेछ। पढ्नै पर्ने, हाम्रो समाजलाई अझ मिहिन ढंगबाट बुझ्न।
नेपाली ग्रामीण भेगमा व्याप्त छुवाछुत, यसमा लतपतिएको समाज, यसको बाछिट्टाले कुँदेको कुरुप ल्यान्डस्केप अनि यहिबीच मौलाएको एउटा "अमिल्दो" प्रेमको तीतो मिठो कथा हो मैदारो।
Maidaro: harvest garera ghar ma thankauna ready bhayeko fasal !! Maidaro : Ekjana artist ko katha jasko jiban ma kei kura safal hudaina Jasle atmahatya garna khojda tesma pani safal hudaina tara usle tes ghatana pachhi sikeka janeka ra bujheka kura haru lai bhibihnna patra haru sanga joddai lekhiyeko upanyas ! Maidaro: heartbreaking as well as soothing!!
This entire review has been hidden because of spoilers.