कहिलेकाहीँ लघु-कथा पढ्न नि आनंद आउने है ? ? छोटा छोटा प्याकेजमा बडा बडा धमाका हुने के। कथाहरु केही क्या दामी हौँ लाग्ने त कति कति बेला ह्म्म खास लागेन हौंं भन्ने लाग्ने ! मलाई त आनंद नै आयो भनौँ न !
लिरिकल मेलोडी छन् केहीमा अनि केहीमा चै आफ्नै गामठामको कुरा। कुनै लघुकथामा साकार पार्न नसकिने सपना आएको छ त कुनैमा मयाप्रेममा चुर्लुमै डुबेको प्रेमीले डाइलगबाजि दिएको छ। एउटा कथामा बिना कुनै स्वार्थ साथ सहयोग दिँदा जसभन्दा अपजस मिल्ने कुरो छ त अर्कोमा बाल्यकाल हुँदाताका देखिने दसै ( खासमा त दसा हो कतिपय गरीब वर्गका लागि) को उल्लास र उत्साह आएको छ । कथामा शान्ति - क्रान्ति , नेताहरुले चुनावी सरगर्मी आउँदा देखाउने नरम गरम बेहोरा आएको छ। धनीले देख्ने सपना र गरीबले देख्ने सपनाको अन्तर होस् या ज्यान जोगाउन रगतको हुने सौदागिरी होस् --- अनि; आर्थिक - राजनीतिक - सामाजिक चलन र कार्य।
बालककालमा हुने दौँतरीबीचको लडाइँ र तत्काल हुने मिलन अनि हुर्केपछि धन र रवाफका लागि आफ्नै सहोदर दाइभाइबीच आउने मतभेद आएको छ कथामा।ग्राहकको खानाबाट धेरथोर काटेर बालबच्चाको पेट भर्ने गरीब बाउ र आर्थिक अवस्था कमजोर हुँदा र आर्थिक सबल हुँदा केहीका घरमा आउनसक्ने अन्तरको नि राम्रो चित्रण छ। धनी र गरीब परिवारका ले बिरामीले कहाँ लाने होला त उपचार गर्न भन्ने छलफल नि क्या वास्तविक लाग्ने के। केही कथाहरु ठ्याक्कै आफैँले जिएर आएको भान हुने त केहीका आफू प्रत्यक्ष अप्रत्यक्ष साक्षी भएको महसुस हुने के।
अरु कथाहरुमा पनि चुनाव आउँदै पिच्छे बदलिने नेताहरूको जि हजुरी , खतरा खतरा भाषण अनि विकास आफू ले मात्र ल्याउन सक्ने गफ वास्तविक लाग्छ। स्कुल हुँदा गाडीको झ्याल टाउका निकाले टाउका काटिने डर , आमाबाको सोचाइ र आदेश विपरीत गएमा कुटाइ खाइने डर र अलेली विरुद्ध लाग्ने हिम्मत, भोग- भोक - रोग र शोकको पनि कथा छ ।
भनौँ न --- कम्बो प्याक नै हो यो संग्रहमा अटाएका लघु-कथाहरु।