"Jeevanko Chheubaata" is a collection of poems written by Suman Pokhrel. This collection includes forty-two modern Nepali poems. The book was awarded the Best Book of the Year in 2066 BS by the Jayendra Prasai Foundation.
In the preface of the book, critic Abhi Subedi interprets the included poems from the perspective of alternative modernity. Several poems from this collection have been translated into various languages, including English, Italian, Spanish, German, Arabic, Georgian, Russian, Bengali, Hindi, Vietnamese, and Persian, among others, and have been featured in international literary magazines and anthologies.
A poem titled "Tajmahal ra Mero Prem" (trans. The Tajmahal and My Love) from this collection has been included in the curriculum of the Bachelor of Arts program at Purbanchal University, Nepal. The English translation of the same poem has been included in the curriculum of the Master of Arts in English program at Cauvery College for Women, an autonomous college in Tamil Nadu, India.
The English translation of another poem, "Timi Jasari Chheu" (trans. You are as You are), from this collection has been included in the curriculum of the M.A. Degree Programme in English Language and Literature at the University of Kerala in Kerala and the MA in English Literature at GD Goenka University in New Delhi, India.
French admirer Andrea Fernandez has tattooed excerpts from two poems, "Khorampa" and "Byastata," from this collection on her arm.
Suman Pokhrel is a Nepali poet, lyricist, playwright, translator and artist. His poems have been translated into various languages and are appeared in notable journals worldwide. His theatrical and lyrical works have been performed in USA and in some countries of Asia and Europe.
Suman Pokhrel's poetry has been incorporated into the language and literature curricula at two universities in Nepal and four academic institutions in India. His original Nepali poem Taj Mahal ra Mero Prem (“The Taj Mahal and My Love”) is included in the undergraduate syllabus at Purbanchal University, Nepal. The English translation of his poem Standing in the Market is part of the B.Ed. program at Tribhuvan University. His poem You are as You are (English version) is taught in the M.A. English programs at Kerala University, G.D. Goenka University, and Mar Ivanios College (Autonomous) in India. Additionally, the English translation of Taj Mahal ra Mero Prem, titled The Taj Mahal and My Love, is included in the B.A. curriculum at Cauvery College for Women (Autonomous), India.
Suman Pokhrel has translated and published works of more than one hundred writers and poets from around the world into Nepali, English, Hindi and Urdu languages. He has eight books in his credit including three books of translation.
Suman Pokhrel has received numerous national and international awards and honors. Among his international accolades, he was honored in 2023 with the Asia's Inspiring Poet Award by Asia Award and the Shaluk International Literature Award from Shaluk Literary Magazine in Dhaka, Bangladesh. He was also recognized as the Author of the Month by Spillwords Press in New York, USA, for June 2023 and again for May 2025. Previously, his contributions were acknowledged with the SAARC Literary Award in 2013 and again in 2015, making him the only individual to receive this prestigious honor twice. ............... A LIST OF LINKS RELATED TO MY WORK ...............
कविता मन पराए पछि ,कविता किताब बारे हल्का-फुल्का बोल्ने बिकृतिको बानि परेपछि हरेक व्यक्तिले एउटा नाफा पाउछ नेपालमा -निसुल्क कविता संग्रह कविबाटै पाउने ,अथवा कैले काइ त 'समिक्षाको आसासहित सप्रेम उपहार' भन्ने सिङ्ग्नेचर सहितको संग्रहको हातालागी | यसको एउटा साक्षी म आफै छु | मैले निसुल्क पाएका केहि दर्जन गजल संग्रह र आधा दर्जन कविता संग्रह पनि अर्का प्रमाण हुन् यसका | समिक्षा' आसा गरिएका कतिपय पुस्तकबारेमा कम्तिमा फेसबुकमा फलाक्न जान्गरै आउदैन | कति भने यस्ता संग्रह लाग्छन कि बोलेन भने जिन्दगीनै घट्ने जस्तो संसारै सिथिल हुने जस्तो हुटहुटि लाग्छ | यो मेरो व्यक्तिगत बानि हो | यो बानि सुमन पोख्रेल को संग्रहमा आउदा नबिकरण भएर आएको छ | अब रह्यो सुमन पोख्रेलको संग्रह 'जीवनको छेउबाट ' संग्रहको चर्चा | त्यो भन्दा अगाडी एउटा गन्थन | यो कविको बिज्ञापन पनि होइन | नकि उनको देबत्व | बिराटनगरका बंसज कवि हुन् सुमन पोख्रेल | बंसज यो मानेमा कि उनको परिवार काव्यिक हो | पितालाई निक्कै गतिलो काव्यिक चेत भएको सुमन पोख्रेल चिन्नेहरुले भन्छन | आमाले त घरमा बोलाउदा समेत साहित्यिक पुस्तकहरुका पात्रको चरित्र अनुसारको नामले बोलाउने बास्तबिकता स्वयम् कवि सुमन पोख्रेलले भन्ने गरेको चितवनका कवि/आख्यानकार इश्वर कँडेलले एक पटक बिराटनगरको सानु जम्काभेटमा सुनाएका थिए | साहित्यको 'एलिट ' पारिवारिक पृष्ठ भूमिका यी दुइ पटक सार्क पोइट्री पुरस्कार प्राप्त कविको स्वभाब भने औसत कविको भन्दा मास्तिरको छैन | जस्तो दुइ पटक सार्क सम्मान पाउदा पनि उनले बिज्ञापन गरेनन | एक देखि दुइ लाख सम्म छापिने नेपाली मुलधारका पत्रिकाले त्यसलाई समाचार बनाएनन | तर हालसालै भारतको कवि डा. सुविद्या शिभकुमारले तेइस लाखको हाराहारीमा छापिने भारतीय पत्रिका द हिन्दुमा आफ्नु मुख्य लेखको सुभारम्भ सुमन पोखरेलको कविता संगै सुरु गरेकी छन् | यति हुनु सुमन पोख्रेलले नोबेल साहीत्य सम्मान पाउनु होइन | नेपालका सर्बोच्च कवि भएको प्रमाण पनि होइन | तर यत्ति हो -सुमन पोख्रेल नेपालमा पढ़िनु पर्ने जत्ति नपढीएका तर नेपाल बाहिर राम्रो मार्क भएका कवि भन्ने यथार्थ अवश्य हो | एउटा खुंखार भारतीय कविले भारतका सयौ ससक्त कवि मध्धे कसैको कविता साभार गर्न सक्थिन | अथवा संसारका अन्य कविको कविता राख्न सक्थिन | यसलाई एक आँखाले सुमन पोख्रेलको पोइटिक पावरको डिस्प्लेको रुपमा बुज्दा गाह्रो हुन्न |
२०५६ सालमा 'सुन्य मुटुको धड्कनभित्र ' कविता संग्रह निकालेर दसक पछिको यो संग्रह 'जीवनको छेउबाट' हो | आउदो पौषमा उनको पछिल्लो संग्रह निकालेको ७ वर्ष लाग्छ | यधपि, कविताको कोणबाट उनका कविता कुमारी लाग्छन | नेपालमा आजकाल 'कम्युनिस्ट' कि 'गैर-कम्युनिस्ट' प्रस्ट कविता पढेपछि कविको बैचारिक आस्था थाहा हुन्छ | सुमन पोख्रेलका कविता पढ्नेले यो सहज भविष्य बाणी गर्न सक्दैन | उनमा बैचारिक विपन्नता भएर होइन काव्यिक सम्पनताको कारण अनुमान गर्नेहरु फ्लप हुन्छन | मान्छेको मन/मुटुमा आगो लाउने 'फायरब्याण्ड' कविता देखि दर्सनिक अनि 'मेडीटेटिब' कविता सबै लेख्न सक्नु सुमन पोख्रेल भर्साटाइल कवि देखाउने ऐना हुन् | आफ्नै कविता जस्ता | एउटा कविले लेख्न चाहेर नसक्दा नसक्दै सुमन पोखरेलले नै लेखिदिए जस्ता | अथवा पढ्दै घोत्लिने | घोत्लिन्दै पढ्ने कविता छन् संग्रहमा | सायद यस्तै कारण हुनु पर्छ - डाक्टर अबि सुबेदीले कविताको भूमिकामा १२ पृष्ठ खर्च गर्नु भएको छ | आफ्ना कुरा 'लेखकीय' म पुराण नगरी सिधै आफ्ना ४२ कविता भित्रै 'लेखकीय' पढ्न सहुलियत दिएका छन् कविले | यत्ति हुँदा हुँदै पनि लामा कवितामा अलिक कम सम्पादन र औपचारिक सव्दाहरु राख्नु कविको कम्जोर पक्ष लाग्छन | कम्जोर पक्षमा पनि यो र त्यो भन्दै किटान गरेर कविताको 'कन्टेन्ट' 'इमेज ' र आयतनमा खोट देखाउने ठाउ नदिनु कविको काब्यकला अनुकरणीय छ | केहि कवितांसहरु :
रुख टुक्रा टुक्रामा बाँच्दैन जब सम्म बाँच्छ जीवनलाई सम्पूर्णतामा आफुलाई समाहित गरेर बाँच्छ घाममा घाम खान पाए पुग्यो पानीमा पानिसंगै भिज्न पाए भयो आफ्नु आकारभन्दा ठुलो छैन उसको भोक (रुख -१)
हरेक बिहान रक्ताम्य खबरहरुसंगै ब्युझंछु र ससंकित हुँदै छाम्दछु आफुलाई आफै हो कि होइन भनेर (हरेक बिहान )
गर्मि आफ़्मु उत्कर्सबाट अझ मास्तिर उक्लँदो छ मानौ कसम खाएको छ तमाम थर्मामिटर नफुटाईकन तल नोर्लने (गर्मि )
रुख टुक्रा टुक्रामा बाँच्दैन जब सम्म बाँच्छ जीवनलाई सम्पूर्णतामा आफुलाई समाहित गरेर बाँच्छ घाममा घाम खान पाए पुग्यो पानीमा पानिसंगै भिज्न पाए भयो आफ्नु आकारभन्दा ठुलो छैन उसको भोक (रुख -१)
जीवनको गहनता त एक्लै बाँचीरहँदा मात्रै गह्रौ हुने रहेछ हरेक पल्ट काठमान्डौ ओर्लेपछि यस्तै लाग्छ (काठमान्डौ ओर्लेपछि )
यो जिन्दगि लत्पतिएको अक्षरले भरिएको एउटा चिर्कटो भयो न त यसमा लेख्ने सक्छु न त यसलाई पढ्नै सक्छु (जिन्दगि )
बादल लागेको आकाशबाट आँखासंगै टाँसिएको आकाश पनि देखिंदैन तलतल नै दगुर्छ ,बतास पनि देखिंदैन न त आंधी बोकेर थरथररायेका रुखहरुको मनको कम्पन देखिन्छ | (आकाशबाट )
यस्तो मातु कि आफुलाई समेत बिर्सु यो रात कुनै सपना नदेखु यो रात प्रेमको मदहोस किरण बोकेर आओस अनुरागका आसक्ति बोकेर आओस आओस मायाको मात लिएर मायामा यसरि मत्तिउ कि कुनै सपना नदेखु (सपना नदेखु )
यहाँ संसार बोकेर निदाइरहेका किताब र पत्रिकाहरु छन् मलाइ रुघेर उभिरहेका भित्ता र झ्यालहरु छन् मनजस्तै पग्लिनै लागेका चिठी र कसैलाई सम्झिएर टोलाईरहेझै लाग्ने तस्भिरहरु छन् (कविता फुरिरहेको छैन -2)
यति ब्यस्त पनि नहोउ कि आफुलाई हेरी मुस्कुराइहरेका आफ्नै आँगनको फुलको सुबाश चिन्न नसकू (व्यस्तता )
दाहिने फरक- देब्रे नसुत खुकुरी साथमा राख -हतियार छेउमा नराख सझैमा सुत- मध्येरात सम्म काम गर भोकै नबस -केहि पनि नखाऊ कपडा नलाउ -नाङ्गै नहिंड (आदेश)