वि. सं २०१४ मा प्रथम पटक मदन पुरस्कार प्राप्त गरेको पुस्तक मन एक मौलिक सामाजिक उपन्यास हो । यस उपन्यासमा वि.सं २०१३/२०१४ को परिवेशको चित्रण गरिएको छ । कथाको केन्द्रविन्दुमा “मन” नाम गरेकी पात्र र उसले भोग्नु परेका दु:ख , पीडाहरुको मार्मिक र यथार्थपरक चित्रण छ । कसरी महिलाहरु पुरुषबाट मात्रै नभई महिलाहरुबाट पनि छलिएका , प्रताडित भएका छन् भन्ने कुराको प्रस्तुति यस उपन्यासमा छ । लगभग ७० वर्ष अगाडिको अवस्था र अहिलेको अवस्था उस्तै हुनु नराम्रो दु:स्वप्नभन्दा कम नहोला । विभिन्न बाहनामा शिक्षा , सेवा , धर्म आदि इत्यादिका नाम प्रयोगका साधनका रुपमा सिमित गराइनु उचित होला त ? भन्ने गम्भीर प्रश्न गरेर किताबले चिरकालसम्म झनझनाइरहन्छ । कथा र भाषाशैली सरल छ , किताब पढेर एकै बसाईंमा पनि भ्याइन्छ तर प्रभाव भने पक्कै दीर्धकालीन छ । समाजको दारुण यथार्थ देखाउने यो किताब पक्कै पठनीय छ ।
'मन' उपन्यासकाे नामसँगै जाेडिएकाे छ - माैलिक सामाजिक उपन्यास। प्रस्तुत उपन्यास वि.सं. २०१२-१३ सालतिरकाे सामाजिक पृष्ठभूमिमा उभिएको छ। तत्कालीन समाजलाई शब्दको मार्फत पाठकको कल्पनामा ल्याउन सक्नु मनकाे विशेषता हाे। आफ्नो घरबाट निस्किए लगत्तै उपन्यासकाे प्रमुख पात्र मनले आफूलाई कतै सुरक्षित पाउँदिनन्। पाइला-पाइलामा मन आफूमाथि गिद्धे नजर लाउने जमातमात्र भेट्दछिन्। जब-जब मन कसैको आधार पाएको ठान्दछिन्, केही समयमै उसैको दानवि रूप उजागर भएर मनको सामु प्रस्तुत हुन्छ। उपन्यासले दर्शाएकाे प्रमुख ज्ञानलाई अहिलेकाे समाजसँग दाँज्न सकिन्छ। नारी सुरक्षाकाे विषयमा त्यो समय र याे समयमा कुनै भिन्नता छैन। आफ्नो पात्रहरूकाे बाेलिमा थेगो घुसाएर लेखकले उपन्यासको कथालाई अझ विश्वासयाेग्य तुल्याउनु भएको छ। साथै हाम्रो समाजको चलनचल्तीमा रहेको उक्तिहरूकाे मिठो प्रयोगले कथालाई अझ बलियो बनाउन मद्दत गरेकाे छ। कथामा केही ठाउँमा लेखकको व्यङ्ग्य शिल्प देख्न पाइन्छ। ती व्यङ्ग्य युक्त वाक्यहरू यति घतलाग्दा छन् कि हाँस्न करै लाग्यो। उपन्यासमा लेखकले जाली जाेगि, महात्मा तथा संघसंस्थाहरूकाे पनि भण्डाफाेर गर्नुभएको छ। यस्ता कुपात्रहरूमा विश्वास गर्नाले नै समाज विकृतितर्फ उन्मुख भएको छ। यति सब हुँदाहुँदै पनि कथाको अन्तिम भाग भने अलि बढि नै फिल्मि लाग्यो। लेखकले हडबडमा कथाकाे टुंगो लाउन खाेज्दा यस्तो भएको हाे कि भन्ने आभास भैरहेको छ। अन्त्यमा। वर्षदिन अघि गाउँमा कुल पूजामा गएको थिएँ। कान्तिपुर काेसेलीमा विवेक आेझाकाे एउटा लेखमाथि आँखा दाैडाउँदै थिएँ। पूजामा सबैभन्दा जेष्ठ आमाले 'के पढिराकाे नानी?' भनेर साेध्नु भयाे। मैले पढिरहेको लेखमा आँखा दाैडाउँदै आमाले पनि गुनगुन गरेर पढ्न थाल्नु भयाे। कुरै कुरामा लीलाध्वज थापाको मन उपन्यासकाे चर्चा भयो। आमाले मन उपन्यास धेरै कालअघि पढ्नु भएको रैछ र फेरि एकचोटि पढ्ने इच्छा प्रकट गर्नुभयो। साथै याे पनि भन्नुभयो कि काठमाडौंमा कतै मन उपन्यास भेटेमा उहाँलाई एक प्रति अवश्य लगिदिउँ। मनकाे याे प्रति तिनै आमालाई।
Mann, It turned out to One of my favorite Nepali books, beautifully portrays the Kathmandu of 1957, offering a glimpse into the lives and struggles of that era. It sheds light on how women were suppressed and treated during that time, which was the period of my grandparents. Through this book, I gained a deeper understanding of their way of life, their perspectives, the historical context, and even their emotional and sexual desires. What fascinated me the most was the depiction of Kathmandu’s geography—contrasting the towering buildings and modern amenities of today with its past as a rural village, where transportation was nonexistent, and agricultural fields dominated the landscape.
The portrayal of the characters, the emotional weight they express, was beautiful. And, the way we got to know about Nepal around early 2010 B.S. felt like a historical entry in the form of literature. Maybe this kind of writing was appreciated in that era, but as a reader of this generation, I couldn't feel the weight as I expected. I really felt there were a few unnecessary dramas and ending??? Yes, a happy ending sounds great, but it felt like putting everything in a pot at once, it felt so dramatic and rushed.
माफ गर्नुहोला बुझाइ फरक हुनसक्छ तर उसले यस ‘मन’ उपन्यासलाइ रेटिंमा जम्मा १ तारा देको था’ पाएपछि मैले पढिसकेका उसको पुस्तकहरुलाइ मेरो व्यक्तिगत रिभ्यु लेख्न मन लागेन ...
"मन", उपन्यास विधामा मदन पुरस्कार पाउने यो प्रथम उपन्यास भनेर खोजी खोजी किनेर पढेँ। आज भन्दा करिब ६८ वर्ष आगाडी लेखिएको यो उपन्यास , जसमा एउटी केटीले आफ्नो गल्तीले गर्दा कसरी लगातार सकस भोग्छिन र आफ्नो गल्तिले आफु मात्र नभई आफ्नो जीवनमा भएका अरु मान्छेले नि पीडा भोग्नु पर्छ भनेर देखाउन खोजिएको छ। यसमा उही गल्ति गर्ने केटीले पाइला पाइलामा आफ्नो सतीत्व जोगाउन गर्ने संघर्षको बारेमा वर्णन गरिएको छ। यो बाहेक खासै अरु केहि छैन। मदन पुरस्कार नै पाउनु पर्ने कृति चाहिं लागेन मलाई। लेख्ने शैली निकै सरल छ, कुनै कुनै ठाउँमा वाक्यहरु कहिँ कतै नमिलेको जस्तो भान हुन्छ।
समग्रमा मलाई यो पुस्तक औसत भन्दा मुनि नै लाग्यो, पढ्ने पर्ने खालको चाहिँ छैन.