Jump to ratings and reviews
Rate this book

अपराजिता : पारिजातका चिठीहरू [Aparajita : Parijat ka Chitthiharu]

Rate this book

137 pages, Paperback

3 people are currently reading
32 people want to read

About the author

Parijat

19 books131 followers
Parijat was a Nepalese writer. Her real name was Bishnu Kumari Waiba but she wrote under the pen name Parijat. Her most acclaimed publication is Shiris Ko Phool (The Blue Mimosa), which has also been adapted in the literature curriculum of some colleges in some English-speaking countries like United States, England etc.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
1 (7%)
4 stars
4 (28%)
3 stars
3 (21%)
2 stars
6 (42%)
1 star
0 (0%)
Displaying 1 - 3 of 3 reviews
Profile Image for Prabin Dhungel.
257 reviews32 followers
April 17, 2024
[अपराजित पारिजात - सुकन्या \ पारिजात ]

आज पारिजात स्मृति दिवस रहेछ।

२०७५ मा बुक-हिलबाट प्रकाशनमा आएको यो पत्र संकलनको याद आयो मलाई चै। पारिजातका चिट्ठीको मात्रै प्रसङ्ग आएको र अरुहरुको चिट्ठी नभएकोले कता कता अधुरो अपुरो लागेको नै हो र monologue हो यो भन्ने लागेकै हो। तर पारिजातको जीवनको एउटा पाटो -- रोगसँग लड्दै गर्दाको एउटा युद्ध, दिल्लीमा उपचारका क्रममा मनमा चलिरहेको आँधी, उपचारको प्रोसेस, र विभिन्न प्रसङ्गहरु बारे जान्न बुझ्न रोचक नै छ।

उपचारका क्रममा रहँदा भेट भएका अनुहार, पाएको साथ र गाथ, र वचन अनुसारको सहयोग नपाएको कुरा नि छ पत्रहरुमा। आफ्नो शारीरिक र मानसिक स्थितिबारे पनि जानकारी आएकै छ उनको तर्फबाट। यताबाट चिट्ठी पाउने पढ्नेले के response देको थियो होला भन्ने जिज्ञासा र कौतुहलता चै अहिले पनि लागिरहने के। आफ्नो उपचार प्रक्रियाबारे पनि उनले के के प्रोसेस रहेछन् बताएकी छन्। परदेशमा एक्लो भएको बेलामौकामा अनुभुति गरे तापनि यिनै पत्र-लेखनले गतिलो साथ, mind divert र focal shift मा महत्त्वपूर्ण भूमिका खेलेको लाग्ने गर्दछ। आर्थिक पाटो, उपचारका क्रममा रहँदा-बस्दाको खर्च, किताब एउटै नबिकेको चिन्ता, किताब बेच्ने स्कोप, आफ्नो दोधार आदि बारे नि बयान छ।

चार दशकपछि ...भन्ने सुकन्या जी को परिचयात्मक भूमिका मलाई रोचक लागेको छ। पारिजात एक जनाको मात्र पत्रहरु रहेकाले monotonous लागे तापनि एउटा time machine नै हो --- त्यस बेलाको समाज, दिल्लीको अवस्था, आर्थिक - सामाजिक - साहित्यिक -- व्यावहारिक पाटाहरुबारे बुझ्न चै। कतिपय अवस्थामा हामी आफैँ बिरामी परेर अस्पतालको बसाइँ र उपचार लम्बिदा , लाग्ने खर्छ तन्किदा रन्किने गाला, बढ्ने प्रेसर र तनाव अनि आफ्नाले घरखर्च, दैनिक आवश्यकता र उपचारमा लाग्ने bills कसरी मिलाइरहेका होलान् भन्ने लाग्ने कुरा नि reflect भाको छ। हृदयको भित्रि कुनामा लाग्ने रहने बस्ने सानो doubt , लघु-शंका अनि अन्य प्रसङ्ग सन्दर्भ नि आएकै छ।

कसै कसैलाई rush गरेर publish भाको हो कि भन्ने लाग्दो हो तर शायद कतिपय चिट्ठी-पत्रहरु त हराएका नि हुन सक्दछन् नि ! हामी आफूले नै कुनै समय ह्याँ कमिक्स् त हुन् नि भनेर कवाडमा बेचेको हिन्दी अंग्रेज़ी कमिक्स् को अहिले भाउ खतरा रहेछ क्या र।

अलिकता हिज्जे त्रुटि छन् नै। रोगका बाबजुद साहित्य र आफ्नो कृति बारे आउने चिन्ता चासो ले एउटा साधना छ भन्ने नि लागेको हो। आफ्नो मन पर्ने साहित्यकारको व्यक्तिगत जीवनका पाटा पल्टाएर झन् उनलाई बुझ्दै गइरहेको नि बोध हुन्छ नै। म चै त्यति disappoint भइन यो किताब पढेर। बस्, चिट्ठीहरु लेखिएको मिति अनुसार order चै मिल्न सकेको भए सुनमा सुगन्ध हुने थियो भन्ने लागिरा छ अहिले पनि।

दशकौँ पुराना पत्रहरु सँगालेर किताबको स्वरुपमा छापिनु नै ठुलो कुरा हो भन्ने लाग्ने के overall मा चै।
Profile Image for Nikunj Bhandari.
19 reviews
September 25, 2022
'अपराजिता' सुकन्या वाइबाले सङ्कलन गरेको पारिजातको चिठ्ठीहरूको सङ्ग्रह हो । पारिजात भारतमा रहेर औषधोपचार गराउँदा नेपालमा भएकी आफ्नी बहिनी सुकन्यालाई लेखेका हस्तलिखित चिठ्ठीहरूलाई सुकन्याले पुस्तकको रूप दिएकी छिन् । पुस्तकबाट पारिजातले जीवनमा भोगेका रोगव्याधिको उपचारका क्रममा भारतको दिल्ली र भारतमै घुमेका अन्य केही स्थानहरुबाट पठाइएका चिठ्ठीहरू राखिएका छन् ।
पारिजातका नितान्त व्यक्तिगत चिठ्ठीहरू पढ्दा पारिजातको जीवनका विभिन्न पक्षहरूसँग साक्षात्कार गर्ने मौका मिल्छ । लामो औषधोपचारको झिजोमा पनि पारिजातको दृढ इच्छाशक्तिले प्रत्येक बिरामीमा यस्तै इच्छाशक्ति भइदिए हुने नि भन्ने लालसा जाग्छ । साथै, प्रवासमा रही गहन उपचार गराउँदा पनि साहित्य लेखनबाट कत्ति पनि विमुख नहुने उनको सङ्कल्प देखेर साँच्चै पारिजातको जन्म साहित्य उपासनाकै लागि भएको हो रहेछ भन्ने फेरि एकपटक मुखर भएर आउँछ । जीवनमा परिवारको महत्त्व र भूमिकाका विषयमा चिठ्ठीहरूले झस्काइरहन्छन् । कुकुरप्रतिको पारिजातको प्रेम प्रत्येक चिठ्ठीमा अभिव्यक्त हुन छुटेका छैनन् । साथै, त्यसताका भारतको दिल्लीमा उनले किन्ने रासनको मोलभाउ, पटकपटक डेरा सर्नुपर्ने बाध्यता, विदेशी भनेर अस्पताल र स्थानीयले गरेको उपेक्षा, केही स्थानीयहरूबाट प्राप्त भएको असीम माया र स्नेह, तत्कालीन नेपाली राजदूतको सदाशय, भारतमा अन्य नेपाली बिरामीको अवस्था, पैसाको अभाव, छोटो वराणसीको यात्रा आदि प्रसङ्गले प्रवासमा गएर उपचार गराउनुको दुःखका बारेमा बयान गरेका छन् । पारिजातले प्रवासमा आफूलाई सघाउने हेरालुहरूका बारेमा पनि प्रशस्त कुराकानी गरेकी छिन्, कतिपटक निराश भावमा भने, कतिपटक सराहनामा ।
पारिजातको नामै काफी छ भनेर पुस्तक पढ्दा भने निराशा हात लाग्नसक्छ । चिठ्ठीका मितिहरू कति ठाउँमा सिलसिलमा छैनन् । एउटा चिठ्ठीलाई अर्काको अगाडि राखिदिएको मात्रै भए पनि हुन्थ्यो भन्ने लाग्छ । साथै, कति पत्र त समावेश हुनबाट छुटेका पनि होलान् वा हराए पनि होलान् । यस्तोमा सङ्कलकले सन्दर्भ राखिदिएको भए अझ जाती हुने थियो । साथै, पारिजातले पठाएका मात्रै चिठ्ठीहरू पुस्तकमा समेटिएकाले पुस्तक एकोहोरो मनोवादजस्तो लाग्छ । कुनै प्रसङ्ग आधा बाटोमै छुट्छन्, कुनै पछि अलिकति समेटिएको भए पनि पूरा तस्वीर बन्दैन । भाषा सम्पादन कमजोर छ जस्तै 'लाई' हुनुपर्नेमा 'लाइ' लेखिनु, चन्द्रबिन्दु लेखिनुपर्ने ठाउँमा शीरबिन्दुले काम चलाइदिनु आदि ।
करीब चालिस वर्षअघि लेखिएका हस्तलिखित चिठ्ठीलाई पाठकपाठिकासम्म पुर्याउन सङ्कलकले गरेको प्रयास भने प्रशंसनीय छ ।
Profile Image for Sandeep Sampang.
51 reviews1 follower
May 16, 2023
समय यता कतै भेटे त "क्या हो श्रीमान् आजभोलि त तपाई चाडैचाडै जानुहुन्छ नि?" भनेर सोध्नु मन् लागेको छ ।
Displaying 1 - 3 of 3 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.