हंस यथार्थवाद र स्वैरकल्पनाको (Magic Realism) मिश्रणमार्फत आप्रवासी अनुभव, पर्यावरणीय संकट, भाषाको सीमितता, पुंसत्व र नारीत्वबारे चलिआएका भाष्य तथा प्रेम, विछोड, ईर्ष्या र हिँसासंग जोडिएका मानवीय अनुभवलाई यस उपन्यासले केलाएको छ । साथै, आख्यानको संरचनामार्फत चरा, सर्प र अन्य मनावेत्तर प्राणीका कथालाई मानवीकरण गर्दै मानव-केन्द्रित विस्वदृष्टिलाई केही हदसम्म विस्थापित गर्ने कोसिस गरेको छ । —From the Back Cover
संजीव उप्रेती अमेरिकाको ब्राउन युनिभर्सिटीबाट विद्यावारिधि गरेका संजीव उप्रेतीले साहित्य, कला, संस्कृति, समाज, राजनीति, पर्यावरण तथा समसामयिक विषयमा रास्ट्रीय तथा अन्तर्रास्तरीय पत्रपत्रिका तथा जर्नलहरूमा लेख लेख्दै आएका छन् । न्यायप्रेमी,सपनाको साबिती र मकैको अर्कै खेती नाटक प्रकाशित छन् । हंस उनको दोस्रो उपन्यास हो । —From the Back Cover
Sanjeev Uprety is an Associate Professor at the Central Department of English, Tribhuvan University, Kathmandu. He is the author of notable novel Ghanchakkar, and a collection of essays, Siddhanta ka Kura.
एउटा राम्रो उपन्यास पढेर सकिएको छ। भाषा एकदम राम्रो छ। सरल र सलल। पहिलो पृष्ठ पढ्दा नै पुरा पढिसक्न मन लाग्ने। मैले लगभग ५ घण्टामा सकें। फरक कथा। तर जुन पागलपनको अपेक्षा( मैले गरेकी थिएँ) लेखकबाट गरेकी थिएँ त्यो अलि कम छ। मेरालागि। सायद घनचक्करले बनाएको अपेक्षा होला। ♥️♥️
सुरुवातमा पढ्दा पढ्न छोडौझैँ लागेको थियो | हाँसको कथाले मलाई तान्न सकेको थिएन | कहानी सलल बग्न नसकेकोले म पनि अड्किएको थिएँ | मैले त्यो क्षणमा आफुलाई पात्र सीमाको रुपमा पाएको थिएँ | त्यो सीमा जो मपात्रको कविता सुन्दा सहमत हुन सक्दिन | सीमालाई पछि म पात्रको बानी पर्यो | मलाइ पनि त्यस्तै पढ्दै जादा कहानी राम्रै लाग्यो | हाँसको कथा, मान्छेको कथा अनि मनस्थितिको कथा, पढ्दै गएँ | जसरी हाँसको evolution (हाँसले आफुमा भएको गुण भन्दा फरक गुण पाउनु) भयो | मेरो पनि किताबलाइ हेर्ने दृष्टिकोण फरक बन्न पुग्यो | हाँसको कथा र मानिसको कथा मिसाएर हेरे | सिमा र हँसिनीलाइ केहि हद सम्म समान्न्न्तर भेटें | हाँस मान्छेझैँ आफ्नो इतिहास, वर्तमान भविष्य हेर्दै थियो | हाँस यथार्थमा हिड्छ र मानिस जसरी भ्रममा पर्दैनन् | मेरो ठहर थियो | तर किताबमा हाँस मानिस बन्न खोज्छ | एकले अर्कालाई खाने पद्धति अर्थात् food chain लाइ कालो इतिहाँस भन्छ | मेरो लागि त्यो स्वाभाविक प्रकृतिक नियम थियो | त्यसैले मैले बुझें हाँस निकै चलाख भएको छ | यथार्थलाई मान्न छाडेर | भविष्यलाइ फरक बनाउन खोज्दैछ | सायद त्यहि भएर हाँसको नयाँ स्वरूप विकास भएको छ | किताब पढ्न नछाडेर सबै पढेकोमा गरेको सन्तोष लाग्यो | तर अझ पनि सोच्दैछु, संजिव उप्रेतीले हाँस र मानिसको कथालाई कसरी अनुबन्दित गर्न चाहेका थिए ?
कहिलेकाही किताब कैले नसक्कोस जस्तो हुन्छ अनि कहिलेकाही चै कैले सक्काउला र अर्को समाउ जस्तो हुन्छ। कतिखेर छुटकारा मिल्ला जस्तो भो यो किताप पढेर, सायद धेरै आशा गरेर पढेको भएर होला हाँसको कथा, मान्छेको कथा, कतै कथा भित्रका उपकथा आदि आदिले गर्दा कथाहरु 'कथा' हुन पाएका छैनन! उप्रेती सर प्रयोग गरिरहन्छन तर यसपालीको प्रयोग त्यति फलदायी भएन! Hugely disaapointed by such a acclaimed novelist, though he was back after such a long gap. I thought he had researched better and expected a lot but all in vain. I still can't believe that this book is written by the same man who had created that masterpiece called 'घनचक्कर' !
One extra star for the narration and issues it has raised. There are two stories. The part of humans' story offers nothing much. On the other hand, the next story of Birds and Animals is organic and quite fresh. Overall, it is a good book with better story.
I wanted to love it, I really did. But I didn't find much coherence between the two stories going on. No doubt, it is a well-written book, but as a reader I didn't get what I was expecting.
हंस पात्रै पात्रहरूको कथा हो। प्रेम, अनुज, माया, सीमा शेरसिंह, आदिको कथा हो। यो हाँस, हंसिनी, नागराज, नागरानी, डोब्रे सर्प लगायत जनावर तथा चराचुरुङ्गीको पनि कथा हो। यो गँडेउला र बकुलाले न्यारेट गरेको मान्छेहरुको कथा हो भने मान्छेले न्यारेट गरेको हाँस हंसिनी र सर्पहरूको कथा हो। मानिसहरूलाई जस्तै पशुपंक्षीलाई पनि कथा चाहिन्छ भनेर लेखकले भनेका छन् र सो कुरालाई उनले प्रस्ट्याएका पनि छन्। लेखक भन्छन्, कथाहरुले नै मानिसलाई जिवित राख्दछन्। किताब पढ्दै जाँदा यो कुरा वास्तवमै हो जस्तो लाग्छ। उसलाई मार्छु भनेर खुकुरी आफ्नो साथ लिएर आउँछ प्रेम तैपनि अनुजलाई ऊ मार्न सक्दैन, अनुजका कथाहरुमै ऊ रुमल्लिरहन्छ। साँच्चै कथाले नै अनुजलाई जीवित राखेको पाइन्छ।
हंस प्रेमको कथा हो। उपन्यास भरी मायाका बिम्बहरु छताछुल्ल पोखिएका छन्। चम्पादेवीको चुचुरोमा पुगेर आफ्नो अगाडिको गौरीशंकर हिमाललाई देखाउँदै प्रेम सीमालाई भन्छ, "गौरीशंकर भन्दा पनि अग्लो छ मेरो माया...।" हँसिनीले लहडे हाँसलाई, 'तिमी केही गर्न सक्दैनौ' भनी गिज्याएपछि लहरे हाँस कन्फिडेन्सका साथ 'म तिमीलाई माया गर्न सक्छु' भन्छ। पढ्दा कतै कतै खित्का छोडेर हास्न मन लागछ, कतै कतै मन पग्लिएर आउँछ। हाँस र हंसीनीको प्रेममा मैले मेरो आफ्नै कथा देखेँ। नागराज आफ्नी रानी अर्कै डोब्रे सर्पसँग रमाएको देख्दा मेरो पनि मन रोयो। प्रेमको परिभाषालाई ओर्जिनालिटी र इनोसेन्सका साथ लेखकले यहाँ प्रस्तुत गरेको पाइन्छ।
अनि अर्को रोचक कुरा यहाँ के छ भने लेखकले पात्र अनुसारका आफ्नै शब्द निर्माण गरेका छन्। हाँस संस्कार, क्वैँक दशा, मुसा पुराण, सुपर रैट, हाँस इज्जत, चिल देउता, रूप्पी प्रभु, आदि यसका उदाहरण हुन्। यस्ता शब्दले कथालाई अझ बढि इन्ट्रेस्टिङ्ग पारेको पाइन्छ। टौदहको सुन्दरताको व्याख्या गर्दै लेखिएको यो किताब पर्यावरणीय दृष्टिकोणले पनि चेतनामुलक छ।
This entire review has been hidden because of spoilers.
Appreciate the author's efforts to explore so many issues- realism, myth, struggles of an immigrant, love, masculinity and so forth through diverse characters and creatures. However, I am still struggling to make sense all the stories the author brings forth. Although it is refreshing to read mythical stories, I found them slightly baseless and driven by author's imagination (than real myths). Likewise, the human story is quite bland. So many characters, but not significant enough to shape the story. He tries to touch upon sensitive issues like domestic violence and masculinity, but superficially. Not sure if the readers are supposed to make their own inferences/interpretation. His simplistic writing makes the book an easy read. I personally struggled to finish the read as the story was not compelling enough to hook me from beginning till the end.
•••• जसरी बिरालो देख्ने बित्तिकै मुराकामिको झल्को आउँछ नी, त्यसरी नै अब हाँस देख्ने बित्तिकै सञ्जीव उप्रेतीको सम्झना आउने छ।
••••••••••••••••••••••••••••••••••••••••••••••••••••••• ‘हामीलाई आफ्ना कुरा सुनाउने यति हतारो हुन्छ कि हामीले सुन्ने कला बिर्संदै गएका छौं।”
“माकुराहरू आफ्नो जीवनकालभरि मात्र जाला बुनिरहन सक्छन् । मान्छेले बुन्ने जाला युगसम्म चलिरहन्छन् ।”
“हाम्ले कथामा होइन, तथ्यमा विश्वास गर्नुपर्छ । तथ्यहरूलाई केलाएर हेरौं न ! यी मान्छेहरू बिहानदेखि बेलुकासम्मै काम गरिराहुन्छन् । दिनभर मेहनत गरेर हाम्रा लागि चामल, मकै र गेडागुडी ल्याउँछन् । यो सबको कारण के ? किनकि हामी नै संसारका सबैभन्दा सुन्दर र क्वांक प्राणी हौं ।”
“उड्नलाई पखेटा भएर मात्र हुँदैन । कति पखेटा भएकाहरू उड्न सक्दैनन् । अनि पखेटा नभएकाहरू पनि आकाश छुन खोज्छन् । त्यसैले उड्ने कुरा मनसँग जोडिएको छ ।”
“एकले मौका पाउँदा अर्कालाई निल्न खोज्दा रहेछन् । त्यही निलाइ र ढुँगाइको परिणाम रहेछ इतिहास ।” “इतिहासमा मायापिरती पनि त हुँदो हो नि !” “होला त्यो पनि… तर धेरैजसो मारामारी नै चल्दो रहेछ । -“यी लुआ लाउनेहरू लुआचाहिं किन लाउँछन् ?”, एउटा फुच्चे हौंसले सोध्यो । -“अब तँलाई पनि लुआ लाउनेको दिमाग बुझ्न मन लाग्यो उच्चे ?”, एउटी बूढी हँसिनी बोली, “किनकि उनीहरूको जीवन दुःखी छ । मनमा डर छ, इन्ता छ । त्यही छोप्न लुआ लाउछन् नि !”
******
“आदिकालमा एउटा विशालकाय माकुरा थियो रे !”, “सुनौलो सिल्कको जालो बुन्थ्यो । उसको च्यापच्यापे जालोमा कीराहरूमात्र नभएर गिद्ध, घोडा र बाघ भालु पनि फस्थे रे ! हुँदाहुँदै माकुराको महत्त्वाकाङ्क्षा बढदै गएछ । झन्झन् विशाल जाला बुन्न थालेछ । उसका जालाले जमिनमात्र नभई आकाशसमेत ढाक्न थालेछन् । तारा, चन्द्रमा र नक्षत्रहरूसमेत जालामा पर्न थालेछन् ।”
“अति भएपछि देवताले आकाशबाट वज्र हिर्काए । वज्रको मारले रन्थनिएको माकुरा चिप्लिएर दहमा खसेछ । डुब्दै- डुब्दै पाँधमा पुग्यो रे ! तर मरेन । पींधमै बसीबसी अझै जाल बुनिरहेकै छ अरे ! कुनै दिन आकाश, पाताल, समुद्र सबैलाई ढाक्ने उद्देश्य लिएर ।”
मिठो शैलिको लेखन, २/३ वटा समानान्तर कहानि र त्यसमाथि रहस्यमय विस्तार.. पढ्दापढ्दै कति कुराले सोच्न बाध्य पनि बनायो त कति प्रसङ्ग निकै चाखलाग्दो भने कति हाँसउठ्दो। चराचुरुङ्गीको कुरा पहिलो पटक यति मजाले पढ्न पाएर रमाइलो लाग्यो। समग्रमा 'हंस' यौटा पठनयोग्य कृति हो। ❤️
Wow! It was my third read in Nepali Language and I found this book very unique and fresh story. Sanjeev Uprety wrote this book by all heart gave his hundred percent to the story. It's an amazing story , I loved it and looking forward to read other writings of Mr. Uprety also.
दुई खालका कथालाई नजोडी भिन्न बनाएको भए दुई राम्रा उपन्यास बन्न सक्ने रहेछ तर लेखक यसमा चुक्न पुगे । बिम्बहरू राम्रा भएपनि कतिपय ठाउँमा के गरेको यस्तो ? अब पुस्तक पढुँ कि नपढुँ दुविधामा पुग्नु पर्ला सोचेको थिइन । जे होस् सबै पढे । लेखकका आगामी पुस्तक यस्ता नआउन् ।
हरेक को आफ्नो भाषा,शैली हुन्छ तर त्यसलाई व्यक्त गर्ने तरिका फरक फरक हुनसक्छ भन्ने हंस को माध्यम बांट आएका हरेक भावहरू,कुराहरू पढ्दै जादा सकिएको थाहै भएन ।