किशोर उपन्यास लेखनमा आफ्नो पहिचान बनाएको नाम हो प्रकाश कोविद। उनका धेरैजसो कृतिको repetitive theme माया- प्रेम अनि विछोडमै ज्यादा केन्द्रित रहे तापनि दृश्य परिवेश सबैमा विविधता बोध गरेको छु। पहिलो नजर, मन्द मुस्कानको पहिलो दर्शन अनि कसैको पहिलो स्पर्शले हृदयमा उत्पन्न हुने कम्पन, स्कुल कलेजमा रहँदा अँकुराउने प्रेमवाला vibes, सुख होस् या दु:ख होस् ; वा जति नै single life is best, single life rocks, लभ सभमा टेन्सिन प्रेसर छ ज्यादा भन्ने लागे तापनि हृदय, नयन अनि दिमागले कुनै न कुनै रुपमा स्पेशल व्यक्तिको साथ हमेशा खोज्दछ।
मायाप्रेम शब्दमा वचनमा अभिव्यक्त गर्न जति सहज, सरल लाग्दछ नि, त्यति नै प्रेमको गहिराई नाप्न, र स्थापना गरिएको प्रेम सम्बन्धलाई justification सहित निर्वाह गर्नु हो। मायाप्रेमको अन्तिम बिन्दु end destination विवाह नै हुनुपर्छ भन्ने हुँदैन --- आफूले भविष्य साथसाथै रहने, जिन्दगी बाँच्ने - मर्ने कसम खाएको सँगै साथ लामो दिर्घायु हुँदैन।
किताबको न्यारेटिभ र प्लट पुरै ९० को दशकको हिन्दी नेपाली सिनेमासँग मेल खाएको अनुभव हुन्छ। शायद; कोविदले धेरथोर inspiration फिल्मबाट लिएका थिए वा उनका कृतिबाट फिल्म-मेकरले केही दृश्यको idea सापटी लिएका थिए। उपन्यासको सुरुवातको दृश्य -- मुख्य पात्र अरुण साथीभाइहरुसँग परीक्षा शेष भएपछि दार्जिलिङबाट माने-भञ्ज्याङ्, सातघुम्ती, गुराँसचाप हुँदै टलु भन्ने स्थान जाने र उताबाट दार्जिलिङ फिर्ने दृश्य के hiking trekking गरेकालाई त्यो मिठो गाह्रो सजिलो पथ र हिँडाइको याद आउँछ।
उपन्यासमा पहिलो प्रेम, विछोड, फुर्सदमा गरिने घुमघाम, साथीभाइबीच हुने छेडखानी र खिचाइ तनाइ, अल्लारे उमेरमा गरिने बदमासी, हाटबजार अनि स्थानीय र गैर-स्थानीय समुदाय र सदस्यबीच हुने व्यापारिक सम्बन्धको प्रसङ्ग छ। नायक पात्र अरुण र नायिका पात्र आरती (जो दृष्टिविहीन छिन्) का बीच पानीधारामा भएको भेट, अरुण चिप्लेर लड्दा आरतीलाई लाग्ने चोटपटक र उसकै उपचारका लागि केही दिन सहयोग गर्ने र विस्तारै अँकुराउने प्रेम र उसको दृष्टि फिर्ता गराएरै छाड्ने अरुणको प्रण अनि शल्यक्रिया पश्चात् हुने विछोड र तत्पश्चात अरुणले अँगाल्मे मदपानको मदहोशी र केहीसमयपछि हुने मिलन ( जब आरती अर्कैको भइसकेकी हुन्छिन्) आदि घटना छन् स्मृतिमा आउने।
प्रेम गाथा बाहेक उपन्यासमा दाजुभाइ बीचको प्रेम, गाउँमा गाँस कटाएर भएनि पुत्र-समान मानेको देवरका लागि धनमाया भाउजु र रामे दाजुले दिने साथ, आमाको माया, साहुखलकको ऋण र कर्जाको प्रसङ्ग, जबर्जस्ती प्रेम पाउन अर्की पात्र तारा (जो संग अरुणको बाल्यकाल बितेको थियो) ले गर्ने खलनायिकी आदि अटाएका छन्। सानो रहँदा साथीभाइबीच नउब्जने धनदौलत अनि ऐसा पैसाको खाडल, अमीरी- गरीबीको दीवार अनि बिनास्वार्थको लगावको प्रसङ्ग पनि याद आउँछ।
हिम्मत नहार्न, जस्तै विकराल र दु:खद स्थिति परिस्थिति आए तापनि हतास हुँदै नआत्तिन, प्रेममा धोका - विछोड - कटुता आएपनि होस हराएर मद्यपान धुम्रपान र लागु -औँषधको शरण नपर्न शिक्षा दिएको छ। जिन्दगीमा नकारात्मक कदम- पथमा लागेपनि सही मार्ग दिने पथ-प्रदर्शकको खाँचो हुने बताएको छ एक किसिमले। कथानकको केही अंश चै एकदमै फिल्मी र अहिलेको क्यापिटलिस्टिक - सेल्फिश एजमा यथार्थ जस्तो लाग्दैन है। तर समय र पढ्ने काम खेर गयो , फजुल भयो भन्ने बोध कदै भएन। Serious read बाट एकै बसाइँमा पढिभ्याए यो उपन्यास। समय राम्रै कट्यो भनुँ न आफ्नो । केही गरेरै दाइभाउजुलाई देखाउने र उनीहरुको प्रेमको कर्जा तिर्ने भनेर सुरु भएको अरुणको आँखा स्पेशलिस्ट डा. किरण र अन्तिमतिरको वियोगान्त ending र त्याग- बलिदान- समर्पणको गाथाले राम्रो फ्लेवर दिएको छ उपन्यासलाई।
Conclusion र बीच बीच तिर आउने चिट्ठी-पत्रहरुको प्रसङ्गले हृदय स्पर्श गर्दछन्। अत: हामी जहिले पनि आफूले पाएको र आफू सँग रहने साथ - सम्बन्ध र चीजबीज भन्दा साथमा नभएको, गुमाएको र हाम्रो भाग्यमा नभएको चीजबीज र सम्बन्ध प्रति ज्यादा आशक्त रहने गर्दछौँ भन्ने कुरा नि बोध भयो। यो उपन्यास पढेर सक्दा नसक्दै किताबको नाम देवता किन रहेको र कथावस्तुसँग यसको सम्बन्ध बुझिने छ।