प्रिय गुरुज्यु (जीवन र साहित्यसङ्ग झन खुल्न सिकाउने) अमर न्यौपाने सरको ´गुलाबी उमेर` ४ दिन लगाएर आहिस्ता र सुबिस्तासङ्ग पढेँ। १ दिनमा उपन्यासकी अहम् पात्र ´ऋतुराज` अर्थात् वेदांशीको पुरै गुलाबी उमेर सक्नु भन्दा १ दिनमा १ उमेर पढेर जिउन मन लाग्यो। र, त्यसै लय मा र योजना अनुरुप ३८0 पृष्ठको यो नव कृति पढेर सकाएँ।
लेखकको पहिलो कृति ´पानीको घाम`ले ललितपुरमा हुर्केको मेरो युवा मनलाई नेपालगन्ज पुर्यायो। त्यस्तै; मदन पुरस्कार प्राप्त गर्न सफल दोस्रो कृति ´सेतो धरती` ले त धुरु धुरी रुवायो नै। साथमा , बृद्धाश्रममा आश्रय लिन बाध्य पारिएका र आफ्नै रगत भएका सन्ततिहरुले बुढेसकालमा एक्लै पारिएका बा आमा, रुढीबादी समाजमा देखा पर्ने यावत् सामाजिक समस्या र कुरितीहरु उजागर गरेको छ। पुस्तकका बारे धेरै त के भन्नू र खोइ- आखिर पुस्तक र लेखकको छवि हर एक पाठकहरुका दिल-ओ-दिमागमा SAVE भएकै छ।
र, लेखकको तेस्रो कृतिले त नेपाली शिक्षा प्रणालीको आयाम र reality लाई साहित्यिक रस र स्वरुपमा उजागर गरेकै छ। व्यक्तिगत रुपमा पुस्तक ले मलाई तारे जमीन पर, थ्री इडिअट्स र डेड पोएट्स सोसाइटी फिल्मले झै ज्ञान, उर्जा अनि positive vibes प्रदान गरेको छ।
अत: ´गुलाबी उमेर` नेपाली साहित्याकाशमा सम्भावना बोकेको नौलो कृति हो। सतही रुपमा बुझ्दा किशोरी कथा भएपनि पुस्तकले थुप्रै कुरो बोकेको छ।
मेरो बुझाईमा पुस्तकका मैन पोइन्टहरु तल उल्लेख गर्न चाहन्छु -
- उपन्यासको लेखनशैली अनुपम र बेजोड छ, जसले पाठकहरुलाई पुस्तक सुरुदेखि अन्तसम्म नै बाँधेर राख्दछ। अत: मान्छेहरुको औठाछाप पनि त एक अर्काको भन्दा फरक फरक हुने गर्दछ नि।
- किशोरीहरुका कथामा आधारित भएपनि किशोरहरुले नि आफ्नो teenage अर्थात् आफ्ना गुलाबी उमेरका ति दिनहरु लाई सम्झनेछन् र Relatable फिल गर्नेछन्।
- अर्को कुरो, उपन्यासमा सुर छ, ताल छ, प्राण छ, बिभोर छ अनि छुट्टै किसिमको जादुमयी एहसास छ।
- उपन्यासले हुर्कदै गरेका किशोर-किशोरीहरुका गुलाबी उमेरका विभिन्न आयामहरु जस्तै मनोभावना, घट्ने बढ्ने दुरी, सङ्गतको असर, बदलिदै जाने रुचि र taste, यौन भावना, माया-पिरेम र इन्फचुएसन अनि , अन्य आयाम र पाटोलाई नि सरल र सहजताका साथ प्रस्तुत गरेको छ।
- गुलाबी उमेर आउँदै गरेकाहरु, गुलाबी उमेर पार गरेर मखमली, बैजनी र अस्मानी उमेर पुगेका सबै पाठकहरुलाई उपन्यास उत्तिक्कै मनोरन्जन दिने छ।
- किशोरावस्था बाहेक उपन्यासले अलि अलि शिक्षा, स्वास्थ्य, नाट्य क्षेत्र , मित्रता र अभिभावक - सन्ततिबिचको सम्बन्धमा हुने खटपट र आरोह अवरोहलाई पनि सुन्दर भाषिक मालामा उधिनेको छ। साथ साथै, ऋतुराज अर्थात् वेदांशी पात्रले बिताएका वात्सल्यका सीनहरुको व्याख्याले हाम्रा बितेका वात्सल्यका दिनहरुको असीम यादहरु र सम्झना पुन:तरोताजा गराएका छन्।
- सेतो धरतीबाट अत्यन्तै आशा राख्ने पाठकहरु चै केही disappoint हुने नै हुन् ! भनम् न सिरिअस type का literature पढ्ने लाई चै appeal गर्दैन ! तर; अहिले पनि आफ्नो gratification का लागि पढ्नेहरू --- (रिभ्यु लेख्नका लागि मात्र किताब उठाउने भन्दा) देख्दा आनन्दै लाग्ने के बिदेशी भूमिमा ! बस् नेपाली पुस्तकहरुको सहज सरल र affordable उपलब्धि भएको भए!
--- साहित्य मैले बुझेको तीन कोटिका छन् -- एउटा = क्लासिक र सिरिअस कन्टेन्ट वाला तथा intellectual discourse आउने वाला , दोस्रो - मन हल्का गर्न, reading slump बाट बाहिर आउन र समयलाई कुनै विगतका पलमा फर्काउन सापेक्ष भूमिका खेल्ने अनि तेस्रो -- अध्ययनको भोक शीताङ्ग पार्न र आराम दिन ! !