Jump to ratings and reviews
Rate this book

जेल जर्नल [Jail Journal]

Rate this book
The writer is known as the Father of Nepali Literature. This autobiography is of severe importance not only as history but also from political aspect in the study of History of Nepal. It contains details of incidents in history and important things that happened in the past. It talks of the struggles the author faces in life at jail and here the political life is portrayed. Here are talks of discipline and laws at that period, rules and belief. There was violation, discrimination and it depicts the vulnerability, cruelty and injustice given to the Nepalese. He also talks of politics, violation, rule, and incidents that have major impacts and still results the process of living in current Nepal. He has fought for justice and freedom to Nepali people through the strength of his pen and writing. He was one of the greatest thinkers. Every Nepali citizen has the right to know about this time. It will present enchanting study for students of history and culture of Nepal.

252 pages, Paperback

Published January 1, 2007

9 people are currently reading
291 people want to read

About the author

Bishweshwar Prasad Koirala

16 books166 followers
Bishweshwar Prasad Koirala (Nepali: विश्वेश्वरप्रसाद कोइराला) was born in Varanasi to father Krishna Prasad Koirala, was one of the greatest Nepali political and literary figure. He was the Prime Minister of Nepal from 1959 to 1960 and also the first democratically elected Prime Minister in Nepal's history. He held the office just 18 months before being deposed and imprisoned by order of King Mahendra. The rest of his life was spent largely in prison or exile and in steadily deteriorating health.

While Koirala is considered one of the most charismatic political leader of Nepal, he was also one of the most well-read and thoughtful writers of Nepalese literature. He wrote short stories and novels, and some poems. Koirala began writing short stories in Hindi. His first stories were published in Banaras in Hansa, a Hindi literary magazine edited by Prem Chand (India's Tolstoy). His first Nepali short story "Chandrabadan" was published in Sharada (a Nepali literary magazine) in 1935. Koirala was very good at depicting the character and mind of women. Four other stories of Koirala were included in Katha Kusum (an anthology of Nepali stories), published in 1938 in Darjeeling. As a social realist, with good psychological insight, Koirala had established himself as one of the most important Nepali short story writers of Nepal.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
32 (32%)
4 stars
32 (32%)
3 stars
25 (25%)
2 stars
8 (8%)
1 star
2 (2%)
Displaying 1 - 3 of 3 reviews
Profile Image for Nascent.
79 reviews1 follower
Read
September 11, 2025
जेल-जर्नल दिनपञ्जी
१५.२.६१.४, फागुन २०१७

आजदेखि लेख्ने बानी थाल्नुपन्यो । हामीहरू थुनिएको आज ठीक दुई महिना भयो। यी ६० दिन निराशा र आशाका तरङ्गमा बिते। समातिएको केही दिनसम्म त म शुद्ध अन्योलको स्थितिमा रहे। वास्तविकता र भ्रमलाई छुट्याउन गाह्रो भयो । तरूण दलको सम्मेलनमा मैले आफ्नो उद्घाटन भाषण समाप्त मात्र गर्न पाएको थिएँ कि दरबारको एउटा कर्नेल समरराज बर्दीमा देखा परे । सम्मेलनको कार्यक्रम जारी छ । कर्नेलले मेरो अंगरक्षक कप्तान महतलाई बाहिर लिएर गए । त्यसपछि हठात् मिलिटरीको ओइरो सभास्थलभित्र प्रवेश गन्यो । मेरो मानस पटलमा यी दृश्यहरू अङ्कित भइरहेका छन्, तर यी दृश्यहरूको वास्तविकताको बोध मलाई हुनसकेको छैन । यसप्रकारको मानसिक स्थितिमा म गिरफ्तार गरिएँ । आज दुई महिना पुग्यो । हामी चार जना शिवराज, जमानसिंह, प्रेमराज र म आर्मी क्लबको कोठामा राखिएका छौं । यस कोठालाई बिलियार्ड रूम पनि भन्दछन् । कोठा प्रशस्त ठूलो छ । कठोर शीतका ६० दिन यहीं बिताएँ । यसपालाको जाडो असाधारण जस्तो लाग्छ । शरीर जाडोले कठाङ्ग्रिएको छः फुक्न पाएको छैन । जाडोसँग नतर्सिने मानिस म दिनहुँ गृष्मको प्रार्थी भएको छु । शिशिरले वसन्तको घरमा निवास गर्न लागेको जस्तो छ । वसन्त ऋतुमा पनि शिशिरका सम्पूर्ण लक्षण पाइन्छन् । अस्ति हठात् ठूलो वर्षा भयो, डाँडा-डाँडामा ठूलो हिउँ पयो । आजसम्म त्यो हिउँ गलेको छैन। त्यसमा छोएर आएको हावाले सोझै मुटु छेड्छ । दिनभरि घाममा बस्छु तर सर्दी गएन।

आजदेखि लेख्ने बानी थाल्नुपन्यो भनेर यी गन्थन थालें । मेरो लेखाइ निरूद्देश्य होला, जस्तो मनमा उठ्ने र बिलाउने नानाथरीका विचार- भावनाहरू असम्बन्धित र उद्देश्यहीन हुन्न, यदि मेरा यी गन्थनका लक्ष्य ममै सीमित रहे भने भन्ने सोचेर पत्रको रूपमा दिनहुँ तिमीलाई सम्बोधन गर्छु। मेरा यी डायरीका पाना हुन्ः अत्यन्त व्यक्तिगत। मेरो डायरी हेर्ने अधिकार तिमीलाई मात्रै छ । मेरो हृदयको अन्तर मनस्थलमा पनि तिमीलाई प्रवेश प्राप्त छ । त्यसो हुनाले निर्धक्क भएर यो पत्र मेरो डायरीको प्रथम पृष्ठमा तिमीलाई सम्बोधन गरिरहेको छु । यो पत्र लेख्ने अर्को पनि कारण छ । तिमीलाई सधैं सम्झिरहन्छु भन्नाले पनि मेरो हृदयको भावना व्यक्त हुँदैन। बन्दी स्थलमा मेरो हृदयले अरू सबै कुरा पन्छाएर तिमीमा मात्र एकान्त गृह बनाउन खोज्दछ । यसले पनि हो कि मेरो बन्दी जीवनका ‘डायरीका पानाहरू’ पत्रको रूपमा तिमीलाई सम्बोधित हुन्।

म दिनभरिका यावत् घटनाहरूलाई लेख्नेछु । आखिर बन्दीगृहमा के घटना घट्न सक्छ र? त्यसो हुनाले सारा दिनचर्याका कुराहरू पनि नबिराई लेख्ने गरूँल तर जेलभित्रको एक दिनको दिनचर्या अर्को दिनको दिनचर्यासँग फरक हुँदैन । रविबारको दिन जसरी मेरो समय बित्यो सोमबार, मङ्गलबार र अरू बारमा पनि उस्तै गरी दिन बित्छ। यहाँ एकनाससँग दिन बित्छ। यहाँ दिन बित्दैन, दिन काटिन्छ । बाहिर दिन भन्नाले समयको एउटा सानो नगण्य अवधिको बोध हुन्छ । यहाँभित्र भने त्यै दिन लम्बिएर सुरसाको वदन जस्तो हुन्छ। अजर अमर जस्तो यो दिन बडो मुश्किलसँग काटिन्छ बडो चाम्रो हुन्छ यहाँको दिन । यदि घटनाहरू यहाँका अत्यन्त तुच्छ र निरर्थक छन् भने तिनीहरूको लिपिबद्ध गर्ने यसको एउटा प्रयोजन के भने यस उद्योगले समय काट्न केही मद्दत पाइन्छ ।


जीवनमा के कुरा तुच्छ छ जसले जीवनलाई सुन्दर बनाउन नसकोस्? जीवनमा निश्चय नै त्यस्ता तुच्छ- वस्तु छन् जसले जीवनलाई संकीर्ण, अनुदार र रुचिहीन बनाउँछन्।

अधर्मले देखावटी अनुसरण गरेर धर्मको बडप्पनलाई स्वीकार गर्छ ।

जेलमा समयको अभावको गुनासो एउटा विचित्र कुरा हो, तर मलाई कहिलेकहिले यहाँ पनि समय नपुगेको जस्तो हुन्छ । प्रायः म आफ्नो काम आफैं गर्छु- लुगा धुनु, कोठा पुछ्नु, भाँडा सफा गर्नु, इस्त्री गर्नु, चिया बनाउनु इत्यादि । यी सानासाना कामहरू नजानिने तवरले धेरै समय लिँदा रहेछन्। झन् राम्ररी यिनीहरूलाई गर्न खोज्यो भने एक मानिसका लागि आफ्नो दैनिक काम प्रायः दिनभरिको काम हुन आउँदो रहेछ- अरू कुरा बौद्धिक या सांस्कृतिकका लागि यथेष्ट समय पाइँदो रहेनछ । त्यसो हुनाले विज्ञान र टेक्नोलोजीको पुरा उन्नति भएर उनका मद्दतले शारीरिक कामहरूलाई छिटै सम्पादन गर्न सकिएन भने साहित्य, कला, संगीत र संस्कृति आम जनताको मनोरञ्जन र बौद्धिक उत्थानका वस्तु हुन सक्दैनन्। समाजका बहुसङ्ख्यकले कुटो कोदालोमै जीवन बिताउनुपर्छ ।

पढ्नभन्दा लेख्न गाह्रो- किनभने पढ्दा उति बौद्धिक सङ्गठन सावधानीको आवश्यकता पर्दैन, लेख्दा भने बुद्धिलाई चढ्न राखेर त्यसको राम्रो सङ्गठन गर्न सक्नुपर्छ । पढ्दा बुद्धिमा चेतना सतहलाई मात्र जागृत राखे पुग्छ- गहिरो अध्ययन गर्न भने यसले पुग्दैन- तर लेख्दा सतहको असुप्तावस्थाले मात्र पुग्दैन। केही न केही गहिरोपन यसका लागि आवश्यक हुन आउँछ । मुख्य कुरा, विचारको सङ्गठनको जरुरत पर्छ लेख्दा । किताब पढ्दा अर्काको सङ्गठित विचार पाइन्छ; चम्चाले खाएजस्तो सजिलो आफैले लेख्नुपर्दा आदिदेखि अन्तसम्म आफैले मेहनत गर्नुपर्छ । हुन्छ ।

आजको दुश्चिन्ता भोलिको रमाइलो स्मृति हुन्छ र आजको उत्साह भोलिको एउटा मजाक ।

अर्को शब्दमा समुद्र र थोपाको पार्थक्यलाई मेटाएर थोपा समुद्रमा विलीन भएको आन्तरिक अनुभूति योग हो। बाहिरी जगत् र अन्तरजगत- ब्रह्माण्ड र व्यक्तिको सूक्ष्म जगत्‌मा एकरूपताको बोध योगको परम लक्ष्य हो। योगको सिद्धान्तअनुसार मानवलाई यो पार्थक्यको अनुभव मनको चञ्चलताले दिन्छ । चित्तवृत्ति निरोध योग । चित्तवृत्ति निरोध कसरी गर्ने त्यसको व्वयस्था योग साधन हो। योगको लक्ष्य मोक्ष. विलिनीकरण: त्यस लक्ष्यप्राप्तिको मार्ग, चित्तवृत्तिको निरोध; र चित्रवृत्ति निरोधका लागि- केही क्रियाहरू (अष्टाङ्गी क्रियाहरू) पतञ्जलिको योग सूत्रमा पाइन्छ । योग व्यवस्थाको मुख्य विषय छ, मनको चञ्चलतालाई शान्त गर्नु ।

मनको चञ्चलताको अन्त भएपछि त्यो एकता व्यक्ति र ब्रह्माण्ड, ब्रह्म र ब्रह्माण्डमा स्थापित हुन्छ जसको अर्को संज्ञा हिन्दू दार्शनिकहरूले मोक्ष भनेर दिएका छन्। मानिसका अनेकानेक आवश्यकताहरू छन्, त्यसमा धेरैजसो त्यस्ता आवश्यकताहरू छन्, जो मौलिक नभएर सामाजिक परिस्थितिमा अरू बाहिरी कारणले गर्दा सृजन हुन गएका छन्, तर केही त्यस्ता पनि मौलिक आवश्यकताहरू छन् जो मानिसका लागि अनिवार्य छन् र जुनसुकै स्थितिमा पनि ती आवश्यकतालाई मानिसको स्वाभाविक आवश्यकता (Instinctive need ) भने हुन्छ। जस्तो, उदर क्षुधा, यौन क्षुधा इत्यादि। यसका साथसाथै त्यस्ता मानवीय भावनाहरू पनि छन्, जो शायद, समाज र माथि उल्लेख गरिएका मौलिक आवश्यकतालेभन्दा स्वतन्त्र अस्तित्व राख्छ- जस्तो प्रेम, घृणा ।

प्रेम र घृणा शायद मानवको स्वाभाविक भावना हो. यस्ता भावनाको | अस्तित्व समाज-सङ्गठनमै निर्भर गर्छन्, मानवको यौन प्रवृत्तिमै सहजरूपले निहित रहन्छन्। प्रेम र घृणाजस्ता भावना शायद त्यस्ता मौलिक भावना नहुन्, जस्तो कि म तिनीहरूलाई सम्झिन्छु, हुनसक्छ यी भावनाहरू मानवले सामाजिक सङ्गठनबाट प्राप्त गरेका भावना हुन्, या हुनसक्छ, यौनको सहज वृत्तिको मौलिक रूपका सामाजिक अभिव्यक्ति हुन्- प्रेम र घृणा । मेरो भनाइको तात्पर्य यो हो कि मानिसको चोला धारण गर्नेबित्तिकै स्वाभाविक रूपबाट केही वृत्तिलाई लिएर जन्मिन्छन् ।

अब प्रश्न उठ्छ के यी मौलिक मानवीय सहज वृत्तिलाई हठद्वारा दमन गर्ने प्रया���मा चित्तको चाञ्चल्य झन् उग्रतर हुँदैन? मानवका यी मौलिक मौलिक आवश्यकताको उपेक्षा कहाँसम्म गर्न सकिन्छ? के यस्तो उपेक्षाले आफ्नो ढङ्गबाट घातक बदला त लिँदैन ? मेरो विचारमा आवश्यकताको स्वाभाविक सन्तुष्टि मनको शान्तिको निम्ति परमावश्यक छ । उदरक्षुधामा जल पिपासालाई उपेक्षा गरेर या हठ धर्मको अवलम्बन गरेर त्यसको अन्त हुँदैन, त्यसको अन्त हुन्छ क्षुधातुर उदरलाई भोजन, तृषित कण्ठलाई जल उपलब्ध गराएर । यौनक्षुधाको पनि त्यसबाट विरत भएर अन्त गर्न सकिन्न, त्यसको पनि स्वाभाविक ढङ्गबाट अन्त गर्नुपर्छ । मौलिक वृत्तिको दमन सम्भव छैन- शमन गर्नुपर्छ ।

भोजनको दैनिक आवश्यकता जस्तै मावन शरीरलाई तात्कालिक असर गर्ने किसिमको क्षुधा यौनक्षुधा होइन; र यौनक्षुधाको अभिव्यक्ति पनि स्थूल किसिमको हुँदैन किनभने भोजनको आवश्यकताभन्दा यसको आवश्यकताको स्रोत मानव शरीर र मनको भित्री तहमा लुकेर बसेको हुन्छ तसर्थ यौनको अभिव्यक्ति पनि अस्पष्ट हुन्छ । यौनक्षुधाको स्थूल अभिव्यक्तिमाथि नियन्त्रण सम्भव भएको हुनाले साधारणतया यो विश्वास सर्वसाधारणमा छ कि यौनवृत्तिमाथि पूरा विजय प्राप्त गर्न सकिन्छ ।

यो भयानक ठूलो भ्रम हो जसको आधारमा हाम्रो समाजका धेरै नियम, निषेधाज्ञा र मान्यताहरू अवलम्बित छन्। यौनक्षुधाको सन्तुष्टि रतिक्रियाबाट शान्त गरिएन भने प्रकृतिले ठूलो प्रतिशोध लिन्छ । सबभन्दा ठूलो दण्ड, त्यस व्यक्तिले आफ्नो अन्तर्गतको क्षेत्रमा, मनको क्षेत्रमा, भोग्नुपर्छ। स्वाभाविक ढङ्गबाट, रतिक्रियाबाट यौन आवश्यकताको पूर्ति गर्ने व्यक्तिको चित्त, अरू कुरा बराबर रहेका खण्डमा र तुलनात्मक दृष्टिबाट यौनक्षुधामाथि अस्वाभाविक रीतिले दमन गर्न खोज्छ, व्यक्तिको चित्तभन्दा बढी मात्रामा अस्थिर रहन सक्छ।

बौद्ध धर्मको ग्रन्थ “लङ्कावतारसूत्र का सम्बन्धमा दिएको मन्तव्य- “निर्वाण न त म जन्मको तिरो मान्छु, न त्यसलाई ‘नष्ट हुनु’ को अर्थमा लिन्छु। निर्वाण त्यस वस्तुस्थितिको बोध हो जसले ठीक आफ्नो स्वाभाविक रूपलाई सूचित गर्छ । आफ्नो चित्तवृत्तिहरू पूर्णतः बदलिएपछि त्यस्तो -परिवृत्ति” (आमूल परिवर्तन) आफूमा आएको अनुभव होस् कि स्वयम् आफैद्वारा आफ्नो बोध हुन थालोस्, त्यस स्थितिलाई म निर्वाण भन्छु।”

प्रेमको विदग्धताको पूरा अनुभव जीवनमा गरेको छु- त्यसको उत्पीडन, छटपटी र त्यसको निस्सासिने वेगमा चेतनाशून्य हुँदै आन्दोलित भएको छ, तर त्यस्तो प्रेममा जस्तोसुकै रौद्र आकर्षण भएपनि, मैले अन्तरहृदयमा कहिल्यै पनि त्यसउपर भर गर्न सकिनँ । भर त मैले तिम्रो प्रेममा मात्र पाएँ, र यदि उत्तेजनाको समुद्रमा बारम्बार मैले आफूलाई फ्याँक्ने आकर्षणलाई संवरण गर्न सकिनँ भने त्यसको कारण के थियो भने नजिकैको शान्त तटको निरापद निर्भरतामा फर्की फर्की आउन सक्छु भन्ने विश्वास। तटबाट धेरै टाढा जाने साहस मलाई कहिले पनि भएन- साहस मात्र होइन कि प्रेरणा। आज तिम्रो प्रेमको विश्वासमा उत्साहपूर्ण आशावादी तथा साहसको वातावरणमा म आफूलाई पाउँछु । मेरो जीवनमा परेका स्थायी प्रभावमध्ये तिमी एउटी प्रमुख छौ।

लुगा धोएँ, इस्त्री गरें । आजदेखि जमानसिंहलाई पढाउन थालेको छु । आफूले दिनभरि पढेका कुरा उसलाई बताउने गर्छु भन्ने लागेको छ। त्यसो गर्नाले विचारलाई सङ्गठित गर्न मलाई सजिलो पर्ला जस्तो लाग्छ । ज्ञानको मुख्य उपलब्धि त्यसको मस्तिष्कले ग्रहण गर्न सकेको अंश हो, तर साथै, त्यति अंशको पनि पूर्ण प्राप्ति हामीलाई तबमात्र हुन्छ जब हामीले त्यसलाई शब्दमा (भाषा)मा परिणत गर्न सक्छौं । ज्ञानका सम्बन्धमा शायद भाषा इतर अनुभव मुख्य कुरा हो, तर भाषामा उत्रिन नसक्ने ज्ञान, अस्पष्ट र अव्यवहारिक हुन्छ जस्तो लाग्छ मलाई । त्यसो हुनाले, जमानसिंहलाई पढाउने प्रयासमा म आफ्नो ज्ञानलाई मूर्तरूप दिन सकूँला कि?


अस्ति १८ गते राति हठात् पेट दुख्यो- सुत्ने बखतमा । त्यसपछि तीन चोटि दिसा लाग्यो, दुई दिनसम्म पेटको शिकायत बनिरह्यो। आज ठीक छ तर मुखको स्वाद पूरासँग राम्रो भइसकेको छैन। मुखमा अझै तीतो स्वादको अवशेष छँदै छ ।

मेरो कोठाको दक्षिणपट्टिको एउटा झ्यालमा वारूला र अरिङ्गालका दुइटा ठूला ठूला गुँड थिए, जसले गर्दा म झ्याल उघार्न सक्तिनयें। झ्यालको काँचको ठीक माथिपट्टिको काठको फ्रेममा अरिङ्गालको गुँड र चौखटका लीन्टेल (कोपु) को काठमा बारूलाका गुँड थिए, कति चोटि उनीहरूलाई बाधा नपुयाएर झ्याल उघार्न लाग्दा अरिङ्गालको गुँड झ्यालको कपाटउपर बनेको हुनाले झ्यालमा सानो हलचल हुनेवित्तिकै तिनीहरूलाई बिघ्न परिहाल्यो; कोपुमाथि बनेको गुँडका बारूलाहरू पनि झ्याल उघार्दाखेरिको वातावरणमा उत्पन्न भएको हलचलको अनुभव टाढैबाट गरेर जुरमुराउँथे । धेरैदिनसम्म त झ्याललाई थुनेर नै राख्ने निश्चय गरे, यद्यपि दक्षिणपट्टिको घामको यो जाडोमा उपयोग गर्न नपाउनु पउटा ठूलो वञ्चिति (Deprivation) थियो । अर्को पनि कष्ट थियो बाहिरपट्टिको काठको Ve netian लाई पनि बन्द गर्न पाइराखेको थिइनँ, रातभरि बाहिर पर्खालको चर्को उज्यालो सोझै कोठामा पसेर निद्रा खलबल्याउँथ्यो । आज धेरै दिनपछि मनमा धेरै छलफल गरेपछि पनि अझै आधा मनले यी गुँडहरूलाई नष्ट गर्ने आदेश दिएँ।

पल्टनका मानिसहरूले एउटा ठूलो राँको बालेर हल्लीखल्ली गर्दै बडो उत्साहसँग गुँड उजाडिदिए। राति यो काम भयो जब कोठाभित्र म आफ्नो राति भोजन खाइरहेको थिएँ बाहिरको खलबली र चीत्कार बन्द झ्यालबाट मेरा कानमा परिरहेका थिए- राँकोको रातोपीरो आगो र धुवाँको मुस्लो झ्यालको काँचबाहिर देखिन्थ्यो र बाँसको फट्टीको माथिल्लोपट्टिका जसमा मट्टितेल मुछिएको रोकिएको झुम्रो बाँधिएको थियो। म निरापद भएर बिजुलीको प्रकाशले उज्यालो भएको कोठामा बसेर भोजन गरिरहेको थिएँ र बाहिरको गुँड भत्काउने काण्डलाई वितृष्णासँग हेरिरहेको थिएँ।

शुरूमा त सानो करुणाको देशमात्र थियो मेरो हृदयमा, एकप्रकारको दया, जो हृदयमा उम्र आफूलाई स्पर्श नगर्ने दुःखप्रति कलात्मक भाव उदय गर्दै मानव मनको अन्तरबाट उठिरहने विद्रोहको वाणीलाई थपथपा शान्त गरेर मानिसलाई अन्तस्करणको माध्यमबाट आफ्नो नाङ्गोपनको दर्शनबाट बचाउँछ, को अनुभव मात्र भयो मलाई तर, अकस्मात् मेरो वितृष्णाले एउटा रूद्ररूप धारण गन्यो- भोजन निल्न गाह्रो पत्योः पेट हुँडुलिएर घाँटी-घाँटीसम्म आउन थाल्यो; बमन त भैहालेन, र भोजन पनि गरे तर कस्तो भोजन ? श्मसानमा धधकिरहेको चिताको अगाडि बसेर कबाब पकवान खाएको जस्तो ।

शायद यस किसिमको भावना जेलको देन हो । जेल जीवनका अभाव र वञ्चितिहरू शायद हृदयलाई कोमल बनाउन सहायक हुन्छन् । दुःख र दैन्यको अवस्थामा आफ्नाप्रतिको करूणा कुनै हार्दिक नियमअनुसार अरूहरूको दुःखकाप्रति पनि बिउझिँदो हो अथवा, यो पनि सम्भव छ कि अचेतन मनको धार्मिक संस्कार कुनै दुर्दिनमा, प्रायश्चितस्वरूप, मानवताको भावनाको शरण लिनका लागि हृदयलाई प्रेरित गर्छ। प्रायश्चितमा दुई प्रकारका भावना रहन्छन्,- पापको भावना र त्यसको दण्डबाट बच्ने भावना। यसप्रकार मनको तहमा पुग्ने कोशिश गरेर करूणाको रसवृद्धिको अर्थ बुझ्ने प्रयत्न एउटा बसी बियाँलो जस्तो हुन्छ। सत्य, शायद यो व्याख्यामा छैन । मेरा साथ एउटा अर्को कुरा छ जसले मेरो आजको करुणाको भावनालाई बुझ्न सजिलो पार्छ ।

प्रायः छ महिनादेखि म दिनहुँ अरिङ्गाल र वारूलाको गृह-निर्माणको व्यस्ततालाई देखिरहन्थे । कसरी एउटा सानो विन्दुबाट आजका यत्रा ठूलाठूला खण्ड-खण्ड परेका बान्कीदार-चाका निर्मित भए? दिन प्रतिदिन र पलपलको कत्रो प्रयत्न ला��्यो यिनलाई खडा गर्न? कसरी शुरूका दिनमा केवल एउटै प्राणीले यो काम थाल्यो। बिस्तार बिस्तार कसरी उसका साथी- सहयोगी, प्रिया-प्रेयसी र सखा-प्रीतमहरू भेला हुँदै गए र अन्तमा कसरी कवी सङ्गठन र आपसी सहयोगको आधारमा चमा झन्झन् ठूलो हुँदै गयो ?

यसरी ६ महिनाको साहचर्यले बनाएको मेरो र उनीहरूका बीचको सूक्ष्म स्नेहबन्धन आज टुट्यो मेरै आदेशले । व्यावहारिकताको जतिसुकै तर्क मैले प्रस्तुत गरेपनि मेरो हृदयको एउटा तार सदाका लागि छिन्न भयो । म केही अंशमा निःस्व भएको छु जस्तो मलाई लागिरहेछ ।

पहिलो दिन घडेरीका लागि थलो खोज्दै आएको अरिङ्गाल माता होली. जसले आफ्ना सन्तानका लागि अनुकूल निवासगृह नभै प्रेमीको रतियाचनाको उपेक्षा गर्दै आएकी होली । केही दिनसम्म त्यसलाई मात्रै त्यहाँ आएको मैले देखें र घरको जगपनि त्यसैले नै हाली । मैले कहिले शीशाबाट त्यसलाई जिस्क्याउन खोज्थें; त्यो आफ्नो गोडालाई कडा पारेर ठाडो भएर उभिन्थी र प्रतिरक्षाको हतियारलाई तयार पार्दै आफ्नो शरीरको पिँधलाई उचाल्थी; त्यसका पखेटा बडो तेजीसँग फडफडाउन थाल्थे । मलाई लाग्थ्यो आफ्नो त्यो सुइरिएको चाकमाथि त्यस रमणीलाई कति भरोसा छ। यसरी दिन प्रतिदिन विमुग्ध भएर त्यसको चाला हेर्दा हेर्दै त्यसका साथीहरू थपिएको मैले देख्तै आएँ । उनीहरूले आफ्नो-आफ्नो काम बाँडे । पैले त कुन्नि तिनीहरू कहाँ बस्थे पछि त्यहीं अर्धनिर्मित गृहमा आफ्नो आवास बनाएर बस्न थाले । कति सुन्दर थिए तिनीहरू! टल्किने गाढा बदामी भुइँमा पंखको हलुको पहेँलोपनका युगल विकर्ण रेखाबाट बनेका साना-साना तस्वीर जस्तो लाग्थ्यो प्रत्येक अरिङ्गाल – सूक्ष्माकृति ।

यी सबै क्रियाकलाप र कौशललाई मैले विस्तारसँग देखेको हुँ।

म त जेलमा छु- एक्लै दिन बिताइरहेको छु- जीवनका मामूली आवश्यकताहरूबाट वञ्चित भएर अभावै- अभावको वातावरणमा- त्यसो हुनाले मेरा लागि आजको दिन पनि अरू दिन सरह नै नीरस भयो । तर रोशाहरूलाई ? उनी मलाई कति सम्झिरहेको होलिन्, कोठामा बसेर एक्लै, या कल्पनाका साथ आजको दिन प्रत्येक महिनामा उनले सुन्दरीजलसम्म गर्ने गरेको यात्राको यस महिनादेखि अन्त भयो भन्ने सम्झेर उनको एक्लोपनको भावनामा उदासीपन झन् बढ्यो होला । उनलाई सम्झेर म पनि यहाँ उदास भएको छु। बिछोडको व्यथाको अनुभव मलाई पनि आज भइरहेको छ ।
धेरै स्थलमा परिणामको परवाह नै नगरी भविष्यले निर्धारित गरेको लक्ष्यको मार्गमा अग्रसर हुनुपर्छ, कहिलेकहिले त परिणाम अनुवार्यतः पराजय छ भन्ने ज्ञान हुँदाहुँदै पनि कर्तव्य प्रेरणाले त्यस्तो कार्यमा पनि जाइलाग्नु पर्छ मानिस । जय-पराजयको लेखाजोखा त पछिको इतिहासले गर्ने कुरा हो- कुनै कार्यको निस्पत्ति या सम्पादन भइसकेपछि निर्णय दिने कुरा हो। यी सब कुराहरूका अतिरिक्त, व्यावहारिक दृष्टिबाट विचार एउटा अर्को तथ्य पनि छ। कुनैपनि कार्यको सफलता र विशेष गरेर सामाजिक क्षेत्रमा क्रान्तिकारी लक्ष्य राखेर गरिने व्यापक प्रयत्नको सफलता धेरै तत्त्वहरूमा निर्भर गर्छ। जतिसुकै बुद्धि पुयाए पनि, जतिसुकै दूरदर्शी दृष्टि भविष्यतिर फ्याँक पनि सफलताका लागि चाहिने यावत् सरजामको परिकल्पना र सङ्ग्रह मानिसको सामर्थ्य बाहिरको कुरा हो। जतिसुकै व्यवस्था मिलाएर दूरदर्शी भएर गर्न आँटेको कार्यको भविष्यमा प्राप्त हुने परिणामलाई कुनै न कुनै अंशमा अनिश्चित नै सम्झिनुपर्छ ।


नयाँ वर्षको शुभकामना सबैलाई पठाउँदै छु यहाँबाट- मनको उत्साहमा चढेर मेरो आजको शुभकामना सबैका छेउ पुगोस्। ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु ।’ कारागारको बन्धनको तापले द्रवित भएको मेरो हृदयमा सबैका लागि कल्याणको भावनाको उदय भएको छ । दुःखले सब प्राणीहरूका बीच एकत्व स्थापित गर्ने भावनाको सृजना गर्दोरहेछ । शायद सुखको चरमावस्थामा पनि यस्तै कल्याण कामनाको भावोदय हुँदो हो।

केवल सुखदुःखको मध्यम-स्थितिमा रहने प्राणीहरूको मात्र स्वयम्मा केन्द्रित भावना हुन्छ । स्वयम्‌को बोध मध्यवर्ती मनस्थतिको लक्षणको जस्तो मलाई लाग्न थालेको छ । जसलाई दुःखको चरमावस्थाको अनुभव प्राप्त छ या जसलाई सुखको त्यस्तै अनुभव प्राप्त छ त्यो व्यक्ति आत्मकेन्द्रित (केन्द्री) हुन सक्तैन, त्यसको चेतना समग्र-ग्राही हुन्छ। आत्मतुष्टि मध्यवर्गीय चेतनाको सुखदुःख बोधको अर्थमा मनोभाव हो। आधार जीवनको गम्भीर अनुभवको सुखदुःखको तीव्रानुभूति हो । सर्वसाधारणको जीवन, छिपछिपे पानीमा खेलेर नदीको गहिरोपनको साप पाएँ भनेजस्तो, एकप्रकारको आत्मवञ्चना हो तर त्यस्तै आत्मवञ्चना- अर्धजीवनको हुन्छ । अनुभव- धेरैजस्तो मानिसहरूको आफ्नो अनुभूतिको सार अर्धजीवनको अनुभवका आधारमा विचरा तिनीहरूले जीवनको अन्तरतममा समग्र चराचरलाई स्पर्श गर्दै प्रवाहित भइरहेको प्राण र चैतन्यको बोध कसरी प्राप्त गर्न सक्छन् र? आफूमा नै निहित रहेर जीवनको छिपछिपे अनुभवमै रमेर तिनीहरू केही कालसम्म बाँचेर समाप्त हुन्छन् । नैतिक क्षेत्रमा यत्रो ठूलो मानवीय हास वर्तमान जीवन सङ्गठनप्रति सबैभन्दा ठूलो आरोप हो ।

यस्तो विचार मेरो मनमा आउँदा वर्तमान मानवजीवनको सबभन्दा मूल प्रश्नमाथि मेरो ध्यान जान्छ । यो त निर्विवाद छ कि वर्तमान मानवजीवन हासमय छ। यसको गठन यस उद्देश्यले नै भएको बुझिन्छ कि मानवको सामर्थ्य- व्यक्तिगत होस् या समष्टिगत होस्- को विकासको पूरा अवसर यसमा प्राप्त होस्। मानव सामर्थ्य विकास हुन नपाउनु को कारण जीवनको सर्वपक्षीय दारिद्रयको हो ।

मानेपछि मूल समस्या हुन आउँछ जीवनको समृद्धीकरण। गत महायुद्धभन्दा आजकलको मानवजीवन जुनसुकै दृष्टिबाट पनि दरिद्र छ। यसलाई पहिले बुद्धिजीवीहरूका लागि समाजवाद जीवनको समृद्धीकरणको मुख्य साँचो थियो। उनीहरूको विचारमा जीवनको सबै क्षेत्रीय दरिद्रताको कारण समाजको गठनको अविवेकपूर्ण | पुनर्गठन भएपछि पहिलेको जीवनका यावत् समस्याहरूको स्वतः समाधान भएर जान्छ ।

तर यो पनि लाग्छ कि आखिर दुःख-सुख, मर्यादा- अमर्यादालाई खपेर नै दृढ चरित्रको निर्माण हुन्छ मानिसमा ।

लाग्दछ, नेतृत्ववर्ग नै बरू कमजोर रहेछ । मलाई यसले बडो ग्लानि दिन्छ र यस्तो विचार गर्दा म आफ्नो जवाफदेहीताबाट चोखिन पाउँदिनँ। ममै केही लुकेको कमजोरी छ कि जसले मेरा नजिकै आएकाहरूमा कमजोरीको प्रादुर्भाव हुन्छ भन्ने विचार मनमा आउँदा मलाई उद्विग्नता हुन्छ। समाजलाई एउटा राष्ट्रलाई अगाडि बढाउन सक्ने क्षमता विवेक, चारित्रिक दृढता, आत्म-सङ्गठन, धैर्य, साहस निर्भीकता, निःस्वार्थ, संयम, भएको नेतृत्वगुणको ममा छ भन्ने दुश्चिन्ताले म अभाव कहिलेकहिले क्षुब्ध हुन्छु ।

यता मलाई दुई वटा कुराले बारबार आकर्षित गरिरहेको छ । जीवनको दर्शनका सम्बन्धमा आचरणको दुई वटा सिद्धान्त ममा घर गर्न थालेको छ । एक त जीवन सम्झौताहरूको एउटा शृङ्खला हो भन्ने दर्शनलाई स्वीकार गरेर पनि शायद यो दर्शन व्यावहारिक दृष्टिबाट उपयोगी तथा अनिवार्य पनि छ- त्यस्ता, सङ्कल्प, मूल्य या आदर्शहरू पनि छन् जसलाई सम्झौताको दर्शनमा होमिदिनु हुँदैन । त्यस्ता आदर्शमा मूल्यहरूलाई व्यावहारिकताको कसीमा कस्नु हुँदैन, तिनलाई निर्विवाद सत्य मानेर हिँड्नुपर्छ। अर्को- मानिसले आत्म-सम्मानको विरूद्ध कुनै काम गर्नुहुँदैन। आत्म-सम्मानलाई पनि त्यस्तो आदर्शको श्रेणीमा राख्नुपर्छ जसका बारे मैले माथि भनेको छु कि तिनीहरूलाई लिएर सम्झौता गर्नु कुनै अवस्थामा पनि उचित हुँदैन। आजकल मलाई लाग्न थालिरहेछ कि मेरो राजनीतिक नीति कि राजालाई विस्तार-बिस्तार प्रजातान्त��रिक व्यवस्थाका जीवनभित्र कुनै त्यस्तो कठिन तत्त्व हुँदो रहेछ जो हतपती मर्दो रहेनछ। शरीर तत्त्वमात्र होइन कि मानसतत्त्वको पनि कष्ट-सहिष्णुता अद्भुत हुँदो रहेछ । अमरतत्वको खोजी जसलाई मानवले आफ्नो चेतनाको उदयकालदेखि गर्दै आएको छ त्यही मानसतत्वको मर्न नजान्ने प्रवृत्ति- त्यसको अद्भुतकष्ट सहिष्णुताको एउटा अभिव्यक्ति हो ।

म अध्यात्मवादी (आत्मवादी) छैन; तर आध्यात्मिक प्रवृत्तिको निश्चय छु । चेतन मन र बुद्धिले स्वीकार नगरे पनि जीवनका कष्टमय घडीमा मलाई आफ्नो नियतिमाथि भर हुन्छ ।
7 reviews
July 22, 2021
अफसोच, वि.पि. कोइराला नेपालले गुमाएका नेता हुन् | यो मानेमा कि उनको शक्ति र विचार अधिकांश समय सुन्दरीजलमा बन्दि रहनु पर्यो | जेल जर्नल उनको व्यक्तिगत भए पनि नेपाल र नेपाली राजनीति र समाजको लागि एउटा महत्वपुर्ण दस्तावेच हो, गीता हो | हालको नेपाली कांग्रेस वि.पि. वादमा हिंडेको मलाई लाग्दैन| वि.पि.को देश विकास सम्बन्धि धारणा अहिलेको एक्सकाइसौं शताव्दी समयानुकुल छ कि छैन, केहि छुटफुट कुराहरु चर्चाको विषय होलान तर उनको आर्थिक तथा राजनैतिक विचार र धारणा- उनको कौशलता, विद्धता, देश र नागरिक प्रतिको धारणा माथि प्रश्न उठाउन सकिन्न, अझै सान्दर्भिक छन् | राजा महेन्द्रले देश र जनता प्रति घात गरेका हुन् भन्ने कुरामा दुई मत छैन, हुनुहुन्न |
Displaying 1 - 3 of 3 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.