गोरख पाण्डे क्रान्तीकारी कविताका लागी परिचित छन् । उनका कविता भेटिनु आफैमा राज्य विरुद्धको अपराध हुने समय पनि थियो । उनका कवितामा अन्याय विरुद्ध लड्ने कुराहरु पढ्न पाइन्छ । समाजका नीरीह वर्गको रगत उमालेर तिनलाई शक्तिशाली बनाउने ताकत उनका कवितामा छन् । त्यस्तै समाजमा व्याप्त अन्याय र असमानता नदेख्नेहरुको आँखा उघारेर सोच्न बाध्यबनाउने ताकत उनका कवितामा छ । एउटा उदाहरण: अनुवाद तिनीहरुको डर *** ती डराउँछन् कुन कुराबाट डराउँछन तमाम धन-दौलत गोला-बारुद पुलिस फौंजको बाबजुद? ती डराउँछन् कि एक दिन निहत्था र गरीबहरु तिनीहरुसँग डराउन बन्द गरिदिनेछन् ।
###%%%### मूल कविता: उनका डर ** वे डरते हैं किस चीज से डरते हैँ तमाम धन-दौलत गोला-बारुद पुलिस-फौंजके बाबजुद? वे डरते हैं कि एक दिन निहत्थे और गरीब लोग उनसे डरना बंद कर देंगे । (१९७९)