भुइँमान्छेको कथा हो दुलारी। मधेसी दलित महिलाको जीवनलाई केन्द्रमा राखेर लेखिएको यो सम्भवत: नेपाली साहित्यकै पहिलो उपन्यास हो। लेखक मुना चौधरीले उपन्यासमा दुलारीको कथाबाट आम मधेसी दलितको अवस्था, गाँस, बास र कपासका लागि संघर्स, राजनीतिक आन्दोलनले गरेको उपयोग र अन्त्यहीन सपनाको आयतन मिहिन ढंगले लेखेकीछिन। दुलारीले पींधको कथा सँगसँगै लोकसँस्कृति पनि उजागर गरेको छ।