कुमार नगरकोटीको यो कृति पनि उत्तिक्कै मन पर्यो, यो नाटकमा चित्रण गरिएका पात्रहरुको प्ले , मलाइ Wonderful - O - wonderful लाग्यो । हो अद्भुत, अति अद्भुत !! सपनाहरुको पत्र पत्रमा पात्र हरु बडो मज्जाले अल्झेका छन, पाठक पनि कतै अल्झिन सक्छ, यद्यपि तपाइँ पुरै नाटक पढ्नुस के था मलाइ जस्तै तपाईलाइ पनि यो नाटक अद्भुत पो लाग्न सक्छ कि ?
भूषिता अब बल्ल अनिद्रा भई । ऊ नाच्न थाली । उसका हस्तमुद्राहरूले उसलाई कवि बनाए । हतकडीहरू गले । टाइपराइटरका कीहरू भाँच्चिए । अनौठो मर्त्यसंगीत पऽर नेपथ्यमा बज्न थाल्यो । ऊ प्रकृति भई । रजोवती भई । उन्मत्त भई ।
अबको नयाँ संसर्ग पछि अनिद्रा गर्भवती हुनेछ र भ्रूणलाई बाथटबमै आरोपित गरिदिनेछ । शायद त्यही बाथटबबाट भविष्यको कथानकमा नयाँ मोडको जन्म हुनेछ ।
कथा चलायमान छ । यो कथालाई भौतिक संसारमा बाँधीराख्न डोरी चाहिँदैन । अर्थात् डोरी अदृश्य छ ।
यो मेरो कथा अनादिकालदेखि लेखिँदै आयो । यसलाई वाल्मीकिले लेखे । आन्द्रे ब्रेतोँले लेखे । देवकोटाले लेखे । नगरकोटी र घिमिरे युवराजले लेखे । अनि आज मैले फेरी लेखेँ ।
बाथटब पहिलो कथा हो । बाथटब अन्तिम कथा हो । यसपछि मेरो मृत्यु भयो ।