Jump to ratings and reviews
Rate this book

रमिते

Rate this book
"Ramite" which translates as "The spectator" is a fiction by Jason Kunwar. It is storytelling in formats including a novel, music, live performances, art, and films.

The first section is the book that has recently been released by Red Panda Books. Set in a fictional world, "Ramite" is the story of civilization, societies, and human instincts. The project involves collaboration between musicians, artists, illustrators, photographers, and filmmakers.

282 pages, Hardcover

Published February 1, 2021

4 people are currently reading
34 people want to read

About the author

Jason Kunwar

1 book1 follower

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
9 (32%)
4 stars
14 (50%)
3 stars
2 (7%)
2 stars
3 (10%)
1 star
0 (0%)
Displaying 1 - 12 of 12 reviews
Profile Image for Kshitij Chaurel.
163 reviews17 followers
March 3, 2022
Pravin उर्फ मिस्टर मुराकामीको बुकसेल्फमा एउटा अनौठो कभर भएको किताब देखे। कभरमा न लेखकको नाम छ न किताबको। डार्क थिमको अनौठो खालको चित्र थियो। किताबको पक्षाडि पनि उस्तै आकृती थियो। साईडमा लेखिएको थियो - रमिते।

मलाई किताबले खासै आकर्षण गरेन। मिस्टर मुराकामी भने एकहोरो रट लगाइरहेको थिए - "क्या खत्रा छ किताब।"
'ए हो र। तर मेरो टाइपको होईन जस्तो छ। म पढ्दिन।' हामी अरु किताबको बारेमा कुरा गर्न थाल्यौ।

धेरै महिना बित्यो। 'रमिते'को बेलाबेला चर्चा सुनिरहे। म भने अरु किताबहरुमै भुलिरहे।

सायद हाम्रो भेट हुनु थियो। हामी यात्रामा जानु थियो। पात्रहरु संगै 'दसपर्म' हिड्नु थियो। यसकारण त हाम्रो भेट अन्ततः।

काठमाडौं बाहिरको एउटा स्टेसनरीमा केके किताबहरु रहेछ भनेर चार्दा मेरो आँखा पुनः त्यही अजिवको आकृति भएको कभरमा ठोक्कियो। मैले केहि नसोची किताब किने।

केहिदिन पछि जसै पाना पल्टाउन सुरु गरे म हैरान भए। पहिलो पृष्ठमा नक्सा रहेछ। गुप्त खजानाको नक्सा जस्तो। म उत्साहित भए।

मेरो उत्साह भने धेरैबेर टिकेन। किताबको सुरुवाती पानाहरुले खासै तानेन। खासमा भन्दा मैले बुझिन। छेउ - टुप्पो पहिल्याउन सकिन। केहि हरफ पढ्दै अगाडिको नक्सालाई घोरिएर हेर्थे। त्यो सिलसिला केहि समय जारी रह्यो। तर मेरो समझमा कथा घुसेन।

मलाई नक्साको रहस्य जान्ने हुटहुटिले भने छोड्दैछोडेन। जसै म थप अगाडि यात्रामा पढ्दै गए त्यति नै 'रमिते'को संसारमा हराउँदै गए। एउटा रहस्य उजागर हुन्थ्यो। तत्काल अर्को रहस्य देखापर्थ्यो। जति म डुब्दै गए त्यति आफै पात्रमा रुपान्तरित हुँदै गए। केहि समयपछि त्यो यात्रामा म अर्को सदस्यको रुपमा थपिए। आधुनिक सभ्यताबाट म पनि 'रमिते'को (सायद) प्राचीन सभ्यतामा बिलिन भए।

अनौठो नामहरु, अनौठौ ठाउँहरु, कथाको बनोट, घटनाहरु बिचको सम्बन्ध, लेखन शैली, मिथक र वास्तविकताको जोड आदि कुराहरु बेजोड छन्।

किताबको अन्त्यतिरको कथालाई पनि बिचतिरको जस्तै अझ रोचक बनाए सुनमा सुगन्ध थपिन्थ्यो जस्तो लाग्छ।

यात्रा मनपराउने हरेकले 'रमिते' पढ्नुपर्छ। आफुलाई बुझ्न र आफ्नो सभ्याताको कथा बुझ्न चाहने हरकोहिले यो किताबको यात्रामा जानुपर्छ।

Experimental Literature को महत्व तत्काल बिक्ने Fast Food Literature भन्दा कैयौं गुणा बढी हुन्छ तर यसको लागी समय लाग्छ। गम्भीर साहित्यको चर्चा बिस्तारै हुन्छ तर यो कालजयी हुन्छ।

आसा छ बाकि यात्रा चाडै गर्न पाईनेछ।
Profile Image for Sudarshan.
69 reviews17 followers
May 21, 2022
एउटा पात्रको कथा वा घटनाको व्याख्या भन्दा पर - एउटा विश्वको परिकल्पना । केही बाँगा-टिङ्गा धर्साबाट बनेको सिंगो क्यानभास । 'रमिते' कथाको रूपमा त्यति बलियो छैन जति हुन सक्थ्यो । तर नेपाली आख्यानमा यो तहको कल्पना, र सृजनशीलता हालसाल कतै पढेका छैन । यो किताबका सुरुवाती पानाहरू छिचोल्न सजीलो नहुन सक्छ । अघी बढ्न सक्यो भने चाँहि किताब गज्जब छ । गीत, मौलिक लवज, लोक-कथा, नन लिनियर कथावाचन शैली, लिपि, चित्र : एउटा छुट्टै संसार भेटिन्छ यहाँ । मात्र हामीसँग रमिते बनी बस्ने धैर्यता हुनुपर्छ ।
Profile Image for Bikash Dumrakoti.
101 reviews6 followers
October 18, 2021
म पनि धुल्जेङ्गको टाकुरोमा बसेर 'जेसन कुँवर' ले प्रदर्शन गर्नुभएको रमिता हेर्ने 'रमिते' भएछु। सामुन्नेमा उनको दुनियाँको सारा नक्सा फैलिएको छ। म देख्दै छु केही मान्ठ हिरी दलदलमा भासिदै गरेका। मलाई भेउ छैन यी मान्ठहरू को हुन् र कहाँबाट आएका! कुन दिशा हानिदै छन्? किन? अहिले त बस् म प्रार्थना मात्र गर्नसक्छु - 'हे देवता कबिस! यिनीहरूको प्राणको रक्खे गर।'
चमत्कार भयो! कबिसले मेरो पुकार सुने। कि जेसनले? यो दुनियाँ त आखिर उनैको सृजना हो! जेसन नै कबिस हुन् त उसो भए?
सृष्टिकर्ताको आफ्नै योजना रहेछ उनीहरूलाई बचाइ राख्नमा। उता उनीहरूले आफ्नो कथा बताउँदै गए। उगा, न्याउरी गाउँ, खिले, निली, धाम्सुली, खुराल काका, दसपर्म, खोर्लाङ, मुख्खे, धिचु, चटके, धर्के बा, चारकुने कपडा, रिक्टे, सिक्रे, धुसे, खोरे, सबै चलदृश्यझैँ मेरा नजर सामु दुगुर्दै गए। यता बल्ल म यो दुनियाँमा भिज्दै गएँ। यहाँ यस्तै छ। कसैले सारा वृतान्त नपस्केसम्म कथाको छेउ-टुप्पो चाल पाइन्न।
...
सुन लौ सुन साँचो हो कथा
भ'को कुरो, होइन यो झूटा
चराचरकै चम्किलो तारा छ तेता
पछि्छउँको अक्कास छ चम्किलो जता ...
एउटा मिठो भाकाले मेरो मस्तिष्क झङ्कृत पार्छ। हिरी दलदल र सर्प गुफासम्म फैलिएका मेरा नजर अब अलि वर लाकुमा बिसाउँछु। टुहुरी आफ्नो र लाकुकै पनि व्यथा सुनाउँदै रहिछ। बिचरी कति दुःख पाई है यसले पनि! फेरि सुख पो कहाँ छ र यो दुनियाँमा? यहाँका वासिन्दा दुःखमै जन्मिन्छन्, दुःखमै हुर्किन्छन् र दुःखमै चोला त्याग्छन्।
यस्तो जीवन्तसँग सुनाई उसले आफ्नो कुरा कि अहिले पनि म देख्न सक्छु डुम्रे र त्यसका साथीहरू पारि मगडीबाट गंगटे तरेर वारि लाकुतिर बढ्दै गरेका। डुम्रे। यसका कर्तुतहरू यस्ता छन् कि मलाई यो नामैसित पनि घृणा उत्पन्न हुन थाल्छ।
गीत-संगीतको ठुलो महत्त्व छ जेसनको दुनियाँमा। यहाँका केही भाकाहरू सायद मैले पहिले पनि सुनिसकेको छु। त्यही भाका टिप्ने कोसिसमा छु म -
फर्की आउन्या हौ कि फेरि, बास मैना मोरेली
छाडीकन माया मारी, लेखभरि गुराउँस फुल्या बा ...
हैन यो के भयो! को हुन् ती पारिबाट राँको बोकि आउने हुल? अलि गढेर हेर्छु म। डुम्रेको जत्था यति राति किन आउँदै छ यता? लौ लौ! सत्यानाश होस् तेरो डुम्रे!
म के जानौँ डुम्रेको पनि आफ्नै व्यथा रहेछ भनेर! हिर्कोटबाट चाल पाएँ त्यसको कथा। बिचरोले पनि हन्डर त खुब खाएको रहेछ सानैबाट। घटनाको एकपक्षीय विवरणबाट मात्र कसैबारे धारणा बुनिहाल्नु हुँदैन रहेछ। डुम्रेले जे गर्यो त्यो गलत त थियो तर पनि अन्धविश्वासबाट प्रेरित थियो। डुम्रे। यो नामसित मलाई सहानुभूति उत्पन्न हुन थाल्छ।
दुःखले जेलिएको यो दुनियाँबाट केही क्षण उम्कने मौका पाएँ मैले टुहुरीको कहानीमा। लोक कथा र दन्त्य कथा सुन्ने उमेर खस्किसक्यो भनी सोच्ने गर्थें म। तर टुहुरीबाट सुनेको कहानीमा मैले फेरि आफैंलाई पाएँ। कति निर्दोष छ टुटु र बान्टुको मित्रता। कति चोखो। कति मिठो।
केही खासखुस आवाजले मेरो ध्यान नजिकैको चुलीतर्फ मोडिन्छ। पाबु? बिजु कति कमजोर भएछ। अनि रूकुले के गर्न आँ ...? च्व, च्व ...!
पाबु विगतमा घोत्लिन्छ र मलाई उत्तरमा हुर्दुङतिर पुर्याउँछ। कमसेकम यता पो केही सुख छ कि भन्ने आसमा म डोरिन्छु उसैको कथासँगै। के सुख हुँदो हो! यहाँ त झन् गाउँको अन्नदाता दुराली नदीले नै पुरै गाउँको सुखसयल खोसेर लगेको रहेछ। मान्छे आदमखोर भएछन्।
त्यतिकैमा अगाडिबाट मैतर्फ एउटा सेतो भुवा आउँदै गरेको देख्छु। पाबु पनि आँखा च्यातेर त्यसैलाई हेरिरहेको रहेछ। अविश्वासमा। त्यो भुवा पाबुबाट टाढिदै र मेरो नजिकिदै थियो। नजिकिदै जाँदा त्यो त एक जोडी सेता पखेटामा पो परिनत भए। र पखेटाले उचाली रहेको शरीर ...। त्यसका धारिला आँखा ...। र त्यसले पिठ्युँमा बोकिरहेको अर्को शरीर ...। मलाई भाउन्न भयो। निस्पष्ट अँध्यारो छायो चारैतिर ...।
...
... जेसनको दुनियाँबाट म आफ्नो दुनियाँमा बजारिन्छु। हैन सकियो र त्यो कथा? अनि मलाई किन अ���ुरो लाग्यो त? पाबुले आँखा उघारेपछि के भयो? अनि खिलेहरू? इलाखा नि? यस्तो 'डार्क', रहस्यमयी र जादुई दुनियाँ मैले हाम्रो साहित्यमा देखेकै छैन। य��� पुरा हुनै बाँकी छ। हुनैपर्छ।
Profile Image for Navin Netra.
47 reviews
August 16, 2022
This book falls all over place. It's neither surreal nor abstract. The elements of novel the tone the plots are pretty much inconsistent. Though plots and subplots might intrigue you but there is not enough detailing to explore you through the universe. Perhaps now i got what Bradbury meant by writing fair amount of short stories before writing a novel.
Half star for the cover design of book, half for the attempt, half for the ideas, half for the respect i have for the writer as a musical artist.
Talking about ideas there are lots of ideas even in single paragraph but that haven't been dealt in depth may be written hastily. I think this might be made into a good television series with someone visionary and obssessed with these kind of stuffs.
It's a story of a whole different place trying to draw parallels or perhaps an analogy from our world and society but after some time it all falls apart.
But this is an courageous attempt even though it didn't work me. This might be something we could call Avant Garde kind of literature.
Profile Image for Roshan.
2 reviews
December 13, 2021
Ramite feels unnavigable (although strange and intriguing) for the first thirty pages or so, and penetrating it is like being thrown into the middle of nowhere and told to chart out the unknown area, blindfolded. There is no narrator to help you figure out what the writer is hinting at.

The unheard words and lingo also add to this effect, as it may cause some readers to struggle following along. But as you get past the first section of ‘Pachchhiuko Tara,’ you will start untangling for yourself what's going on, where you are, and what made this universe the way it is. If you can push through the beginning the rest of the book is an enthralling fuse of delicacy and force, superstition and verity, helplessness and power. In other words, Jason has built a strong and believable world with immense amounts of detail to the point of labor, yet you don’t feel being fed all the information at once.

The story is told from characters’ perspectives, poems, dream-like/hallucinatory states, and songs. The plots might seem disconnected and subplots are thrown around carelessly but as you continue to read you realize that it does not require rocket science to be able to mold everything together into one story, it’s just that the author is not here to help you and this is perhaps more than anything that I loved about the Ramite universe, the room it leaves for the readers to have their own experience, interpretation, conclusion, and idea.

Overall, I would say that this book is certainly worth a try for someone who enjoys original and unconventional work.
Profile Image for Nascent.
76 reviews
September 8, 2025
‘रमिते’मा जेसनले एउटा सिंगो सभ्यताको चित्र कोरेका छन् जसलाई काल्पनिक वा वैकल्पिक सभ्यता भन्न सकिन्छ। नेपाली संगीतमा मौलिक छाप छोड्न सफल जेसनले आफ्नो पहिलो आख्यानमा पनि कयौं प्रयोग गरेका छन्। रमितेभित्र गीत-संगीतसँगै स्केच र काल्पनिक लिपिसमेत भेटिन्छ जुन जेसनकै चरम कल्पनाबाट जन्मिएका हुन्।

संगीत होस् वा आख्यान, आफ्ना सबै कामलाई जेसन आफू र समाज बुझ्ने प्रक्रिया मान्छन्। ‘रमिते लेख्ने अनुभवबाट आफू र समाज बुझ्ने मौका मिल्यो। समाजको आस्था, अन्धविश्वास र मूल्यमान्यताबारे मेरा दृष्टिकोण पनि फेरियो,’ पुस्तक सार्वजनिक गर्दै जेसनले भने।

गीत–संगीत होस् वा आख्यान, जति काल्पनिक भए पनि मानव सम्बन्ध र उसले बाँच्ने-भोग्ने परिवेशको प्रभावबाट टाढा हुँदैन। काल्पनिक आख्यान रमितेमा पाठकले समकालीन समाजसँग जोड्न सकिने कुरा भेट्नेछन्। रमितेभित्र मानव, प्रकृति र जनावरका आदिम कथादेखि खोला, नाला, डाँडा, कन्दराका सुस्केरा पनि अटाएको छ।

सुक्खा पहरा मूल फुटेर सङ्लो पानी बगेछ

उस्तै बग्ने मनमा मेरो मिठो धुन जागेछ

घरी पीडाको सुस्केरा हाल्थे,

नदुखेको ठाउँ छैन

देखाऊँ भने घाउ छैन


‘धेरै कलाकार आफ्नै संसारमा बाँच्छन्। मेरो लागि आफू बाँचिरहेको वास्तविक संसार रमाइलो छैन। रमिते मेरो आफ्नै संसार हो,’ जेसनले रमिते लेख्नुको कारण सुनाए, ‘यहाँको सुखदुःखले पुगेन अनि नयाँ संसार बनाएँ।’

https://www.setopati.com/art/book/229...
Profile Image for Prabin Dhungel.
258 reviews32 followers
December 18, 2022
[Ramite- Not Your Usual Read}

गीत-संगीतमा अनुपम पहिचान बोकेका Jason Kunwar जेसन कुँवरको Experimental पुस्तक 'रमिते' फेरी पढेँ। दोहोर्याउँदा पहिलो पटकको भन्दा दोब्बर मज्जा आयो नै साथमा मन परेका लाइनहरु highlight गर्दै राखियो। अरुको borrow गरेर पढ्दा न त highlight गर्न उत्तम हुन्छ न त आफ्नै पेसमा पढ्न पाईने। अचम्म लाग्छ आँफैँ ; पहिलोपटक सातादिन लगाएर पढेको यो किताब मजाले २ दिनमा सकाएँ दोस्रो पटकमा।

२०२० मा रमितेको संसारको म्याप आउँदा , र म्युजिकल सो सहितको पुस्तक लोकार्पनमा गा थिइनँ म। साथीको सल्लाहमा पढेको थिएँ २०२१ मा र हतारो चटारोमा पुरापुर मजा नि लेको थिइनँ। त्यो बेला तानेको पक्ष अहिले नि याद छ -- किताबको नाम र लेखकको नाम कभरमा नहुनु , एउटा बेग्लै तवरको मार्केटिङ्ग स्ट्राटेजीको उपयोग अनि ध्यान खिच्ने तर confusing लाउने आवरण आर्ट। धेरै मित्रले पढ भनेकाले पढेको नि थिएँ र फेरी रमितेको संसारमा जान बुक खोजेको तर बहुतै समय लाग्यो खोज्न। हुन त नाम दाम र साम चलेका लेखकका कृतिले उल्कै बजार तताउने माहोलमा गुमनाम सरहका लेखकको बुक किन राख्थे र उनारु। बजार नै अहिले जो बिकता है वोही रहता है स्टक मै वाला भाईसको।

त किताबको कुरो गर्दा पानाका सुरुदेखि नै अन्तिमसम्म मलाई अब के होला , पात्रले किन यो त्यो कार्य गर्‍यो र के हुँदै छ भन्ने दोस्रो पटक पढ्दा मजाले छर्लङ्ग भयो। फेन्टसी, रिअलिटी, मिथ, लोक कथा र इमेजिनेसनको अद्भुत बेजोड सङ्गम रहेको किताब Experimental भएकोले धेरैको रिडिङ्ग लिस्टमा नपरेकै हो। उपन्यासमा पात्रहरु खिले, खोरे, रिक्टे, धुसे सङ्ग 'दसपर्म' हिँडे खोलाखोल्सी, दलदल र रनवनको बाटो। पहिलो पेजको नक्साले उत्सुकता पैदा गरेको थियो भने पढ्दै जाँदा उपन्यासमा सबै चीजको blend भेटेँ।

लेखकको कल्पनाशीलता , वाक्य र शब्द संयोजन अनि ग्रामीण परिवेशमा बोलिने भाषाशैलीको ditto प्रयोग मजेदार लाग्यो। मान गया गुरु आपको। साथसाथै; पुस्तकमा पात्रहरुको कठिन यात्रा, दु:ख सुखका पल, मौसम र स्वयम प्रकृतिसङ्गको एउटा संग्राम नि मजैले दिमागमा visualize गरियो। उपन्यासमा एउटा छुट्टै दुनियाँ, रहनसहन, जीवन, जीवन दर्शन, सन्स्क्रिती र सभ्यता त पाएँ नै साथमा केही घटना परीघटना आफ्नै गामठाममा घटेका नि realize गरेँ। यात्राको रहस्य, औचित्य र रहस्य बुझ्दै जाँदा पात्रहरुको मनोदशा र हाल-ए-दिल सङ्ग थोरबहुत connect हुन सकेँ।

उपन्यासमा प्रयुक्त अनौठा नाम, गामठाम, नरेटिभ एलमेन्ट र अनेक पात्रका perspectives बाट कथनी अगाडि बढाउने शैली निकै नै रोचक छ नै साथमा appealing पनि। गीतको लिरिक्स पाएँ --- गाउन नजाने पनि गाएँ अलेली। बीचमा सामेल चित्रा र केही अभिलेख शिलालेख जस्ता आर्ट बुझ्न सबै नसकेनी केहीको आफ्नै meaning generate गरेँ। Content र Context अनि Between-The-Dots मजासङ्ग सामन्जस्यता मिलाउँदै पढ्दा आनन्द आयो।

यस उपन्यासमा के चै अटाएन होला त? प्रेम छ, jungle वाला adventure र thrilling threats छ, विरोध छ, धर्म कला र सन्स्कृतिको बेजोड त्रिवेणी छ, दु:ख छ, मार्का छ, सुख छ, बाल्यकालका भुलेका याद छ, हुर्कदै गएसी बाँच्नका लागि गरिने संघर्ष छ, गाम गाम बिच दोस्ती यारी छ र छ शत्रुता अन्न जीवन पानी का लागि, पलायन हुनाको बाध्यता छ, मानव जीवनको लालित्य छ, जीवन र मृत्‍यु बीचका सत्य छ, changing variation of humanity छ, मान्छेको बर्बर जर्जर अपराध र हिँसा गर्ने सामर्थ्यको चित्र छ र छ डटेर लडेर आफ्नो हक र अधिकारका लागि आवाज बुलन्द गर्ने मान्छेको साहस र हिम्मत। अनि छ Cannibalism को एउटा पाटो--- मानव कसरी दानव बन्न सक्छ भन्न्ने देखाउन ।

उपन्यासले कसरी मान्छे आफ्नो स्वार्थ र बाच्ने लालसाका लागि अरुलाई सखाप पार्न तम्तयार हुन्छ भन्ने कथा पनि। पढ्दै जाँदा कति कति बेला के हुँदै छ भन्ने connect गर्न गार्हो परेपनी आफ्नो perseverance र patience का कारण अन्तसम्म सब भेद खुल्छ। कथाको पेस, नरेसन र पात्र मार्फत भनिने कथा का टुक्रा टुक्रा ले पुरै justice देको भान हुन्छ। मुराकामी र नगरकोटी मार्काको स्वैर-कल्पना, भर्जिनिआ वुल्फको जस्तो Sentimentality र suicidal thought, Ultra Realistic, Adventurous storytelling र अरु जनराका reflection बेला मौकामा अनुभव भए तापनी भाषा शैली, शब्द प्रयोग र असल दुनियाँमा देखा पर्ने रुपरङ्ग , ढङ्ग र साजसज्जा का पात्रहरुको strong usage का कारण अलग धलग छाप सफलताका साथ छाड्छन् कुँवर यसमा।

कुनैपनि रुपमा उपन्यासमा प्रयुक्त भाषा, घटना fictional लागेन मलाई पनि अन्य पाठकलाई जसरी। मजैले डुबे म त कथामा दोस्रो पटक--- झन मजा पनि आयो। चलेका साहित्य रस भन्दा फरक रसास्वादन गर्ने मौका मिल्दछ यो उपन्यास पढेपछी।

एउटा नयाँ संसारमा अनुपम, मनोरम र emotional आरोह-अवरोह वाला यात्रा मजेदार रहन्छ नै साथै कतै कतै Thought- provoking पनि लाग्दछ। कसरी आस्था र धार्मिक रिचुअलले मान्छेलाई No Nonsense No Question No Common Sense पारामा एउटा मसिन बनाउँछ भन्ने नि देखाएको छ। अलेली सरल , गार्हो र uncomfortable feels पनि पक्कै हुन्छ केही पाठकलाई। मैले चै यो कथामा आफुलाई हराएँ- डुबाएँ- बिर्सेंँ र पुन: पाएँ र एउटा मजेदार ट्रिप गर्न भ्याएँ पुस्तकमार्फत घर बसी बसी।अत: फिलिम नै तयार भयो त हाउ घटना र वर्णन गरेका सीन इमेजिन गर्दा त दिमाखको रीलमा।

लेखकलाई फेरी पनि फरक स्वाद, रस र तौर-तरिकाको uncoventional कृति देकोमा बधाई अनि शुभकामना। औरेजी भर्जन पनि आघौँ साल पढ्न पाईयोस है त। कतै सीन बढी भो त कतै सीन घटी भो भन्ने कम्प्लेन त जे मा नि हुने रहेछ नै तर Overall; उपन्यासको फ्लेभरले टक्क बाधेरै राख्दछ --- बस हिम्मत र संयम हुन परो पाठकमा। हतारो चटारो भन्दा धीरे धीरे पढ्दै, थामिदै, दिमागमा चित्र कोर्दै पढौँ -- अन्तिममा पुग्दासम्म त आनन्दतिरेक अनुभव नै हुन्छ के।

यता पनि धेरैले मजेदार मान्नु भएको र केहीले अलग र फरक अनि बुझ्न कठिन भनेको बुक !
30 reviews
August 6, 2025
Feels like there is so much more, yet the story is complete in itself. And then name of the book also fits how and where the story is developed. The world that has been created in Ramite deserves one more book. The description of green pasture fields, survival, load of work on female, the injustice faced, the narration switch moving story as per the perspective of different characters, the topics raised, gives so much room for more story telling. Its heart wrenching, giving joy, hope, and gives whole lot of feeling.
1 review
May 18, 2021
Thought provoking, Stimulating and Inventive.
The Novel is destined to become a cult classic.
22 reviews1 follower
February 10, 2022
Never had I ever read a nepali novel with a strong story telling as this one.
Profile Image for Ankit Dhakal.
61 reviews6 followers
November 14, 2025
नाइटका मुख्य गायक तथा सङ्गीतकार जेसन कुँवरको उपन्यास सार्वजनिक नहुँदै व्यग्र प्रतीक्षामा थिएँ । सार्वजनिक हुँदा आवरणको अघिल्लो भागमा नाम थिएन । छेउमा मात्रै थियो: रमिते – जेसन कुँवर । आवरणले नै खुल्दुली जगाएको थियो । पहिलोचोटि उपन्यास पढेपछि बुझेजस्तो पनि भयो, नबुझेजस्तो पनि । दोस्रोपटकको पठनमा अलि गहिरिएँ । यो समीक्षा यी पठन अनुभवबाट निस्किएको छ ।

जेसन कुँवर कृत रमिते सभ्यताको कथा बोकेको एउटा स्वैरकाल्पनिक उपन्यास हो । यद्यपि यो उपन्यास मात्रै हैन । कुँवर र उनको ब्याण्ड नाइटले यसलाई मल्टीमिडिया प्रोजेक्ट भनेको छ । रमिते भोल्युम १ र २ गीति एल्बम, तीसँग सम्बन्धित केही युट्युब भिडियो, र उपन्यासको कथासँग सम्बन्धित नक्सासहितको वेबसाइट आइसकेको छ । रङ्गमञ्चमा पनि उतार्ने कुरा थियो तर अहिलेसम्म बनेको थाहा पाएको छैन । पहेलीजस्तो उपन्यास र अन्य सामग्रीले उपन्यासमा नभनिएका कुराहरूले पाठकको धैर्य र बुद्धिमताको परीक्षा लिन्छन् ।

रमिते को हो ?
रमिते सायद जेसन कुँवर हुन् जो किनारमा बसेर उगा, मगडी, र त्रिचाथातका धर्के, खुराल, खिले, टुहुरी, बेली, डुम्रेका कथाहरू पस्किरहेका छन् । रमिते सायद पाठक हुन् जो यी गाउँमा डुल्दै यी पात्रका क्रियाकलाप टुलुटुलु हेरेर बसेका छन् । रमिते समाज र सभ्यताको उत्थान र पतन देख्न सक्छ, मानिसहरूका पीडा महसुस गर्न सक्छ तर आफू केही गर्न सक्दैन । ऊ न कथाको मुख्य पात्र हो न त इतिहासले सम्झने नायक । ऊ न घटनाक्रमलाई हस्तक्षेप गर्न सक्छ न त कसैलाई बचाउन । कथाका पात्रका पीडा र षड्यन्त्र बुझे पनि बाहिर किनारामा बसेर पीडा भोग्न, मन कुँडाउन र आँसु बगाउन अभिशप्त छ ।

विस्तृत चर्चा :
https://storiesofsandeept.com/2025/11...
Displaying 1 - 12 of 12 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.