‘‘ठूलो भए‘सी बल्ल बुझ्छस् ।’’ वेदले बोल्न सिकेदेखी सुनेको यहीँ हो । अहिले ऊ उन्नाइस वर्षको भयो तर उसले धेरै कुरा बुझेको छैन । बा बिनाकारण किन रिसाउनुहुन्छ ? निरुसाले आँखामा हेर्दा उसको परेला किन छटपटाउँछ ? मम्मीले मुस्कुराउन किन बिर्सनुभयो ? धेरै कुरा नबुझे पनि उसले एउटा कुरा राम्ररी बुझेको छ । उसको कुनै इच्छा पुरा हुनेवाला छैन । आफ्नो इच्छा लुकाउन शिपालु भइसकेको उसको भेट अक्षता नाम गरेकी केटीसँग हुन्छ । सानो सानो कुरामा हाँस्ने अक्षतालाई आफ्नो इच्छा लुकाउन आउँदैन । वेदले नबुझेका प्रश्नहरुको उत्तर अक्षतासँग हुन्छ । त्यसैले ऊ अक्षताको नजिक हुँदै जान्छ । तर उसलाई थाहा छैन अक्षता आफैमा एउटा प्रश्न हो ।
स्पर्श यो शब्द सुन्दै मन मा एउटा छुटै उमंग आउँछ कता कता काउकुती लाएर आउँछ Lockdown को समयमा कता जाऊ के गरु कसरी book ल्याएर पढु भइरको बेला अच्युत दाजु ले जुन २९ मा स्पर्श लाई आफ्नै स्वर मा प्रिमियर गर्नु भयो र त्यो नै मेरो सबै भन्दा सुख को पल थियो आफूलाई पढ्न मन लागेको किताब त्यही माथि आफ्नो मन पर्ने वाचक । छ वर्ष देखि सुरु भएको यो कथा आफ्नो वर्ष हरु सँगै आफ्ना मन का इच्छा आकांक्षाहरु बढ्दै जान्छ फेरिंदै जान्छ र यो पात्र ले मात्र हैन हरेक युवा ले स्पर्श गर्ने कुरा हो सबै ले भोक्ने कुरा हो । +२ सकिए पछि का रमाइलो क्षण,त्यसपछि का kathmandu सहर मा पढाउने बा आमा को इच्छा तै इच्छा लाई पछ्याउँदै आफ्नो काठाडौँ को गन्तव्य एउटा मध्यमवर्गीय परिवार जस्मा दिदी भागेर गएको,बा आमा को तै कुरा मा छलफल र यही कुरा गर्दा गर्दा ,काठमाण्डौ र तानसेन बीच को हरेक ठाँउ र त्यहाँ पुग्दा को हरेक पलहरु यसरी विस्तृत रूप मा भनिएको थियो कि म नै वेद थिए जो यस उपन्यासमा "म" भन्ने भूमिका निर्धारण गरिरहेको छ। त्यसपछि को पात्र भान्जा दाई उनको भूमिका एक लगनशील केटा को थियो जो एउटा कोठा भाडा लिएर बसेका थिए जसका कोठा मा किताब का चाङ र अत्यावशयकीय समान मात्र राखिएका थिए। वेद को काठमाण्डौ जाने एउटा मात्र उदेश्य हुन्छ MBBS अर्को पात्र भास्कर आचार्य उसको साथी भयो उसको तानसेन को मित्र सिजन लें पनि खुबै रोल खेलेको छ यो उपन्यास मा बागबजार,पुतलीसडक जस्ता ठाँउ जस्मा हरेक विद्यार्थी लाई पुग्नै पर्छ त्यस ठाँउ को हरेक क्रियालाप यसरी विस्तृत रूपमा भनिएको छ कि साच्चिकै म नै ती पात्र का भूमिका निर्धारण गरिरहेकी छु। निरुसा जो वेद को पहिलो माया थिई जसले वेद को मन मा यसरी बसेकी थी की मानौं जुगै टासिएर बसेको होस् । तर त्यो जुगा वेद को लागि एकदमै प्रिय थियो । यतिसम्म प्रिय की मानौं उसैको टेन्सन हटाउन उँ चुरोट को दलदल मा फसिसकेको थियो चाहें त्यो सिजन को कर लें नै किन नहोस्। अब अर्को पात्र जो वेद को 'Tf- true friend' हुन पुग्छिन् अक्षता उनको को यस उपन्यास मा प्रमुख रोल रहेको छ । उनी पशुपति मा भेटिएको हुन्छिन् बिस्तारै नजदीक बढ्दै जान्छ। अक्षता आफ्नो boyfriend सँग छुटकारा पाउन वेदलाई आफ्नो भाई हो भन्छिन् र उनी हरू को मित्रता त्यहाँ बाट सुरु हुन्छ र त्यति मात्र नभई वेद अक्षता को छिमेकी हुन्छ र सुरु मा वेदले उसलाई तै घर मा देखेको हुन्छ केबल बोलचाल हुँदैन। पशुपति को भेटघाट पछि उनीहरु नजिकिदै जान्छन् र वेद लें उसलाई निरूसा कुरा पनि सबै भन्छ र अक्छेता लें पनि उसलाई निरुस सँग नजिकिन सहयोग गर्थि। अक्षता को जुडुवा दिदी आकांक्षा को बारेमा मा पनि भन्छे । धेरै मनमुटाव,उतारचढाव हरू हुन्छ यस उपन्यास का हरेक भाग हरुमा। वेद ,नीरुसा र अक्षता का संबंध लें नै यस उपन्यासमा एउटा मिठास लिएर आएको छ । यस उपन्यास मा शब्द हरु यसरी लडीबुडी खेलिरहेका छन् कि मानौं हामी बाल्यकाल म सल्लिकुसुम मा चिप्लिदै,लड्दै,फेरि चिप्लिँदै खेल्थ्यौँ रमाउँथौ। कुनै भाग मा आँखाका डील सम्म आँसु आई यसै मुस्कुराउँथे भने कुनै भागमा आँशु डिलमा अडिन नसकी बगेर जान्छ। यस उपन्यासले मलाई यति सम्म बुझायो की, तिम्रो जीवनमा तिम्ले जसलाई एकदम महत्त्व दिन्छौ नी उसैले तिम्लाई आफू देखि टाढा बनाउँछ तर , त्यतिमै हार नखानु किनकि उसको ठाउँमा तिम्लाई अरु कसैले राहेको हुन्छ र एक दिन जस्ले टाढा बनायो उहिनै तिम्रो महत्त्व बुझेर तिमी भाको ठाँउ मा फर्कने छ। तर फर्कियो भन्दैमा उस्को साथ कहिले नछोड्नु जस्ले आफ्नो समय जाया गरेर तिमी कमजोर हुँदा तिम्रो कमजोरीपन लाई शक्तिशाली बनाइदियो। यस उपन्यासले मेरा हरेक स्पर्श को कोडहरू सँग स्पर्श गर्यो, कैले मनसँग,कैले तन् सँग,कैले शब्द सँग,कैले भावना सँग त कैले जीवन सँग।यस उपन्यास मा हरेक पात्र लें एक न एक मानिसको जीवनसँग पकै मेल खान्छ। यो उपन्यास हरेक किशोर किशोरी ले पढ्नै पर्ने उपन्यास हो किनकि यसले कतिलाई आफू र आफ्ना समस्या सँग लड्न सहयोग गर्दछ । हामी जस्ता युवा जो अनलाइन दुनिया मा रमाउँछौ अनलाइन सँग सम्बन्धीत हाम्रो परिस्थितिहरू दुरुस्तै दर्शाइएको छ यस उपन्यासमा। अन्त्यमा सदै पटर पटर बोल्ने अक्षता भने मौन थिई र यही मौनता लाई उछिन्दै वेदको शब्दले उपन्यास टुंगिन्छ। उपन्यास को अन्त सायद अरूलाई खल्लो लाग्ला तर मलाई भने बहुत मिठो लाग्यो "इमलीबोम" भन्ने chocolate जस्तै गुलियो,अमिलो,हल्का पिरो ट्वाक्क परेको। र यसलाई यति मिठो बनाउन मात्र एउटै शब्द काफी थियो "thank you" । सबै जाना अच्चम पर्नु भयो होला हैन एक चोटि हजुर हरु पनि पढ्नुस् त्यसपछि थाहपाउनु हुने छ त्यो शब्द किन मलाई त्यति मिठो लाग्यो भनेर ।
This entire review has been hidden because of spoilers.
स्पर्श साच्चै नै स्पर्श दाई रहेछ। कहिले मनसँग स्पर्श गर्ने, कहिले गल्तिसँग, कहिले भावनासँग, कतै शब्दसँग, कतै सम्झना अनि अन्तिममा जिन्दगीसँग। पात्र पात्रको स्पर्श ले मनलाई नै स्पर्श गरिदियो।
बाल्यकालको पानामा निसासिएको शब्द र सपना खरानी बनिरहेको छ। शीतको सिसामा बाफिएको चित्र र स्वतन्त्रता वर्षातमा बगिरहेको छ। आकाशको मौनतामा लुकेको आवाज र गित चत्याङमा हराइरहेको छ। चलन चल्तीको चिसो दाउराले फुकिएको धुवाँमा रसाउनु पर्ने यो आँखा र सृजना एकोहोरो तोलाइरहेको छ। आफ्नै गल्तिहरुको असिना र अरुकै बोझहरुको पसिनाले टाउको चुतिरहेको छ नित्रुक्क भिजाइरहेको छ। त्यसैले त्यसैले अन्त्यमा म आफ्नै बोझ धान्न नसकेर आँधिको बेग थाम्न सक्ने आमाको अंगालोमा भकाउन चाहन्छु संसार अताउने उनकै काँखको स्पर्शमा एक पटक फेरी निढाउन चाहन्छु।।।
धेरै समयको प्रतिक्षा पछी साथी आकाश बरालले लेखेको ’स्पर्श’ पढ्ने मौका पाइयो | उपन्यास पढ्दै जांदा त्यहाँ भएको पात्रलाई बिर्सेर आफ्नै कथा कसैले बचन गरेजस्तो लाग्ने रहेछ | स्कुल सँगै पडेको साथीको लेखन तेसमाथि उपन्यास भित्र भएको मित्रता, माया र पारिवारिक मायाको महत्व सुन्दा उपन्यास कहिले नसक्कीयोस भन्ने लागिरयो | साथीलाई धेरै धेरै बधाई अनि शुभकामना 😊
"Don't judge a book by cover" applies in this novel. I did not go through it because of the cover but after some hype in social media I listened it on YouTube in the voice of Achyut Ghimire . Language is easy for simple readers. Anyone who wants to go on a emotional and funny roller coaster journey with introvert and simple character Ved, please do not miss this Novel.
A family drama, true friendship, struggle, emotions, comedy, love story, mystery, all written in pragmatic way... Worth reading.. Presented in unique way.. loved it
I am not that much like a reader. I usually have to be more attentive or the content that I read has to be more captivative in the first pages. Sparsa is one of that kind. In the beginning I though of reading few pages but as I started reading I could not get my eyes off the book and continued reading for 7 hours till I completed the whole book. Some characters in the book can be related as well. It is simple and beautifully crafted. I hope more sparsas has to be made. We need this kind of writers who has such observations of character and our society who can make commentary on the ideological views of the society and also create a resembling family scenario to the readers. I enjoyed the book. It is worth reading.
ठीक ठीकै हाे उपन्यास । 🤔 प्लस टु गरेकाे केटा, काठमाडाैँ गएर भविष्य बनाउने यात्राकाे पहिलाे चरणका उसका कठीनाइ, भाेगाइ र तीता मीठा क्षणहरू पढ्दा सुरू सुरूमा कता कता अाफ्नै संस्मरण जस्ताे लागे पनि, बिचतीरबाट उपन्यासले लिने माेडले मेराे ध्यान अन्त्यसम्म मज्जाले तान्याे । नेपाली उपन्यासमा किशाेरहरूकाे कथा खाेज्नेहरूले पक्कै छुटाउन नहुने छ उपन्यास । मेराे समय खेरा गएन जे हाेस् । 😁
This novel is based on one of my favourite genre Coming-of-Age . This novel is finely written and most of us can relate. This novel teaches us bittersweet moment with friends , family and colleagues . This novel mostly focuses on responsibility towards family , importance of love , affection , gratitude and friendship 😌😍❤️
"स्पर्श" एउटा मित्रताको कथा हो, एउटा प्रेमको कथा हो, एउटा नाम बिनाको सम्बन्धको कथा हो अनि परिवारको कथा हो। यसमा हरेक सम्बन्धमा हुने उतार चढावलाई मिहिन ढंगले केलाइएको छ।
स्पर्श पढेपछि मन-मस्तिष्क स्पर्श गर्ने पक्का छ। रोमान्टिक जनरा मनपर्नेहरुलाई यो उपन्यास निसन्देह राम्रो लाग्नेछ।
उपन्यासको कथा ,पात्रले यसरी नजिक गराए कि लाग्यो लेखकलाई मेरो कथा कसरी थाहा भयो।बुनिएका उपकथा अझ विशेष र आकषिॅत लाग्यो।लेखकको यही बुनाई उत्कृष्ट छ। मनमै बस्यो स्पशॅ।
New taste in Nepali literature.......... Students after higher secondary level in Nepali context can somehow relate to their own experience . Just loved it ❤❤