Jump to ratings and reviews
Rate this book

पाइप नंं. २ [Pipe No. 2]

Rate this book

84 pages, Paperback

24 people want to read

About the author

Bhawani Bhikshu

10 books9 followers
Bhawani Bhikshu was a prominent Nepali literary figure. His real name was Bhawani Prasad Gupta. Bhikshu started his writing career in Nepali literature by writing an essay on criticism which was published in Sharada Magazine. He worked as an Editor of Sharada magazine. He is one of the prominent figures in short story writing. He has received two major literary awards Madan Puraskar and Sajha Puraskar for his novel "Aagat" in 2032 B.S. He was also a member of Royal Nepal Academy.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
4 (40%)
3 stars
3 (30%)
2 stars
1 (10%)
1 star
2 (20%)
Displaying 1 of 1 review
Profile Image for Prabin Dhungel.
258 reviews32 followers
June 26, 2024
[ पाइप नम्बर २- भवानी भिक्षु]

वि.सं. २०३४ मा प्रथम संस्करण निस्केपछि बल्लतल्ल वि.सं. २०८० मा दोस्रो संस्करण निस्केको थियो भवानी भिक्षुद्वारा लिखित पाइप नम्बर २ को। "पाइप " यौन कथाको विस्तारित औपन्यासिक सिर्जना हो पाइप नम्बर २। फरक परिवेश, सन्दर्भ, संवाद आदि रहे तापनि दुईटैमा नेली (निलिमा, नीली) पात्रको growth आएको छ -- intellectual, physical attributes, ideological concerns अनि बानीबेहोराका आधारमा हेर्दा चै। भिक्षुका कृतिमा दर्शन र मनोविज्ञानका ज्ञात अज्ञात पाटाहरु चै धेर-थोर आएकै हुन्छन् सम्झेर आउँदा। कथानक र संवादमा यथाशक्य उनले विविध विषयसंबंधी दर्शन समाविष्ट गरेकै हुन्छन्। उनका केही राय- विचार- दर्शनसँग आफ्नो मत मिल्छ त केहीसँग मत मिल्दैन। अनि उनले प्रयोग गर्ने केही नेपाली शब्द यस्ता हुन्छन् कि तिनका अर्थ न अनलाइन भेटिन्छन् न त साझा - प्रज्ञा का शब्दकोष मा नै भेटिन्छन्। कतिपय शब्द फेरि हाम्रो जेनेरेसनका पाठकलाई दुर्बोध्य लाग्छन् त कतिपय सुनेको सुनेको झैँ लाग्ने नि हुन्छन्।

भिक्षुको पुरानो कृति "आवर्त" बारे आफ्नो पठन टिप्पणी पहिले राखेको नै छु। भाषिक शाब्दिक क्लिष्टता र confusion लाई पन्छाएर पढ्न सके शानदार, जानदार र वजनदार लाग्छ भिक्षुको लेखन-शिल्प र सिर्जनामा उठाइएका यावत् दर्शन र ज्ञानका कुरा।

प्रस्तुत किताबको कुरा गर्दा भिक्षुले यसमा प्रथम पुरुष शैलीमा  नेली पात्रको माध्यमबाट कथा सुरु गरेका छन्। नेली -- शिक्षित छिन् र आफुलाई महिला अधिकारवादी नभने पनि उनका केही संवादमा पाठकले कहिले अधिकारवादी फेमिनिस्ट पाउँछन् त कहिले त्यो भन्दा पृथक पात्र पनि भेट्दछन्। अनेकौं भाइबहिनीको लालनपालनमा भूमिका खेल्नुपर्ने, भविष्य र बिहाको प्रश्नले लखतरान - पट्यास लागेकी पात्र र आफ्नै तरिकाले स्थापित सामाजिक - सांस्कृतिक मान्यता विपरीतको सोच-विचार र व्यवहार गर्न रुचाउने नारीको कथा हो यो। समाजले चाहेको - मानेको परिपाटीमा नलागेकोले दुराचारिनी - व्यभिचारिनी आदि मानिन्छिनं नेली। विवाह गर्ने उमेरकी भए तापनि विवाह गर्न उसलाई हतारो छैन, भारी भरकम शब्द र दर्शनका कुरा गर्छिन्, अर्काको विहा गराइदिन, मानव र समाज सेवा कार्यमा साथ दिन र पुरुषको चाकरी चाप्लुसी नगरी बस्न सिपालु छिन् नेली।

किताबमा आउने दर्शनका कुराहरुमा पैसा र क्षयको कुरा, व्यभिचार र दुराचारका प्रसङ्ग, माया र विवाहको कुरा, हिजोआज सामाजिक संजालमा व्याप्त आइमाइ शब्द बारेको कुरा, लोग्ने र दुलहाको कुरा, विवाहेत्तर काम र कर्तव्य, आदि छन्। कन्या विद्यालयमा पढाउने शिक्षिका / अध्यापिका नेलीमा चाकरीको लोभ र जागिर गुम्ने डर नहुने कुरा,  समाज सेवा गर्न लालायित well settled rich युवकको सन्दर्भ, नेली र युवकबीच हुने भेटवार्ता- gift आदानप्रदान र मत अभिमतका कुरा पनि आएका छन्।

मानसिक दिक्दारी, आदि- वीरता, आदि-कायरता अनि आदि-साहस, आदि-ज्ञान, .....आदि बारे नि कुरा छन् आएका किताबमा। विपरीत लिङ्गका व्यक्तिबीच हुने रहने मित्रता, भेटवार्ता र कुराकानीलाई समाजले दिने हेपाहा दृष्टि, doubt over their relationship अनि what is your exact relationship status को उत्तर खोज्ने परिपाटी पाइन्छ कथानकमा। यसका अलावा अरु भन्दा फरक राय विचार राख्ने र अलग व्यवहार देखाएकै कारण जागिर र समाजबाट बहिस्कार गर्ने हो कि नेलीलाई भन्ने प्रकारान्तरको ego clash, misuse of power and authority र आरोप प्रत्यारोपणका सन्दर्भ नि छ। प्रेम, रस-साहित्य, स्वतन्त्रता, मुक्ति -मोक्ष, प्रेमको प्रकट र अभिव्यन्जना, प्रेम र शरीर-व्याधि, दाम्पत्य जीवन,  स्वार्थ र अर्थ बारे कतिपय प्रसङ्ग नि आएका छन् यस किताबमा।

कहिलेकाहीँ बोध हुने रित्तो रिक्त मनको कुरा सन्दर्भ नि आएको छ यसमा। पाप र पुण्य कर्म, नीति- निष्ठा - ध्यान र हाम्रा प्राकृतिक आवश्यकता बारे नि कुरा छ उठाइएको यस किताबमा। सानो आकारको किताब भए पनि कुनै कुनै ज्ञान र चिन्तनका कुरा विराट अनुपम लाग्दछन्।

केही केही कुरा सन्दर्भ र कथानक चै कसै कसैलाई पक्कै पट्यासलाग्दो र लम्बेतान गन्थन वाला मार्काको नि लाग्न सक्छ नै। अनि क्लाइमेक्स पनि चित्त नबुझ्दो पक्कै लाग्ने नै छ यसको। तर; किताब प्रकाशित साललाई हेर्दा चै लेखकको मनोवैज्ञानिक, सामाजिक र यथार्थपरक परिवेश चयन र प्रस्तुतिलाई चै मान्नैपर्छ।
Displaying 1 of 1 review

Can't find what you're looking for?

Get help and learn more about the design.