Jump to ratings and reviews
Rate this book

उत्तरोत्तर [Uttarottar]

Rate this book

150 pages, Paperback

Loading...
Loading...

About the author

Dhanush Chandra Gautam

9 books12 followers
Dhanush Chandra Gautam (ध.च. गोतामे) is a Nepali literary figure. He was born on 1989 B.S. in Manharakatti village of Mahottari district to Govinda Chandra Gautam and Dipwatidevi. His genres are novels, stories and memoirs. He wrote by the pen name Dha. Cha. Gotame. He won the Madan Puraskar for his work Ghamka Pailaharu in 2035 B.S.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
3 (23%)
4 stars
10 (76%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 3 of 3 reviews
Profile Image for Sundar  Parajuli.
101 reviews8 followers
September 14, 2026
आख्यानको काल्पनिक संसारमा रमाउन रुचाउने मेरा लागि संस्मरण विधा सुरुमा केही नौलो लाग्थ्यो। तर ध.च. गोतामेका कृतिहरूले मेरो पठन अनुभूति र संस्मरण विधाप्रतिको दृष्टिकोणमा नै एउटा गहिरो र क्रान्तिकारी रूपान्तरण ल्याइदिएको छ। गोतामेका दुई चर्चित उपन्यास पश्चात् क्रमशः तीनवटा संस्मरण गरी उहाँका लगातार पाँचवटा कृतिहरू चहार्दा-चहार्दै म उहाँको अद्वितीय शब्द शिल्पको सम्मोहनमा परिसकेको छु। अब त पाँचौँ पुस्तकको अन्तिम पाना पल्टाउँदै गर्दा मनमा एउटा प्रश्न दृढ भएर खडा हुन्छ ‘के नेपाली साहित्यमा ध.च. गोतामेजत्तिको जीवन्त र बेजोड संस्मरण अरू कसैले लेख्न सक्ला र?’

‘उत्तरोत्तर’ मूलत गोतामेको जागिरे जीवनका उकाली-ओराली, सरुवाका चटारो र निजामती सेवाका विविध र रोचक प्रसङ्गहरूमाथि बुनिएको संस्मरण हो। तर, यो केवल एउटा सरकारी कर्मचारीको नीरस दैनिकीको दस्तावेज मात्र होइन। उहाँले आफ्ना संस्मरणभित्र यस्ता सान्दर्भिक उपकथाहरू जोड्नुभएको छ, जसले इतिहासका ओझेल परेका पाटाहरूलाई छर्लङ्ग पार्छ।

संस्मरण विधाका निर्विवाद महारथी धनुषचन्द्र गौतमको ‘संस्मरणहरू’ पढिसकेपछि नेपाली संस्मरण साहित्यमा उहाँलाई अग्रपङ्क्तिको सर्वोच्च स्थानमा उभ्याउन कुनै सङ्कोच मान्नुपर्दैन।
Profile Image for Sabin Chhetri.
178 reviews7 followers
February 25, 2024
घामको पाइलाहरू को आकर्षणले, एक पछि अर्को ध च गोतामेको किताबहरु पढेँ। यिनको उपन्यास देखि संस्मरणसम्म पढ्ने यस्तो लत लाग्यो कि, म खोजी खोजी पढ्न थालेँ। उत्तरोत्तर यस्तै संस्मरण हो, निकै उम्दा, सरल, र उत्कृष्ट लेखाई। वास्तवमा ध च गोतामे संस्मारणत्मक निबन्धहरुका राजा हुन्।
Profile Image for Maheshwar Giri.
26 reviews
October 11, 2026
‘उत्तरोत्तर’मा ध.च.गोतामेको साहित्यप्रतिको अनुरागदेखि जीवनका अधुरा रहर पूरा गर्ने जाँगरसम्मका अनेक रोचक प्रसङ्ग छन्। १४ वर्षको अन्तरालपछि बी.ए. उत्तीर्ण गरेको प्रसङ्गले त उहाँको जीवनको एउटा फरक पाटो नै खोल्छ। गौतमको विशेषता आफ्ना विगतका कुरा सुनाउने शैलीमा छ। उहाँ न त विगतलाई बढाइचढाइ गर्नुहुन्छ, न त्यसलाई अनावश्यक गम्भीर बनाउनुहुन्छ। इमानदारी, सूक्ष्म हास्य र आत्मीयताका साथ आफ्ना अनुभव सुनाउँदै जाँदा सामान्य लाग्ने घटनाहरू पनि रोचक बन्छन्। ‘उत्तरोत्तर’को मिठास सायद यही हो कि आफ्नो जीवनलाई फर्केर हेर्दा पनि त्यसलाई एउटा सुन्दर कथाझैँ सुनाउन सक्नु।
Displaying 1 - 3 of 3 reviews