[Ramite- Not Your Usual Read}
गीत-संगीतमा अनुपम पहिचान बोकेका Jason Kunwar जेसन कुँवरको Experimental पुस्तक 'रमिते' फेरी पढेँ। दोहोर्याउँदा पहिलो पटकको भन्दा दोब्बर मज्जा आयो नै साथमा मन परेका लाइनहरु highlight गर्दै राखियो। अरुको borrow गरेर पढ्दा न त highlight गर्न उत्तम हुन्छ न त आफ्नै पेसमा पढ्न पाईने। अचम्म लाग्छ आँफैँ ; पहिलोपटक सातादिन लगाएर पढेको यो किताब मजाले २ दिनमा सकाएँ दोस्रो पटकमा।
२०२० मा रमितेको संसारको म्याप आउँदा , र म्युजिकल सो सहितको पुस्तक लोकार्पनमा गा थिइनँ म। साथीको सल्लाहमा पढेको थिएँ २०२१ मा र हतारो चटारोमा पुरापुर मजा नि लेको थिइनँ। त्यो बेला तानेको पक्ष अहिले नि याद छ -- किताबको नाम र लेखकको नाम कभरमा नहुनु , एउटा बेग्लै तवरको मार्केटिङ्ग स्ट्राटेजीको उपयोग अनि ध्यान खिच्ने तर confusing लाउने आवरण आर्ट। धेरै मित्रले पढ भनेकाले पढेको नि थिएँ र फेरी रमितेको संसारमा जान बुक खोजेको तर बहुतै समय लाग्यो खोज्न। हुन त नाम दाम र साम चलेका लेखकका कृतिले उल्कै बजार तताउने माहोलमा गुमनाम सरहका लेखकको बुक किन राख्थे र उनारु। बजार नै अहिले जो बिकता है वोही रहता है स्टक मै वाला भाईसको।
त किताबको कुरो गर्दा पानाका सुरुदेखि नै अन्तिमसम्म मलाई अब के होला , पात्रले किन यो त्यो कार्य गर्यो र के हुँदै छ भन्ने दोस्रो पटक पढ्दा मजाले छर्लङ्ग भयो। फेन्टसी, रिअलिटी, मिथ, लोक कथा र इमेजिनेसनको अद्भुत बेजोड सङ्गम रहेको किताब Experimental भएकोले धेरैको रिडिङ्ग लिस्टमा नपरेकै हो। उपन्यासमा पात्रहरु खिले, खोरे, रिक्टे, धुसे सङ्ग 'दसपर्म' हिँडे खोलाखोल्सी, दलदल र रनवनको बाटो। पहिलो पेजको नक्साले उत्सुकता पैदा गरेको थियो भने पढ्दै जाँदा उपन्यासमा सबै चीजको blend भेटेँ।
लेखकको कल्पनाशीलता , वाक्य र शब्द संयोजन अनि ग्रामीण परिवेशमा बोलिने भाषाशैलीको ditto प्रयोग मजेदार लाग्यो। मान गया गुरु आपको। साथसाथै; पुस्तकमा पात्रहरुको कठिन यात्रा, दु:ख सुखका पल, मौसम र स्वयम प्रकृतिसङ्गको एउटा संग्राम नि मजैले दिमागमा visualize गरियो। उपन्यासमा एउटा छुट्टै दुनियाँ, रहनसहन, जीवन, जीवन दर्शन, सन्स्क्रिती र सभ्यता त पाएँ नै साथमा केही घटना परीघटना आफ्नै गामठाममा घटेका नि realize गरेँ। यात्राको रहस्य, औचित्य र रहस्य बुझ्दै जाँदा पात्रहरुको मनोदशा र हाल-ए-दिल सङ्ग थोरबहुत connect हुन सकेँ।
उपन्यासमा प्रयुक्त अनौठा नाम, गामठाम, नरेटिभ एलमेन्ट र अनेक पात्रका perspectives बाट कथनी अगाडि बढाउने शैली निकै नै रोचक छ नै साथमा appealing पनि। गीतको लिरिक्स पाएँ --- गाउन नजाने पनि गाएँ अलेली। बीचमा सामेल चित्रा र केही अभिलेख शिलालेख जस्ता आर्ट बुझ्न सबै नसकेनी केहीको आफ्नै meaning generate गरेँ। Content र Context अनि Between-The-Dots मजासङ्ग सामन्जस्यता मिलाउँदै पढ्दा आनन्द आयो।
यस उपन्यासमा के चै अटाएन होला त? प्रेम छ, jungle वाला adventure र thrilling threats छ, विरोध छ, धर्म कला र सन्स्कृतिको बेजोड त्रिवेणी छ, दु:ख छ, मार्का छ, सुख छ, बाल्यकालका भुलेका याद छ, हुर्कदै गएसी बाँच्नका लागि गरिने संघर्ष छ, गाम गाम बिच दोस्ती यारी छ र छ शत्रुता अन्न जीवन पानी का लागि, पलायन हुनाको बाध्यता छ, मानव जीवनको लालित्य छ, जीवन र मृत्यु बीचका सत्य छ, changing variation of humanity छ, मान्छेको बर्बर जर्जर अपराध र हिँसा गर्ने सामर्थ्यको चित्र छ र छ डटेर लडेर आफ्नो हक र अधिकारका लागि आवाज बुलन्द गर्ने मान्छेको साहस र हिम्मत। अनि छ Cannibalism को एउटा पाटो--- मानव कसरी दानव बन्न सक्छ भन्न्ने देखा���न ।
उपन्यासले कसरी मान्छे आफ्नो स्वार्थ र बाच्ने लालसाका लागि अरुलाई सखाप पार्न तम्तयार हुन्छ भन्ने कथा पनि। पढ्दै जाँदा कति कति बेला के हुँदै छ भन्ने connect गर्न गार्हो परेपनी आफ्नो perseverance र patience का कारण अन्तसम्म सब भेद खुल्छ। कथाको पेस, नरेसन र पात्र मार्फत भनिने कथा का टुक्रा टुक्रा ले पुरै justice देको भान हुन्छ। मुराकामी र नगरकोटी मार्काको स्वैर-कल्पना, भर्जिनिआ वुल्फको जस्तो Sentimentality र suicidal thought, Ultra Realistic, Adventurous storytelling र अरु जनराका reflection बेला मौकामा अनुभव भए तापनी भाषा शैली, शब्द प्रयोग र असल दुनियाँमा देखा पर्ने रुपरङ्ग , ढङ्ग र साजसज्जा का पात्रहरुको strong usage का कारण अलग धलग छाप सफलताका साथ छाड्छन् कुँवर यसमा।
कुनैपनि रुपमा उपन्यासमा प्रयुक्त भाषा, घटना fictional लागेन मलाई पनि अन्य पाठकलाई जसरी। मजैले डुबे म त कथामा दोस्रो पटक--- झन मजा पनि आयो। चलेका साहित्य रस भन्दा फरक रसास्वादन गर्ने मौका मिल्दछ यो उपन्यास पढेपछी।
एउटा नयाँ संसारमा अनुपम, मनोरम र emotional आरोह-अवरोह वाला यात्रा मजेदार रहन्छ नै साथै कतै कतै Thought- provoking पनि लाग्दछ। कसरी आस्था र धार्मिक रिचुअलले मान्छेलाई No Nonsense No Question No Common Sense पारामा एउटा मसिन बनाउँछ भन्ने नि देखाएको छ। अलेली सरल , गार्हो र uncomfortable feels पनि पक्कै हुन्छ केही पाठकलाई। मैले चै यो कथामा आफुलाई हराएँ- डुबाएँ- बिर्सेंँ र पुन: पाएँ र एउटा मजेदार ट्रिप गर्न भ्याएँ पुस्तकमार्फत घर बसी बसी।अत: फिलिम नै तयार भयो त हाउ घटना र वर्णन गरेका सीन इमेजिन गर्दा त दिमाखको रीलमा।
लेखकलाई फेरी पनि फरक स्वाद, रस र तौर-तरिकाको uncoventional कृति देकोमा बधाई अनि शुभकामना। औरेजी भर्जन पनि आघौँ साल पढ्न पाईयोस है त। कतै सीन बढी भो त कतै सीन घटी भो भन्ने कम्प्लेन त जे मा नि हुने रहेछ नै तर Overall; उपन्यासको फ्लेभरले टक्क बाधेरै राख्दछ --- बस हिम्मत र संयम हुन परो पाठकमा। हतारो चटारो भन्दा धीरे धीरे पढ्दै, थामिदै, दिमागमा चित्र कोर्दै पढौँ -- अन्तिममा पुग्दासम्म त आनन्दतिरेक अनुभव नै हुन्छ के।
यता पनि धेरैले मजेदार मान्नु भएको र केहीले अलग र फरक अनि बुझ्न कठिन भनेको बुक !