हामीले महाभारतको कथा पढेका छौं र सुनेका छौं । अध्यात्मले चिरन्जिवी मान्छ अश्वत्थामालाई । सर्वत्र विश्वास गरिएको महाभारत युद्ध कुरुक्षेत्रमा मात्र सिमित रहेन । भारतवर्षका कुशल योद्धाहरु सम्मिलित धर्मयुद्धको समाप्तीसँगै अधिकांश योद्धाको निधन भयो तर अश्वत्थामाको जीवन र मृत्यु अज्ञात छ । महाभारतको मिथक प्रयुक्त अश्वत्थामा सामाजिक जीवनको मात्र होइन, तत्कालिन समाज, राजनीति र घटनाहरुको पुनरावृत्ति पनि हो । उपन्यासले मूल चरित्रलाई विनिर्माण गर्दै महाभारतभित्रका स्थान र घटनाको खोज गरेको छ ।
म लेखक कुमार भट्टराई प्रति अत्यन्तै खुशी छु र हृदय देखी आभार व्यक्त गर्न चाहान्छु । मलाई यस्तो लाग्छ "मैले आज (२०२०) सम्म, यस पुस्तक नपढुन्जेल सम्म महाभारतलाई खासै सत्य नमान्नु र खासै चासो नदिनुको कारण त्यो एक पक्षीय र पक्षपाती लेखन भएकोले नै रहेछ भन्ने आभास हुन थालेको छ । धन्य कुमार भट्टराई जी तपाईंले हामी माझ यति महत्त्वपूर्ण उपहार दिनुभएको छ । यो त अङ्ग्रेजीमा पनि आउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
व्यासले लेखेको महाभारत र कुमार भट्टराईको दृष्टिकोण दुवै biased लाग्यो। भट्टराई जी तटस्थ बस्नु भएको भए यो विनिर्माण गर्ने प्रयत्न निकै सफल हुनेथियो। फेरीपनि पुस्तक सार्है राम्रो लाग्यो।
यो उपन्यासले धरावासीको "राधा" को पदचिन्हलाई पछ्याएको आभास हुन्छ। तर यसमा कुमार भट्टराई नराम्रोसंग चिप्लिएका छन्। यो भन्दा अघि महाभारतको कथालाई मनगढन्त बनाएको अन्य उपन्यासहरु राधा, चीरहरण अनि द्वन्दको अवसान पढ्ने मौका पाएको थिएँ। मनगढन्त भए पनि पढ्दा निकै रोचक र लेख्ने तरिका निकै उम्दा लागेको थियो।
तर अस्वत्थामा पढ्दा "राधा" को सस्तो नक्कल गर्न खोजिएको जस्तो लाग्यो मलाई। वेद व्यास एक महान ऋषि मात्र नभएर कौरव र पाण्डवका हजुरबा समेत थिए। त्यसिले उनले लेखेको माहाभारत नै पक्षपात रहित आधिकारिक महाभारत मान्न सकिन्छ। यसलाई आधार मान्ने हो भने, भट्टराइले अस्वत्थामा महाभारतको कहानीलाई मनगढन्त मात्र हैन जस्तो पाए त्यस्तै तोडेर मरोडेर लेखेका छन्। जुन पढ्दा निकै भद्दा र उच्चाट लाग्दो छ।
अर्को कुरा राधा उपन्यासमा सबै पात्रलाई मानवी करण गरेको छ। भट्टराईले यसलाई पनि आफ्नो उपन्यासमा पछ्याउन खोजेका छन्। उनले धरावासीको राधा त पढे, तर त्यसमा भएको कमी कमजोरीलाई मनन गर्न सकेनन्।
त्यसैले उनलाई पनि मलाई एउतै प्रश्न छ। अरू पात्र लगायत, कृष्ण समेतलाई साधारण मानव चित्रण गरिएको छ त अश्वत्थामा कसरी ५००० वर्ष जीवित रह्यो? अस्वत्थामा पनि श्री कृष्ण र अरु पात्र जस्तै एउटा साधारण मानव हुनु पर्ने होइन र ?
कल्पना गर्न सबलाई छुट छ, तर त्यो कल्पनाअरुलाई बकवास लाग्ने हैन कि "हो कि क्या हो ?" लाग्ने खालको हुनुपर्छ